सबै दलले आफ्नो ट्याक छोडेका छन् : राजेश हमाल
राजेश हमाल विगत १५ वर्षदेखि नेपाली चलचित्र उद्योगमा एकछत्र राज गर्ने नायक हुन् । उनी नेपाली चलचित्र हेर्ने वर्गमा मात्र लोकपि्य छैनन्, नेपाली चलचित्र नहेर्ने वर्गमाझ पनि उनी उत्तिकै लोकपि्रय छन् र यसको एउटैमात्र कारण हो- उनको समाजप्रति हेर्ने दृष्टिकोण र बृहत ज्ञान । उनी बौद्धिक नायकका रुपमा पनि चिनिन्थे र अहिलेचाहिँ समाजसेवामा रुचि राख्ने नायकका रुपमा पनि विस्तारै ख्याति बटुल्दैछन् । उनी अहिले लागुपदार्थ दुव्यर्सनविरुद्धको अभियानदेखि लिएर अपाङ्गता भएकाहरुलाई सहयोग गर्ने अभियानसम्म जोडिएका छन् । उनी अहिले वर्षमा १२ वटा चलचित्र खेलेर फुर्सदको समयमा यस्ता अभियानमा भाग लिइरहेका छन् । अहिलेको राजनीतिक गतिरोध, नेपाली चलचित्र उद्योगको अवस्था र समाजसेवा मोहका विषयमा नेपालीपत्रका लागि अच्युत कोइराला र जनक तिमिल्सिनाले गरेको कुराकानी-
अहिले संविधान बन्ने क्रममा छ, तपाईँको विचारमा अपाङ्गताअनुकूल र सिने क्षेत्रअनुकूलको कस्तो संविधान बन्नुपर्छ भन्ने लाग्छ ?
हेर्नुस्, संविधानसभा हाम्रो ज्यादै पुरानो मागमध्ये एउटा हो । जब नेपालमा २००७ सालमा प्रजातन्त्र आयो, नेपाली काङ्ग्रेसले संविधानसभाको माग गरेको थियो । त्यसपछि बीचबीचमा यी कुरा उठ्दै र सेलाउँदै आए । परिवेश र देशअनुकूलको संविधान बन्नुपर्यो भन्ने आवाज rajesh_hamal2_1000उठिरहेको छ । अब अहिले मौका आइरहेको छ आफ्नै अनुकूलको संविधान बनाउने । यतिबेलै विभिन्न समूह र वर्गले आफ्नो अनुकूलको पनि संविधान बन्नुपर्यो भनेर आन्दोलन गरिरहेका छन् । उनीहरुको कुरा सही छ किनभने संविधान बनिसकेपछि फेरि अर्को पाँच वा दश वर्षभित्र आन्दोलन गरेर अर्को संविधान बनाउनु नपरोस् । सीमान्तकृत जनताका आवाज पनि समेटिनुपर्यो भन्ने आवाज उठिरहेको छ । यो संविधान बन्दा कुनै पनि समूह, जाति वा वर्ग उपेक्षित हुन चाहँदैन । यस्तो संविधान लेखिनुपर्यो, जसले गर्दा सयौँ वर्षसम्मका लागि आन्दोलन गर्नु नपरोस् । हामीले कैयौँ यस्ता देश देखेका छौँ, जसको संविधान दुई सय, तीन सय वर्ष पुरानो भइसक्यो । अनि हामीचाहिँ हरेक २५ वा १५ वा १० वर्षपछि संविधानकै लागि झगडा गरिरहेका छौँ । यो दुःखको कुरा हो कि एक्काइसौँ शताब्दीमा आएर हामी संविधान बनाउनकै लागि मात्र पनि आन्दोलन गरिरहेका छौँ । यसबाट थाहा हुन्छ- हामी संसारमा कति पछाडि छौँ । यस्तो अवस्थामा राजनीतिक दलहरुसँग हाम्रो असन्तुष्टि छ । त्यो मेरोमात्र होइन, सारा जनताको असन्तुष्टि हो किनभने बृहत शान्तिसम्झौता, गणतन्त्र घोषणापछि अब महत्वपूर्ण कुरा संविधान बनाउने हो । यतिबेला सानातिना कुराहरुमा अल्मलिएर, झगडा गरेर समय बर्बाद गर्ने अवस्था नै छैन । पहिला त संविधान बनाउँ, त्यसपछि चुनावमा कसले जित्ने, कसले सरकार बनाउने, देशलाई कसरी विकास गराउने भन्ने कुरा त छँदैछ नि ! तर, मूलभूत कानुन बनाउन एकजुट भएर लाग्नुपर्ने हो ।
संविधान बनाउने कुरामा तीन पार्टीको भूमिकालाई कसरी हेरिरहनुभएको छ ?
जबसम्म हासिल गरेका मुद्दा संस्थागत हुँदैनन् र संविधान लेखन, शान्तिप्रक्रिया तथा गणतन्त्र घोषणा कार्यान्वयन हुँदैनन्, तबसम्म सहमतिको राजनीति गर्ने भन्ने कुरा थियो । तर, सहमतिको राजनीति तोडियो र बहुमतको राजनीतिको बोलवाला भयो । पाएका उपलब्धिहरु संस्थागत गर्ने भन्ने कुरा गौण र अन्य झिनामसिना कुराहरु प्राथमिक हुँदैगए । त्यसैकारण मेरो नजरमा भन्नुहुन्छ भने के काङ्ग्रेस, के एमाले वा के माओवादी- सबैले आफ्नो ट्रयाक छाडेका छन् । काङ्ग्रेसले माओवादीलाई साथ दिएर संविधान बनाउनुपर्ने थियो तर साथ दिएन । अब अहिले आएर माओवादीले सरकार छाडेपछि पनि अहिलेको सरकारलाई सघाएर संविधान बनाउनेलगायतका कुराहरुमा प्राथमिकता दिनुपर्ने थियो । एकातिर सरकारमा भएका बेला माओवादीलाई सहयोग नगरिएको कुरा र सरकारबाट बाहिरिएपछि माओवादीले अरुलाई सहयोग नगरेको कुरा, यसो हेर्दा उति राम्रो राजनीति भइरहेको छ भन्ने लाग्दैन ।
एमालेको भूमिकाचाहिँ तपाईँले कस्तो देख्नुभएको छ ?
अब एमालेचाहिँ आलुजस्तो देखिन्छ किनभने सबैसँग मिल्ने खुबी छ यसमा । प|mाई गरेर खाए पनि हुने, अरु तरकारीमा मिलाए पनि हुने, आलु नै मात्र बनाएर वा उसिनेर खाए पनि हुने वा अचार बनाए पनि हुने । कहिलेकाहीँ यस्तो पार्टीको भूमिका ऐतिहासिक हुन्छ । उल्झनमा यिनको भूमिका ठूलो हुन्छ । अनि कहिलेकाहीँ यिनले डुबाउँछन् पनि । त्यसैले एमाले अहिलेको समयमा ज्यादै महत्वपूर्ण पार्टी हो । तर, नेताहरुले कसरी मिलाएर लैजानसक्छन्, त्यसमा भर पर्छ । मेरो विचारमा जति सशक्त हुनुपथ्र्यो, त्यसोचाहिँ हुन सकेन ।
माओवादीले एउटा ऐतिहासिक अवसर गुमाएजस्तो लाग्दैन ?
कुनै पनि देशको परिवर्तनका बेला नयाँ अनुहारप्रति ठूलो आशा हुनेगर्छ । माओवादीप्रति सबैको त्यही आशा थियो तर आशाअनुरुप माओवादी नेताहरुलाई काम गर्ने अवसर मिलेन वा सकेनन् पनि । यस्ता कुराले जनतामा निराशा छाएको छ । माओवादी नेतृत्व देशको मसिहा हुने राम्रो अवसरबाट वञ्चित भएको छ । कुनै पनि देशको इतिहास लेख्ने बेलामा यस्तो क्रिटिकल अवस्थामा नेतृत्वले पुर्याएको बुद्धिले महान् अवसर सिर्जना हुने हो पछि गएर । महान व्यक्ति बनिने पनि हो । १९४७ मा अङ्ग्रेज धपाउँदा भारतले महात्मा गान्धी र जवाहरलाल नेहरु पायो । दक्षिण अपि|mकाको रङ्गभेदी आन्दोलनले नेलसन मण्डेलाजस्तो राष्ट्रिय नेता पायो । अहिले त्यो अवसर थियो, जसले नेपालमा महान नेताको जन्म गराउनसकोस् । मलाई लाग्छ- नेपालीले त्यो अवसर गुमाइरहेका छन् । हाम्रा नेता पनि सम्पूर्ण नेपालीका नेता हुनुभन्दा पनि पार्टी र कार्यकर्ताका नेता हुनुमा सुख देखेजस्तो लाग्छ ।
अहिलेको समयमा धेरैले सोच्दा हुन्, जनतालाई खाना, नाना र छाना भए पुग्छ । म त्यो मान्दिनँ । यो २१ औँ शताब्दी हो र यतिबेलाको मान्छे अलि फरक छ । उसको गोजीमा उसले थोरबहुत पैसा भएन भने ऊ छट्पटिन्छ । उसलाई खाना, नाना र छानाले मात्र बाँध्न सक्तैन । यो समय अर्थको समय, पैसाले जितेको समय हो । गोजीमा थोरबहुत पैसाले धेरै कुराको स्थायित्वको ग्यारेन्टि दिन्छ । र, त्यो भयो भने हाम्रो चलचित्र उद्योग पनि चल्छ किनभने जनताले खान पाए तर खर्च गर्ने पैसा पाएनन् भने हाम्रो उद्योग कसरी चल्छ ?
२०४६ सालपछिको राजनीतिलाई सङ्क्षिप्तमा कसरी मूल्याङ्कन गर्नुहुन्छ ?
एक शब्दमा भन्ने हो भने त भयङ्कर असफल छन् नेताहरु । परिवर्तनका बेला जनताले जुन एकता देखाउँछ, त्यो खड्गो पार गरिसक्दा उपलब्धिहरु फेरि चिप्लिन लागेका देखिन्छन् । तापनि नेपाली जनता पटक-पटक एकजुट भएका छन्, बेटर लाइफको सपनामा ।
नेपालको संविधान कस्तो बनिनुपर्छ ?
संसारमा विभिन्न मोडल छन् । अमेरिकी संविधान प्रजातान्त्रिक छ । युरोपेली संविधान समाजवादी देखिन्छ तर हामीले कस्तो संविधान बनाउने भन्ने कुराचाहिँ अरुको नक्कल गरेर हुँदैन । हाम्रो वरिपरि, हाम्रो वास्तविक धरातल, हाम्रो आर्थिक स्तर, शैक्षिक स्तर आदिले हाम्रो संविधानलाई व्यापक असर पार्छन् । त्यसैले, हामीलाई सुहाउँदो संविधान बनाइनुपर्छ भन्ने नै मलाई लाग्छ । जबसम्म गरिक समुदायलाई हकअधिकार र अपच्र्युनिटी दिइँदैन, तबसम्म हाम्रो देशमा स्थिरता हुँदैन । वास्तविकता के हो भने व्यक्तिगतरुपमा हामी धनी हौँला तर बाहिरी संसारका लागि हामी ज्यादै गरिब देशका जनता हौँ । हाम्रो यो इमेज भत्काउन जरोबाट नै समस्या समाधान हुनु आवश्यक छ ।
तपाईँ हालै ठकुरीहरुको भेलामा जानुभएको थियो, ठकुरीको समूह चाहिन्छ ?
हेर्नुस्, पहिला हामी नेपाली हौँ । जातीय वा क्षेत्रीय स्वतन्त्रतामात्र भएर हुँदैन । व्यक्तिगत स्वतन्त्रता पनि उत्तिकै महत्वपूर्ण हो । नेपालीपनलाई सहयोग पुर्याउन ती सङ्घसंस्थाको आवश्यक छ नकि नेपालीपनलाई टुक्र्याउन । भूमण्डलीकरणको बेलामा हामीले साना कुरामा अल्भिmरहनु हुँदैन । हामी हाम्रो अधिकार खोजाँै तर समग्रमा देशलाई अघि बढाउने कुरा पनि गरौँ । राज्यको पुनर्संरचना हुनुपर्छ तर देश टुक्र्याउने हिसाबले होइन ।
सङ्घीयतालाई लिएर तपाईँको धारणा के हो त उसोभए ?
सङ्घीयता आफैमा नराम्रो होइन तर कुन आधारमा जाने ? जातीय ? क्षेत्रीय ? प्राकृतिक स्रोत ? अथवा के ? हामीले उपयुक्त मोडल छनोट गर्यौँ भने त देश बन्न कत्ति पनि समय लाग्दैन । सङ्घीयतामा एउटा राम्रो कुरा के छ भने- घरका चारजना सदस्यहरु सबैले काम गरे र पाएको फाइदा सबैले बाँडे भने घर बलियो हुन्छ । एउटा प्रान्त बलियो हुनेवित्तिकै मलाई घर नै चाहिँदैन म छुट्टै बस्छु भन्न थाल्यो भने त्यो राम्रो हुँदैन । समग्र विकास हुने किसिमले प्रान्त छुट्याउने र एकअर्काका सहयोगी हुने किसिमको सङ्घीयता हुनुपर्छ । अब, कतिवटा र कसरी प्रान्त छुट्याउने भन्ने कुरामा मेरो धारणा के छ भने- मानौँ तपाईँ एउटा बिहेभोजमा हुनुहुन्छ । १० जनाले त्यो बिहेभोजका १० वटा परिकारमध्ये एकएक वटा उठाएर लगे, अब उनीहरुले त्यो पूरा भोजको मजा लिन सक्छन् ? त्यस्तै, कुनै राष्ट्रलाई पनि विभाजन गर्दा कुनै एउटा भाग तैँले चलाउने र अर्को भाग मैले चलाउने भनेर हुँदैन । त्यो क्षेत्रको समग्र विकासका लागि सबै भाग मिल्नुपर्छ । परिकारको स्वाद लिनका लागि सबैले सबै चिज मिलाएर खायो भने भोजको असली मजा आएजस्तै राष्ट्रलाई पनि भाग लगाउँदा सबै रिसोर्सेजहरु पाउने तरिकाले गर्नुपर्छ भन्ने लाग्छ ।
नेपालको भारतमुखी राजनीतिलाई कसरी हेर्नुहुन्छ ?
हरेक राष्ट्रको पृष्ठभूमि आ-आफ्नो हुन्छ । हामी जुनस्तरमा छौँ, भौगोलिक, राजनीतिक, विकास आदिको हिसाबले अर्को २५ वर्षमा सुपरपावर बन्छौँ भनेर सोच्न सक्तैनौँ । दुई राष्ट्रको बीचमा रहेको राष्ट्र हो नेपाल । राजनीतिक, आर्थिक र सामाजिक अस्थिरता झेलिरहेको हुनाले अरु राष्ट्रको सहयोग त चाहिन्छ नै । यो हाम्रो वास्तविकता हो । त्यसैले हामी महान हौँ, तराईमा खेत खनेर सुन फलाउँछौँ, हामीजस्तो वीर कोही छैन, सगरमाथाभन्दा ठूलो छाति छ भन्नु त ठीक हो तर त्यसैमा अडिनु मूर्खता हो । हामी चीन र भारतमुखी हुनैपर्छ, यो वास्तविकता हो ।
तपाईँ प्रमुख तीन राजनीतिक दलका नेताहरुलाई सफलताका आधारमा कति प्रतिशत अङ्क दिनुहुन्छ ?
देशलाई गणतन्त्रमा ल्याउन, एउटा पार्टी युद्धमा गएका क्षणमा शान्तिप्रति प्रतिबद्ध तुल्याउन र संविधानसभामा ल्याउन उहाँहरुको उच्च मूल्याङ्कन हुनेछ । तर, फेरि अहिले जुन अन्योल छाएको छ, यी सबैका लागि उहाँहरुको मूल्याङ्कन होइन, अवमूल्यन हुनेछ । के अब हामी फेरि टाउको फुटाउन सडकमा जानु ? अब सन्तुलित जीवन जिउने हाम्रो अधिकार खै त ? हजुरबुवा पुस्ता पनि प्रजातन्त्रका लागि लडे, बुवा पुस्ता पनि पञ्चायतविरुद्ध लडे, छोरा पुस्ता लोकतन्त्रका लागि लडे र अब नाति पुस्ता पनि फेरि सङ्घर्षमा जानुपर्ने स्थिति उनीहरुकै कारण देखिएको छ । उन्नति हामीले कहिले देख्ने ? त्यसैले उहाँहरुले अङ्क गुमाउनुभएको छ ।
सङ्घीयतामा जाँदा नेपाली फिल्म उद्योगको अवस्था के होला त ?
हेर्नुस्, नेपाल सङ्घीयतामा जाँदा नेपाली फिल्मको महत्व अझ बढ्छ । सबैले आफ्नो जाति, धर्म र समुदायमा मात्र ध्यान दिइरहेका बेला नेपालीपनलाई जोगाउने भनेको नेपाली चलचित्र नै हो । नेपाली चलचित्रले नै समग्रमा मेचीदेखि महाकालीसम्म जोड्ने काम गर्छ । भनेपछि, भविष्यमा मैले ठूलो भूमिका देखिरहेको छु । जस्तो, भारतमा हेर्नुस्- हरेक प्रान्तमा आफ्नै भाषाका फिल्म उद्योग छन् तर हिन्दी फिल्मले पूरै भारतलाई कसरी जोडिरहेको छ ! अमेरिकालाई हेर्नुस्- हलिउडले पूरै देशलाई कसरी प्रतिनिधित्व गरिरहेको छ ! त्यस्तै, नेपाली चलचित्रले पनि नेपाल चिनाउने, जोड्ने भूमिका खेल्नुपर्छ र त्यो सकेन भने उद्योग धराशयी हुन्छ ।
तर, अहिले त डिजिटल रिभोल्युसनले गर्दा स्थानीय चलचित्र, स्थानीय बजारको महत्व बढिरहेको छ नि ?
स्थानीय भाषा मौलाउनु राम्रो पक्ष हो तर यसले मूल भाषाको फिल्मलाई जरैदेखि उखेल्नुचाहिँ अर्को कुरा भयो । अब अहिले क्युब र युएफओजस्ता संस्थाले सुरु गरेका डिजिटल प्रोजेक्सनले स्थानीयस्तरमा बनेका फिल्मलाई कुनै सहयोग गरेका छैनन्, न त नेपाली फिल्मलाई नै यसले सहयोग गरेको छ । बरु यसले त नेपाली फिल्मको बजारलाई समेत चोरिसकेको छ । हामीले हिजो सोचेका थियौँ- जुनसुकै भाषाको फिल्मलाई पनि प्रतिस्पर्धा गर्ने र प्रदर्शन गर्ने अवसर दिइनुपर्छ, छनोटको अवसर दिइनुपर्छ । तर, यहाँ त हाम्रो अस्तित्व नै मेटिएलाझैँ भएको छ किनभने जहाँ डिजिटल प्रोजेक्सनका लागि बाटो खोलिएको थियो, साना ठाउँमा समेत हिन्दी फिल्म लाग्न थाले । नेपाली फिल्मले पालो पाउनै छाडिसके । अब हामीले यस्ताका विरुद्धमा सङ्घर्ष गर्ने दिन चाँडै आउँदैछ ।
अहिले नेपाली दर्शकहरु नेपाली चलचित्र छाडेर विदेशी फिल्म हेर्ने अवस्था बढ्दो छ । यस्तो अवस्थामा भोलिका दिनमा नेपाली फिल्म उद्योग धराशयी हुने संभावना नजिकिएको छैन र ?
म यसमा नकारात्मक छैन । हिजोका दिनमा पञ्जाब, युपी वा बिहारका दर्शकका लागि हिन्दी फिल्म बन्थे । हिन्दी फिल्मका हिरो जहिले पनि बेरोजगार हुन्थे, उसकी आमा औषधि खान नपाएर मर्थी... आदि मसला फिल्म बन्थे । तर, अहिले स्थिति फरक छ । त्यहाँ फिल्मको विषय फरक भइरहेको छ । कारण के त भन्दा दर्शकसँग पैसा हुन थाल्यो र उनीहरुले मनपर्ने फिल्मका लागि १० रुपैयाँबाट एकैचोटि २ सय रुपैयाँ खर्च गर्नसक्ने हैसियत बनाए । यसको मूल कारण देशको प्रगति हो । यसैगरी, हाम्रो देशको आर्थिक स्थितिमा सुधार हुँदै आयो भने दर्शकले बढी पैसा खर्च गर्न सक्लान् र फिल्मको बजेट पनि ठूलो होला र फिल्म पन