Nepali Community Forum

xNepali Forum => Anand Nepal Videos => Topic started by: anand on December 17, 2019, 11:04:21 AM

Title: अन्जानमै आँफ्नै चिता आँफैले तयार गरेछन - केशव भट्टराइले RIP
Post by: anand on December 17, 2019, 11:04:21 AM
डरलाग्दो संयोग : आँफैले तयार गरेको चितामा आँफै जल्नु पर्यो
फिल्म बनाएर बनाएको घर फिल्म नचलेरै बेच्नु पर्यो

डिसेम्बर १६ सोमबर चावहिलस्थित चलचित्र विकास बोर्डको प्रांगणमा एकातर्फ बोर्ड अध्यक्ष र अभिनेता केशव भट्टराईको पार्थिव शरीर थियो भने अर्को तर्फ अर्का अभिनेता दीपक क्षत्रीको पार्थिक शरीर थियो।

अनौठो र दुखदायि कुरा - यो श्रद्धाञ्जली सभा यसरि नै बोर्डको प्रांगणमा गर्ने निर्णयमा अघिल्लो दिन मात्रै केशव भट्टराई आँफैले सिग्नेचर गरेका थिए। त्यसको लागि बोर्ड

दुइ दिन अघि बितेका दिपक क्षेत्रिको निधनमा बोर्ड अध्यक्ष केशव भट्टराइले आइतबार दिउँसो मात्र बजेट पास गरेका थिए । उनकै निर्देशनमा चिता बनाउनेदेखि सम्पूर्ण तयारीका बोर्डले नै उनले जिम्मा दिएका थिए । भट्टराइले भनेको भन्दै राजधानि दैनिक लेख्छ "दीपक दाइको पूर्ण सम्मानसाथ आर्यघाटको एक नम्बर चिता सजाएर अन्त्येष्टि गरिनुपर्छ"।

भट्टराइले सो श्रद्धान्जलि सभामा दिपक क्षेत्रिलाइ श्रद्धानजलि दिएर मलामि बनेर आर्यघाट जाने उनको योजना थियो । तर, दुखको कुरा त्यहि रात केशव भट्टराइको अचानक निधन भयो। तेसैले, दीपक क्षत्रीका लागि भनेर उनि आँफैले तय गरेको सो श्रद्धाञ्जली सभामा आँफु स्वयंको पार्थिव शरिर पनि थपियो ।

https://www.youtube.com/watch?v=kbqp3MCqHq8