Author Topic: Bhavana Gurung - Model interview (Nepali)  (Read 8949 times)

0 Members and 1 Guest are viewing this topic.

kurakani

  • 50x
  • ****
  • Posts: 2485
Bhavana Gurung - Model interview (Nepali)
« on: August 07, 2009, 11:51:33 PM »
मोडलिङ क्षेत्रमा लागेर इज्जत पाइदैन भावना गुरुङ, नायिका


१८-माघ-२०६४,शुक्रवार

 

० मोडलिङ क्षेत्रको कुन कुराले तपाईंलाई आकर्षित गरेको हो?
सानैदेखि मलाई मोडल बन्न इच्छा थियो। त्यही सोख पूरा गर्न मात्र म यस क्षेत्रमा लागेकी हुा। 
० व्यावसायिक रुपमा मोडिलिङ क्षेत्रमा लाग्ने विचार गर्नुभएको छ कि सोखका लागि मात्र हो?
म व्यावसायिक मोडल होइन। आफ्नो फुर्सदको समय बिताउन र सोख पूरा गर्न मात्र म यस क्षेत्रमा लागेकी हुा। 
० अहिलेसम्म कुनै पनि कन्टेस्टमा भाग किन लिनुभएन नि?
यो मेरो सोखको क्षेत्रमात्र हो र त्यहीमाथि कन्टेस्टका निर्णायकहरुको प्रश्न सुनेर मलाई लाग्छ यसबाट कुनै पनि बौद्धिक क्षमताको जााच हुादैन। प्रायः निर्णायकहरुको संवेदनहीन प्रश्नहरुको कारण नै मलाई कुनै पनि ट्यालेन्ट सोमा भाग लिन मन लाग्दैन। 
० मोडल नभएको भए आफू कुन क्षेत्रमा हुन्थेा जस्तो लाग्छ?
मैले ब्युटिसियन कोर्स गरेकी छु। सायद ब्युटिसियन हुन्थे कि 219 
० जीवनमा आफूले कुन कुरा नगरेकोमा पछुतो छ?
म मेरो जीवनदेखि सन्तुष्ट छु। आफूले इच्छा गरेको हरेक काम मैले आफ्नो खुसीले पूरा गरेकी छु। 
० फ्यानहरु अटोग्राफ लिन आउादा कस्तो लाग्छ?
गौरव लाग्छ।
० विदेशमा र नेपालको मोडलिङ क्षेत्रमा के फरक छ?
विदेशमा मोडलिङ क्षेत्रमा लागेर इज्जत पाइन्छ तर हाम्रो देशमा मानिसहरुले नबुझेर हो कि मोडलिङ क्षेत्रमा लागेर इज्जत पाइादैन। 
० अन्त्यमा आफ्ना फ्यानहरुलाई के भन्न चाहनुहुन्छ?
जिम्मेवार भएर काम गर्नुपर्छ। आफ्ना लागि मात्र नभएर देशका लागि पनि काम गर्नुपर्छ।