Nepali Community Forum

xNepali Forum => Anand Nepal Videos => Topic started by: anand on February 08, 2019, 09:42:32 AM

Title: Ncell Ncell के हो ? Ncell Ncell !
Post by: anand on February 08, 2019, 09:42:32 AM
नेपालको दूरसञ्चार कम्पनि एनसेलमा एक स्विडिस कम्पनी टेलियाले ८० प्रतिशत लगानि गरेको थियो भने बाँकि २० प्रतिशत नेपालि लगानिकर्ताले लगानि गरेका थिए। तीन वर्षअघि (२०७२ पुस ७ मा) एनसेलमा टेलियाले गरेको सबै लगानी सेयर मलेसियन कम्पनी आजियाटालाई बेच्ने घोषणा गर्‍यो एक खर्ब ४० अर्ब रुपैयाँ मुल्यमा। एनसेलमा बाँकी रहेक नेपालि साझेदारको २० प्रतिशत सेयर पनि निरजगोविन्द श्रेष्ठ मार्फत भावना सिंहलाई बिक्री गरिएको थियो।

यसरि एनसेल कम्पनि बिक्रि गर्दाको बिजनेस डिल नेपालको अहिले सम्मकै सबै भन्दा ठुलो बिजनेस डिल थियो । तर यति ठुलो ब्यापारिक खरिदबिक्रि हुँदा नेपाल सरकारलाइ ठुलै मात्रामा राजस्व दिनु पर्ने थियो । तर, स्वदेशी–विदेशी सबै सबै जना बाठो पल्टेर सरकारलाइ भने एक पैसा पनि राजस्व तिर्न नपर्ने बनाउन बिभिन्न तिकडम हरु भए । यस कार्यमा टेलिया र आजियाटा त भए भए राजनीतिक दलका नेताहरु, सरकारि कर्मचारि, व्यापारी र नेपालका मिडिया हरु समेत प्रत्यक्ष र अप्रत्यक्ष रुपमा संलग्न भएका थिए।

एनसेल बिक्री भएको समयमा प्रधानमन्त्री थिए केपी शर्मा ओली नै । अर्थमन्त्री थिए विष्णु पौडेलले लिएका थिए। यस राजस्व छलीको घटनामा जति सुकै चर्का चर्कि हुँदा पनि न त प्रधानमन्त्रि ओलीले ले केहि बोले न त अर्थमन्त्रि बिष्णु पौडेलले नै केहि भने - उनिहरुको मौन स्विक्रितिको बिचमा नै सबै डिल सम्पन्न भएका थिए। त्यसपछि प्रधानमन्त्रि भए प्रचण्ड। प्रचण्डले पनि कर उठाउन कुनै तदारुकता देखाएनन । उनले संसदीय समितिमा गएर कर लिएरै छोड्ने भने अनि - यो कुरा त्यहिँ छोडिदिए । प्रचण्डका अर्थमन्त्री कृष्णबहादुर महराले पनि जसलाइ नाफा भएको छ त्यसले कर तिर्नु पर्ने - भनिदिए अनि सकियो - उठाउने कुनै पहल गरेनन।

प्रचण्ड हटेर शेरबहादुर देउवा प्रधानमन्त्रि हुँदा पनि एनसेल कर काण्ड को कुनै निकास भएको थिएन । देउवाका अर्थमन्त्री थिए ज्ञानेन्द्रबहादुर कार्कीले जसले कर को बारेमा कुरै उठाएन - कर त के उठ्नु।

घुमिफिरि फेरि केपि ओलि प्रधानमन्त्रि भएका छन । अहिले असुल गर्ने जिम्मा फेरि ओलिकै काँधमा आएको छ । अहिलेका अर्थमन्त्रि युवराज खतिवडा राजस्व असुलीमा कडाइ गर्ने मन्त्रि मानिन्छन तर खतिवडाले पनि एनसेल कर असुल गर्ने कुरामा भने उदासिन नै देखिएका छन ।

प्रधानमन्त्रि र अर्थमन्त्रि त भए भए अर्थसचिव, राजस्व सचिव लगाएत अर्थ मन्त्रालयका उच्च अधिकारी हरु पनि चुपचाप रहे । आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चूडामणि शर्माले एनसेललाई कर नलाग्ने भन्न समेत भ्याए ।

यस्ता अनेक नाटक पछि अन्त्यमा सर्वोच्च अदालतले एनसेलले कर तिर्नै पर्ने फैसला गर्यो । तर, यति नै भनेर नतोकिएको हुना कति कर तिर्ने भन्ने बिषय भने अझै टुंगो लागेको छैन ।

महालेखा परीक्षकको कार्यालयले ३० चैत २०७३ मा एनसेलवाट सरकारले ३५ अर्ब पुँजीगत लाभ कर असुल्नुपर्ने हिसाब निकालेको थियो। त्यसको तीन महिनापछि १३ असार २०७४ मा ठुला कर दाता कार्यालयले एनसेलले ६० अर्ब ७० करोड रुपैयाँ पुँजीगत लाभकर तिर्नु पर्ने गरी कर निर्धारण गरेको थियो। अहिले सवै ब्याज र हर्जाना जोड्दा एनसेलले ७३ अर्ब भन्दा माथि कर तिर्नु पर्ने हुन सक्ने बताइएको छ ।

एनसेलले अहिलेसम्म दुई पटक गरेर २३ अर्ब ५६ करोड रुपैयाँ मात्रिअ कर तिरेको रेकर्ड छ।
Title: Re: Ncell Ncell के हो ? Ncell Ncell !
Post by: anand on February 09, 2019, 01:49:22 AM
created a video out of this script:

https://www.youtube.com/watch?v=U8tzAIEHagA