Nepali Community Forum

xNepali Forum => Nepali Movies - News, reviews and discussion => Topic started by: anand on March 18, 2015, 06:36:02 AM

Title: Shadanga (षडङ्ग) movie page (March 27 release)
Post by: anand on March 18, 2015, 06:36:02 AM
Harshika in item dance in Shadanga -- http://nepaliactress.com/harshika-shrestha-in-an-item-dance-in-of-sadanga/

(http://i0.wp.com/nepaliactress.com/wp-content/uploads/2015/03/sadanga-poster.jpg)

‘षड्ङग’लाई डेब्यू निर्देशक सुरज सुनुवारले निर्देशन गरेका हुन।

सौगात मल्लले आफू हुर्केको परिवेशको पात्रलाई पर्दामा निभाएको बताए।

निर्माता समिर सुनुवारले फिल्मको बजेटले एक करोडको आँकडा नाघेको बताए।

फिल्ममा सौगात, प्रियंका, अनुपका अलावा, विजय लामा, सौरमराज तुलाधर, ए गुरुङ एवम् नविन मानन्धरको अभिनय रहेको छ।

‘षडङ्ग’सँगै सोही मितिमा योगेश घिमिरे निर्देशत ‘भुलभुलैया’ पनि रिलिज हुँदैछ।

Title: Re: Shadanga (षडङ्ग) movie page (March 27 release)
Post by: anand on March 18, 2015, 06:46:52 AM
राजनीतिका ६ प्रयोग ‘षडङ्ग'

हरेक फिल्ममा फरक अभिनय गर्न रुचाउने अभिनेता सौगात मल्लको पछिल्लो फिल्म ‘षडङ्ग' चैत १३ मा रिलिज हुने भएको छ। बुधबार राजधानीमा फिल्म युनिटले मिडियाकर्मीमाझ प्रोमो, पोस्टर र गीतसँगै रिलिज डेट सार्वजनिक गरेको हो।

फिल्म ‘लुट'मा हाकु कालेको भूमिकामा देखिएका अभिनेता सौगात यस फिल्ममा भने तराई लवजमा बोल्ने पात्र बनेका छन्। ‘हरेक फिल्ममा देखिने गेटअपका लागि उत्तिकै मेहनत गर्ने गरेको हुन्छु। तराईको लवज मेरो लागि खासै नौलो होइन। त्यही परिवेशमा हुर्किएकोले सजिलो भयो,' अभिनेता मल्लले भने।

फिल्मलाई सुरज सुनुवारले निर्देशन गरेका हुन्। ग्याङस्टार फिल्म मन पराउने निर्देशक सुनुवारले राजनीतिका विभिन्न ६ वटा मान्यताहरुको प्रयोग गरेर फिल्म निर्माण गरिएको बताए। ‘राजनीतिका विभिन्न ६ वटा मान्यता फिल्ममा हेर्न पाइन्छ। तर यो राजनीतिक फिल्म भने होइन। फिल्ममा राजनीतिकसँग ग्याङस्टार र मनोरञ्जनात्मक कुराहरु समेत समेटिएका छन्,' उनले भने। लुमिनियोस पिक्चस्को ब्यानरमा फिल्म निर्माण भएको छ।

‘फिल्ममा राजनीतिक विषयवस्तुलाई मनोरञ्जनात्मक शैलीमा प्रस्तुत गरिएको छ। कलाकारहरुका अभिनयमा सबै सुहाएका छन्। हाम्रो भूमिकालाई दर्शकले मनपराउनु हुनेछ,' अभिनेता अनुप बरालले भने। फिल्मको ३५ दिने सुटिङ राजधानी र धुलिखेलमा भएको थियो। फिल्ममा सुजेन्द्र डि कार्कीको संगीत दिएका छन्। बृद्धिलाल मगरले प्रोडक्सन र नरेन्द्र मैनालीले सिनेमाटोग्राफीमा काम गरेका छन्।


‘मनोरञ्जनात्मक फिल्मका सबैले आ–आफ्नो भूमिकामा मेहनत गरेका छौं। राजनीतिक अस्थीरताले गर्दा सिर्जना हुने विभिन्न परिस्थितिमा कलाकारहरुले काम गरेका छन्,' अभिनेत्री प्रियंका कार्कीले भने। पपकर्न मुभिजले वितरण गर्न लागेको फिल्ममा अभिनेता सौगात मल्लबाहेक अनुप बराल, विजय लामा, प्रियंका काकी, सौरमराज तुलाधर, ए गुरुङ र हर्षिका श्रेष्ठ लगायतले अभिनय गरेका छन्।

https://www.youtube.com/watch?feature=player_embedded&v=l4jMCsEFblM