Nepali Community Forum

xNepali Forum => Anand Nepal Videos => Topic started by: anand on December 08, 2019, 12:38:03 PM

Title: ऋचा शर्मा को बिवाह - with Deepeksha Bikram Rana
Post by: anand on December 08, 2019, 12:38:03 PM
मिडियाले फलो नगरेको जोडि

डेढ बर्ष डेटिंग गरे पछि अभिनेत्रि रिचा शर्माले अन्तत बिवाह गरिन यहि मंसिर २१ गते। उनका तत्कालिन पति लबिंङ मलका जेनरर म्यानेजर दिपेक्ष बिक्रम राणा हुन। तर, रिचा र दिपेक्ष बिचको प्रेमको बारेमा खासै चर्चा भने भएको थिएन । साप्ताहिक संग कुरा गर्दै रिचाले आँफ्नो प्रेम नलुकाए पनि पत्रकारहरुले चासो नदिएको बताएकि छिन। रिचा भन्छिन - "मिडियाले फलो नै गरेन। "

चलचित्र सुनकेशरिको प्रमोसनको क्रममा रिचाले लबिंङ मलका म्यानेजर संग भेट भएको थियो। यसरि दिपेक्ष बिक्रम राणा र रिचालाइ भेट गराउने काम गरेका थिए नकिम उद्धिन ले ।

सन २०१८ को मे मा भएको सो पहिलो भेट एकदमै छोटो थियो जसमा रिचाले दिपेक्षलाइ फिल्मको प्रमोसनमा सहयोग गरिदिन अनुरोध गरेर छुट्टिएकि थिइन्। त्यस पछि अनलानमा च्याट शुरु भयो, भेटघाट शुरु भयो, घनिष्टता बढ्दै गयो । समय यसरि अघि बढ्योकि २-३ महिनामा नै दुइ जनाबिच प्रेम शुरु भै सकेको थियो । यसरि पहिलो देखादेखको ४ महिना पछि यो जोडिले डेटिंग गर्न शुरु गरेको थियो ।

रिचाले भनेको भन्दै साप्ताहिक लेख्छ -"दिपेक्ष बिक्रम राणा भनेको एकदमै हाउडे मान्छे हो, खासमा एरो त्यहि हाउडे दिपेक्षसंग लभ परेको हो, अहिले तपैको अगाडि भएको दिपेक्षसंग होन । त्यो अति रमाइलो मान्छे नै मैले मन पराएकि हुँ"

https://www.youtube.com/watch?v=XkY7qbx7SXM
Title: Re: ऋचा शर्मा को बिवाह - with Deepeksha Bikram Rana
Post by: xpxpx on April 28, 2020, 05:58:08 AM
 :)
Title: Re: ऋचा शर्मा को बिवाह - with Deepeksha Bikram Rana
Post by: sayen on May 13, 2020, 06:44:51 AM
hmm