Recent Posts

Pages: 1 [2] 3 4 ... 10
11
12
Anand Nepal Videos / Re: Miss Nepal Anushka Shrestha in Miss World 2019, London, UK
« Last post by anand on December 03, 2019, 07:00:54 PM »
13
Anand Nepal Videos / Re: Miss Universe 2019 - Miss Nepal Pradeepta Adhikari participation
« Last post by anand on December 02, 2019, 12:36:12 PM »
दामि नेशनल कस्ट्युम

14
Anand Nepal Videos / Re: Miss Nepal Anushka Shrestha in Miss World 2019, London, UK
« Last post by anand on December 02, 2019, 12:34:38 PM »
Head to Head challenge Anushka Shrestha 's interview .. (In nepali)
15
Anand Nepal Videos / Re: Miss Nepal Anushka Shrestha in Miss World 2019, London, UK
« Last post by anand on December 01, 2019, 08:39:36 AM »
Head 2 Head Challenge starting in 8 hours !

Doing a pre-H2H video now ;)
16
Rose's National Costume is LiT

17
Anand Nepal Videos / Re: Miss Nepal Anushka Shrestha in Miss World 2019, London, UK
« Last post by anand on November 30, 2019, 07:47:54 AM »
Beauty With A Purpose details

18
मिस नेपाल २०१७ निकिता चाण्डकले सानै देखि नायिका हुने सपना देखेकि थिइन । अभिनय क्षेत्रमा नै भित्रिन मोडलिंग गर्न थालेकि चाण्डक मिस नेपाल बनेपछि उनि खुबै चर्चित भइन । मिस नेपाल प्रतियोगिता आयोजकसंगको सम्झौता सकिने बित्तिकै उनले फिल्म साइन पनि गरिन - रानिमहल नामको फिल्म । तर, फिल्मको शुटिंग नसकिंदै निर्माण रोकियो। पहिलो गाँसमै ढुंगा भनेको जस्तो भएपछि निरास भएकि निकितालाइ नेपालि सिने क्षेत्रका पुराना एक्सन सुपरस्टार बिराज भट्टले दोश्रो मौका दिए । यो दोश्रो मौकाले उनलाइ नेपालि सिने क्षेत्रमा जमाउने लक्षण देखाएको छ ।



बिराज भट्ट्ले निर्माण र निर्देशन गरेको फिल्म "सांग्लो" यहि २०७६ सालको माघ २४ देखि प्रदर्शनमा शुरु हुनेछ । त्यहि फिल्ममा समावेश भएको गीत ‘चरीले काफल टिप्यो’ बोलको गीत आज मंसिर १२ गते सार्वजनिक गरिएको छ । लोकलयमा बनेको यो गीतलाइ राजनराज शिवाकोटी ले संगित भरेका छन । शिवाकोटिले गितको शब्द पनि आँफैले लेखेका छन भने पुरुषको स्वर पनि उनि आँफैले दिएका छ्न। सिवाकोटिलाइ गायिका मिलन नेवारले साथ दिएकि छिन ।

पहिला पहिला अरुहरुको गितमा नाच्दै गर्दा, कुनै दिन आँफ्नो पनि त्यस्तै गित हुने सपना देख्ने निकिताले गित रिलिज भएपछि खुबै उत्साहित हुंदै लेखेकि छिन - " हिजो सम्म मैले आँफुलाइ नजन्मेको कलाकार भन्थें । अब अहिले फिल्मको गित रिलिज भएपछि म भर्खर जन्मेको शिशु भएकि छु । धेरै कुरा सिक्न बाँकि छ, अझ पनि हुर्कन बाँकि छ ।"
उनि थप्छिन - यो क्षेत्रमा भित्रन मैले लामो समय देखि प्रयास गरिरहेकि थिएँ। भन्छननि सबै चिजको आँफ्नो समय हुन्छ। मेरो बिचारमा मेरो समय यहि हो । तपाइको प्रेम र आशिर्वादका साथ म एक नयाँ यात्रा तय गर्दैछु।"

भिडियोमा देखिएको विराज भट्ट र निकिता चण्डकको अभिनय राम्रो देखिएको छ अनि उमेरमा धेरै नै फरक भए पनि यि दुइ कलाकारको केमेस्ट्रि पनि राम्रो देखिएको छ । विराज लामो समय देखि अभिनय गरेका र निकिता पहिलो पटक स्क्रिनमा कम्मर मर्काएको फरक भने कत्ति पनि देखिएको छैन ।

एक दशक अघि बिराजको नेपालि सिने क्षेत्रमा ठुलो क्रेज थियो । त्यस बिच बिराजले भोजपुरि सिने क्षेत्रमा तहल्का नै मच्चाए । यस अघि बिराजले कमब्याक गरेको फिल्म "जय पर्शुराम" असफल भएको थियो । यो उनको आँफ्नै निर्माण र निर्देशनमा बनेको फिल्म ‘साङ्लो’ सफल हुनु वा नहुनुले बिराजको क्रेज बाँकि रहेको वा नरहेको निर्धारण गर्नेछ ।  शिवम् अधिकारीको कथा मा बनेको यो फिल्ममा विराज र निकिताको साथमा जयनन्द लामा, कामेश्वर चौरासिया, प्रकाश शाह, आरपी पन्त, शिशिर भण्डारी, लय सङ्ग्रौला आदि कलाकारको अभिनय देखिनेछ।

यो फिल्मको गित तपाइलाइ कस्तो लाग्यो। के निकिता सफल अभिनेत्रि बनेर नेपालि सिने क्षेत्रमा जम्न सक्छिन होला ? नेपालि फिल्म क्षेत्रको इतिहास केलाउँदा धेरै॑ मिस नेपाल उपाधि बिजेताहरु ले सिनेमामा काम गरेका थिए । तर कुनै पनि मिस नेपाल सिने क्षेत्रमा जम्न भने सकेका थिएनन । के निकिताले यो रेकर्ड ब्रेक गर्लिन त ?

बोनस - बिगतका मिस नेपालहरु के के गर्दैछन ? 
(पुरानो भिडियोमा केहि अपडेट मात्रै थपिएको)

मिस नेपाल २०१६ आश्मि श्रेष्ठ - मोडलिंग र अन्य क्षेत्रमा सक्रिय छिन ।

सदिक्षा श्रेष्ठले एआइटि थाइल्याण्डबाट उत्कृष्ट रिजल्ट ल्याएर एमबिए उतिर्ण गरेकि छिन । उनि अहिले मिडिया क्षेत्रमा सक्रिय छिन ।
निकिता चाण्डक फिल्म क्षेत्र र मोडलिंगमा सक्रिय छिन

मिस नेपाल् २०१८ सृंखला खतिवडा आर्किटेक्ट हुन । उनि अहिले बिउटि विथ अ पर्पोज को लागि बनाएको हेल्थपोष्टको निर्माण सम्पन्न गर्न र त्यसलाइ ब्यबस्थित गर्न सक्रिय छिन

बर्तमान मिस नेपाल अनुष्का श्रेष्ठ पनि बिजनेज बिषय पढेकि हुन । यो भिडियो बनाउँदै गर्दा उनि बेलायतको लण्डनमा मिस वर्ल्ड प्रतियोगितामा भाग लिंदै छिन ।
19
म राजकुमारी जस्तो छैन

अघिल्लो बर्ष यहि समयमा मैले धिरेन्द्र शाहको जिवनि को भिडियो सिरिज बनाउँदै गर्दा धिरेन्द्रकि बेलायति छोरिको बारेमा पत्ता लगाएको थिएँ । धिरेन्द्रका सबै छोरिहरुको बारेमा मैले त्यसबेला परिचय भिडियो पनि बनाएको थिएँ । त्यस बेला धेरै दर्शकले उनलाइ नोटिस गरेनन । तर अहिले एक बर्ष पछि उनि खुबै चर्चित भएकि छिन । नेपालिहरुको चासो र प्रश्नको को प्रतिउत्तरमा बुबाले आँफ्नो परिचय यसरि दिएकि छिन :



आँफ्नो बाबुको नाम धिरेन्द्र शाह भएको र उनि नेपालका राजाको भाइ थिए भनेर परिचय दिन्छिन ।

उनको वास्तविक नाम हो इशाना लिला शाह तर, उनलाइ सबैले बाबा भन्छन ।

२२ जुलाइ १९९४ मा जन्मेकि बाबा अहिले  २५ बर्षकि भएँकि छिन ।

बाबाले अहिले सम्म कुनै बिवाह नगरेकि र उनको कुनै पर्टनर पनि छैन भन्छिन ।

आँफ्नो जिवनको उद्धेश्य को बारेमा उनले खासै सोचेकि छैनन तर उनि मानिसहरुलाइ सहयोग गर्न चहान्छिन । उनि एक सहयोगि ब्यक्तिको रुपमा चिनिन चहान्छिन। अनि उनि खुशि रहन पनि चाहन्छिन।

५ बर्षको उमेरमा एकचोटि नेपाल गएकि बाबा त्यसपछि भने कहिल्यै नेपाल गएकि छैनन ।तेसैले उनलाइ नेपालको कुनै कुरा याद पनि छैन । आफ्ना आमा बाबुसंग नेपाल जाँदा हात्ति चढेको चाँहि सम्झेकि रहिछिन ।

उनलाइ नेपाल जान चाँहि खुबै मन लागेको रहेछ । उनले खर्चको जोहो गर्न सके भोलिनै जाने थिएँ भन्छिन।
आँफ्ना साथिहरु भोलेन्टर गर्न गएको देख्दा उनलाइ खुबै डाह लाग्ने गरेको तर आंफुले तेस्तो मौका पनि नपाएको गुनासो गर्छिन बाबाले

बाबालाइ नेपालि बोल्न चाँहिन् नआउँदो रहेछ - उनले जानेको मोटो / मोटि भनेको र नमस्ते मात्रै रहेछ

उनि हुर्कंदै गर्दा उनलाइ आँफ्नो राजपरिवारसंगको सम्बन्धको बारेमा थाहा थिएन। उनलाइ सबैले राजकुमारि भन्ने गरेको भए पनि सबैले आँफ्नि छोरिलाइ राजकुमारि भन्ने हुनाले उनलाइ त्यस्तो अनौंठो नलागेको रहेछ। तर, उनकी आमाले भने उनलाइ बताएकि रहिछिन -तेसैले उनले थाह पाए पनि नपाएको जस्तो अनौठो अनुभव गरेकि रहिछिन।

उनका साथिहरुले उनि राजकुमारि भएको बारेमा भने ठुलै मुद्धा बनाउँदा रहेछन । हुर्कंदै गर्दा उनका सबै साथिहरुले यो बारेमा थाह पाइहाल्थे। जस्तोकि ड्याडिको निधन हुँदा सबैले थाह पाए । त्यसपछि जुन जुन स्कुलमा उनि गइन सबैले कतै न कतै बाट थाह पाइहाल्थे। उनि भन्छन - कोहि न कोहिले मेरो जिवनको बारेमा मलाइ नै बताउंथे - गसिप जस्तो - तेसैले यस बारेमा उनलाइ खासै कुरा गर्न मन लाग्दैनथ्यो । ठुलो भएपछि पनि सबैले उनको बारेमा थाह पाइहाल्थे । भन्दै उनि थप्छिन - उनि स्वभावैले प्रिंसेस जस्ति छैनन । तेसैले यसले मेरो मित्रतामा कुनै असर गर्दैनथ्यो । -- उनि भन्छिन - मलाइ भेटनेले मलाइ राजकुमारि को ठ्याक्कै उल्टो ब्यक्तिको रुपमा भेट्छन ।

राजकुमारि हुनु र नहुनु ले उनलाइ खासै फरक पर्दैन रे - राजकुमारि हुँदैमा राजकुमारि जस्तो ब्यबहार नगर्ने उनले बताउँछिन । उनि भन्छिन उनलाइ आंफ्नो ड्याडिलाइ गौरवान्वित बनाउन मन छ । अहिले सम्म त्यस्तो केहि गर्न नसके पनि उनलाइ त्यस्तो रहर छ भन्छिन

राजदरवार हत्याकाण्डको बेलामा बेलायतमा नै भएकि बाबा त्यस बेला जम्मा ६ बर्षकि थिइन । उक्त घटनालाइ उनले अति नै दुखदायि, पिडादायि अनुभवको रुपमा सम्झिन्छिन । उनलाइ उक्त घटनामा आअँफ्नो ड्याक मरेको कुरा मात्रै थाह थियो ।

नेपापल्को राज परिवर संग कुनै सम्पर्क नभएको बाबा बताउँछिन । उनका तिनजना दिदिहरु भएको र उनिहरु बेलायत आउँदा उनले भेटेको बताउँछिन । बाबा पुजा, दिलासा र सिताष्मा संगै खिचिएको  फोटो मैले अघिल्लो बर्ष शेयर गरेको थिएँ ।


धीरेन्द्रले शर्लीलाई यसरी भेटेका थिए।
(अघिल्लो बर्षको भिडियो)
20
Anand Nepal Videos / Himani is Indian but...
« Last post by anand on November 29, 2019, 03:36:25 AM »
Himani Rajyalaxmi Shah

Himani's grandmother is Tribhuwan's daughter

Pages: 1 [2] 3 4 ... 10