Nepali Community Forum

xNepali Forum => Nepali Movies - News, reviews and discussion => Topic started by: tundikhel on April 22, 2015, 02:01:14 AM

Title: Adhakatti (अधकट्टी) release May 22, 2015 - 9 actresses launch audio
Post by: tundikhel on April 22, 2015, 02:01:14 AM
9 different actresses  launched the audio of Adhakatti

Read more--> http://xnepali.net/movies/9-actresses-launched-audio-of-adhakatti/
नौ जना नायीका जम्मा पारेर ‘अधकट्टी’को अडियो लन्च


जेठ ८ गते सार्वजनिक प्रर्दशनमा आउन लागेको फिल्म ‘अधकट्टी’ले सोमबार साँझ एक भव्य समारोहका बीच फिल्मको म्यञजिक एल्बम सार्वजनिक गर्‍यो। फिल्मकर्मीहरुको बाक्लो उपस्थितिका बीच नौ अभिनेत्रीहरु करिश्मा मानन्धर, झरना थापा, दीपाश्री निरौला, नम्रता श्रेष्ठ, प्रियंका कार्की, ऋचा शर्मा, नीता ढुंगाना, शिल्पा पोखरेल र हर्षिका श्रेष्ठले संयूक्तरुपमा ‘अधकट्टी’को म्यूजिक सिडी सार्वजनिक गरेका थिए ।

त्यस्तै कार्यक्रममा फिल्ममा रहेका चारवटा गीतमा फिल्मका मुख्य कलाकारहरु गौरव पहारी, रिस्ता वस्नेत, प्रदिप बास्तोला, अशिष्मा नकर्मी, वील्सन विक्रम राई एवम् फिल्मको एक गीतमा नाचेकी नम्रता श्रेष्ठ नाचेका थिए। संचारकर्मी समेत रहेका सुव्रत आचार्यको निर्देशकीय डेब्यू रहेको तथा प्रदिप उदयको निर्माण रहेको फिल्मको म्यूजिक लन्चले फिल्मको रेड कार्पेट प्रिमियरकै झल्को दिएको थियो। हाँस्य प्रधान फिल्ममा राजन इशान र वसन्त सापकोटाको संगीत रहेको छ।

कार्यक्रममा फिल्मका बारेमा बोल्दै निर्माता प्रदिप उदयले नेपाली फिल्महरुको सफलताको अनुपात विदेशी फिल्महरु सरह नै भएकाले आतिनुपर्ने अवश्था नरहेको पनि बताएका थिए। उनले आफ्नो निर्माण पनि तीनै सफल फिल्महरुको सुचिमा पर्ने विश्वास व्यक्त गरे।

(http://i0.wp.com/xnepali.net/movies/wp-content/uploads/2015/04/music-launch-of-adhakatti-9-actresses.jpg)