Nepali Community Forum

xNepali Forum => Nepali Movies - News, reviews and discussion => Topic started by: anand on April 08, 2015, 03:32:25 AM

Title: Year 2071 review (Nepali Film Industry) सफल र असफल फिल्मको कहानी
Post by: anand on April 08, 2015, 03:32:25 AM
२०७१ सालमा ७६ वटा नेपाली फिल्महरु सार्वजनिक प्रदर्शनमा आइसकेका छन् भने आगामी शुक्रबार प्रदर्शनमा आउने तिन वटा चलचित्रलाई जोड्दा यो साल जम्मा ७९ चलचित्र प्रदर्शनमा आउने भएको छ । अघिल्लो बर्ष एक सय भन्दा बढी चलचित्र प्रदर्शनमा आए पनि यो बर्ष भने ७९ चलचित्र मात्रै प्रदर्शनमा आएका हुन् ।प्रदर्शनमा आउन बाकी तिन चलचित्र ‘नाई नभन्नू ल ३’, ‘हवल्दार सुन्तली’ र ‘सेतो बाघ’ लाई छोडेर हेर्ने हो भने यो बर्ष अहिले सम्म जम्मा ४ वटा चलचित्रलाई आफ्नो लगानी उठाएर मुनाफा कमाउन सफल भएका छन् । स्व.श्री कृष्ण श्रेष्ठको अन्तिम चलचित्र कोहिनुरले नेपाली सिने ईतिहासमा नै सबै भन्दा बढी कलेक्सन गर्ने चलचित्र बन्न सकेको छ । तेस्तै रेखा थापाको चलचित्र ‘हिम्मतवाली’, छबि राज ओझाको लज्जा र हेम राज बि.सीले निर्देशन गरेको जेरीले मात्रै निर्माताको लगानी बाहेक मुनाफा समेत दिन सफल भयो ।

तेसै गरि चलचित्र ‘कवड्डी’ ,नोभेम्बर रेन , ,पुनर्जन्म ,भुल भुलैया जस्ता केहि चलचित्रले निर्माताको लगानी केहि हद सम्म सुरक्षित गरेको देखिन्छ ।यसै गरि २०७१ सालमा आएका चलचित्र केहि चलचित्र टलकजंग vs टुल्के.तथास्तु , ‘बिर्खेलाई चिन्छस्’ स्टुपिड मनले निर्माताको लगानी सुरक्षित गर्न नसके पनि यी चलचित्र बाट निर्माताले खासै ठुलो घाट नपरेको देखिन्छ ।तेसै गरि यो बर्ष सम्भावना बोकेको केहि चलचित्रहरु आवरण ,मुखौट,ताण्डब,पुन्टे परेड ,लव यु बाबा , सम्बोधन ,वन वे,सुन्तली ,माला जस्ता चलचित्रले आफ्नो लगानी त् कता हो कता पोस्टर र पोस्टर तासको माडको लगानी समेत उठाउन सकेन ।यो वर्षा प्रदर्शनमा आएको दर्शकको राम्रो प्रतिक्रिया हुदा हुदै पनि उत्सव ,स्टुपिड मन,आभाष ,अझै पनि ,अलबिदा ,माला जस्तो चलचित्र चल्न सकेन् ।

कुन कुन चलचित्र कहिले चले अनि कस्तो व्यापार गर्न सके बिस्तृतमा जानकारी :

बैशाखमा  ७ रिलिज
बैशाखा १२ मा नोभेम्बर रेन र ‘कवड्डी’ प्रदर्शनमा आएका थिए भने यी दुवै चलचित्रले आफ्नो लगानी उठाउन सफल भए भने
बैशाखा मा प्रदर्शनमा आएको माया गर ल,वर्ल्ड कप इन नेपाल, रेड मनसुन ,दमदार ,अकाल कुनै पनि चलचित्रले आफ्नो लगानी त् कहाँ हो कहाँ प्रचार प्रसारको पैसा समेत उठाउन सकेन ।

जेष्ठमा १० रिलिज
जेष्ठमा प्रदर्शनमा आएको चलचित्र आवरण, खुड्कीलो, ठुलो मान्छे , पिपल, मेरो बेष्ट फ्रेण्ड पूर्ण रुपमा असफल रहे भने चलचित्र हसियाले फाइदा नगरे पनि केहि हद सम्म निर्माताले राहत भने दियो ।
जेष्ठमा नै प्रदर्शनमा आएको चलचित्र मिस नेपाल ,जोडी ऩ़ १,लुकी लुकी असफल सिनेमा नै रहे। तेस्तै जेष्ठ३० मा प्रदर्शनमा आएको सम्भावना बोकेको चलचित्र मुखौट त् झन् पोस्टरको पैसा समेत न उठ्ने गरेर असफल भयो । जेष्ठ महिनामा मात्रै १० वटा चलचित्र प्रदर्शनमा आए पनि कुनै पनि चलचित्रले लगानी उठाउन सकेन ।

असारमा  ७ रिलिज
असारमा प्रदर्शनमा आएका सात चलचित्र मिसन फोर ट्वान्टी ,कस्तो टेन्सन ,पाठशाला ,लावारिस ,अनौठो प्रेम कथा ,चिहान , नागबेली सबै चलचित्र पूर्ण रुपमा असफल नै रहे ।
साउनमा मेरो भ्यालेन्टाइन , कोहिनुर र शिशा प्रदर्शनमा आएका थिए । मेरो भ्यालेन्टाइन र शिशा पूर्ण रुपमा असफल भयो भने स्व.श्री कृष्ण श्रेष्ठको निदनले गर्दा चलचित्र कोहिनुरले भने नेपाली बक्स अफिसमा अहिले सम्मको कलेक्सनको रेकर्ड राख्न सफल भयो ।


Title: Re: Year 2071 review (Nepali Film Industry) सफल र असफल फिल्मको कहानी
Post by: anand on April 08, 2015, 03:44:56 AM
श्रावण मा ३ फिल्म रिलिज
साउनमा मेरो भ्यालेन्टाइन , कोहिनुर र शिशा प्रदर्शनमा आएका थिए । मेरो भ्यालेन्टाइन र शिशा पूर्ण रुपमा असफल भयो भने स्व.श्री कृष्ण श्रेष्ठको निदनले गर्दा चलचित्र कोहिनुरले भने नेपाली बक्स अफिसमा अहिले सम्मको कलेक्सनको रेकर्ड राख्न सफल भयो ।

भाद्रमा ६ फिल्म रिलिज

भाद्र महिना मा आएका चलचित्र ठुली ,ताण्डब,उत्सव ,यो कथा तिम्रो मेरो ,‘निशानी'ले खासै राम्रो व्यापार गर्न न सके पनि चलचित्र बिर्खेलाई चिन्छस्’ ले भने केहि हद सम्म निर्माताको लगानी फिर्ता गर्न सफल भएको छ ।

असोजमा २ फिल्म रिलिज
असोज महिनामा दुई वटा चलचित्र प्रदर्शनमा आएकोमा पुन्टे परेड २ दिन सम्म पनि हलमा टिक्न सकेन भने नायिका रेखा थापाले पहिलो पटक निर्देशन गरेको चलचित्र हिम्मतवालिले रेखाको लगानी मात्रै हैन उनले फाइदा समेत दिलायो ।

कार्तिकमा ६ फिल्म रिलिज
कार्तिक महिनामा प्रदर्शनमा आएको चलचित्र लज्जा र  जेरी यो बर्षको सफल चलचित्रको रुपमा रहे भने राम्रो प्रतिक्रिया पाएको स्टुपिड मनले भने सोचे जस्तो सफल हुन सकेन । तेस्तै टलकजंग vs टुल्के ठीकैको व्यापार गरे पनि चलचित्रको निर्माणमा ठुलो लगानी लागेकोले पुरै लगानी भने उठाउन सकेन ।कार्तिकमा प्रदर्शनमा आएको एउटा साथी र सरि ल ले भने दर्शकको राम्रो साथ पाउना सकेन् ।

मङ्सिरमा ७ फिल्म रिलिज
मंसिरमा प्रदर्शनमा आएका चलचित्रहरु श्री ५ अम्बरे,हमजाएगा ,मिस्टेक ,नाइके ,रंग बैजनी,कान्छी मट्याग् ट्याग्,लव यु बाबा सबै चलचित्र असफल नै रहे ।

पौषमा ७ फिल्म रिलिज
पौषमा रिलिज भए चलचित्र पनि ब्यबसाहिक रुपमा तेती सफल हुन सकेन् ।पौषमा लफंगा,बिधुवा ,माई प्रोमिश,ज़िन्दगी रॉक्स,आभाष, तथास्तु,अलबिदा गरेर सात वटा चलचित्र प्रदर्शनमा आएका थिए ।

माघमा ७ फिल्म रिलिज
माघमा रिलिज भएका ७ वटा चलचित्र पनि पूर्ण रुपमा असफल नै रहे ।हेम राज बि.सीले निर्देशन गरेको सम्भावना बोकेको भनिएको चलचित्र सम्बोधनले त् पोस्टर टास्ने माडको पैसा सम्म उतौना सकेन ।आगो-२,टाईगर,लोग्ने मान्छे,सुनपानी,रथ ,ईस्केप ,माघमा रिलिज भएर असफल भएका चलचित्र हुन् ।

फाल्गुणमा १० फिल्म रिलिज
फागुनको पहिलो हप्ता प्रदर्शनमा आएको चलचित्र वान वे र सुन्तली यो बर्षको ठुलो असफल चलचित्रमा पर्छन भने फागुन प्रदर्शनमा आएको इच्छा,मिशन पैसा २,अझै पनी,भिमदत्त,झिंगना ,किल्ला .जोशले पनि खासै राम्रो ब्यबसाय गर्न सकेन भने यहि महिना प्रदर्शनमा आएको चलचित्र पुनर्जन्मले भने निर्माताले केहि राहत दिएको छ ।

चैत्र मा ७ फिल्म रिलिज
चैत्रको पहिलो हप्ता रिलिज भएको माला सुपर फ्लप भयो भने षड्डंग र तनाबको पनि उस्तै अबस्थ रहेको छ ।चैत्रमा रिलिज भएको भूल भुलैयाले निर्मातालाई केहि राहत  दिएको छ ।
‘नाई नभन्नू ल ३’, ‘हवल्दार सुन्तली’ र ‘सेतो बाघ’ अन्तिम हप्ता रिलिज हुने छन्

Title: Re: Year 2071 review (Nepali Film Industry) सफल र असफल फिल्मको कहानी
Post by: anand on April 09, 2015, 10:14:14 PM
In video :

https://www.youtube.com/watch?v=pYoVtykhppk
Title: Re: Year 2071 review (Nepali Film Industry) सफल र असफल फिल्मको कहानी
Post by: tundikhel on April 11, 2015, 02:57:33 AM
Full details : http://xnepali.net/movies/year-in-review-hit-and-miss-in-year-2071-video/



In video :

https://www.youtube.com/watch?v=pYoVtykhppk
Title: Re: Year 2071 review (Nepali Film Industry) सफल र असफल फिल्मको कहानी
Post by: tundikhel on April 12, 2015, 12:23:33 AM

निर्देशक कमजोर

यज्ञश


काठमाडौ, चैत्र २८ - पछिल्ला केही वर्षमा फिल्म बजारमा एउटा भनाइ निकै सुन्न थालिएको छ- डिजिटल प्रविधि आएपछि 'जो पायो त्यहीले फिल्म बनाएर ध्वस्तै पारे ।' कहिले चलचित्र विकास बोर्ड, कहिले सेन्सर बोर्ड त कहिले कुनै फिल्मी संघसंस्थाका नाममा यस्ता चिन्ताहरू व्यक्त भइरहन्छन् । यसैले जाँच लिएर मात्रै फिल्म बनाउन दिने, कति पैसा धरौटी राख्नेलाई मात्र फिल्म बनाउन दिने वा संघ संस्थाको सिफारिसमा मात्रै फिल्म बनाउन दिने भन्ने गाइँगुइँ पनि सुनिन्छ ।

जसले पनि फिल्म बनाउँदा बजार बिगि्रयो भन्ने चिन्ता यो वर्ष पनि निकै सुनियो । आँकडाले पनि देखायो, एक हातका औंलामा गन्न सकिने फिल्मले मात्रै लगानी उठाए । के यो दोष नयाँ पुस्ताका फिल्ममेकर र डिजिटल क्यामेराको नै हो त ?

नेपाली फिल्ममा 'डिजिटल क्रान्ति' भएपछि फिल्मको संख्या अवश्य बढेको छ । वर्षमा ५० वटा फिल्मबाट १०० वटामा बढोत्तरी भएको छ । रमाइलो कुराचाहिँ के छ भने फिल्मको संख्या दोब्बर भए असफल फिल्मको प्रतिशतचाहिँ खासै बढेको छैन । पहिले पनि हरेक वर्ष करिब ९० प्रतिशत फिल्म असफल नै हुन्थे, अहिले पनि त्यो दर कायम छ । फरकचाहिँ केमा आएको छ भने पहिले सफलताको ग्यारेन्टी मानिने हिरोले अभिनय गरेको वा निर्माता निर्देशकले बनाएको फिल्म पनि अहिले फ्लप भएका छन् । अहिले कसैले सफलताको ग्यारेन्टी गर्न सक्दैन । न त राजेश हमालको नामले फिल्म चल्छ, न त तुलसी घिमिरेकै नाममा फिल्म बिक्छ ।

यो अवस्था डिजिटल प्रविधिले मात्रै ल्याएको होइन । दर्शकको मनोविज्ञान र रुचिमा आएको परिवर्तन यसको मुख्य कारण हो । डिजिटल प्रविधि वा नयाँ पुस्ताका फिल्ममेकरले ल्याएको सबभन्दा ठूलो परिवर्तनचाहिँ प्राविधिक रूपमा प्रयोग र विषयमा विविधता हो । आजभन्दा दस वर्षपहिले 'साँघुरो' जस्तो विषयमा फिल्म बन्ने कल्पना गर्न गाह्रो थियो । नवीन सुब्बाको 'नुमाफुङ' र छिरिङरितार शेर्पाको 'मुकुन्डो' जस्ता केही फिल्म मात्र थिए, जसले चलिआएको ढर्रालाई तोडेका थिए । र, त्यो चलिआएको ढर्राचाहिँ प्रकारान्तरले बलिउड नै थियो । नेपाली फिल्मको मूलधारको काम बलिउडले निर्माण गरेका फिल्मको पुनर्निर्माण नै थियो । यसलाई तोड्ने काम नयाँ पुस्ताका फिल्ममेकरले गरेका हुन् ।

नेपाली फिल्मको विषय र स्वादमा विविधताको खोजी भइरहेको छ । मुस्ताङको 'काजी' देखि कास्कीको 'टलकजंग' जस्ता पात्र पर्दामा आइरहेका छन् । सुकुम्बासी बस्तीको एउटा नवविवाहित जोडी होस् वा सेनाको यातनागृहमा आँखामा पट्टी बाँधेर बसेको शिक्षक, नेपाली फिल्मले समाजका वास्तविक पात्रहरूलाई ध्यान दिन थालेको छ । हरेक फिल्ममा उस्तै लाग्ने हिरो र भिलेनको द्वन्द्वबाट हाम्रो फिल्म बाहिर निस्किइरहेको छ । फिल्म बिस्तारै हिरोबाट पात्रतिर गइरहेको छ । मसलाबाट कथातिर गइरहेको छ । दर्शकका लागि यो खुसीको कुरा हो ।

बक्स अफिस दर्शकको चिन्ताको विषय होइन । फिल्म निर्माणमा हात हाल्नुअघि यो विधा र विद्याका बारे ज्ञान लिएर नआउनु निर्माता/निर्देशकको कमजोरी हो, दर्शकको होइन । पौडी खेल्न नजानी कोही पानीमा हाम्फाल्छ र डुब्छ भने त्यो पानीको दोष होइन ।

अहिलेको नेपाली फिल्म उद्योग एउटा फिल्ममात्रै बनाउने निर्माताहरूको बलमा टिकेको छ । कुनै नयाँ मानिस कारणबस फिल्म निर्माणमा आइपुग्छ र एउटा फिल्म डुबेपछि फर्केर फेरि आउँदैन । थोरैमात्र निर्माता छन्, जसले दोहोर्‍याएर फिल्म बनाइरहेका छन् । गोपीकृष्ण, क्यूएफएक्स र पपकर्नजस्ता वितरकहरूको समूहले केही निर्मातालाई धानिरहेको छ ।

फिल्म विधाको अलिअलि भए पनि पढाइ गरेर आएको युवा पुस्ताको जोसलाई डिजिटल प्रविधिले साथ दियो । यो प्रविधिमा काम गर्न सजिलो थियो । जान्नेका लागि बजेट पनि घट्थ्यो । यसले गर्दा नयाँ मानिसहरू फिल्म बनाउन सक्ने भए । यस वर्षको सबभन्दा बढी चर्चा पाएका फिल्म 'कबड्डी' र 'टलकजंग भर्सेज टुल्के' का निर्देशकहरू रामबाबु गुरुङ र निश्चल बस्नेतलाई हेर्ने हो भने धेरै कुरा स्पष्ट हुन्छ । 'जेरी'का निर्देशक हेमराज बिसीको पनि कथा करिब यस्तै छ । सायद पुरानै 'फम्र्याट' को फिल्म उद्योग कायम रहेको भए यी कुनै फिल्म बन्ने थिएनन् होला । यी कुनै निर्देशक बन्ने थिएनन् होला । किनभने फिल्म उद्योगको हिसाबले यी सबै 'आउटसाइडर' हुन् । 

त्यसो भए के फिल्मको बजार बिग्रएकै हो त ? वा बजार बिगि्रएर क-कसलाई के घाटा हुन्छ ?

सबभन्दा पहिलो कुरा त नेपालमा फिल्मको बजार बिगि्रएको छैन । यसको उदाहरण नेपाली फिल्म 'कोहिनूर' र हिन्दी फिल्म 'पीके' ले गरेको व्यापारलाई मान्न सकिन्छ । सामान्यतया हिट फिल्मले २ करोडको कारोबार गर्ने बजारमा यो वर्ष यी दुई फिल्मले १० करोडभन्दा बढीको व्यापार गरे । यसले देखाउँछ, नेपालमा फिल्मको बजार बढिरहेको छ, घटेको छैन । कमी छ त खालि दर्शकलाई हलसम्म तान्न सक्ने फिल्मको । धेरै फिल्म बनाएर दर्शक हलमा नआएका भन्ने तर्कमा यसकारण दम छैन, किनभने दर्शकले फिल्म छानेर मात्र हेर्छन् । संख्या थोरै हुँदा चाहिँ आँखा चिम्लेर हलमा आउने ग्यारेन्टी हुँदैन । यसैले यो दोष बजारको होइन, फिल्म वा फिल्मकर्मीको हो । किनभने, मान्छेलाई हलसम्म आउने उपयुक्त कारण भयो भने दर्शकको कमी त होइन रहेछ ! दर्शकलाई हलसम्म ल्याउने काम त फिल्ममेकरको हो ।

दोस्रो कुरा पछिल्ला वर्षमा नेपालमा मल्टिप्लेक्सको संख्या बढिरहेको छ । मल्टिप्लेक्सले उठाउने टिकट दरको हिसाब गर्दा फिल्मले पैसा कमाउने अब पहिलेजस्तो महिनौं चल्नु पर्दैन । थोरै दर्शकबाट धेरै पैसा उठ्न सक्छ । बरु, यो बजारमा विदेशी फिल्मले बढी कमाइ गरेको तर्फचाहिँ ध्यान दिनु उपयुक्त होला । फिल्म निर्देशक एवं प्रदर्शक भास्ष्कर ढुंगानाले भनेजस्तो 'हामीले विस्तार गरेको बजार र बनाएर राम्रा हलमा हिन्दी फिल्म मात्रै चल्ने अवस्था' आउन सक्छ । आफ्नो बजार

आफ्नै नियन्त्रणमा राख्नका लागि बाहिरी फिल्मसँग प्रतिस्पर्धा गर्न सक्ने स्तरका फिल्म निर्माण गर्नु हाम्रा फिल्ममेकरको चुनौती हो । यो चुनौती नयाँ पुस्तालाई अझै बढी हो ।

फिल्मको स्तर बढाउन के गर्नुपर्छ भन्ने विषयमा चाहिँ पछिल्लो दशकमा धेरै मसी खर्च गरिइसकिएको छ । मौलिक विषय र कलात्मक प्रस्तुति भन्ने कुरा पनि अब एक किसिमको सूत्रजस्तै भइसकेका छन्, जुन सूत्रको प्रयोग प्राय: कसैले गर्दैन तैपनि कक्ष्ाामा पढाइरहिन्छ । यसमा थप कुराचाहिँ नेपाली फिल्मको साँच्चिकै स्तरोन्नतिका लागि निर्देशकहरूको स्तरोन्नोति हुनु आवश्यक छ । धेरैले भनेको सुनिन्छ, नेपाली फिल्मको कथा वा कथा लेखक गतिला नभएर फिल्म राम्रा भएनन् । योचाहिँ रोगको सहायक कारण  मात्र हो, मुख्य होइन । मुख्य कारण हो- निर्देशक ।

फिल्म राम्रो हुन गतिलो लेखक, कलाकार वा प्रविधि भए राम्रो तर निर्देशकचाहिँ गतिलै चाहिन्छ । यसैले फिल्मलाई निर्देशकको विधा भनिएको हो । निकै राम्रो फिल्म बनाएर खासै नचलेका उदाहरण निकै कम छन्, जति झुर फिल्म चलेका उदाहरण होलान् ! यसैले व्यापारका आँकडा देखेर मात्रै तर्सिनु जरुरी छैन । एउटा कला विधाका रूपमा नेपाली फिल्मको विस्तार भइरहेको छ कि छैन ? यसमा नवीनताको खोजी भइरहेको छ कि छैन ? भन्ने प्रश्नचाहिँ महत्त्वपूर्ण हो । यदि यो काम भइरहेको छ भने बजार पनि बढ्दै जानेछ । होइन भने त बनाएका जति सबै फिल्मलाई हिट बनाइदिने जिम्मा दर्शकले लिएका छन् र ?

बजार बढाउन वा फिल्मको स्तर बढाउन नीतिगत तहमा गरिनुपर्ने काम पनि छन् । लगानी बढाउने पाटो पनि छ । तैपनि, सबभन्दा महत्त्वपूर्णचाहिँ निर्देशक र उसको विचार नै हो । नेपाली फिल्मको साँच्चिकै उद्धार गर्ने हो भने अहिलेका लागि केही थान सक्षम निर्देशकहरू आवश्यक छन् । यो आवश्यकता अहिले भएकै युवाबाट केही र नयाँबाट केही मात्रामा पूरा हुन सक्छ । युवा पुस्ताको चुनौती र जिम्मेवारी यही हो । निर्देशकको काम हलमा आएका दर्शकको संख्या गन्ने होइन, हलभित्र प्रवेश गरिसकेका दर्शकलाई सन्तुष्ट बनाउने हो ।
Title: Re: Year 2071 review (Nepali Film Industry) सफल र असफल फिल्मको कहानी
Post by: tundikhel on April 12, 2015, 01:12:13 AM

८३ मा जम्मा ४ हिट

    २०७१ मा नेपाली फिल्म

सुशील पौडेल


काठमाडौ, चैत्र २८ - दुई चार वर्षयता फिल्मको वर्ष समीक्षाको एउटै निचोड निस्किने गरेको छ- फिल्मको अवस्था नाजुक छ । यो वर्ष पनि करिब त्यस्तै नतिजा निस्कियो ।

२०७१ वैशाख १२ देखि चैत २७ सम्ममा जम्माजम्मी ८३ नेपाली फिल्म प्रदर्शनमा आए । यीमध्ये केही थोरैले सफलताको स्वाद चाखे । अधिकांशले चाहिँ फिल्म उद्योगलाई अझै 'नाजुक' बनाएर गए ।

वैशाखको दोस्रो साता 'कबड्डी' र 'नोभेम्बर रेन' ले वर्षको खाता खोले । भनिन्छ, बिहानीले दिनको संकेत गर्छ । यी दुवै फिल्मको ओपनिङ साझेदारी राम्रो रह्यो । ग्रामीण कथा बोकेको 'कबड्डी' ले विशेषत: सहरिया दर्शकलाई रिझायो । मुस्ताङको थकाली समुदायको कथालाई टिपिएको कबड्डीले केवल दर्शकलाई हिमाली संस्कृति मात्रै पस्केन, लेखक र निर्देशक दुवैमा सम्भावना बोकेका रामबाबु गुरुङलाई पनि चिनायो । र, दयाहाङ राईलाई नेपाली फिल्मको बिकाउ स्टारका रूपमा पनि स्थापित गरायो ।

जसरी फिल्म 'लुट' बाट हाकु काले, गोफ्लेजस्ता चरित्र स्थापित भए त्यसैगरी 'टलकजंग भर्सेज टुल्के' बाट टुल्के बनेर उदाए, खगेन्द्र लामिछाने । लामो समय रंगमञ्चमा खारिएर फिल्ममा आएका खगेन्द्रले मुख्य भूमिका भएको दोस्रो फिल्ममै चल्तीका नायक नायिकाको स्टारडमको पर्खालमा डोजर चलाए । एउटै फिल्मबाट चर्चाको छलाङ मार्न न उनले भिलेनसँग फाइट खेल्नुपर्‍यो न त फूलबारीमा नायिकाको पछिपछि नाच्दै हिँड्नैपर्‍यो । हाकु काले र गोफ्ले जन्माउने निर्देशक निश्चलले नै यसको पनि जस पाए किनभने, 'टुल्के' का पनि निर्देशक उनै निश्चल थिए ।

साउन तेस्रो साता फिल्म उद्योगले सुखद र दु:खद खबर एकसाथ आत्मसात् गर्‍यो । दु:खद कुरा, अभिनेता श्रीकृष्ण श्रेष्ठको देहान्त भयो । स्वदेशमा आफू अभिनीत फिल्म 'कोहिनूर' रिलिज भएकै भोलिपल्ट साँझ साउन २४ मा श्रीकृष्णको भारतमा उपचारका क्रममा निधन भयो । उनले अभिनेत्री स्वेता खड्कासँग विवाह गरेको एक महिनामात्र भएको थियो । रिलिजको दुई दिन खासै नचलेको फिल्म हेर्न तेस्रो दिन दर्शकको अनपेक्षित भीड लाग्यो । भीड हलदेखि मलामीसम्म उत्तिकै रह्यो । राष्ट्रिय सम्मानका साथ श्रीकृष्णको अन्त्येष्टि गरियो । फिल्मले नेपालभित्रै झन्डै १० करोड बराबरको व्यापार गरेर खुम्चिँदै गइरहेको स्वदेशी फिल्मको बजारको फैलिनसक्ने आकार देखाइदियो ।

यसै वर्ष निर्देशक आलोक नेम्वांगले आत्महत्या गरे । आलोकले निर्देशन गरेको अन्तिम फिल्म 'अझै पनि' हालै रिलिज भयो । तर, यसले खासै सफलता पाउन सकेन ।

वर्षको मध्यतिर अर्थात् कात्तिक २८ मा एउटा फिल्म प्रदर्शनमा आयो, 'जेरी' । यसअघि यसै फिल्मका निर्देशक हेमराज बीसी र मुख्य अभिनेता अनमोल केसी रहेको फिल्म 'होस्टेल' ले किशोर दर्शकहरूलाई हलमा तानेको थियो । 'जेरी' मा त्यो दोहोरियो । अनमोल र आना शर्मा अभिनीत फिल्म हेर्न केटाकेटी स्कुल, कलेज नै बंक गरेर हलमा पुगे । युनिर्फममै हल पुगेपछि दर्शक फिल्म पूरा हेर्न नपाउँदै पुलिस चौकी लगिए । उक्त घटनाले पनि फिल्मको व्यापारमा कमी ल्याएन । मुस्ताङका उजाड बगर र पहाडका दृश्यले भरिएको 'जेरी' लाई युवा दर्शकले गुलियो मानेर हेरिदिए ।

बीचमा रेखा थापाले निर्देशन र अभिनय गरेको फिल्म 'हिम्मतवाली' तथा उनका पूर्वपति छविराज ओझाले निर्माण गरेको नवल नेपालको 'लज्जा' ले पनि ठीकठाकै व्यापार गरे । तर त्यसपछिका बाँकी आधा वर्ष फिल्म उद्योगका लागि बिर्सनलायक नै रह्यो । मुखौटा, नागबेली, ताण्डव, श्री ५ अम्बरे, रंग बैजनी, लभ यू बाबा, सोल सिस्टर, सम्बोधन, वान वेजस्ता फिल्म विविध कारणले रिलिजअघि जति चर्चामा रहे, पछि पत्तासाफ भए । बिहानीले दिनको संकेत गर्छ भन्ने मान्यता फेल खायो । सुरुवाती खाता राम्रो खोलेको वर्षको मध्यक्रममा आएका फिल्मले निराशाजनक प्रदर्शन गरे । रिलिजको दिन नै दर्शक नआएर हल सो रद्द गर्नुपरेको घटना सम्भवत: पहिलोपटक वर्ष २०७१ ले नै भोग्यो । करोड रुपैयाँ लागतमा बनेको भनिएका फिल्मबाट निर्माताले देशभर पाँच लाखभन्दा कम रकम हात पारे ।

वर्ष २०७१ मा निर्माताका खल्ती त रित्तिए नै, निर्देशक पनि कमजोर देखिए । न १२ वर्षपछि फिल्म 'रंग बैजनी' बाट कमब्याक गरेका शम्भु प्रधानको सोचले दर्शक तान्न सक्यो न सुरज सुब्बा नाल्बोको नै केही जोर चल्यो । यसै वर्ष सौगात विष्टले सबभन्दा कान्छो निर्देशकको कीर्तिमान पनि बनाए । वर्ष २०७१ मा नवनिर्देशकको ओइरो नै लाग्यो । सुटिङस्थलबाटै निर्देशकलाई हटाएर रेखा थापा आफैं निर्देशक बनिन् ।

यस वर्ष फिल्म नीति भने जारी भयो ।  गत वर्ष नै चलचित्र विकास बोर्डले ल्याउन लागेको फिल्म तथा हल वर्गीकरण र पारदर्शी बक्सअफिस प्रणालीको कदममा परेको मुद्दालाई सर्वोच्च अदालतले खारेज गरिदियो । उक्त खारेजीले पुन: एकपटक सिर्जनाको वर्गीकरण हुन सक्छ वा सक्दैन भन्ने बहसलाई ब्युँझाइदिएको छ । वर्ष २०७२ सम्भवत: नीतिगत बहसमा केन्दि्रत हुने देखिन्छ । वर्ष २०७१ मा फिल्म मात्रै नभई फिल्म सम्बद्ध संघसंस्था पनि मृतप्राय: रहे । निर्देशक समाज, निर्माता सघ, चलचित्र संघलगायतले खासै केही काम गर्न सकेनन् । विकास बोर्डले त झन् महिना दिनदेखि नै नेतृत्व पाउन सकेको छैन ।

रिलिज भएका ८३ फिल्ममध्ये यो साता रिलिज भएका तीन 'फिल्म नाई नभन्नु ल ३', 'हवल्दार सुन्तली' र 'सेतो बाघ' को नतिजा आउन बाँकी नै छ । यिनलाई छोडेर भन्ने हो भने यो वर्ष ४ फिल्म (कबड्डी, कोहिनूर, टलकजंग भर्सेज टुल्के र जेरी) हिट र ३ फिल्म (हिम्मतवाली, लज्जा र नोभेम्बर रेन) ले लगानी उठाए । बाँकी ७६ ले आ-आफ्नो गच्छेअनुसार घाटा खाए !
Title: Re: Year 2071 review (Nepali Film Industry) सफल र असफल फिल्मको कहानी
Post by: tundikhel on April 12, 2015, 09:34:03 PM
वर्ष समिक्षा २०७१ | सिनेमाको बिरामी वर्ष
विष्णु शर्मा, मेरोसिनेमा

 

कूल रिलिज : ८१
कूल लगानी : ४० करोड
लगानी रिकभर : ७ (कोहिनुर, जेरी, हिम्मतवाली, लज्जा, कबड्डी, नोभेम्बर रेइन र नाइँ नभन्नु ल २)
लगानी रिकभर प्रतिशत : ७ प्रतिशत
घाटा : ९३ प्रतिशत
विदेशी फिल्म रिलिज : ४७ (लगानी रिकभर ८)



गणित हेर्दा लाग्छ, इतिहासकै खराब बिन्दुमाथि उभिएर नेपाली फिल्म भविष्य खोज्दैछ । भित्तोमा वर्ष ०७२ को क्यालेन्डर त टांगियो तर, फिल्म दशक पछाडिकै मनोविज्ञानमा अलमलिँदो छ । टाइटानिक जहाजजस्तै डुबेको वर्ष ०७१ लाई एक वाक्यमा ‘बिरामी’ वर्ष भन्न सकिन्छ । यो वर्षसँग कुनै ऊर्जा, चिन्तन, धुकधुकी र अठोट महसुस भएन । बरु, यो वर्ष ‘रोग’ र ‘मृत्यु’को वर्ष बन्यो ।

रिलिज ८१ फिल्ममध्ये ९३ प्रतिशत डुबे । यो डुबान २० करोड आयतनको फिल्म बजारमा पहाड खस्नुजस्तै हो । ५० फिल्मले ५ लाख ग्रस पनि उठाएनन् । २५ फिल्मले औषत २० लाख ग्रस कमाए । कोहिनुरले सर्वाधिक ३.५० करोड सेयर कमायो । बलिउडको ‘पिके’ र हलिउडको ‘फ्युरियस ७’ नेपाली बक्सअफिसमा पैसा छाप्ने मेसिन बने । फिल्म अर्थतन्त्रको सूचक वास्तवमै ऋणात्मक रह्यो ।

नेपाली सिनेमाको ‘इन्टिलेक्चुअल फेइलर’ के हो ? कमजोरी कहाँ भए ? वर्षको गम्भिर सिंहावलोकन मार्फत खोट पहिचान गर्नु जरुरी हुन्छ । समस्याबाट भाग्ने उत्तम उपाय समस्या समाधान गर्नु हो । बजार, ब्याकरण, शैली, सोच कुन प्रधान समस्या हो ? यस समिक्षाको उद्देश्य त्यो ‘बौद्धिक असफलता’को विमर्शमा केन्द्रित हुनेछ जसले वर्ष ०७२ लाई त्यो धम्कीबाट जोगाउन सक्छ ।

सिर्जनशिल उत्पादन भएनन् बितेको वर्ष । जति बने, जतिले पैसा कमाए, ती फिल्मको दर्शन इस्केपसिज्म (पलायनवाद) थियो । एकाधलाई अपवाद मान्ने हो भने अधिकांशको केन्द्रिय द्धन्द्ध रोग, बिरामी एवं पलायनता थियो । ८ करोड ग्रस कमाएको ‘कोहिनुर’ सफलता श्रीकृष्ण मृत्युले भयो । ‘जेरी’, ‘नोभेम्बर रेइन’ र ‘नाइँ नभन्नु ल २’ (मुटुको रोग), लज्जा (मनोरोग), हिम्मतवाली (अपांगता)माथि बने । केन्द्रिय पात्र नै बिरामी र मर्ने भएपछि सिर्जनशिलता पस्कने निर्देशकीय दायित्व बेकार हुन्छ ।

एउटा पनि बलियो ब्याकरणका फिल्म रिलिज भएनन् । ग्रामर र फर्मुलाको दोसाँधमा अल्झियो वर्ष । सूत्र अस्वीकार गर्ने बहानामा हामीले व्याकरण रिजेक्ट गरिरहेका छौं । ‘इन्टिलेक्चुअल फेइलर’ यही हो । यथार्थ खोज्नुभन्दा दोषारोपण चुलियो । सिर्जनशिल प्रयोग नहुँदा यथार्थ आउन सकेन । फलस्वरुप अत्यन्त धेरै ‘इस्केपसिज्म’ फिल्म ओइरिए । यस्ता फिल्मको दीर्घकालिन असर समाज र देशलाई पछिसम्म पर्नेछ ।

हामी मेकिङ र सोचको अवधारणामा निकै पछि छौं । नब्बे दशकको बलिउडी र दशकअघिका राजेश हमाल तथा दयाराम दाहाल मार्कामै अल्झियौं । यसले विषयवस्तुमा समकालिनता दर्शाएन । नयाँ पुस्ताका फिल्ममा पनि यो तत्व भेटिएन । चरित्र र सोचको आधारमा ‘जेरी’ र ‘कबड्डी’ यथास्थिती फिल्म थिए । यी फिल्मको स्वाद हामीले दशकअघि नै चाखिसकेका छौं । दुबै फिल्मले पैसा कमाए पनि जुठा फिल्म थिए । समकालिनता नहुँदा सिर्जना र समाजसँग साइनो नहुनु स्वभाविक हो ।

नियो नोइर, थ्रीलर, स्पोर्ट्स, सस्पेन्स जानरामाथि प्रयोग भए । ठिटाले यी जानरामा कथा भन्ने प्रयत्न गरे । सुखद अवश्य हो तर, आधारभूत सिनेम्याटिक तत्व नहुँदा सबै फिल्म पत्तासाफ रहे । ‘माला’, ‘षडङ्ग’, ‘झिग्राना’, ‘वल्र्डकप इन नेपाल’ केही उदाहरण हुन् । असफल प्रयत्नभित्रै सफलता लुक्ने हो । नयाँ पुस्ताले दर्शकसँग अन्तक्रिया प्रयास त गरे तर, जानरालाई बलियो ढंगले प्रस्तुत गर्न सकेनन् । उनीहरुले वस्तुभन्दा वस्तुको आवरण श्रृंगारमा जोड दिए । आख्यान संरचनामा इमान्दार नहुँदा कथित पुराना फिल्म निर्माताले नयाँपुस्तालाई गाली गर्न थाले ।

‘राजनीति कन्सस’ सिनेमा बनेनन् । ‘सम्बोधन’ र ‘टलकजंग भर्सेस टुल्के’ त बने तर, दुबैमा तत्व भेटिएन फलस्वरुप बक्सअफिसमा फ्लप रहे । मूलधारका फिल्म चर्चा गर्दा सिर्जनाशिलताको हत्या गर्भमै भयो । यद्यपी, समाजबाट पाखा लगाइएका सीमान्त पात्र अगाडि आए । बेकम्मा भनिएका टुल्के, बिर्खे, तोरी लाहुरे पर्दामा देखिए । समाजमा चलेको पहिचान र सवाल्र्टन आन्दोलनको सशक्त विम्व हो यो । किनभने पात्र देशकाल र समाजको गतिका सूचक हुन् ।

समाजमा महिला उपस्थिती जसरी प्रभावशाली बन्दैछ, त्यसको बाछिटा पर्दामा पोखियो । महिला प्रोटागोनिस्ट सिनेमा धमाधम रिलिज भए र बन्दैछन् । अर्कोतर्फ नेपाली सिनेमाले अनमोल केसीलाई ‘अपिलिङ क्यारेक्टर’को रुपमा पायो, तर उनमा स्टारडम बनिसकेको छैन । सोसल र समकालिन पात्र पर्दामा आउन नसक्दा त्यसले स्टारडम निर्माणमा अवरोध गरिदियो । किनभने राजेश हमालको फिल्मी जग निर्माण यस्तै ‘रिलेभेन्ट’ तत्वबाट भएको हो । व्यापक सामाजिक पुनर्गठन र दर्शकीय अपनत्वले स्टारडम बनाउने हो ।

बितेको वर्ष दर्शकीय मनोविज्ञान अलमलिएको देखिन्छ । दर्शक र सिनेमाबीच अन्तक्रिया हुन नसक्नु यो अन्यौलको कारक हो । संविधान सभाको राष्ट्रिय निराशापन कुनै कोणबाट फिल्मसँग गाँसिएको छ । यसकारण दर्शकले नेपाली फिल्मलाई लिएर दुई किसिमका अवधारणा बनाउन थालेका छन् । पहिलो –अतिरञ्जना र दोस्रो–अस्पष्टता । कथा भन्ने शैलीमा देखिएको निर्देशकीय कमजोरीले दर्शकलाई भ्रमित तुल्याएको छ । अन्यौल सोचको उपज अन्यौल नै हुन्छ ।

बितेको वर्ष ‘टेक्निकल भ्यालु’ स्टार बने । निर्देशकले पाउन नसकेको वाहीवाही फिल्मका संवाद र क्यामेराले पाए । ‘जेरी’, ‘माला’ र ‘हँसिया’को क्यामेरा स्टार बन्यो, ‘कबड्डी’ डायलग स्टार बन्यो । केही फिल्ममा लेखक स्टार बने । फिल्मको प्राविधिक पक्षमा देखिएको सबलता हो यो ।

आशावादी वर्ष : २०७२
दर्शक ‘पर्ख र हेर’ मुडमा छन् । अझै दुईतीन वर्ष आत्तिनुपर्ने कारण छैन । विगत तीन–चार वर्षमा देखिएको सिनेम्याटिक रिक्ततालाई नयाँवर्षले पूर्ति गर्नसक्छ । यसो भन्नुको अर्थ, वर्ष ०७२ ले बलियो ब्याकरण भएका केही सिनेमा पाउन सक्छ । यथास्थिती सिनेमा पनि रिलिज पनि हुनेछन् । तर, नयाँवर्षमा आशा गर्ने ठाउँ थुप्रै छन् ।

चारपाँच केही सिनेमा रिलिज हुनेछन् जसले ‘सिनेम्याटिक संचार’लाई सशक्त तुल्याउन सक्छन् । फिल्मको नेपाली ब्याकरण ती सिनेमाबाट अपेक्षा राखिएको छ । ती हुन् –दोख, छायाँ, कालोपोथी, त्यान्द्रो । तर, खुल्न नसकेको फिल्म बजार भने नयाँवर्षमा पनि प्रश्न वाचक नै हुनेछ ।

देशजस्तै सिनेमामा पनि परिवर्तन चाँडै भएको छ तर, परिवर्तन स्थायी हुन सकेको छैन । परिवर्तनलाई संस्थागत गर्नु वर्ष ०७२ को चुनौति हुनेछ । अल्टरनेटिभ र मेनस्ट्रिम फिल्मको दूरी साँघुरिने क्रम नयाँवर्षमा निरन्तर हुनसक्छ । आउने वर्ष पनि मूलधार कसले लिने भन्नेमा नयाँ र पुराना मेकरबीच द्धन्द्ध हुनेछ । यस्तो द्धन्द्ध सोच र बजारको स्वरुपमा देखापर्नेछ ।

नेपाली सिनेमा पछिल्लो समय बलिउड र हलिउड पात्र मूल्यबाट युरोपेली मोडलतर्फ जाँदैछ । दोख, छायाँ, कालोपोथी, त्यान्द्रोसहितका सिनेमाको संरचना युरोपेली हुनेछ । नेपाली कथा भन्ने शैली र संरचनामा देखिएको रुपान्तरणको गहन मूल्य छ । हलिउड र बलिउड मनोविज्ञान विच्छेदतर्फको यो सुखद अवसर हो । किनभने, भारतीय र अमेरिकी फिल्म उद्योगको संरचनागत प्रभुत्वले नेपाली सिनेमा निर्मातालाई सिर्जनाशिल हुन अवरोध जारी राखेको थियो । युरोपेली मोडलतर्फको संक्रमणको अर्थ पर्दामा स्टारभन्दा पात्र सशक्त हुनु हो ।

वर्ष ०७२ मा सुखद प्रयत्न चाहिँ हुनेछन् । हामीले किन सिनेमाको अन्तराष्ट्रिय व्याकरणलाई गम्भिरताको साथ लिएका छैनौं भन्ने कुरालाई भने सबैले मनन गर्नु जरुरी देखिएको छ । सबैलाई नयाँवर्षको शुभकामना !
Title: Re: Year 2071 review (Nepali Film Industry) सफल र असफल फिल्मको कहानी
Post by: tundikhel on April 13, 2015, 12:03:04 AM
बर्षका उत्कृष्ट ५ नेपाली नायिका, प्रियंका नम्बर वान

नेपाली चलचित्रका लागि बर्ष २०७१ सुखद बन्न नसके पनि निराशाजनक पनि बनेन । बर्षको अन्त्यमा प्रदर्शनमा आएका दुई चलचित्र ‘नाई नभन्नु ल ३’ र ‘हवल्दार सुन्तली’को व्यापारले चलचित्रकर्मीमा आशा जगाइदियो ।

जसले बर्षमा एउटा पनि सफल चलचित्र दिन नसकेका कलाकारहरुलाई पनि केही राहत पुर्‍याइदियो । अर्कोतिर, चलचित्र क्षेत्रमा फेरि एकपटक दर्शक हलसम्म आउँछन् है भन्ने बातावरण तयार भएको छ ।
यो बर्ष प्रदर्शनमा आएका करिब ८५ चलचित्र मध्ये १० वटा चलचित्र सफल भए ।

तर, नायिकाहरुको हकमा हेर्ने हो भने, उनीहरु विभिन्न कारणले चर्चामा रहे । चलचित्रको व्यापार कमजोर हुने नायिकाको अभिनयले तारिफ पायो त, व्यापार राम्रो हुने नायिकाको अभिनय खासै चम्किएन । हामीले विभिन्न आधारमा यो बर्षमा ५ उत्कृष्ट नायिकाको सूची तयार पारेका छौ ।

चलचित्रको व्यापार, कलाकारको व्यस्तता, बर्षभरी विभिन्न संचारमाध्यममा आएका कभरेज, अनलाइनखबरका पाठकले दिएको प्रतिक्रिया आदिलाई आधार मानेर यो सूची तयार गरिएको हो ।


१. प्रियंका कार्की : यो बर्ष नेपाली चलचित्र क्षेत्रमा सर्वाधिक व्यस्त बनिन्, नायिका प्रियंका कार्की । यो बर्ष उनले राम्रा ब्यानरका चलचित्रमा काम गरिन्, जुन अर्को बर्ष प्रदर्शनमा आउँदैछन् । यो बर्ष प्रियंकाले अभिनय गरेको एउटा मात्र चलचित्र चल्यो, ‘नाई नभन्नु ल ३’ ।

यी बाहेक उनले अभिनय गरेका ‘मेरो बेष्ट फ्रेन्ड’, ‘आवरण’, ‘पुन्टे परेड'(विशेष भूमिका), श्री ५ अम्बरे(आइटम गीत), मिसन पैसा २ (आइटम गीत), ‘सुन्तली’, ‘माला’, ‘षडङ्ग’ चलचित्र असफल बने । तर, ‘सुन्तली’ र ‘माला’मा प्रियंकाको अभिनयको खुबै तारिफ भयो । यस्तै, प्रियंका कार्की यो बर्ष राम्रो आइटम गर्लको रुपमा पनि परिचित भइन् ।

संचारमाध्यममा प्रियंका बर्षभरि नै छाइरहिन् । अन्तरराष्ट्रिय कार्यक्रमदेखि नेपालमा आयोजना गरिने कार्यक्रममा उनको माग बढ्यो । विज्ञापन बजारमा पनि प्रियंकाको माग अन्य नायिकाको तुलानामा धेरै देखियो । यस्तै, फेसबुकमा उनलाई पछ्याउनेको संख्या पनि यसै बर्ष लाख नाघ्यो । देश तथा विदेशमा आयोजना भएका विभिन्न अवार्डमा पनि प्रियंकाको हात खाली भएन । यही आधारमा हामीले पि्रयंकालाई यो बर्षकी नम्बर एक नायिका ठहर गरेका छौं ।

(http://www.onlinekhabar.com/wp-content/uploads/2015/04/1-OK-top-5-Priyanka-karki.jpg)

२. रेखा थापा : रेखा थापा नेपाली चलचित्र क्षेत्रकी एक सुपरस्टार हुन् । यो बर्ष आफ्नो र बाहिरी ब्यानर गरेर ३ वटा चलचित्रमा काम गरिन् । जसमध्ये, उनकै ब्यानरको मात्र चलचित्र ‘हिम्मतवाली’ले व्यापार राम्रो गर्‍यो ।

‘तथास्तु र दमदार’को व्यापार औषत देखियो । रेखालाई हेर्न दर्शक हलसम्म ओइरिए तर, रेखाको कामको प्रशंसा भने खासै सुनिएन । अभिनय भन्दा पनि अन्य कारण उनी बर्षभर चर्चामा रहिन् । स्क्याण्डल र अभिब्यक्तिका कारण रेखा बर्षभरि नै संचारमाध्यममा छाइन् ।

यो बर्षबाट नै रेखा थापा आफै निर्देशक बनिन् । फेसबुक लाइक पेजका आधारमा रेखा थापा नेपालकै सर्वाधिक चर्चित सेलिब्रेटी मानिन्छिन् । उनको पेजमा करिव १३ लाख फ्यानले लाइक गरेका छन् । रेखाले बलात्कारको शिकार बनेका दुई पूजालाई भेटेर चलचित्रमा अभिनय गराउने घोषणा गरिन् भने सामाजिक कार्यमा पनि उनी अगाडि देखिइन् ।


(http://www.onlinekhabar.com/wp-content/uploads/2015/04/2-OK-top-5-Rekha-thapa.jpg)


३. केकी अधिकारी : केकी अधिकारी नेपाली चलचित्र र म्यूजिक भिडियोमा जमेकी नायिका हुन् । उनले अभिनय गरेका ५ चलचित्र यो बर्ष प्रदर्शनमा आए ।

तर, ५ वटै चलचित्रको व्यापार चित्तवुझ्दो छैन् । केकी अधिकारीको चलचित्रले व्यापार नगरे पनि उनको कामलाई भने रुचाइयो । केकीले अभिनय गरेका ‘मेरो बेष्ट फ्रेन्ड, माई प्रमिस, ठूलो मान्छे, श्री ५ अम्बरे र पूनर्जन्म यो बर्ष प्रदर्शनमा आएका चलचित्र हुन् । जसमध्ये ‘पूनर्जन्म’ले मुश्किलले  लगानी उठाउनु बाहेक अरुले हावा खाए ।

केकी अधिकारी यो बर्ष सोसल मिडियामा चर्चित रहिन् । उनलाई यूवापुस्ताले आइडलको रुपमा पनि लिन्छन् । केकी अधिकारीले सामाजिक संजालमा लेख्ने स्टाटस र उनका फ्यानले दिने प्रतिक्रिया गजबकै छन् । चलचित्रको व्यापार असफल भए पनि केकीले नयाँ नयाँ काम पाइरहेकी छिन् ।

प्रायः स्क्याण्डलबाट बाहिर रहने यी नायिका यो बर्ष सामाजिक संजालमा जिम्मेवार अभिब्यक्ति दिएर आफुलाई सामाजिकरुपमा सबल बनाइन् । केकी यो बर्ष ‘सातौ नेफ्टा फिल्म अवार्ड’मा उत्कृष्ट नायिकाको रुपमा पुरस्कृत भइन् ।

(http://www.onlinekhabar.com/wp-content/uploads/2015/04/3-OK-top-5-Keki-adhikari.jpg)

४. नम्रता श्रेष्ठ : नम्रता श्रेष्ठका लागि बर्ष २०७१ सामान्य रह्यो । उनले अभिनय गरेको चलचित्र ‘नोभेम्बर रेन’ बर्षको सुरुवातमै सफल बन्यो । जसका कारण पनि नम्रतालाई दर्शकले लभस्टोरी चलचित्रमा रुचाए । तर, उनले बिचमा केही बाटो बिगारिन् । यसैले उनले अभिनय गरेका ‘ताण्डव’, ‘सोल सिस्टर’ र ‘संवोधन’ असफल बने ।

चलचित्रको व्यापारका हिसाबले नम्रताका लागि सामान्य रहे पनि उनी यो बर्ष निर्मात्री बनिन् र नयाँ परिचय दिइन् । आउँदो बर्ष नम्रताको हातमा केही त्यस्ता चलचित्र छन्, जसले उनलाई फेरि एकपटक खुशी दिनसक्छ । यो बर्ष नम्रता र ‘ताण्डव’का कलाकार आशिष राना ‘लाहुरे’को प्रेमले चर्चा पायो ।

अर्कोतिर प्रेमी प्रेम घलेसँग छुटेका र जोडिएका समाचारले पनि उनलाई चर्चामा ल्याइदियो । नम्रता श्रेष्ठ ब्रान्ड बजारमा पनि आफूलाई स्थापित गराएकी नायिका हुन् । ब्राण्ड इन्डोर्समेन्टमा पनि नम्रता अब्बल छिन् ।


(http://www.onlinekhabar.com/wp-content/uploads/2015/04/4-OK-top-5-Namrita-Shrestha.jpg)
५. नीता ढुंगाना : यो बर्ष नीता ढुंगानाको एउटा मात्र चलचित्र प्रदर्शनमा आयो । ‘भुल भूलैया’को व्यापारले नायिका ढुंगानालाई खुशी दियो ।

यी बाहेक नीता यो बर्ष आधा दर्जन चलचित्रमा अभिनय गर्न व्यस्त बनिन् । प्रेमी आमेष भण्डारीसँगको अफेयरलाई आफैले सार्वजनिक गरिदिएपछि उनी मिडियामा छाइन् । थुप्रै ठाउँमा उनले प्रेमीसँग फोटोससन र अन्तरवार्ता गरिन् ।

नीताले अभिनय गरेका केही आशातित चलचित्र अर्को बर्ष प्रदर्शनमा आउँदैछन् । अभिनय र नृत्यका हिसाबले पनि नीता ढुंगानाको कामको तारिफ भएको पाइन्छ । बर्षभरि विभिन्न कारणले चर्चामा रहेकी नीतालाई संचारमाध्यममा पनि राम्रै प्रभाव भएकी नायिकाको रुपमा चिनिन्छ ।
(http://www.onlinekhabar.com/wp-content/uploads/2015/04/5-OK-top-5-Neeta-Dhungana.jpg)
Title: Re: Year 2071 review (Nepali Film Industry) सफल र असफल फिल्मको कहानी
Post by: tundikhel on April 13, 2015, 12:06:44 AM
बि.स. २०७१ ले भोलिदेखि हामीबाट बिदा लिँदैछ । नयाँ बर्ष २०७२ को आगमनको उमंगसँगै हामीले वित्दै गरेको बर्षमा नेपाली चलचित्र उद्योग कस्तो रह्यो भन्ने समिक्षा गर्दै छौं ।

बर्ष ७१ नेपाली चलचित्रका लागि सुनौलो बन्न सकेन् । प्रतिशतको आधारमा हेर्ने हो भने ९० प्रतिशत चलचित्र पूर्ण रुपमा असफल भए । तर, पनि निर्माताहरुले लगानी गर्न छाडेनन् । कलाकार व्यस्त भैराखे ।
यो बर्ष केही फिल्मी नायकहरुलाई निकै फलिफाप भयो । फिल्मले लगानी उठाउन नसके पनि उनीहरुले काम पाइराखे, राम्रै आम्दनी गरे र बर्षभरी चर्चामा रहे ।

हामीले कलाकारको काम, बक्स अफिस कलेक्सन, मिडिया कभरेज, अभिनय र चलचित्र क्षेत्रमा पारेको प्रभावलाई आधार मानेर सफल ५ जना अभिनेताको सूची तयार पारेका छौं ।


१. आर्यन सिग्देल : बर्ष २०७१ मा सर्वाधिक गाली र ताली पाउने नायक हुन्, आर्यन सिग्देल । चलचित्र सफलता र असफलताले आर्यनलाई चर्चामा ल्याइदियो । बर्षको सुरुवातमै प्रेमिका सपना भण्डारीसँग बिहे गरेपछि आर्यनको भाग्य चम्केजस्तै भयो ।

उनले अभिनय गरेको चलचित्र ‘नोभेम्बर रेन’ले बक्स अफिसमा राम्रो कमाई गर्‍यो । अर्को फिल्म ‘लज्जा’ पनि अपेक्षाकृत राम्रै चलेपछि उनलाई फिल्म लिन चाहने निर्माता-निर्देशकको लाइन बढ्न थाल्यो । उनले एक्सन गरेका दुई चलचित्र ‘नाईके र ‘अलबिदा’ असफल भएपनि उनलाई केही परक परेन ।

चलचित्र ‘माला’ पनि ब्यबसायिक रुपमा असफल रह्यो । अर्को फिल्म ‘पूनर्जन्म’ले लगानी उठाउन मात्र सक्यो । आर्यन सिग्देललाई निर्देशक विकास आचार्यले पत्याए र ‘नाई नभन्नु ल ३’ मा खेलाए । यो चलचित्रले २ दिनमा बम्पर ब्यापार गरेपछि आर्यन सिग्देलको भाग्य यो बर्ष चम्कियो ।

व्यापारिक रुपमा आर्यनका लागि यो बर्ष खराब रहेन भन्न सकिन्छ । संचारमाध्यममा आर्यनका खबरहरु प्रकाशन भैरहे । टेलिभिजन, पत्रिका, अनलाइनमा आर्यनका आलोचना र प्रशंसा गरिएका थुप्रै समाचार छापिए । निर्माताका लागि आर्यन नेपाली चलचित्रको एक मात्र नायकको रुपमा देखिए । ‘चलेपनि आर्यन, नचलेपनि आर्यन’ को अवस्था आयो ।

खुट्टाको अप्रेशनपछि आर्यन केही समय बेड रेस्टमा बसे, तर निर्माताले उनलाई १ बर्षसम्म कुर्न तयार भए । आर्यनको बढ्दो लोकप्रियताका आधारमा उनलाई हामीले यो बर्षको नम्बर १ नायकको स्थानमा राखेका छौं ।


२. दयाहाङ राई : नायक भन्दा पनि अभिनेताको रुपमा चर्चित कलाकार दयाहाङ राइलाई दर्शकले बर्षको सुरुवातमै साथ दिए । उनले अभिनय गरेको चलचित्र ‘कबड्डी’ मल्टिप्लेक्समा खुबै चल्यो । सिंगल थिएटरदेखि मल्टिप्लेक्ससम्म रुचाइने कलाकार बने दया ।

यो बर्ष दयाले अभिनय गरेका ‘नागबेली’, ‘टलकजंग भर्सेस टुल्के’ र ‘सम्बोधन’ सफल हुन सकेनन् । तर, पनि दयाहाङलाई कामले पछ्याइरहयो । यो बर्ष दयाहाङको हातमा प्रशस्त चलचित्र आए, जुन आउँदो बर्ष प्रदर्शनमा आउनेछन् । नेपाली चलचित्र क्षेत्रमा दयाहाङलाई दमदार अभिनय गर्ने कलाकारको रुपमा लिइन्छ ।




३. जीवन लुइँटेल : गत बर्ष र यो बर्ष पनि जीवन लुइँटेल अभिनित चलचित्रले बक्स अफिसमा धुम मच्चाउन सकेनन् ।

बर्षको अन्त्यमा प्रदर्शनमा आएको चलचित्र ‘भुल भूलैया’को सुखद ओपनिङले जीवनलाई राहत दियो । उनले अभिनय गरेका चलचित्रहरु ‘शिशा’, ‘ठूली’, ‘स्टूपिड मन’ले व्यापारिक सफलता हाँसिल गर्न सकेनन् । तर, जीवनको माग चलचित्र क्षेत्रमा घटेको छैन ।

यो बर्ष उनी २ पटक अमेरिका पुगे । अमेरिकाका विभिन्न शहरमा जीवन अभिनित ३ चलचित्र प्रदर्शनमा आए, जुन यसअघि कुनै नायकको आएका थिएनन् । चलचित्र खासै नचले पनि जीवनको व्यस्तता कम भएन । उनी अर्को बर्ष पनि नेपाली चलचित्रको बजारमा छाउने देखिन्छ ।

संचारमाध्यममा पनि जीवन छाइरहे । कहिले अमेरिका यात्रा र ग्रिनकार्ड अप्लाईको प्रसंग, कहिले एप्समार्फत जोडिएको फ्यानसँगको सम्बन्ध त कहिले सामाजिक संजालमा उनको सक्रियता । सधैजसो उनले संचारमाध्यमको ध्यान तान्न सफल भए ।




४. अनमोल केसी : नायक भुवन केसीका छोरा अनमोल केसीलाई नेपाली चलचित्रमा उदाउँदो सुपरस्टारको रुपमा हेरिएको छ । गतबर्ष चलचित्र ‘होस्टेल’ सफल भएपछि अनमोलको उचाई बढेको हो । यो बर्ष चल्ने कम चलचित्रको सूचीमा अनमोलको ‘जेरी’ अगाडि आउँछ ।

यो बर्ष उनको एउटा मात्र चलचित्र प्रदर्शनमा आयो, जसलाई हेर्न दर्शक हलमा ओइरिए । अनमोलको फ्यान पेजमा फलोअरको संख्या ह्वात्तै बढेको छ । अनमोल नेपाली नायकहरुमा सवैभन्दा धेरै फेसबुकमा फ्यान भएका कलाकार हुन् । यो बर्ष उनी र ‘जेरी’ नायिका आना शर्माको प्रेम प्रसंगले पनि चर्चा पायो ।

उनले कुन चलचित्र साइन गर्छन र कुनबाट ब्याक हुन्छन जस्ता सानातिना खवरले पनि पाठकको ध्यान तान्ने गरेको छ । अनलाइनखरमा अनमोलबारे प्रकाशित सवैजसो समाचार लोकप्रिय बने । पाठकको यही क्रेजका कारण अनमोल नेपाली चलचित्र क्षेत्रका नयाँ सुपरस्टार हुन् ।



५. सौगात मल्ल : सौगात मल्ल अभिनयका हिसावले नेपाली फिल्म उद्योगमा निकै वजनदार नाम बनिसक्यो । उनले जति पनि चलचित्रमा काम गर्छन, जुन जुन भूमिका गर्छन, ती सवै समकालिन नेपाली समाजमा राम्रैसँग स्थापित भइदिन्छन् ।

यो बर्ष उनले ‘मुखौटा’, ‘श्री ५ अम्बरे’ र ‘षडङ्ग’ बक्स अफिसमा सर्वाधिक असफल चलचित्र हुन् । तर, यी ३ वटै चलचित्रमा उनले गरेको कामको खुबै चर्चा भयो, अर्थात फिल्म असफल भए पनि सौगात सधै सफल रहे । चलचित्र ‘षडङ्ग’बाट सौगातले ‘कालु’ नामक पात्र जन्माएका छन् । नेपाली चलचित्रमा पात्रमा भिजेर अभिनय गर्ने कलाकार सौगात जस्तो सायदै अरु होलान् ।

संचारमाध्यममा आउन नचाहने सौगात यो बर्ष पनि पछि परे । लो प्रोफाइलमा रहेर उन्नत अभिनय गर्ने भएपनि उनी संचारमाध्यम, सामाजिक संजाल र फ्यानसँगको अन्तरक्रियामा पछि परेका कारण हामीले उनलाई पाँचौं स्थानमा राख्यौं ।
Title: Re: Year 2071 review (Nepali Film Industry) सफल र असफल फिल्मको कहानी
Post by: tundikhel on April 13, 2015, 12:08:04 AM
शिल्पादेखि छुल्ठिमसम्म, यी हुन् यो बर्ष भित्रिएका आशा लाग्दा नव-नायिका


नेपाली चलचित्रमा पुराना नायिकाहरुको घम्साघम्सी त आफ्नो ठाउँमा छ नै । नयाँ नायिकाहरुको प्रवेशले पनि यो बर्ष सर्वाधिक चर्चा पायो । यो बर्ष नेपाली चलचित्रले आशा लाग्दा केही अनुहार पाएको छ, जसले आगामी दिनमा यो चलचित्रलाई धनी बनाउन सक्छन् । तिनै आशातित केही नायिकाको आउनुहोस् चर्चा गरौ ।

म्यूजिक भिडियोमा सर्वाधिक सफलता पाएपछि चलचित्र ‘लज्जा’बाट नेपाली रजतपटमा भित्रिएकी नायिका हुन्, शिल्पा पोख्रेल । निर्माता छविराज ओझाको छविराज प्रोडक्शनबाट भित्रिएकाले पनि शिल्पाका लागि यो बर्ष सफलताले चुम्यो ।

यो बर्ष शिल्पाले अभिनय गरेका २ चलचित्र प्रदर्शनमा आए । जसमा ‘लज्जा र हवल्दार सुन्तली’ पर्छन् । दुबै चलचित्रको व्यापारले शिल्पा पोख्रेललाई यो बर्षकी सर्वाधिक सफल नव-नायिकाको स्थानमा राखिदिएको छ । दुबै चलचित्रले बम्पर ब्यापार गरेका छन् । जसका कारण पनि आउँदो बर्ष शिल्पा पोख्रेलबाट चलचित्र क्षेत्रले ठूलो आशा राख्न सक्छ ।



नायिका छुल्ठिम गुरुङ

चलचित्र ‘नोभेम्बर रेन’मा काम गरेपछि नव-नायिका छुल्ठिम गुरुङले सबैको तारिफ पाइन् । उनले निर्वाहा गरेको ‘डल्ली’ भूमिकाले चलचित्रको व्यापारमा नै फेरबदल ल्याइदियो । हुनत, यसपछि छुल्ठिमले चलचित्रमा काम नगर्ने बताउँदै आएकी छिन् ।



नायिका आना शर्मा ।

तर, उनीबाट दर्शकले चलचित्रमा ठूलो आशा राख्न सक्छन् । चलचित्र ‘जेरी’बाट चलचित्र क्षेत्रमा भित्रिइन्, नयाँ अनुहार आना शर्मा । आनाले नायक अनमोल केसीसँग मिलेर निर्वाहा गरेको भूमिकाले तारिफ मात्र पाएन, चलचित्र पनि हिट भयो । यसकारण पनि आना शर्मालाई नेपाली चलचित्रमा नयाँ जेनेरेशनको नायिकाको रुपमा हेर्न थालिएको छ । आना अनमोल केसीसँगको प्रेम सम्बन्धले पनि यो बर्ष चर्चामा रहिन् ।




नायिका आश्मा डीसी

‘आभाष’बाट नेपाली चलचित्र क्षेत्रमा भित्रिएकी नायिका हुन् आश्मा डीसी । यो चलचित्रले व्यापारिक रुपमा त कुनै कमाल मच्चाएन, तर आश्माको कामको तारिफ भयो । आश्माले यसपछि अर्को चलचित्रमा काम गरिन्, ‘नाई नभन्नु ल ३’ । यो चलचित्रमा उनले छोटो तर महत्वपूर्ण भूमिका निर्वाहा गरेकी छिन् । टेलिभिजनमा कार्यक्रम चलाउँदै नायिका बनेकी आश्माले पनि छोटो समयमा नै आफूलाई दरिलो रुपमा उपस्थित गराएकी छिन् ।




नायिका अकेषा बिष्ट

यो बर्ष नै चलचित्रमा भित्रिएकी अर्की कलाकार हुन्, अकेषा बिष्ट । अकेषाले अभिनय गरेको चलचित्र ‘जिन्दगी रक्स’ले व्यापारिक रुपमा त खासै कमाल मच्चाएन, तर अकेषालाई नेपाली चलचित्रमा आशालाग्दी नायिकाको रुपमा हेरिएको छ । हुनत, उनले अब चलचित्रमा काम नगर्ने बताउँदै आएकी पनि छन् । तर, म्यूजिक भिडियोमा चम्किएकी अकेषाका लागि चलचित्र क्षेत्र पनि सुनौलो बन्न सक्छ ।

हुनत, यी बाहेक अन्य केही नयाँ महिला अनुहार पनि छन् जसले चलचित्रमा भविष्य बनाउने सोचका साथ अगाडि बढेका छन् । तर, माथि उल्लेखित ५ नायिकाले चलचित्र क्षेत्रमा आगामी बर्ष हलचल पैदा गर्न सक्ने देखिन्छ ।
Title: Re: Year 2071 review (Nepali Film Industry) सफल र असफल फिल्मको कहानी
Post by: tundikhel on April 13, 2015, 12:10:12 AM
७१ सालमा भित्रिए जो

अनिल यादव
स्टारका अनुहारले पनि दर्शक फिल्महलतिर नसोझिएपछि यो वर्ष धेरै फिल्मले नयाँ अनुहार भित्राए। दुई दर्जनभन्दा बढी नयाँ कलाकार हिरो–हिरोइनका रूपमा नेपाली रजतपटमा देखापरे । नेपाली फिल्म इतिहासमा मुख्य भूमिकामा यति धेरै नयाँ अनुहार आएको यो पहिलोपल्ट हो । तीमध्ये कतिपय दोहोरिसके भने कतिपय आशलाग्दा अनुहारका रूपमा देखिएका छन् । उनीहरूले अभिनय गरेका फिल्म नचले पनि कलाकारका रूपमा उनीहरू चल्न सक्ने छाँटकाँट देखिएको छ । तर, तीमध्ये मन छुने अभिनय गर्ने भने न्यून छन् ।


जेठ ९ गते रिलिज भएको फिल्म ‘हँसिया’ बाट नेपाली फिल्म क्षेत्रमा डेब्यू भएकी नायिका हुन्, हेमा श्रेष्ठ । एक्सनप्रधान यो फिल्मबाट उनले एक्सन नायिकाका रूपमा प्रशंसा समेत बटुलिन् । फिल्म हिट हुन नसके पनि Anna-Sharmaउनको अभिनय रजतपटमा ‘हिट’ भयो । स्टन्टका दृश्यसमेत दिएकी ‘हँसिया’ मा उनको एक्सन दमदार थियो । जसकारण मोडल तथा कोरियोग्राफर समेत रहेकी हेमालाई यही फिल्मले ‘एक्सन हिरोइन’ का रूपमा जम्ने सम्भावना देखाएको छ । तर, हेमा अब फिल्म क्षेत्रमा नदेखिने बुझिएको छ ।

कतिपय नायिकाहरू दर्जनौँ फिल्म खेल्दा पनि चर्चा कमाउन सक्दैनन् । तर, अनमोल केसीको जोडी बनेर ‘जेरी’ बाट डेब्यू भएकी नायिका आना शर्मालाई भने पहिलो फिल्ममै चिट्ठा पर्यो । उनको अभिनयले तारिफ त पायो नै, सँगसँगै उनलाई नेपाली फिल्म क्षेत्रको आशलाग्दो अनुहार पनि बनाएको छ । ¥याम्प कोरियोग्राफर रचना गुरुङ शर्माका छोरी आना अहिले ए लेभल अध्ययनरत छिन् । पहिलो फिल्मबाटै प्रशंसा पाएपछि आना भन्छिन्, ‘अब गम्भीर भएर अभिनयलाई निरन्तरता दिने सोचमा छु ।’

छविराज ओझा निर्मित फिल्म ‘लज्जा’ बाट डेब्यू गरेकी अभिनेत्री शिल्पा पोखरेल अर्को आशलाग्दो अनुहार हुन् । पर्दामार्फत महिला सशक्तीकरणको बुलन्द आवाज दिएकी शिल्पाको कामलाई दर्शकले रुचाए । निर्माता ओझा पनि खुशी भए । जसकारण अन्य दुई फिल्ममा पनि उनलाई नै हिरोइनका रूपमा लिएका छन् । ‘हवल्दार सुन्तली’ मा प्रमुख भूमिका पाएकी शिल्पा ‘किस्मत २’ मा पनि हिरोइन हुने पक्का भएको छ । करिश्मा मानन्धरको निर्माणमा बनिरहेको फिल्म ‘फागु’ मा समेत शिल्पा नै अनुबन्धित भएकी छिन् ।

थुप्रै गुरुङ भाषाका फिल्ममा अभिनय गरिसकेकी रिश्मा गुरुङ ‘कबड्डी’ बाट हिरोइनका रूपमा चिनिइन् । फिल्मसँगै उनले पनि सफलताको स्वाद चाखिन् । पोखरामा रहँदै गर्दा उनलाई ‘कबड्डी’ को लागि अफर आएको थियो । सुरुमा उनले काम गर्न मानेकी थिइनन् । तर, पछि यही फिल्मले उनलाई चिनायो । अहिले उनको हातमा दुइटा फिल्म छन्, ‘झुम्की’ र कबड्डीकै सिक्वेल ‘कबड्डी कबड्डी’ ।

यही वर्ष नेपाली फिल्मको इतिहासमा पहिलोपटक दुवै हात नभएका हिरो बने, सुदर्शन गौतम । उनलाई नायिका रेखा Sudarshan-gautamथापाले आफ्नै फिल्म ‘हिम्मतवाली’ बाट आफ्नो जोडीका रूपमा डेब्यू गराइन् । ‘अपांगता असक्षमता होइन’ भन्ने तथ्यलाई सुदर्शनले अभिनयमार्फत प्रस्ट पारे । नेपाली मूलका क्यानडियन नागरिक सुदर्शनले सगरमाथा आरोहण गरेर गिनिज बुकमा नामसमेत लेखाएका छन् । अहिले उनी ‘सुपरहिरो’ फिल्ममार्फत फेरि अभिनयलाई निरन्तरता दिने तयारीमा रहेको बताउँछन् ।

यही वर्ष डेब्यू भएका केही कलाकार यही वर्ष दोहोरिए । फिल्म ‘जिन्दगी रक्स’ बाट हिरोका रूपमा प्रवेश भएका सौरमराज तुलाधार ‘षडङ्ग’ मा पनि प्रमुख भूमिकामा देखिए । उनको पहिलो फिल्मले अपेक्षित व्यापार गर्न सकेन, तर उनको अभिनयले निरन्तरता पायो । म्युजिक भिडियोका मोडलका रूपमा चिनिएका सौरम अहिले नायकका रूपमा चिनिँदै छन् ।

नायिकाद्वय अनिता आचार्य र आश्मा डीसी पनि डेब्यू वर्षमै दुइटा फिल्मका नायिका बने । अनिताको दुवै फिल्म ‘सरी ल’ र ‘अलबिदा’ चलेनन् । तर, पनि उनको अभिनयको तारिफ भयो । भीजेबाट हिरोइनका रूपमा ‘आभास’ बाट डेब्यू भएकी आश्मालाई पनि ‘नाइँ नभन्नू ल–३’ मा अभिनय गर्ने अवसर मिल्यो । उनको डेब्यू फिल्मले सोचेजस्तो व्यापार नगरे पनि उनको सक्रियतामा रोक लागेन । रेखा थापाको आगामी फिल्म ‘रामप्यारी’ मा समेत उनको भूमिका रहने बताइएको छ ।

रेडियो नाटक लेखक र निर्देशकका रूपमा चिनिएका खगेन्द्रप्रसाद लामिछाने नेपाली रंगमञ्चमा चर्चित नाम हो । विगत १५ वर्षदेखि रंगमञ्चमा सक्रिय उनी यही वर्ष फिल्म ‘टलकजंग भर्सेस टुल्के’ बाट हिरोका रूपमा उदाए । ज–जसले फिल्म हेरे, प्रायःले उनको अभिनयको खुलेर प्रशंसा गरे । दीपेन्द्र के खनालको निर्देशनमा बन्न लागेको फिल्म ‘पशुपति प्रसाद’ को प्रमुख भूमिकामा पनि देखिन लागेका खगेन्द्रको रुचि चाहिँ लेखन हो ।

आर्यन सिग्देल स्टारर ‘नोभेम्बर रेन’ बाट यही वर्ष रजतपटमा छाएकी छुल्ठिम गुरुङ पनि धेरैका आँखामा पर्न सफल देखिइन् । भीजेबाट नायिका बनेकी छुल्ठिमको चर्चा अहिले सेलाएको छ । तर, धेरैले भनेका थिए– ‘उनको अभिनय चर्चा गर्न लायक छ ।’ छुल्ठिम गायक धीरज राईकी श्रीमती थिइन् । अहिले उनीहरूको डिभोर्स भइसकेको छ ।


धेरैजसो मोडलहरू यो वर्ष नायक–नायिकाका रूपमा फिल्मनगरीमा भित्रिए । ‘बिर्खेलाई चिन्छस्’ बाट आयुषा राई, ‘रङ बैजनी’ बाट दिक्पाल कार्की, ‘जिन्दगी रक्स’ बाट अकेशा विष्ट यसकै उदाहरण हुन् । यी तीनैजनाको फिल्मले अपेक्षा गरेजस्तो व्यापार गरेनन् ।

स्वर्गीय आलोक नेम्वाङ निर्देशित ‘अझै पनि’ बाट धेरैले आशा गरेका थिए । प्रचारबाजी पनि ठूलै थियो । यद्यपि फिल्म चल्न सकेन । तर, यही फिल्मबाट ‘डेब्यू’ गरेकी सुरक्षा पन्तको अभिनयले भने तारिफ पायो । यता फिल्म ‘ताण्डव’ बाट ¥यापर लाहुरे अर्थात् आशिष रानालाई निर्माता मोहन डोटेलले अभिनयमा ल्याए । सबैले सोचेका थिए– ‘फिल्म राम्रो होला, चल्छ ।’ तर त्यसो भएन । ‘लाहुरे’ लाई हेर्न गएका दर्शक निराश भए ।

आफैँ लगानी गरेर हसन राजा खानले फिल्म ‘अलबिदा’ बाट यही वर्ष हिरो बन्ने धोको पूरा गरे । केही फिल्ममा सामान्य भूमिकामा खेल्दै आए पनि हसन यो फिल्ममा प्रमुख कलाकार बने ।

निर्माता राजकुमार राईको फिल्म ‘वन वे’ बाट यो वर्ष दुई नवकलाकार भित्रिए, सिद्धार्थ गुरुङ र माला लिम्बू । पहिलोपटक ‘गुडबाई काठमान्डू’ मा काम गरेको भए पनि प्रदर्शनका आधारमा ‘वन वे’ मालाको पहिलो फिल्म हो ।

यसैगरी फिल्म ‘स्टुपिड मन’ बाट पनि दुई नवनायिकाको प्रवेश भयो । जापानमा बस्दै आएकी चाँदनी शर्मा र भीजे रिजु श्रेष्ठ एकसाथ यो फिल्मबाट डेब्यू भएका हुन् । फिल्म ‘माला’ बाट प्रज्वल गिरी , ‘विधवा’ बाट सोनु घिमिरे र ‘इस्केप’ बाट प्रदीप खड्का पनि यसैवर्ष नेपाली रजतपटमा भित्रिए । (साभार : शुक्रवार साप्ताहिक)
Title: Re: Year 2071 review (Nepali Film Industry) सफल र असफल फिल्मको कहानी
Post by: anand on April 13, 2015, 01:16:26 PM
वर्ष २०७१ : वर्षका हिट हिरोइन

 पुरुष पात्र प्रधान नभई फिल्म चल्दैन भन्ने पुरातन मान्यता यो वर्ष विस्तारै परिवर्तन भएको देखिन्छ । वर्ष २०७१ मा केही महिला विषय र चरित्र प्रधान रहेका फिल्म आए । यसवर्ष भुमिका, अभिनय र चर्चाका कारण निम्न पाँच हिरोइन हिट रहे ।

१. प्रियंका कार्की

पि्रयंका वर्ष २०७१ मा भुमिका, अभिनय र व्यस्तता तीन कारणले चर्चामा रहिन् । उनी फिल्म 'सुन्तली'मा केन्दि्रय भुमिकामा देखा मात्रै परिनन्, अभिनयको तारिफ पनि भयो । त्यसैगरी फिल्म 'माला'मा उनले भड्केको आत्माको चरित्रमा अभिनय गरेर प्रयोग पनि गरिन् ।

पि्रयंकाका वर्षभरीमा छ फिल्म आए भने आइटम डान्स गरेका दुई र केमियो रहेको एक फिल्म पनि यसै वर्ष आउँदा दर्शकको नजरमा उनी वर्षैभरी छाईरहिन् । यसबाहेक विज्ञापन र म्युजिक भिडियोमा पनि उनको वचस्र्व नै रह्यो । वर्र्षको अन्त्यमा आएको 'नाई नभन्नु ल ३'ले बक्स अफिसमा पनि सफलता दिलायो ।

बलिउड अभिनेता शाहरुख खानको कार्यक्रममा नाचेर होस् वा आइटम गीत र म्युजिक भिडियोमा नाचेर पि्रयंकाले आफ्नो ग्ल्यामर छवीको सही मार्केटिंग गर्न सफल रहिन् । यसैले होला 'मेरो वेष्टप|mेन्ड', 'आवरण', 'पुन्टे परेड', 'षडङ्ग' असफल भए पनि पि्रयंकाको करिअरमा खास फरक पारेन । बरु २०७१ बाटै उनले आफुलाई गायनमा पनि प्रयोग थालिन् । उनको गलाको नतिजा भने वर्ष २०७२ ले गर्ला ।

 

२. रेखा थापा

रेखा वर्ष २०७१ मा 'हिम्मतवाली' बनेर दर्शकमाझ आईन् । उनैले निर्देशन समे तगरेको यो फिल्मबाटै रेखाले काफी चर्चा बटुलिन् । यो फिल्ममा दुवै हात नभएका सुदर्शन गौतमलाई 'नायक'का रुपमा लिइन् । सुदर्शनसँग रेखाको प्रेमसम्बन्धका समाचार पनि आए ।

यही वर्ष आएको अर्को फिल्म 'तथास्तु' सफल नभए पनि उनी यसमा केन्दि्रय भूमिकामा थिइन् । आगामि फिल्ममा बलात्कार पीडित दुई युवतीलाई 'ब्रेक' दिने घोषणाले पनि उनलाई चर्चा दिलायो । उनको अर्को फिल्म 'दमदार' चाहिँ आए गएको दर्शकलाई खासै पत्तो भएन ।

३. नम्रता श्रेष्ठ

नम्रताका लागि यो वर्ष राम्रो रह्यो । 'नोभेम्बर रेन' मा आर्यनसँगको उनको केमेस्ट्रीलाई दर्शकले रुचाईदिए । 'सोल सिस्टर' नामक असफल फिल्मबाट उनी निर्माता पनि बनिन् । उनले अभिनय गरेका 'ताण्डव' र 'सम्बोधन'ले रिलिज अघि चर्चा पाए पनि सफल भने भएनन् ।

बरु उनले अभिनय गरेको नाटक 'यार्मा'ले राम्रै चर्चा दिलायो । उनको नाम कहिले 'ताण्डव' कोस्टार आशिष राना 'लाहुरे'सँग जोडियो त कहिले अर्का एक व्यवसायीसँग ।

४. शिल्पा पोखरेल

यस वर्ष पुराना हिरोइन मात्र होइन, केही नयाँले पनि आपmनो चमक देखाए । तिनमा एक हुन्, शिल्पा पोखरेल । शिल्पाका यो वर्ष दुई फिल्म आए 'लज्जा' र 'हवल्दार सुन्तली' । छवि ओझाले निर्माण गरेका यी दुवै फिल्ममा उनको मुख्य भूमिका थियो । शिल्पालाई रेखाको विकल्पका रुपमा पनि हेरियो । 'लज्जा'ले उनलाई राम्रै चर्चा दिलायो भने दोहोरो भूमिका भएको 'हवल्दार सुन्तली'ले सफलता पाइरहेको छ । करिश्मा मानन्धरले निर्माण गरेको फिल्म 'फागु'मा पनि शिल्पा मुख्य भूमिकामा देखिदैछिन् ।

५. रिश्मा गुरुङ

रिश्मा यो वर्षको सुपरहिट फिल्म 'कबड्डी'बाट फिल्ममा आइन् । दयाहाङ राई र निश्चल बस्नेतका बीच कबड्डी गराउने पात्रका रुपमा तडकभडक विनाको भूमिका दर्शकले 'नोटिस' गरे । सामान्तया ः नेपाली फिल्ममा हिरोइनको काम नाचगान गर्ने र केही 'मर्मभेदी' संवाद बोल्ने हुन्छ । यिनको भूमिका त्यस्तो थिएन । तैपनि, थकाली समुदायकी युवतीको भूमिकामा यी गुरुङसेनी अभिनेत्री जमिन् । सुटिंग भइरहेको यो फिल्मको सिक्वेल 'कबड्डी कबड्डी'मा पनि रिश्मा मुख्य भूमिकामा छन् । अपिल विष्टको फिल्म 'झुम्कि'मा पनि उनी मुख्य भूमिकामा छन् । धेरै हल्लाखल्ला नभए पनि र मिडियामा ग्ल्यामरस हिरोइनका रुपमा नछाए पनि अभिनेत्रीका रुपमा रिश्माले आफ्नो स्थान बनाउँदै गएकी छन् ।
Title: Re: Year 2071 review (Nepali Film Industry) सफल र असफल फिल्मको कहानी
Post by: anand on April 13, 2015, 02:34:28 PM
राजेशदेखि आर्यनसम्म, जसले गरे यो बर्ष बिहे
मिथिला र झरनाको बिहे पनि चर्चामा

७ वर्ष अगाडि बेलायती नागरिकसँग ईन्गेजमेन्ट गरेर पनि बिबाह नगरेकी नायिका एवं मोडल झरना बज्राचार्यको विषयमा कतिले पछिसम्म पनि टिप्पणी गरिरहे । ‘कतै त्यो सुटिङ त थिएन ।’

लगभग सुटिङकै शैलीमा उनको अर्को खबर सार्वजनिक भयो । झरनाको बिबाह । पूर्व मिस नेपाल समेत रहेकी झरनाले भारतीय मुलका मलेसियन नागरिक राहुल अग्रवालसँग बिबाह गरिन् । चलचित्र ‘सेप mल्याण्डिङ मा काम गर्दा उनीहरु एक अर्कासँग नजिकिएका थिए ।

नेपाली चलचित्र क्षेत्रमा यो वर्ष पछिल्लो पटक बिबाह गर्ने जोडी यीनै हुन् । सम्बन्ध जोड्नेहरु भन्दा तोड्नेहरु बढ्दै गएको चलचित्र क्षेत्रमा यो वर्ष आधा दर्जनले आफ्ना जोडी बाँधेका छन् ।

पटक-पटक विवादमा आएकी नायिका सुमिना घिमिरेले पनि गएको फागुनमा बिबाह गरिन् । पेशाले पाइलट रोशन सापकोटासँग बिबाह गरेकी सुमिनाले प्रेमपछि बिबाह गरेको बताएकी छिन् । एउटा म्युजिक भिडियोको सुटिङको क्रममा उनीहरुको भेट भएको थियो ।

एक महिनाको अन्तरमा दुई नायकको बिहे
चकलेटी नायक आर्यन सिग्देलले बिबाह गरेको ठ्याक्कै एक वर्ष भयो । वर्ष ०७१ को प्रारम्भ (वैशाख)मै प्रेमिका सपना भण्डारीसँग बिबाह गरेका थिए उनले ।

आर्यनले बिहे गरेको एक महिनापछि जेठको दोश्रो साता नायक राजेश हमालले लगनगाँठो कसे ।  ५० वर्षका हमालले मोडल मधु भट्टराईसँग बिबाह गरेका हुन् । ७ वर्षको प्रेमपछि बिबाह गरेको हमालको भनाई छ । आफु भन्दा २० वर्ष कम उमेरकी युवतिसँग बिबाह गरेका हमाल अहिले खुसी छन् । हमालको बिहेले सर्वाधिक चर्चा पनि पायो । साथमा लामो समयदेखि ‘बिहे कहिले गर्नुहुन्छ’ भन्ने प्रश्नले पनि जवाफ पायो ।

‘नाई नभन्नु ल’कि नायिका ऋचा सिंह ठकुरी सुटुक्क बिहे गर्ने नायिकाको रुपमा चिनिन्छिन् ।

अष्टे्रलियामा बस्दै आएका गजेन्द्र थापासँग असारको पहिलो साता बिहे गरेकी थिईन् उनले । फिचर चलचित्रको अतिरिक्त केही म्युजिक भिडियोमा समेत अभिनय गरेकी छिन् उनले ।


रंगमञ्चमा विशेष दख्खल राख्ने निर्देशक अनुप बराल र नायिका दिया मास्केले पनि गएको असारको तेस्रो हप्ता बिबाह गरे । ६ वर्ष लामो प्रेमपछि बिबाह गरेका उनीहरु अहिले चलचित्र र रंगमञ्चमा सक्रिय छन् ।

महिना नपुग्दै शोक
नायक श्रीकृष्ण श्रेष्ठ र नायिका श्वेता खड्काको बिबाह नेपाली चलचित्र उद्योगको अहिलेसम्मको अविस्मरणीय घटनाको रुपमा चिनिन्छ । श्वेतासँग बिबाह गरेको एक महिना नपुग्दै श्रीकृष्णको निधन भएको थियो ।
‘कहाँ भेटिएला’ मा काम गर्ने क्रममा भेटिएका यी जोडीले पाँच वर्षको प्रेमपछि बिबाह गरेका थिए । बिबाह लगत्तै बिरामी भएका श्रीकृष्णको उपचारकै क्रममा निधन भएको थियो ।

मिथिलाको बिहे पनि चर्चामा
यो बर्ष बिहे गर्ने कलाकारको सूचीमा मिथिला शर्मा पनि पर्छिन् । मिथिलाले पूर्व आइजीपी मोतीलाल बोहरासँग यसै बर्ष बिहे गरिन् ।
मिथिलाले बोहरासँग गरेको बिहेले सर्वाधिक चर्चा पायो । कारण मिथिला बोहराकी दोश्री श्रीमती थिइन् । ७५ बर्षका मोतीलालसँग मिथिलाले उमेर ढल्कदै गएपछि बिहे गरेकी थिइन् ।



यो बर्ष नेपाली चलचित्र क्षेत्रमा कलाकारले  जोडी खोज्ने काम गरे । जसका कारण पनि उनीहरु बर्षैभरि चर्चामा रहे । बर्षको अन्त्यमा नायक रेश महरठ्ठाले पनि प्रेमिका आश्मी घिमिरेसँग इन्गेजमेन्ट गरे । उनले अर्को बर्ष बिहे गर्ने बताएका छन् । यो बर्ष नेपाली चलचित्र क्षेत्रलाई ‘बिहेको बर्ष’को रुपमा हेर्न सकिन्छ ।
Title: Re: Year 2071 review (Nepali Film Industry) सफल र असफल फिल्मको कहानी
Post by: tundikhel on April 13, 2015, 03:36:29 PM
नेपाली चलचित्र क्षेत्र : रेखा,शिल्पाको अफयर देखि प्रियंकाको भित्रि बस्त्र सम्मको स्क्यान्डल

13 April 2015 17:50

नेपाली चलचित्र क्षेत्रमा २०७१ साल त्यस्तो बर्ष बन्यो जसमा लागेको घाउ मेटिन अरु कुनै बर्षले सक्दैन |चलचित्रको व्यापार आफ्नो ठाउमा छ तर त्यो भन्दा बढी चर्चा यहाँ नायक नायिकाको भएको छ |चलचित्र सफल भए नभएपनि केहि नायक नायिका भने बर्ष भरि ई व्यस्त र चर्चित बने |

selfie-time-shree-and-shweta-khadka

७१ सालमै बिवाह बन्धनमा बाधिएका नेपाली चलचित्रका कुशल अभिनेता श्रीकृष्ण श्रेष्ठको साउनमा निधन भयो |उनले निर्माण गरेको चलचित्र कोहिनुर रिलिज हुने बित्तिकै उनको निधन भएको थियो |बिवाह गरेको एक महिनामा भएको असामयिक निधनले समग्रह नेपाली चलचित्र क्षेत्र स्तब्ध बन्यो भने उनि अभिनित अन्तिम चलचित्र कोहिनुरले ब्यबसायिक रुपमा एउटा इतिहास नै कायम गरेको छ |नेपाली चलचित्रमा त्यो इतिहास तोड्न अहिले कसैले आट गर्न सक्ने अवस्था छैन |श्रीको निधन पछि विव्हल बनेकी उनकी पत्नी एबम नायिका श्वेता खड्काले आफ्नो श्रीमानको सम्झनामा लेखेको फेसबुक स्टाटसले पनि बर्षभरि नै चर्चा पायो |

aaryan namrata

बर्षको सुरुवातमा रिलिज भएको चलचित्र नोभेम्बर रेनले राम्रो व्यापार गर्यो |नायिका नम्रता र आर्यनको असफल हुने गरेको छापलाई यसले जोगायो |नम्रताको अरु चलचित्र ताण्डव र सम्बोधनले उनलाई केहि गर्न सकेन उनि जहाको त्यहि रहिन भने आर्यन सिग्देले खेलेको लज्जाले उनलाई थप उचाइ दियो अरु चलचित्रमा उनले सोचेजस्तो सफलता हात पर्न सकेनन |बर्षको सुरुवातमै बिवाह बाँधमा बाधिएका आर्यन सुरुवातमै चर्चित बने |

तुलनात्मक रुपमा प्रियंका कार्कीको चलचित्र धेरै नै रिलिज भए तर उनलाई नाइँ नभन्नु ल २ ले मात्र अलिकति राहत दिएको थियो भने नाइँ नभन्नु ल ३ ले पनि राम्रै सुरुवात गरेको छ |तर उनि यस बर्षकी चर्चित नायिका बनिन |उनका विभिन्न स्क्यान्डल र आफैले दिएका अभिव्यक्तिले उनलाई निकै चर्चित बनायो भने उनले लगाएको भित्रि बस्त्र देखिएको भनि मिडियामा आएको खबरले पनि उनलाई थप चर्चित बनायो |यो भन्दा पनि म्युजिक भिडियो र स्टेज कार्यक्रमले पनि यो बर्ष थप व्यस्त बनिन |‘मेरो बेष्ट फ्रेन्ड’, ‘आवरण’, ‘पुन्टे परेड’(विशेष भूमिका), श्री ५ अम्बरे(आइटम गीत), मिसन पैसा २ (आइटम गीत), ‘सुन्तली’, ‘माला’, ‘षडङ्ग’ चलचित्र असफल बने ।तर पनि उनको माग नेपाली चलचित्रमा कायमै छ |उनको अभिनयको पनि उत्तिकै चर्चा हुने गरेको छ |

rekha-thapa-and-sudarshan-gautam

नेपाली चलचित्रमा हिम्मतवाली नायिकाको रुपमा चिनिएकी नायिका रेखा थापा यो बर्ष पनि अरु बर्षहरुझैँ चर्चित बनिन |यो बर्ष उनको ३ ओटा चलचित्र प्रदर्शनमा आए |सबैमा उनको दमदार रुप देखिएको थियो तर हिम्मत्वाली चलचित्र भन्दा अरु चलचित्रले उनलाई खासै चिनाउन सफल भएन |चलचित्र सफल नभएपनि उनको चर्चा भने भैरह्यो |हिम्मत्वालीमा दुवै हात नभएका सुदर्शन थापालाई नायक बनाएकी उनले उनै संग नाम पनि जोडियो |सुदर्शनले पनि मन मिले बिवाह गर्न कुनै आपत्ति नभएको प्रतिक्रिया दिएपछि सम्बन्ध झन् चर्चित बन्यो र बिस्तारै हराउदै पनि गयो |बर्षको अन्तिम तिर भारतमा एउटा बिशेष कार्यक्रममा उनलाई नेपाली महानायिका भनि प्रचार गरिएको थियो |यसले पनि उनलाई थप चर्चित बनायो भने विभिन्न कार्यक्रम र भेटघाटले पनि उनलाई यो बर्ष व्यस्त बनायो |अहिले उनि चलचित्र राम्प्यारिमा व्यस्त छिन |

shilpa n chhabi

नायिका रेखा थापा संग सम्बन्ध बिच्छेद भएपछी एक्लै बस्दै आएका निर्माता छविराज ओझा र लज्जाबाट चलचित्रमा प्रवेश गरेकी नायिका शिल्पा पोख्रेलको सम्बन्धले पनि चर्चा पायो |छबिराजलाई आफ्नो बुबा सरह मान्ने शिल्पा र शिल्पाले प्रपोज गरे नाइँ भन्न नसक्ने अविब्यक्ति दिएका ओझा बिचको सम्बन्धले पनि चलचित्र खुबै तात्यो |नेपाली चलचित्रमा रेखा थापालाइ टक्कर दिने नायिका कोहि छ भने त्यो शिल्पाई हो भनि ओझाले अब रेखाको ठाउ शिल्पाले लिने बताउदै आएका छन |तर शिल्पाले यसलाई सिरियस रुपमा नलिएको बताएकी छन |

नायिका निता ढुंगाना पनि यो बर्षको अन्तिममा आएर चर्चित बनिन |उनले अभिनय गरेको एउटा मात्र चलचित्र भुल भुलैयाले उनलाई चर्चित बनाउदैछ |आफ्नो प्रेमीको नाम पनि उनले यसै बर्ष सार्बजनिक गरिन |दुइ बर्ष देखिको गुपचुप प्रेमलाई उनले फेसबुक मार्फत सार्बजनिक गरिन |अदालतमा गएर बिहे गरेको हल्ला आएपनि उनले कागजी बिहे नगरेको प्रतिक्रिया दिएकी छन |नेपाली चलचित्रमा आसलाग्दी नायिकाको रुपमा चिनिएकी उनि म्युजिक भिडियो र अन्य कार्यक्रमको शिलशिलामा ब्यस्त नै रहिन  |

sahana-bajracharya-and-suraj-giri

यो बर्षको अर्को चर्चित अर्को घटना सुरज गिरि र साहना बज्राचार्यको घटना हो उनीहरुको प्रेमले पनि यो बर्ष खुबै चर्चा पायो |अस्लिल क्रियाकलाप गरिरहेको अवस्थामा सार्वजनिक ठाउ बाट पक्राउ परेका उनीहरुले एक व्यवसायीलाई दिएको धम्कीले पनि चर्चा पायो |आफुहरु प्रेममा परेको भन्दै खुलेआम हिड्दै आएका उनीहरुको अस्लिल हर्कतले कान्तिपुर टेलिभिजनको जागिरबाट पनि निस्काशित हुनुपरेको थियो |

नेपाली चलचित्रमा नायिका निशा अधिकारीको चर्चा कम हुने गरेपनि यो बर्ष उनि सरद भेषवाकरसंगको सम्बन्धको कारण चर्चित बनिन |चलचित्रबाट खासै सफल हुन नसकेकी उनि सरद संगको प्रेममा भने सफल भएकी छन |सार्बजनिक ठाउमा पनि संगै हुने गरेका उनीहरु अहिले आफुहरु बीच प्रेम रहेको खुलेआम बताउन थालेका छन |नायिका निशाले सरद्को प्रेम यसै बर्ष स्वीकार गरेकी हुन् |यो भन्दा पहिला मिडियामा आएको हल्ला बेकार भएको भन्दै यो बाट आफु टाडा रहेको बताउदै आएकी थिईन |

नायिका सुष्मा कार्की नेपाली चलचित्रमा अश्लील हर्कत देखाएकै कारण ओझेलमा परि भने आफ्नो प्रेमी नरेन संगको सम्बन्ध बिच्छेदले पनि चर्चित बनिन |सार्बजनिक स्थलमै आफ्नो प्रेमीले आफुलाई कुटेको र जथाभाबी भनेको भन्दै एक बर्ष सम्म संगै बसेका उनीहरु अन्तत छुट्टिएका हुन् |सुष्माले आफ्नो प्रेमी आफ्नो लागि सधै भरिको लागि मरेको भन्दै उनको नाममा खोपको टाटु पनि हटाएकी छन |नरेनकै कारण आफु चलचित्रबाट ओझेलिएको भन्दै अब फेरी धमिलो भएको आफ्नो छविलाई संग्लो बनाउने प्रयासमा छिन |उनले अश्लील दृश्य दिनु आफ्नो गल्ति भएको भन्दै गल्तिको प्रयास्चित पनि गरेकी छन |यो बाहेक लोक गीतको म्युजिक भिडियो बाट पनि उनले राम्रै चर्चा पाएकी छन |

keki2

नेपाली चलचित्रमा केकी अधिकारी सोचेर र बुझेर बोल्ने क्षमता भएकी नायिका मानिन्छ |म्युजिक भिडियोमा राम्रै सग जमेकी उनले चलचित्रमा भने त्यति धुम मच्चाउन सकेकी छैनन् |त्यस्तो कुनै बिबादमा नपरेपनि उनले फेस्नुक्मा लेख्ने स्टाटस र उनको सकारात्मक अभिव्यक्तिको कारण चर्चित बनिन भने चलचित्र बाट खासै सफल हुन सकिनन् |उनले आस गरेको र आफुले सबै भन्दा न्याय गरेर भूमिका निर्वाह गरेको चलचित्र श्री ५ अम्बरेले उनलाई सफल बनाएन बहने पुनर्जन्मले केहि राहत दियो |यो बर्ष उनले आफ्नो बाबुले बैंकबाट लिएको ऋण समयमा तिर्न नसकेको भनि मिडियामा आएको प्रतिक्रियाका कारण भने केहि तनाबको सामना गर्न पर्यो |नेपाली संगीतका चर्चित गायक राजेश पायल राइ संग आफ्नो नाम जोडिएर आएको भन्दै उनले आफुले राजेश दिलाई तिहारमा टिका लगाइदिने अबिब्यक्ति दिदै फेसबुकबाट स्पस्टिकरण दिएकी थिईन |

केहि समय हराएकी नायिका नम्रता श्रेष्ठपनि यो बर्षको सुरुवातमै चर्चित बनिन नोभेम्बर रेनले उनलाई चर्चित बनायो |त्यसपछि सम्बोधन र ताण्डवले उनलाई असफल बनायो |प्रेममा पनि उनको सफल असफल भएको खबरहरि आइरह्यो |प्रेमी प्रेम घले सग छुटेको र मिलेको अनि आशिस लाउरे संग प्रेममा परेको खबरले पनि उनि चर्चित बनिन |तर जे भएपनि उनले चलचित्रबाट भने सोचे जस्तो सफलता पाउन सकिनन् |

नेपाली चलचित्रका महानायक राजेश हमाल यस बर्ष बिवाह बन्धनमा बाधिए |आफ्नो ९ बर्ष देखिको प्रेमलाई उनले यसै बर्ष विवाहमा परिणत गरे |बिहेकै कारण उनि चर्चित बने भने चलचित्रको कारण उनि चर्चित बन्न सकेनन |स्वदेश तथा बिदेशमा हुने कार्यक्रमले पनि उनि यस बर्ष व्यस्त बने |सधै भरि पुरानै शैलीमा ड्रेसअप गर्ने उनि बिहे पछि केहि आधुनिक जस्ता देखिए जसले उनलाई चर्चित बनायो |

anmol kc

नेपाली चलचित्रमा आर्यन सिग्देल ,जीवन लुइँटेल ,अनमोल केसी ,दयाहंग राइ ,गजित बिष्ट ,किशोर खतिवडा ,सबिन श्रेष्ठ ,सुबाश थापा ,संयम पुरी ,रेखा थापा,प्रियंका कार्की,,गरिमा पन्त ,केकी अधिकारी ,निता ढुंगाना ,नम्रता श्रेष्ठ ,जस्ता नायक नायिकाहरुको बलियो उपश्थिति रह्यो भने शिल्पा पोख्रेल ,अकेसा बिष्ट ,आना शर्मा ,जस्ता नायिकाको आगमन पनि भएको छ |बालकलाकार अनुभब रेग्मी र सुज्ञानी भट्टराईको अभिनयले पनि यो बर्ष चर्चा पायो |
jhola-film-poster

चलचित्र धेरै रिलिज भएपनि तुलनात्मक रुपमा एक दर्जन चलचित्र मात्र सफल रहेका छन |नोभेम्बर रेन , कोहिनुर ,हिम्मतवाली,लज्जा ,कबड्डी ,नाइँ नभन्नु ल २ ,पुनर्जन्म ,झोले लगायत केहि चलचित्र मात्र सफल हुन सके |नेपाली समाजको वास्तविक चित्र बोकेको चलचित्र झोलाले चलचित्रबाट राम्रो ब्यापारको आस गरेपनि सफल हुन सकेको थिएन |१०० बर्ष अघिको जिउदो समाजको चित्रण यसमा देख्न पाइनेछ्न |यसै चलचित्रबाट अभिनेत्री गरिमा पन्तले सार्कको उत्कृष्ट नायिकाको अवार्ड समेत पाइन् तर नेपालमा यो चलचित्रले औसत व्यापार पनि गर्न सकेन र बैशाख ११ गरे बाट फेरी प्रदर्शनको तयारी गरेको छ |

विभिन्न चर्चा र नायक नायिकाको अबिब्यक्ति र निर्माता निर्देशकको बनाइ र दर्शकको टिप्पणीलाई हेर्ने हो बाहे यो बर्ष नेपाली चलचित्रले गएको बर्षहरुकै असफलतालाइ आत्मसाथ गरेको देखिन्छ |रिलिज भएको चलचित्र मध्ये जम्मा ५ प्रतिसत मात्र चलचित्रले ब्यापारिक सफलता हात पार्ने गएको बर्षहरुको कार्यलाई यो बर्षले पनि निरन्तरता दियो भने उपलब्धिमुलक काम केहि गर्न सकेन बरु आठ बर्षीय बालक सौगात बिष्टले सानै उमेरमा चलचित्र निर्माण गरेको भनि लभ यु बाबा बाट गिनिज बुकमा नाम लेखाए तर चलचित्र भने सफल हुन सकेन |उनको कामको प्रसंसा भयो तर दर्शकले उनलाई पत्याएनन |

saugat best

२०७१ साल नेपाली चलचित्र जे जस्तो भएपनि ७२ सालमा केहि राम्रो हुने आस गरौ |नेपाली भएर नेपाली चलचित्र हेर्ने बानी बसाल्नुपर्छ |नेपाली चलचित्र कमजोर छ भनेर टिका टिप्पणी मात्र हैन के गर्दा राम्रो हुन्छ भनेर सुझाब दिने गर्नुपर्छ |हलिउड र बलिउड सग नेपाली सिनेमालाइ तुलना गर्नु मात्र बुद्धमानी हैन |के कमजोरी छ हामी कहाँ चुक्यौ भन्ने कुराको पनि हेक्का राख्नुपर्छ |नेपाली चलचित्र असफल हुनुमा नायक नायिका ,निर्माता निर्देशक मात्र हैन हामी दर्शकपनि दोषी छौ |चलचित्र नै नहेरी नेपाली चलचित्र राम्रो हुन्न भन्ने बनि हामीले पनि हटाउनुपर्छ |सबै चलचित्र नराम्रा छैनन् र राम्रा पनि हुदैनन तर राम्रोलाई राम्रो र नराम्रोलाई यहाँ कमजोर छ भनेर औल्याउन सक्नुपर्छ |
Title: Re: Year 2071 review (Nepali Film Industry) सफल र असफल फिल्मको कहानी
Post by: anand on April 14, 2015, 12:58:00 PM
खोजियो ढिँडो, पस्किइयो पिज्जा!
 April 14, 2015   

नेपाली दर्शकले नेपाली फिल्म हेरिदिएनन् भनेर गुनासो गरिरहने फिल्मकर्मीलाई यो वर्ष दर्शकले स्पष्ट जवाफ दिएका छन्। उनीहरूले भनेका छन्– नेपाली फिल्म हेरिदिनुपर्छ भने नेपाली फिल्म नै बनाऊ।

नेपाली माटोको गन्ध थोरै भए पनि मिसिएको फिल्मलाई नेपाली दर्शकले पनि माया दर्शाएका छन्। मुस्ताङका थकाली समुदायको संस्कृति समेटिएको फिल्म ‘कबड्डी’, गण्डक क्षेत्रको लवज बोलिएको ‘टलकजंग भर्सेस टुल्के’, मुस्ताङको लोकेसन र युवाको प्रेमकथा रहेको ‘जेरी’ हिट बनाइदिएर दर्शकले उदाहरण पेश गरेका छन्। यसबाहेक फिल्म रिलिजकै छेकमा दिवंगत श्रीकृष्ण श्रेष्ठले अभिनय गरेको फिल्म ‘कोहिनूर’ले पनि राम्रो आर्थिक उपार्जन गर्योक। ‘स्टारडम’को बलमा रेखा थापाको ‘हिम्मतवाली’ले लगानी उठाउने हिम्मत देखायो। स्थापित ब्यानरका कारण छवि ओझा निर्मित ‘लज्जा’ले उनको लाज बचाइदियो। प्रेम परियारको स्वरमा रहेको गीत ‘मर्ने कसैलाई रहर हुँदैन’को चर्चाले ‘नाइँ नभन्नू ल–२’का निर्मातालाई जोगायो।

jeryहिन्दी र अंग्रेजी फिल्मको सहज पहुँचमा रहेका नेपाली दर्शकसँग छनोटको सुविधा र अधिकार प्रशस्त छ। आफूले खर्च गर्ने मूल्य बराबरको मनोरञ्जन फिल्मले दिन सक्छ कि सक्दैन? त्यो मापन गर्ने क्षमता पनि छ उनीहरूसँग। सत्य के हो भने अब नेपाली फिल्म सहानुभूतिले मात्रै चल्दैन। नेपाली दर्शकले नेपाली फिल्ममा खतरनाक एक्सन, भयभीत पार्ने हरर र अर्ती दिने सन्देशमूलक कथा खोजेका छैनन्। नेपाली फिल्ममा उनीहरू कमसे कम मौलिकता चाहन्छन्। अहिले बजारमा चलेको शब्द ‘अर्ग्यानिक’ नेपाली फिल्ममा होस्, खासमा दर्शकले खोजेको यत्ति हो। हिन्दी ‘विषादी’ र अंग्रेजी ‘रासायनिक मल’को प्रयोग नभइदिए नेपाली फिल्म फस्टाउनका लागि समय लाग्ने देखिँदैन।

कस्ता फिल्म बने?
नेपाली दर्शकको स्वाद नजाँचेर फिल्ममा लगानी गर्नेहरू यो वर्ष नराम्ररी चिप्लिए। यो वर्ष धेरै फिल्म एक्सन श्रेणीका बने। बलिउडका स्टार सलमान खान, आमिर खान, अजय देवगनहरूले एक्सन नै बिकाएपछि नेपालमा यो जान्रको बजार रहेको ठानेर निर्माता हौसिए। सलमानको फिल्म ‘किक’को समीक्षा गर्ने समयमा एक बलिउड फिल्म समीक्षकले भनेका थिए, ‘सलमानजस्ता स्टारहरूको फिल्मको समीक्षा गर्नु भनेको अन्डरवेयरमा आइरन गर्नु जस्तै हो।’ यसको अर्थ थियो– स्टारका फिल्म गतिला आइरहेका छैनन्। उनीहरूका फ्यानले हेरिरहेका छन्। ‘राम्रो छैन फिल्म’भन्दा पनि दर्शक जान्छन् भने किन कमेन्ट गर्नु?

नेपाली फिल्म निर्माताले यो बुझेको देखिएन। हिन्दी फिल्म ‘किक’, ‘सिंघम रिटर्न्स’, ‘धुम’ले नेपाली फिल्म हल पनि कब्जा गरेपछि धेरैलाई एक्सनमोहले तान्यो। ठूलो बजेट यस्तै प्रकारमा फिल्ममा खर्चिएको छ। धेरै लगानी गरिएको भनिएका ‘मुखौटा’, ‘मिसन पैसा–२’, ‘वान वे’, ‘हँसिया’ले एक्सनको बाटो पछ्याउँदा ती भीरबाट गुल्टिए। माथि उल्लेखित फिल्मले ‘हाइप’ मात्रै सिर्जना गरेका थिएनन्, तिनलाई आशलाग्दा फिल्मका रूपमा पनि हेरिएको थियो।

ग्याङस्टार कमेडी ‘षडङ्ग’, सस्पेन्स थि्रलर भनिएको ‘झिग्राना’ पनि दर्शकले हेर्न चाहेनन्। यीबाहेक ‘आवरण’ र ‘माला’ जस्ता दर्शकलाई तर्साएर मनोरञ्जन दिन खोज्ने फिल्मले अन्ततः निर्मातालाई नै तर्साइदिए।

केही उपलब्धि
यो वर्ष आश गरिएका फिल्म नचलेर अरूले नै बाजी मारेपछि फिल्म चल्नै छाडेको निष्कर्षमा फिल्मकर्मीहरू पुगेका छन्। प्राविधिक रूपमा नेपाली फिल्म स्तरीय हुँदै छ। फिल्म पढेकाहरू र अभिनय सिकेकाहरू फिल्ममा आइरहेका छन्। नयाँ प्रयोग पनि भइरहेको छ। निर्माणका प्रक्रियामा पनि यस वर्ष धेरैले दिमाग चलाएका छन्।

हिमग्याप लामाको निर्देशनमा किसान नेता भीमदत्त पन्तमाथि बनाइएको फिल्म ‘भीमदत्त’ र घुसखोरीविरुद्ध हेमराज बीसीले बनाएको ‘सम्बोधन’ नेपाली फिल्म आर्काइभका लागि महŒवपूर्ण छन्। त्यसैगरी थकाली संस्कृतिको पाटो उठाउने रामबाबु गुरुङ निर्देशित ‘कबड्डी’ र ‘कामकाजी’ नेपाली भाषाभन्दा माथि उठेर गण्डक क्षेत्रको मौलिक लवज बोल्ने ‘टलकजंग भर्सेस टुल्के’पनि परिवर्तनको मार्गमा हिँडिरहेको नेपाली फिल्मका लागि मार्गदर्शक बनेका छन्। अनि, भाष्कर ढुंगानाले फिल्म ‘सुन्तली’मार्फत मौलिक कथा भन्ने तरिका ल्याएका छन्। अघिल्लो वर्षको अन्त्यमा रिलिज भए पनि फिल्म ‘झोला’ले सफलता यही वर्ष हासिल गरेको हो। कृष्ण धरावासीको बहुचर्चित कथा ‘झोला’मा आधारित फिल्मले सय वर्षअघिको नेपाली जनजीवनलाई उठाएको थियो। सती प्रथामा आधारित फिल्मलाई दर्शकले रुचाए। ‘सार्क फिल्म फेस्टिभल २०१४’मा यही फिल्मबाट गरिमा पन्तले उत्कृष्ट नायिकाको अवार्ड जितिन्। फिल्म’साँघुरो’का निर्देशक जोयश पाण्डेले ‘स्पेसल जुरी अवार्ड’ प्राप्त गरे। आठ वर्षीय बालक सौगात विष्टले ‘लभ यू बाबा’ नामक फिल्म निर्देशन गरेर दुनियाँलाई चकित बनाइदिए। गिनिज बुक अफ वर्ल्ड रेकर्ड्समा विश्वका सबैभन्दा कान्छा फिल्म निर्देशकका रूपमा आफ्नो नाम दर्ज गराए।

दिमाग चलाउनुपर्छ, फिल्म चल्छन्
लगानी उठाउने मुश्किलले आठ फिल्म भए पनि २०७१ सालमा ७६ वटा फिल्म रिलिज भए। यसरी हेर्दा ९० प्रतिशत फिल्ममा गरेको लगानी डुबेको छ। अब दिमाग चलाउन जरुरी छ। बनाइन्छ के र हेरिन्छ के? किन बनाउने वा कसका लागि बनाउने? यी र यस्ता प्रश्नमा घोत्लिनैपर्छ।

अर्काे महत्वपूर्ण प्रश्न फिल्मकर्मीले आफैँलाई सोध्नुपर्छ– फिल्म होइन, दिमाग पो नचलेको हो कि? दिमाग नै सही विषयमा नचलेपछि फिल्म कसरी चलोस्? दोष फिल्मलाई होइन, आफैँलाई दिनुपर्छ। यति इमानदारी देखाउनैपर्छ। हरेक कुरामा बजार हाबी भइरहेको वर्तमान समयमा निर्माण प्रक्रियामा मात्रै दिमाग चलाएर फिल्म चल्न सक्दैन। गुणस्तरीय वस्तु उत्पादन गरेपछि त्यसलाई उपभोग गर्न उक्साउने, स्वादमा बानी पार्ने र गुणस्तरमा विश्वास दिलाउने बजारका सामान्य प्रक्रिया हुन्।

नेपाली फिल्मका दर्शकले फरक स्वाद खोजिरहेका छन्। विशेषगरी नेपाली फिल्ममा नेपालीपन खोजिरहेका छन्। ‘नेपाली भान्साघर’ लेखिएको बोर्डभित्र ढिँडो र गुन्द्रुकको अपेक्षा गरिन्छ नै। पिज्जा र बर्गर खानका लागि ‘नेपाली भान्साघर’मा किन जाने? दर्शकले ढिँडो खोजिरहने र फिल्मकर्मीले पिज्जा पस्किरहने त भइरहेको छैन?

साभार:नागरिक
Title: Re: Year 2071 review (Nepali Film Industry) सफल र असफल फिल्मको कहानी
Post by: anand on April 15, 2015, 02:45:14 PM
Top 5 movie songs of 2071

http://xnepali.net/movies/top-5-movie-songs-of-the-year-2071/

(http://i1.wp.com/xnepali.net/movies/wp-content/uploads/2015/04/5-songs-of-2071.jpg)
Title: Re: Year 2071 review (Nepali Film Industry) सफल र असफल फिल्मको कहानी
Post by: anand on April 21, 2015, 08:58:51 AM

अश्लिल हर्कत गर्ने नायिकाहरुकै कन्तबिजोग


नेपाली सिनेमा यस्ता आएका थिए कि, परिवारका सबै बसेर डाइलग सुन्न लायक थिएनन्, दृश्य हेर्न लायक थिएनन् । नांगिनेमात्र होइन, अश्लिल सम्वाद बोलेर पनि सफल नायिका भइन्छ भन्ने भ्रममा सिनेमामा आएका नायिकाहरु अहिले कता हराए ? अनि अनेक बहानामा आफूलाई चर्चामा ल्याइरहन चाहने नायिकाहरुको शैलीले पनि नवआगन्तुकले केही सिकेरमात्र सिनेमामा आउनु पर्ने हो कि ? नयाँ पत्रिका दैनिकले लेखेको छः नायिकाहरुको हेरौँ कन्तबिजोग ।

एकताका यौनजन्य चलचित्र निर्माणको लहर चलेको थियो । दर्शकका लागि भन्दै अश्लील संवाद तथा दृश्य खिच्ने र खिचाउनेहरू बग्रेल्ती थिए । आफ्नो कला, प्रतिभाले नभई अश्लीलताको भरमा हिट हुन खोज्नेहरूको कालान्तरमा भागाभाग भएको छ । यसमा निर्धक्क खुल्ने ‘हिरोइनहरू’ मात्र नभई उनीहरूलाई नंग्याउँदा रातारात पैसा कमाइन्छ भन्ने मनशाय राख्ने निर्माता, निर्देशक पनि उत्तिकै भागिदार छन् । अहिले उनीहरूको चुरिफुरी बन्दै भएको छ ।

हिरोइन बन्न लामो समय संघर्ष गरेकी बिनिता बराललाई सबिर श्रेष्ठ र कृषा चौलागाईंले के म तिम्रो साथी बन्न सक्छुबाट निकाले । त्यसपछि सुरु भयो उनको नाटक । ‘आत्महत्या गर्छु’ भन्नसम्म पनि पछि नपरेकी उनलाई हिरोइन बनाए दीपेन्द्र के. खनाल र अर्जुनकुमारले– चपली हाइटमा । सो फिल्ममा उनले मज्जाले एक्सपोज गरिन् । सहरका चोकचोकमा लागेका उनका नग्नप्रायस् होर्डिङले गर्दा ट्राफिक मात्र नभई सर्वसाधारण पनि हैरान भए । बिनिताको लगभग नग्न फोटामा ध्यान केन्द्रित हुँदा सवारी दुर्घटना बढ्न गएको ठहर गरी महानगरपालिकाले ती होर्डिङबोर्ड हटाएरै छाड्यो । अर्कातिर, त्यसअघि बिनिताले आफ्ना फोटामा निर्माताले ‘ट्रिक’ गरेर खोलिदिएको भन्दै पत्रकार सम्मेलन पनि गरिन् । मिडियामा हंगामा मच्चाएर फिल्म हिट बनाउने रणनीतिस्वरूप गरिएको सो नाटकको लगानीकर्ता पनि निर्माता अर्जुनकुमार नै थिए । ‘फिल्मलाई त फाइदा भयो नि,’ चपली हाइट हिट भएपछि अर्जुनले फुत्काइहाले, ‘त्यत्ति नगरेको भए के हुन्थ्यो हुन्थ्यो नि ।’
आफूले निकै बोल्ड भूमिका निभाएको भन्दै बिनिता आत्मरतिमा रमाइन् । चपली हाइट हिट भयो । तर, हिरोइनले सोचेझैँ उनको हातमा भटाभट फिल्म परेनन् । उनले अभिनय गरेको अर्का फिल्म फुलस्टपले त झन् उनको करिअरमै फुलस्टप नै लगाइदियो भन्दा पनि हुन्छ । यद्यपि, उनले अभिनय गरेको सुपरहिट कहिले रिलिज हुन्छ, थाह छैन । नग्नताको आडमा सफलता नमिलेपछि उनी तरकारी खेतीमा लागिन् । तरकारी खेती, बिक्री, उपन्यास लेखनका साथै हालै उनले उमंग नामक फिल्ममा अभिनय गरेकी छिन् । उनको अभिनय करिअर भने निराशाजनक नै छ ।

एटिएम फिल्ममा अभिनय गरेर नामभन्दा बढी बदनाम कमाएका तीन हिरोइन हुन्– जिया केसी, सबिना कार्की र सोनिया शर्मा । उनीहरूसँगै सो फिल्मका निर्माता हिरो– दिनेश थापा र निर्देशक यादव सिलवालले पनि निकै आलोचना खेपे । खासमा एटिएमकै अश्लील प्रोमोका कारण फिल्म क्षेत्रमा हंगामा मच्चिएको थियो । सो प्रोमोले जिया, सोनिया, सबिना र दिनेशलाई समेत सार्वजनिक ठाउँमा खुलेआम हिँड्न गाह्रो पारेको थियो । केही समय सेन्सरले अवरोध गरेको फिल्मलाई रिलिजकै दिन प्रतिबन्ध लगाइएको थियो । एटिएमजस्ता फिल्म बन्न थालेपछि अब नेपाली फिल्मको हालत के हुन्छ भन्ने ठूलो बहस सिर्जना भएको थियो ।
एटिएमका कारण आलोचित भएकी जियाले यौनजन्य दृश्य दिन भने त्यसपछि पनि हिच्किचाइनन् । उनले दीपक श्रेष्ठले निर्माण गरेको रङ वेमा मात्र नभई बर्बाद नामक फिल्ममा पनि खुलेरै एक्सपोज गरिन् । आमाको आशिर्वाद, गाउँले, भाइ, दुस्ख, आफ्नोपन जस्ता पारिवारिक फिल्म निर्देशन गरेका निर्देशक दीपक श्रेष्ठ रङ वेका कारण सर्वत्र आलोचित भए । फिल्म पनि सुपरफ्लप भयो । त्यसकारण त अचेल उनी फिल्म क्षेत्रबाट गुमनाम छन् । अचेल दीपक श्रेष्ठको नाम भन्नेबित्तिकै फिल्मकर्मीहरू नाक खुम्च्याउने गर्छन् ।

एटिएम, रङ वेकी जिया पछिल्लो समय फिल्मविहीन छिन् । अभिनेता भुवन केसीसँग अफेयरमा रहेकी उनलाई भुवन स्वयंले नै आफ्नो फिल्ममा नलिने बुझ्नमा आएको छ । त्यसैगरी, एटिएमका साथै करामत, ढुंगेयुग, कुर्वानलगायतका फिल्ममा अभिनय गरेकी सोनिया पनि फिल्म अभिनयबाट टाढिएकी छिन् । सबिनाले भने आफ्नो गल्ती स्विकार्दै आगामी दिनमा त्यस्ता उच्छृंखल फिल्ममा नखेल्ने घोषणै गरेकी छिन् । सबिना अभिनीत लाटी फिल्म १५ जेठमा रिलिज हुँदै छ ।

विजयगोपाल दली र सुरज आरडीले निर्माण गरेको रिङरोड नामक फिल्ममा पनि यौनलाई बढावा दिइयो । सो फिल्ममा उषा खरेल नामक युवतीले खुलेरै यौनजन्य दृश्य दिइन् । अश्लीलता पस्कँदा हिट भइहाल्छु भन्ने ठानेकी उषालाई न कसैले चिने, न खोजे । फिल्म आए–गएको पत्ता भएन । रिङरोड हेर्नेले उनलाई लाज पचेकी केटी भन्दै सरापे ।

सिलसिला फिल्ममा राज तिमिल्सिनासँगै टङ किस सिन दिएर एकाएक चर्चामा आएकी सोनिया केसी पनि लामो समय टिकिनन् । उनले राज भाइ नामक फिल्ममा पनि खुलेरै अंगप्रदर्शन गरिन् । तर, त्यो फिल्म रिलिज नै भएन । यौनको मामलामा खुलेर अन्तर्वार्ता दिने सोनिया केही समययता फिल्म अभिनयबाट ओझेलमा परेकी छिन् । निर्माता रिमेश अधिकारीसँग ब्रेकअपपछि उनले फिल्मलाइन बाहिरको पुरुषसँग सुटुक्क घरजम गरेको सुन्नमा आउँछ ।

एकताका सुमिना घिमिरे पनि यौनजन्य फिल्ममा बग्रेल्ती देखिइन् । उनले नाइन अ’क्लोक, लभ फरएभर, स्टार, हेलो डार्लिङजस्ता फिल्ममा आफूलाई खुलेर प्रस्तुत गरिन् । दुलहीजस्तो सरिफ फिल्ममा शीर्ष भूमिका हेरेका दर्शकले कपडा खोलेकी सुमिनालाई मन पराएनन् । फलस्वरूप उनले अभिनय गरेका फिल्म फ्लप मात्र भएनन्, हुँदाहुँदै उनको हातमा फिल्म पर्नै छाडे । अन्तत: उनले गत फागुनमा सुटुक्क बिहे गरिन् । अब उनी फिल्ममा कहिल्यै फर्किनेछैनन् रे ।

हिन्दी फिल्म लभ इन नेपालमा गरेको ओभर एक्सपोजका कारण झरना बज्राचार्य निकै आलोचित भइन् । एक त उनले अभिनय गरेका नेपाली फिल्म हिट भएनन् नै, हिन्दी फिल्मबाट पनि उनले सास्ती नै व्यहोर्नुपर्यो । अन्तत: उनले पनि फिल्मलाई माया मार्दै गृहस्थ जीवन रोजिन् ।

०५३ सालमा मदन घिमिरेको निर्देशनमा बनेको आमाको माया फिल्ममा बच्चालाई स्तनपान गराएको दृश्य दिएकी अभिनेत्री निलु रायमाझी केही समय चर्चामा छाइन् । तर, पछि उनलाई त्यही चर्चा घाँडो भयो । लाज नभएकी केटी भनेर उनलाई हेय दृष्टिले हेरियो । जसकारण उनको फिल्मी करिअर त्यहीँ स्टप भयो । त्यसैगरी, सम्पत्ति फिल्ममा स्विमिङकस्टम लगाएकी सिनोरा मित्री, धर्म र सान्नानीमा खुलेरै एक्सपोज गरेकी तुलसा सिलवाल, आन्दोलन फिल्ममा पुरुषको बलात्कार गरेकी नीलम केसीहरू टिक्न सकेनन् । उनीहरूको उदय र विलयबाट नवोदितहरूले पाठ सिकिसकेको हुनुपर्ने हो ।
Title: Re: Year 2071 review (Nepali Film Industry) सफल र असफल फिल्मको कहानी
Post by: karan316 on December 25, 2016, 10:05:35 PM
Loot