Nepali Community Forum

xNepali Forum => Fun Stuffs / Literature => Topic started by: tundikhel on March 17, 2009, 01:19:47 PM

Title: Baal Geet - Poems (Nepali)
Post by: tundikhel on March 17, 2009, 01:19:47 PM

मेरो सानो खरायो

मेरो सानो खरायो
आज कता हरायो
हिजो सँगै सुतेथ्यौँ
को पहिले पुग्ने हो
भन्दै हामी कुदेथ्योँ

खाट मुनि लुक्यो कि
चोक हुँदि भुल्यो कि
भालु आइ चोरेर
जँगल तिर लग्यो कि

मेरो सानो खरायो
आज कता हरायो।

कसले देला उसलाई बुबु
कसले देला माम।
खोजी गर्न लौ न आमा
हामी दुबै जाम।

मेरो सानो खरायो
आज कता हरायो।
Title: Re: Baal Geet - Poems (Nepali)
Post by: tundikhel on March 17, 2009, 01:20:58 PM
ताराबाजी लै लै

ताराबाजी लै लै

मामा आए घोडा

माइजू आइन् डोली

पापा ल्याइन् सोलि

खान दिन्छिन् भोलि

बुबुमाम सुपुक्क

आलीमुनि घुपुक्क

काफल गेडी कुटुक्क

बिरालो भन्छ - म्याउँ म्याउँ

अगुल्टो भन्छ - उछिट्ट्याउ

Title: Re: Baal Geet - Poems (Nepali)
Post by: tundikhel on March 17, 2009, 01:21:32 PM
कुखुरी काँ

कुखुरी काँ!
बासि भात खाँ!!
खोइ बासि भात?
बिरालोले खायो।
खोइ बिरालो?
मुसा मार्न गयो।
खोई मुसो?
दुलाभित्र पस्यो।
खोइ दुलो?
गाईले कुल्च्यो।
खोई गाई?
खोलाले बगायो।
खोइ खोलो?
सुक्यो!
Title: Re: Baal Geet - Poems (Nepali)
Post by: tundikhel on March 17, 2009, 01:21:57 PM
काठमाडौं शहर

काठमाडौं शहर
हेर्न लाग्छ रहर
मोटर चढी रमाउँदै
घुम्न जाउँ शहर
काठमाडौं शहर

राजा बस्ने दरवार
कति राम्रो घरवार
बच्चा देखि बुढासम्म
हेर्न गर्ने रहर
काठमाडौं शहर
Title: Re: Baal Geet - Poems (Nepali)
Post by: tundikhel on March 17, 2009, 01:23:22 PM
टालाटुली बटुली



टालाटुली बटुली

    कति राम्री पुतली

सानी पनि हैन रे

    ठुली पनि छैन रे

जीउ सुत्त परेकी

    पँहेली र पातली

        कति राम्री पुतली

लाइदिऊँ कि बुलाकी ?

    टीकी राम्रो होला कि ?

कोरीबाटी चुलठी

    आँखा दुवै गाजली

        कति राम्री पुतली

Title: Re: Baal Geet - Poems (Nepali)
Post by: tundikhel on March 17, 2009, 01:24:12 PM
कुरा गर्छन् कसरी
भँगेरा र भँगेरी

चुर्चुर गर्छ भँगेरो
चिर्चिर गर्छे भँगेरी

चारा चर्न हुन्न है
यताउति नहेरी.....
Title: Re: Baal Geet - Poems (Nepali)
Post by: tundikhel on March 17, 2009, 01:24:42 PM
-बालकै बालक-

थिए बालक प्रल्हाद
ध्रुब ति बालकै थिए

एउटा भए महाभक्त,
अर्को तारा बनि रहे

सिताका दुइटा छोरा
लवले कुशले पनि

पारे चकित शंशार
सुरा योद्दा स्वयम् बनि

अवतारि चमतकारि, क्रिष्णका गर्नु के कुरा
जुक्तिमा बुद्दिमा साथै, युक्तिमा थे उनि पुरा

जेमसवाट थिए एक ज्यादै उत्सुक वालक
बाफको शक्ति पैल्याए, खोले बिज्ञानका पथ
Title: Re: Baal Geet - Poems (Nepali)
Post by: tundikhel on March 17, 2009, 01:24:53 PM
इक्षा

इक्षा यो छ महेश अन्तिम
जसै यो मृत्यु सैया जलि
मेरो रक्त सुकाउला
म गरुला अन्योल भै छट्पटी
त्यो बेला मुखमा बुटिहरु परुन नेपाल कै केबल
जस जस म छ हिम सैलीको
मधुरो मिठो चिसो चुम्बन।
Title: Re: Baal Geet - Poems (Nepali)
Post by: tundikhel on March 17, 2009, 01:25:19 PM
न टिप्नु हेर कोपिला
न चुड्नु पाप लाग्दछ!
न च्यात्नु फुल नानी हो
दया र धर्म भाग्दछ!!

न छोप्नु हे चरिबरी
सराप आशु लाग्दछ!
न मार्नु जन्तु है कुनै
बसेर काल जाग्दछ!!
Title: Re: Baal Geet - Poems (Nepali)
Post by: tundikhel on March 17, 2009, 01:27:00 PM
दसैं आयो।
खान पाउला।
कहाँ पाउला।
चोर्‍री लियौला
धत त पापी म त छुतै बसौला।
Title: Re: Baal Geet - Poems (Nepali)
Post by: tundikhel on March 17, 2009, 01:38:13 PM
कागदाजै

कागदाजै काग दाजै
पीपल झारिदेउ
कागिनी भाउजूलाई
गुन्यूचोलो देऊ

    काग दाजै काग दाजै
    आँप झारिदेउ
    कागिनी भाउजूलाई
    चुरापोते देउ

काग दाजै काग दाजै
पानी पारिदेऊ
कागिनी भाउजूलाई
बाला मुन्द्री देऊ
    काग दाजै काग दाजै
    साथी डाकी देऊ
    कागिनी भाउजूलाई
    मीठो खान देऊ

Title: Re: Baal Geet - Poems (Nepali)
Post by: tundikhel on March 17, 2009, 01:38:32 PM
 अल्छिलाई बल्छी
बाजेको दारीमा जुम्राको पिङ

    अल्छिलाई बल्छी फन्फनी रिङ
बल्छी खाने माछाको थुतुनोमा प्वाल
    फेला पर्‍यो लोभी माछो ताप्केमा हाल
घाम ताप्ने छेपारो काम गर्दैनस्
    झिङ्गा कीरा खोजि खा भात पकाउँदैनस्।

Title: Re: Baal Geet - Poems (Nepali)
Post by: tundikhel on March 17, 2009, 01:39:27 PM
बस बस रे


बस बस रे बसुन्धरा बहिनी

घिउ खाने डाडु
पञ्चरत्ने बाजा
घुमाउने टपरी
झिनियाँको खाजा
खेली खेली बसिजाऊ न ।
उठ उठ रे
उठन्धरा बहिनी
धिउ खाने डाडु
पञ्चरत्ने बाजा
घुमाउने टपरी
झिनियाँको खाजा
खेली खेली उठिजाऊ न ।

Title: Re: Baal Geet - Poems (Nepali)
Post by: tundikhel on March 17, 2009, 01:39:59 PM
नन्दुले गन्जी सुकायो


नन्दुले गन्जी सुकायो ।
एउटा बकुल्लो आयो ।
बकुल्लाले गन्जी माग्यो ।
नन्दुले गन्जी दिएन ।
बकुल्लाले चुच्चाले गन्जी टिप्यो ।
नन्दुले हल्ला मच्चायो ।
मान्छे जम्मा भए ।
मान्छेले बकुल्लालाई डल्लाले हाने ।
बकुल्लाले गन्जी छोड्यो ।
नन्दुले गन्जी पायो ।
नन्दु रमायो ।

Title: Re: Baal Geet - Poems (Nepali)
Post by: tundikhel on March 17, 2009, 01:40:24 PM
तिर्खाएको काग



एउटा काग थियो ।
कागलाई तिर्खा लाग्यो ।
काग पानी खोज्न उड्यो ।
कागले कतै पनि पानी देखेन ।
उड्दा उड्दा कागले

    उड्दा उड्दा कागले
    एउटा घैँटो देख्यो ।
    घैँटामा अलिकति पानी
    थियो । कागले घैँटाको
    पानी खान खोज्यो ।

कागले पानी भेटेन ।
कागले पानी कसरी खाने
भनेर विचार गर्‍यो
कागले घैँटाको पानी माथि
ल्याउने उपाय सोच्यो ।

    कागले साना साना ढुङ्गा ल्यायो
    र घैँटामा हाल्यो । घैँटामा धेरै
    ढुङ्गा भएपछि पानी माथि
    आयो । कागले चुच्चाले पानी
    भेट्यो । कागले पेटभरि पानी
    खायो र उड्यो ।

Title: Re: Baal Geet - Poems (Nepali)
Post by: tundikhel on March 17, 2009, 01:40:43 PM
फोनमा बोल्ने म हो


                - माधव प्रसाद घिमिरे

हलो ! हलो !ओहो !
फोनमा बोल्ने को हो?
फोनमा बोल्ने म हो ।
म भन्या को हो?
म हो भन्या मै हो ।
के हो तिम्रो नाँउ?
नानी मेरो नाँउ ।

धनयाबाद नानी!
तिमी कति ज्ञानी ।

Title: Re: Baal Geet - Poems (Nepali)
Post by: tundikhel on March 17, 2009, 01:41:05 PM
राम्रैराम्रै


                _रमेशचन्द्र घिमिरे

पहाड जति राम्रो लाग्छ
तराई त्यति राम्रो
बार्है महिना हिउँ पर्ने
हिमाल कति राम्रो

किन किन लाग्छ मलाई
आफ्नै गाउँ राम्रो
जन्मिएको हुर्किएको
आफ्नै ठाउँ राम्रो।

Title: Re: Baal Geet - Poems (Nepali)
Post by: tundikhel on March 17, 2009, 01:41:28 PM
कपासको खेती


            -प्रमोद प्रधान

आकशमा कसले गर्छ
कपासको खेती !
जाऔँ हामी सोधी आऔँ
उसैलाई भेटी !

बोट छैन, न बिरुवा
फुल्छ ढकमक्क
जलमल चाहिँदैन
पार्छ सधैँ छक्क ।

बतासलाई पछ्याउँछ
बनी केटाकेटी
आकाशमा कसले गर्छ
कपासको खेती !

Title: Re: Baal Geet - Poems (Nepali)
Post by: tundikhel on March 17, 2009, 01:41:49 PM
मिठो बोल्ने नानीलाई


                -ध्रुवकृष्ण दीप

मिठो बोल्ने नानीलाई
सबले माया गर्छ ।
तितो बोल्ने बानीलाई
कसले यहाँ टेर्छ ?

सम्झिराख मीठो सबै
मुखैभित्र हुन्छ ।
जस्तो राम्रो फलफूल
रुखभित्र हुन्छ ।

ज्ञानीगुनी बन्ने कुरा
बानी बाटै हुन्छ ।
बानी भन्ने सबै कुरा
नानीबाटै हुन्छ।

Title: Re: Baal Geet - Poems (Nepali)
Post by: tundikhel on March 17, 2009, 01:42:11 PM
हाटबजार




            -रामबाबु सुबेदी

राम्रा लुगा लाएर
मिङमा गई बजार
बजारमा भेटिए
साथी हजार ।

यौटा साथी सुर्खेते
अर्को साथी पुर्कोटे
च्याङ्लुङे र म्याङ्लुङे
काँ'हुँ, धुर्केटे ?

सथी भाई भेटिँदा
मिङमा भई फुरुक्क
धुवाँले र धुलाले
तर धुरुक्क ।

हाटबजार भनेका
गुलाबाका फूल हुन्
यी फूलका डालीमा
काँडा पनि छन् ।

Title: Re: Baal Geet - Poems (Nepali)
Post by: tundikhel on March 17, 2009, 01:42:32 PM
मेरो सानो भाइ



                    -हरिहर तिमिल्सिना

तातेताते गर्दै हिँड्छ मेरो सानो भाइ
किताब र कापी देऊ भन्छ पढ्नलाई
तोतेतोते बोली बोल्छ बोल्नै जान्दैन
मलाई छोडी अन्त जान मान्दै मान्दैन ।

दूधलाई 'बुबु' भन्छ भातलाई माम
'भोक लागे' निद्रा लागे रुने उसको काम
नाम्लो नाना ल्याइदेऊ भन्छ सहर गई
आमासित नुनु गर्छ सधैँ ज्ञानी भई ।

सुरी आयो भनेदेखि खुबै डराउँछ
सानो पपी कुकुरदेखि निकै रमाउँछ
पापाचाचा ल्याऊ भन्छ, हात हल्लाउँदै
टीँटीँ गर्छ खेलौनाको मोटोर चलाउँदै ।

Title: Re: Baal Geet - Poems (Nepali)
Post by: tundikhel on March 17, 2009, 01:42:56 PM
कानाकाना कुर्र


                                _दैवज्ञराज न्यौपाने

कानाकाना कुर्र
नाना दौड्यो खुर्र
चरी उड्छ भुर्र
कानाकाना कुर्र

    माथि बादल भाग्यो
    तल घाम लाग्यो
    बतास चल्छ हुर्र
    कानाकाना कुर्र

फूल राम्रो बेली
यस्तै खेल खेली
मन हुन्छ फुर्र
कानाकाना कुर्र

Title: Re: Baal Geet - Poems (Nepali)
Post by: tundikhel on March 17, 2009, 01:43:27 PM
रिस


            _माधवप्रसाद घिमिरे

हेर्दै हाँसो उठ्छ
हासूँ भने कुट्छ

    रिस उफ्र्‍यो बुर्लुक्क
    आखाँ गेडी पिर्लिक्क
    बल्ड्याङ्ग्राको बिर्लिक्क

मुखै काच्चकुच्च
हेर्दै हाँसो उठ्छ

    पाखुरा आफ्नै सुर्की
    बङ्गारा आफ्नै मुर्की
    कल्लाई लाउँछ घुर्की

दाँतै ङाच्चङिच्च
हेर्दै हाँसो उठ्छ

    बोली कति चर्को
    भाडाँ-कुँडा थर्क्यो
    ढोडनसो तर्क्यो

गाली पाच्चपिच्च
हेर्दै हासोँ उठ्छ

    पसिनाको खलबल
    आन्द्राभुँडी गलबल
    आँत जली जलजल

फिँज गाज्जगुज्ज
हेर्दै हाँसो उठ्छ

Title: Re: Baal Geet - Poems (Nepali)
Post by: tundikhel on March 17, 2009, 01:43:43 PM
घाम झुल्क्यो


                    -किष्णप्रसाद पराजुली

घाम झुल्क्यो पूर्वबाट
डाँडामाथि राम्रो
आऊ भाइ, आऊ बैनी !
पालो आयो हाम्रो

    आज दिनमा धेरै-धेरै
    काम गर्नुपर्छ
    नढल्किँदै घाम भरे
    घरमा फिर्नुपर्छ

अरु साथीभाइभन्दा
अघि पुगौँ हामी
कामकुरा राम्रो गरी
बन्न खोजौँ नामी

    घाम झुल्क्यो पूर्वबाट
    हिमचुलीमा छुँदै

    हामी हिँडौँ,हामी हिडौँ
    घामजस्तो हुदैँ ।

Title: Re: Baal Geet - Poems (Nepali)
Post by: tundikhel on March 17, 2009, 01:44:03 PM
गाइने दाइ



    गीत गाउने गाइने दाइ

एउटा गीत सुनाइदेऊ हामीलाई ।।२

    गाउँघर घुम्दै फिर्दै

गीत गाउँछौ तिमी ।

    सारङ्गीको धुनसँगै

टाढा पुग्छौ तिमी ।।

    केटाकेटी बुढाबुढी

सबै तिम्रा साथी ।

    यो माटाका सुखदु:ख

सबै तिम्रा साथी ।। गीत गाउने.............।२

    हामी साना केटाकेटी

तिम्रो गीत सुन्छौँ ।

    यो देशका सबै कुरा

मनमनै गुन्छौँ ।।

    खुसी भैइ हिँड्छौ तिमी

गाउँघर डुल्दै ।

    नेपालीका सुखदु:ख

सारङ्गीमा भर्दै ।।

गीत गाउने.............।२

Title: Re: Baal Geet - Poems (Nepali)
Post by: tundikhel on March 17, 2009, 01:44:18 PM
सवाल जवाफ


                दुर्गालाल श्रेष्ठ

चरा, किन ठुङ्छौ
पिँजराको डन्डी
मन पर्दैन कत्ति मलाई
यस्तो घेराबन्दी ।

    यो त घर बुट्टेदार
    हेर, कति झ्याल?
    तर यहाँ देख्छु म ता
    ज्युँदै आफ्नो काल ।

खानलाई दाना छ नि
प्युनलाई पानी ?
जिन्दगानी दानापानी
मात्र होइन नानी ।

    कसो गरे हुन्छ तिम्रो
    जिन्दगानी आकाश अँगालेर
    सिङ्गै आकाश अँगालेर
    हिँड्ने बानी हाम्रो ।
Title: Re: Baal Geet - Poems (Nepali)
Post by: winkantipur on April 20, 2010, 07:01:49 AM
Really good collection i had a copy...