Nepali Community Forum

xNepali Forum => All New Posts Here (सबै नयाँ पोस्ट यहाँ) => Topic started by: tundikhel on June 17, 2016, 12:27:34 AM

Title: Ratna Rajya Laxmi is sick
Post by: tundikhel on June 17, 2016, 12:27:34 AM
पूर्व मुमा बडामहारानी रत्न नर्भिक भर्ना

पूर्व मुमा बडामहारानी रत्न राज्यलक्ष्मी पेटसम्बन्धी समस्याका कारण आज थापाथलीस्थित नर्भिक इन्टरनेसनल अस्पतालमा भर्ना भएकी छन् ।
अस्पतालमा रहेको पाचन प्रणाली उपचार केन्द्रमा उनी भर्ना भएको अस्पतालले जनाएको छ । उनको उपचारमा पेटसम्बन्धी रोगका वरिष्ठ चिकित्सक मधु घिमिरे संलग्न छन् ।

रत्न तत्कालीन राजा महेन्द्र शाहकी पत्नी हुन । गणतन्त्र घोषणापछि राजपरिवारका सदस्यहरु नारायणहिटी दरबारबाट नागार्जुन सरे पनि उनी नारायणहिटी दरबारकै महेन्द्र मञ्जिलमा बस्दै आएकी छन् ।
Title: Re: Ratna Rajya Laxmi is sick
Post by: tundikhel on June 17, 2016, 12:27:52 AM
पूर्वमुमाबडामहारानी रत्नकै छैन नागरिकता

१ माघ, काठमाडौं । पूर्वमुमा बडामहारानी रत्न राज्यलक्ष्मी शाहको नागरिकता नभएको खुलेको छ । खानेपानीको लाइन कटेपछि आफ्नो नाममा निवेदन दिँदा पूर्वमुमाबडामहारानी रत्नले आफूसँग नागरिकता नभएको बताएको नेपाल समाचारपत्रमा खबर छ । ‘म त सबैकी रानी भएकाले किन नागरिकता बनाउने ?’ भन्दै रत्नले आफ्नै कर्मचारीलाई प्रश्न गरेकी थिइन् ।

८८ वर्ष उमेर पुगेकी रत्नको हालसम्म नागरिकता नभएपछि महेन्द्र मञ्जिलमा आफ्नै नाममा बत्ती, पानी र टेलिफोनको लाइन जोड्न समस्या भएको हो ।

तत्कालीन राजन महेन्द्रले आफ्नो परिवारका सदस्य १६ वर्ष पुग्नासाथ दरबारमै गएर नागरिकता बनाउने प्रचलन थियो । सबै राजपरिवारका सदस्यको नागरिकता बनाउँदा काठमाडौंका प्रमुख जिल्ला अधिकारी दरबारमै जाने चलन थियो ।

नागरिकताको प्रसंग चल्दा रत्नले आफूले नागरिकता बनाउन कहिल्यै स्वीकार गरिनन । झन्डै ९ दशक पुगेकी रतनलाई आफूले नागरिकता नबनाएको विषयमा कुनै सुर्ता नभएको बताएकी छन् । अधिकांश काम गर्दा विश्वासिलो कर्मचारी र परिवारको सदस्यको नागरिकता प्रयोग गर्ने गरेको उनले बताएकी छन् ।

रत्नको निवासमा धारा काटिएको ६ वर्ष भएको छ भने विद्युतको बक्यौता ३३ लाख पुगेको छ ।

 २०७२ माघ १ (onlinekhabar )
Title: Re: Ratna Rajya Laxmi is sick
Post by: tundikhel on June 17, 2016, 12:28:34 AM
पूर्व मुमा बडामहारानी रत्न चार महिनापछि पाल छाडेर घरमा

पूर्व मुमा बडामहारानी रत्न राज्यलक्ष्मी शाह चार महिनापछि पाल छाडेर घर फर्किएकी छन् ।
८९ वर्षकी रत्नलाई भेट्न हरेक दिन एक जना आफन्त पुग्ने गरेका छन् । उनलाई भेट्न राजपरिवार सदस्यहरु बारंबार भेट्न जाने गर्छन् ।

RATNA-RAJYA-LAXMI-DEVI-SHAHवैशाख १२ गते आएको भूकम्पले आफू बस्दै आएको नारायणहिटी दरबार परिसरमा रहेको महेन्द्र मन्जिल क्षतिग्रस्त भएपछि श्रीमान् एवम् पूर्वराजा महेन्द्रले भजनकीर्तन गर्न बनाएको भजन घरमा पाल लगाएर बस्ने गरेकी उनी कहिल्यै छोराको घर निर्मल निवासमा बस्ने चाहना गरिनन्, नेपाल समाचारपत्रमा खबर छ ।

जे भए पनि त्यहि घरमा बस्ने अडान लिएकी उनी चार महिनापछि गएको आइतबार आफ्नो भवनमा सरेकी छन् ।
माटोले बनेको अति जिर्ण महेन्द्र मञ्जिल छाड्न नमानेकी उनको भवन पूर्व राजा ज्ञानेन्द्रले मर्मत गरी बस्न योग्य बनाइदिएका थिए ।

‘अहँ यो वर्ष पनि उनको जन्मदिन मनाउने सुरसार नै छैन’, महेन्द्र मञ्जिलका एक कर्मचारीले भने- ‘रमझम मन नपराउने भएकाले नानी बज्यैको सहारामा मात्र बस्ने रुचाउने गर्नु भएको छ । तिथिले भदौ १ गते जन्म दिन भए पनि मितिले रत्नको जन्मदिन आज हो । कोही आफन्त आउलान् अरु कोही आउनेवाला छैन ।’ रत्ना अधिकांश समय भजनकीर्तन सुनेर बस्न मन पराउँछिन् । भूकम्पले देश दुखिरहेकोले जन्मदिन नमनाउन उनले निर्देशन दिएकी छन् ।
२०७२ भदौ ४