Nepali Community Forum

xNepali Forum => All New Posts Here (सबै नयाँ पोस्ट यहाँ) => Topic started by: anand on June 04, 2018, 10:02:42 PM

Title: Raghubir Mahaseth - the richest minister - property details video
Post by: anand on June 04, 2018, 10:02:42 PM
https://www.youtube.com/watch?v=OTRlltT36Ws



बिपी राजमार्गमा ठूला गाडी सञ्चालनका लागि सरकारले अनुमति  दिएपछि कानुनी प्रश्न उठाउँदै आइतबार सर्वोच्च अदालतमा रिट दायर भएको छ।  यातायात व्यवस्था मन्त्रालयबाट गत जेठ १३ गते १८ फिटभन्दा माथिका ठूला गाडी र १० टनसम्मका ट्रिपरलाई सडकमा गुड्न इजाजत दिने गरी निर्णय भएको थियो। 

उक्त निर्णयले सडक दुर्घटना बढ्ने, वातावरणीय असर र सडकको भौतिक क्षतिसमेत बढ्ने दाबीसहित अधिवक्ता कैलाशराज दाहाल सर्वोच्च पुगेका हुन्।   यसअघि पनि सोही प्रकृतिको निर्णय रोक्न दायर भएको रिट सर्वोच्चमा विचाराधिन रहेकै अवस्थामा पुनः मन्त्रीस्तरीय निर्णयले सवारी धनीको निजी लाभमा काम भएको भन्ने आरोपसिहत दाहाल सर्वोच्च पुगेका हुन्। 

मन्त्रालयको निर्णय तत्काल रोक्न रिटमा माग गरिएको छ। 
 
भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले यातायात व्यवस्था विभागलाई नेतृत्वविहीन बनाउँदै कार्यक्षेत्र भन्दा बाहिर गएर बिपी राजमार्गको खुर्कोट–सिन्धुलीमाढी सडक खण्डमा ३२ सिट क्षमताका ठूला गाडीलाई रुट इजाजत दिएका  थिए। मन्त्री महासेठले यातायात व्यवसायीको दबाबमा परेर रुट इजाजत दिनकै लागि विभागका महानिर्देशक रुपनारायण भट्टराईलाई मन्त्रालय तानेको रहस्य पनि यो प्रकरणसँगै खुलेको थियो ।
***
यो अनुमति दिने क्रममा उनले यातायात व्यवस्था विभागका महानिर्देशक भट्टराईलाई कारवाहीस्वरुप मन्त्रालय ताने । भट्टराईलाई व्यवसायीसँग नरम नभएको भन्दै महासेठले मन्त्रालय मात्रै तानेन्, त्यहाँबाट श्रम मन्त्रालयमा सरुवा पनि गरे । तर उनी श्रममा हाजिर गर्न नपाउँदै सामान्य प्रशासन मन्त्रालयले उनलाई पुनः यातायात मन्त्रालयमै फर्काएर ‘जगेडा’ मा राखेको छ ।  यातायात व्यवस्था विभागका तत्कालीन प्राविधिक शरद अधिकारी नेतृत्वमा ट्राफिक प्रहरी र सडक विभागका इन्जिनियरसहितको समितिले बिपी राजमार्गमा १० टन भन्दा बढीका सवारी गुडाउन नमिल्ने भन्दै दिएको प्रतिवेदनको समेत महासेठले नजरअन्दाज गरेका छन् ।

‘मालबाहक ट्रकलाई प्रतिबन्ध गराउनुपर्छ । सकडमा कडा नियमन गर्नुपर्छ । प्रतिघण्टा ३० किलोटमर गतिमा मात्रै कुद्न पाउने गरी टाइम कार्ड लागू गरिनुपर्छ’, अधिकारी नेतृत्वको समितिले भनेको थियो, ‘तर, सडक निर्माणका लागि आवश्यक निर्माण सामाग्री बोक्न तथा मर्तमतका लागि आवश्यक परेमा सरकारी निकाय वा सडक विभागको सिफारिसमा ट्रक चल्न दिनुपर्छ ।’

यो सडक निर्माणका क्रममा कहीँ पनि पहरा फोरिएका छैनन् । भौतिक संरचनाव पनि बिगारिएको छैन । चट्टानसमेत काटिएको छैन । सडकको तल्लो साइडमा पर्खाल उठाएर बनाइएएको छ । अधिकारी नेतृत्वको टोलीले सडक चार मिटर चौडा मात्रै भएकाले साँघुरो सडकमा २ मिटर चौडा भन्दा फराकिलो गाडी चलाउन नहुने प्रतिवेदन दिएको थियो ।

‘१८ सिट भन्दा बढी क्षमताका गाडीको चौडा दुई मिटर भन्दा फराकिला हुन्छन् । दुई मिटर भन्दा फराकिलो चौडा भएको गाडी चलाउँदा टर्निङ पुग्दैन’, पतिवेदनमा भनिएको थियो, ‘ठूला गाडी छेउबाट टर्निङ गरिँदा भीरबाट लड्ने जोखिम हुन्छ । कुनातर्फ जाँदा अरु गाडीमा ठोक्किनाले दुर्घटना बढी हुन्छ ।’

तत्कालीन अवस्थामा प्राविधिकको टोलीले बिपी राजमार्ग अन्तरगत काठमाडौँबाट धुलिखेल हुँदै नेपालथोकबाट खुर्कोटसम्म सीमित मात्रामा ठूला गाडी गुडाउन सम्भव हुने जनाएको थियो । त्यहाँबाट खुर्कोटदेखि रामेछापको मन्थलीतर्फ जाने र घुर्मी जाने मोडसम्मको सडकमा ठूला सवारी गुडाउन सकिने प्रतिवेदन प्राविधिक समितिले दिएको थियो ।

समितिले सरकारले सडक सुरक्षा नगर्ने हो भने यात्रुको जीवन रक्षाका लागि भए पनि साना र ठूला गाडीलाई एकै चोटी चल्ने गरी रुट इजाजत दिन नहुने पनि प्रतिवेदन दिएको थियो ।

यो राजमार्गको सबैभन्दा जटिल सकडखण्ड खुर्कोटदेखि सिन्धुलीमाढीसम्म रहेको छ । जहाँ धेरै उकालो, मोड र घुम्ती भएकाले ठूला गाडी नियमित चलाएमा दुर्घटना पनि बढ्ने अवस्था छ । यो खण्डमा चार मिटर भन्दा चौडा सडक छैन, जहाँ ट्रक र बस चलाउने बित्तिकै ओभरटेक गर्ने क्रममा तथा घुम्ती र मोडमा धेरै दुर्घटना हुने अवस्था छ ।

अहिले हायस र टाटासुमो धेरै गुड्ने यो सडकमा दैनिक तीन भन्दा धेरै दुर्घटना हुने गरेका छन् । जसले दैनिक कसै न कसैको ज्यान जाने गरेको छ । यही सडकमा ठूला गाडी गुडाएमा दुर्घटनाको संख्या पनि ह्वात्तै बढ्ने अवस्था छ ।

साना गाडी गुडाउँदा पनि अहिले नै धेरै ठाउँको पिच उप्किन थालेको अवस्थामा ठूला गाडी गुड्ने बित्तिकै यो सडक भत्किएर खाल्डोमा परिणत हुने जोखिम रहेको प्राविधिकले बताएका छन् ।

यो सडकबाट सिन्धुलाीमाढी हुँदै लोभलाग्दा घुम्ती र मोड हेर्नैका लागि देशभरीबाट आन्तरिक पर्यटक पुग्ने गरेका छन् । तराईबाट नजिकै रहेकाले यो सडक हुँदै कोशी तीरसम्म गर्मी छल्नैका लागि आउने मानिसको संख्या पनि उत्तिकै छ ।

यो राजमार्गको निर्माण २०५२ बाट थालिएको थियो । यसको निर्माणका क्रममा बर्दिबासबाट सिन्धुलीमाढीसम्म पहिलो खण्ड ३७ किलोमिटर बनाइएको हो । त्यसपछि सिन्धुलीमाढीबाट खुर्कोटसम्म साढे ३६ किलोमिटर सडक बनाइयो । त्यसैगरी खुर्कोटदेखि नेपालथोकसम्मको साढे ३६ किलोमिटर सडक बनाइयो । अन्तिममा चौथो खण्डका रुपमा रहेको नेपालथोकदेखि काभ्रेको धुलिखेल ५० किलोमिटर सडक बनाइएको थियो ।

- अन्नपुर्ण पोष्ट
Title: Re: Raghubir Mahaseth - the richest minister - property details video
Post by: outsiders on June 08, 2018, 08:23:50 AM
no video?
Title: Re: Raghubir Mahaseth - the richest minister - property details video
Post by: anand on June 08, 2018, 07:19:48 PM
no video?

https://www.youtube.com/watch?v=SRcNVp_yPNk