Author Topic: Nikhil Upreti (Nepali Actor)  (Read 40147 times)

0 Members and 1 Guest are viewing this topic.

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15886
Nikhil Upreti (Nepali Actor)
« on: August 09, 2009, 06:58:46 AM »
Nikhil Upreti



Son of Govinda Upreti and Bhoj Kumari Upreti, Nikhil Upreti was born in Piprabhitta of Sarlahi. He has two sisters and a brother. During his childhood days, he was interested in sports especially in Karate(black belt) and football. He completed his education from Birgunj and Kathmandu and moved to Mumbai and worked in different movies as an assistant fight director and a stunt boy. He also got Diploma in acting from Roshan Taneja's studio, Mumbai. Similarly, he got special training in action there and got a chance to work as an assistant fight director in ABCL company of Amitabh Bachhan and showed his talent in dozens of Hindi films.

In 2058 B.S he got married with Kopila Upreti of Naubise, Dhading after 8 years of love affair.

Acting career :
Nikhil's first acted in Pinjada in 2057 B.S in which he had to jump from a seven stored building of Kantipur Complex. The stunt was highly advertised and was one of the factor to make the movie a super-hit.

Nikhil's next film was the 2059's another hit movie 'Maya Ko Jaal'. With the success of second movie, Nikhil became hot cake among reputed producers.

Till now he has worked in more than 45 films. He has been awarded for his performance in different movies. He was welcomed with the award as a Best Actor in First National Films Award 2062 from the movie 'Haami Teen Bhai'. This film was very well received and earned Nikhil with name as well as fame. He was also awarded with Rastriya Nagarik Sworna Samman in 2063 B.S. Not only this, he has also in hand a number of awards on completing 51 days from more than 15 movies.
« Last Edit: February 22, 2015, 06:32:59 AM by NepDude »

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15886
Re: Nepali Actor - Nikhil Upreti
« Reply #1 on: August 09, 2009, 07:37:43 AM »


Interview :
Do you remember the first shot of your first film?
- I don’t remember the scene but I was really very excited in that day.

Among all your films, which film is close to your heart?
- The film that is very close to me is Pinjada and Savadhan.

Which role in the movie you played satisfied you most?
- I am mostly satisfied with the role in Hami Teen Bhai and Savdhan.

Who is your favorite director?
- My favorite directors are Shiva Regmi and Tulshi Ghimire.

After you entered in the film industry, you have achieved a lot but is there anything that you have lost?
- Well, I have achieved a lot rather than losing. The love of my viewers is priceless for me.

How do you take politics as?
- I am a civilized citizen of this country, so I do have proper knowledge of politics. I don’t find a single politician who isn’t corrupt; every politician just think about themselves rather than the country. Now, the future of our country is in the hand of the new generation.

Who is your favorite politician?
- I don’t have any favorite till now.

As an artist how would you define Pokhara as?
- It’s really a very beautiful place; I am in love with Pokhara and have made up my mind to settle here so I am looking for a land.

Would you like to share a few words about your upcoming movie?
- It’s a family drama and the film is nicely scripted.


What do you like to do in your leisure time?
- I am quite busy at work so don’t get any leisure, though if by chance I get one then I would like to sleep.

And lastly what would you like to say to your well-wisher?
- I would like to thank them for loving and appreciating me.

Gossip with Bhupal Gurung, Pokharacity.com

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15886
Re: Nepali Actor - Nikhil Upreti
« Reply #2 on: August 09, 2009, 07:41:56 AM »


Interview - Enasha

निखिलजी, 'सावधान' सिनेमा बनाउनु भएछ । एउटा हिरोका लागि सिनेमा बनाउनु सजिलो हुँदोरहेछ हैन?
अरुलाई भन्दा कलाकारलाई सिनेमा बनाउन सजिलो निश्चित रुपमा छ । किनभने लगानीकर्ताहरुले चलेको कलाकारलाई पैसा हाल्न हिच्किचाउँदैनन् । तर मैले सिनेमा बनाउनु ठूलो कुरा होइन, विशेष किसिमको सिनेमा बनाउन सकेँ कि सकिनँ त्यो ठूलो कुरा हो ।
 
 
भने पछि 'सावधान'लाई विशेष किसिमको चलचित्र बनाउने प्रयास गर्नु भएको छ, हैन त?
एकै किसिमका चरित्रहरु गर्दागर्दा हैरान भइरहेको बेला सिनेमाजस्तो आमसञ्चारको सशक्त माध्यमलाई कसरी सन्देशमूलक पनि र व्यवसायिक पनि बनाउन सकिन्छ भन्ने सोचको परिणति नै यो चलचित्र हो ।
 
 
यसमा त्यस्तो के खास गर्नु भएको छ ?
बर्म्बईमा पनि नभएको काम हामीले गरेका छौँ । कतिपय कम्प्युटर प्रविधिका एनिमेशन र तिनका प्राविधिक कार्यका लागि हामीले अष्ट्रेलियाली प्राविधिकहरुसँग सहयोग लिएर काम सम्पन्न गरेका छौँ । यो काममा हामीले गर्व गर्नुपर्छ । त्यस्तै अरु आम फिल्ममा जस्तो चलचित्रमा नायकनायिका छैनन् ।
 
सज्जा नायिका होइनन् र ?
सज्जा यसमा नायिका होइन, नायक बनेर खेलेकी छिन् । चलचित्रमा मात्र दुइ वटा गीत छन्, त्यो पनि 'सिक्वेन्स'ले मागेको हुँदा हालिएको हो ।
 
 
एउटा कलाकार र एउटा चलचित्र निर्माताको दायित्व कस्तो हुँदोरहेछ?
नेपालका अधिकांश आम जनतालाई राजनीतिज्ञहरु के बोल्छन्, के गर्छन् ती पक्षसँग तिनलाई मतलब छैन । तर राजेश हमाल, दिलिप रायमाझी र निखिल उप्रेती के खान्छन्, के बोल्छन् र के गर्छन् त्यसबारेमा उनीहरु मतलब राख्छन् । त्यसैले हामीले गर्ने हरेक क्रियाकलाप उनीहरुमा गहिरो प्रभाव परिरहेको हुन्छ । ती व्यक्तिहरुका लागि पनि राम्रो सिनेमा दिनुपर्ने हाम्रो दायित्व हो । त्यो अन्य निर्माता-निर्देशकबाट नभइरहेको हुँदा मैले 'सावधान' बनाएको हुँ ।
 
 
उसो भए तपाईँको सिनेमा अहिलेका नेपाली सिनेमाका दर्शकहरुप्रति नैकेन्द्रित छ ?
ती दर्शकहरुलाई स्तरीय र समाजोपयोगी चलचित्र दिने प्रयास गरेको छु । तर यसको अर्थ मध्यमवर्गीय र उच्च वर्गीयका लागि मेरो सिनेमा होइन भन्न खोजेको होइन । तिनीहरुले पनि यो चलचित्र हेरे भने यसमा 'छ्या' भन्नुपर्ने स्थिति आउने छैन ।
 
 
ती वर्गको प्रतिक्रिया उति राम्रो छैन, चलचित्र चलिरहेको छैन भनेरचलचित्र उद्योगमा हल्ला छ नि ?
यस उद्योगमा केही सीमित व्यक्ति 'सावधान' जस्तो प्रयोगात्मक चलचित्र चलेको रुचाउँदैनन् । किनभने यो उनीहरुको सोच र क्षमताभन्दा बाहिरको कुरा हो । भोलि यो हिट भयो भने उनीहरुले पनि योभन्दा राम्रो र नयाँ किसिमको चलचित्र दिनुपर्छ, आफूले वर्षौँदेखि चलाइआएको र्ढरा परिवर्तन गर्नुपर्छ, नयाँ काम गर्न आउँदैन, त्यही भएर त्यस्तो हल्ला चलाएर यस्ता चलचित्र 'फ्लप' बनाइयो भने उनीहरुको स्वार्थसिद्ध हुन्छ । त्यसैले यस्तो हल्ला चलाइएको हो । तर मैले गफ दिएको होइन, अहिलेको समयमा अरु चलचित्रभन्दा यो निकै राम्ररी चलिरहेको छ ।
 
 
तपाईँको बोलीमा बढी नै 'आत्मविश्वास' छ नि ?
चलचित्र उद्योगमा केही नयाँ काम गरेको हुँदा र दर्शकहरुले पनि यो स्वीकार गरिदिएकाले ममा यत्तिको आत्मविश्वास देख्नु भएको हुनसक्छ । तर तपाईँलाई नढाँटी भन्छु, मैले हेर्न लायक चलचित्र दर्शकहरुलाई दिएको छु ।
 
 
त्यसको प्रमाण ?
उपत्यकाभन्दा बाहिरका हलहरुमा कहिल्यै नआएका, नदेखिएका व्यक्तिहरुको बढी बाहुल्यता छ भन्ने प्रतिक्रिया पाएको थिएँ भने काठमाडौँमा पनि राम्रै व्यापार गरेको थियो ।
 
चलचित्र निर्माता भएपछि जो पनि कथाकार हुँदारहेछन् हैन ?
तपाईँले मलाई इङ्गित गर्नुभएको होला । तर हाम्रा वरिपरि भएका घटनालाई कागजमा उतारेको हुँ ।
 
 
कथामार्फत् कसलाई के भन्न खोज्नु भएको छ?
मैले यस देशका शासकहरुलाई देशका युवाशक्तिहरुको दुरुपयोग चरम रुपमा भइरहेको छ भनेर झक्झक्याउन खोजेको छु । यो चलचित्र, देशमा के भइरहेको छ भन्ने मेरो दृष्टिकोण हो ।
 
 
देशमा चलचित्र उद्योग खस्किरहेको छ भन्ने हल्ला भइरहेको बेला तपाईँचाहिँ मेरो चलचित्र चलिरहेको छ भनिरहनु भएको छ, अलि बढी भएन ?
यो कुरा सही हो, देशमा मनोरञ्जनको साधन चलचित्र मात्र रहेन । मनोरञ्जनको ट्राफिक जाममा मानिसहरुले मेरै चलचित्र वा नेपाली चलचित्र हेरिदिनुपर्छ भन्ने छैन । तर राम्रो चलचित्र भयो भने चलचित्र चल्छ । यो कुरा बुझिरहनुस्, राम्रो नेपाली चलचित्रले राम्रो विदेशी चलचित्रसँग प्रतिस्पर्धा गर्न सक्छ । हामीले राम्रा नेपाली चलचित्र बनाएर राम्रा विदेशी चलचित्रसँग प्रतिस्पर्धा गर्नैपर्छ, नत्र भोलि हाम्रो अस्तित्व नरहन सक्छ ।
 
 
तपाईँ त अहिले सबैभन्दा व्यस्त स्टार...?
 मलाई 'स्टार' या 'सुपरस्टार' नभन्नोस् । वास्तविक स्टार त अमिताभ बच्चन, शाहरुख खान या आमीर खान हुन् । उनीहरुलाई संसारका आधा मान्छेले चिन्छन् । हामीलाई त नेपालभित्रै १० प्रतिशतले पनि चिन्दैनन् । हो, जब हामीलाई ९० प्रतिशत जनताले चिन्छन्, माया गर्छन् र हामीले बोलेको पत्याउँछन् तब मात्र हामी स्टार वा सुपरस्टार हुन्छौँ ।
 
 
तपाईँ त यति राम्रो बोल्नु हुँदोरहेछ ?
 राम्रो बोलेको होइन, वास्तविकता बताएको ।
 
 
खैर, 'सावधान'को निर्देशक दिनेश डिसीभन्दा पनि तपाइँ नै हो भन्छन् नि ?
मेरो सोचलाई जस्ताको त्यस्तै पर्दामा उतार्न सफल हुनु भएकोले दिनेशजी मेरालागि एउटा सफल निर्देशक हो ।
 
 
चलचित्रसम्बन्धी तपाईँको जीवनसिद्धान्त ?
 दर्शकको पैसा लिएर उनीहरुलाई सस्तो मनोरञ्जन मात्र दिने कि 'म्यासेज'सहितको मनपर्ने चलचित्र दिने भन्ने प्रश्न ।
 
 
यो चलचित्रबाट तपाईँले कति कमाउनु हुन्छ त ?
 कति कमाउँछु, त्यो त भन्न सक्तिनँ तर यो कुरामा म 'स्योर' छु, मलाई यसबाट घाटा हुँदैन । अर्को चलचित्र बनाउन भरथेग गर्छ गर्छ ।
 
 
भनेपछि अर्को चलचित्रको काम पनि शुरु गरिसक्नु भयो ?
 दुइ वटा नयाँ चलचित्रबारे काम भइरहेको छ । एउटाको नाम 'रक्सी' हुनेछ, जुन रक्सीले निम्त्याएको संकटमा आधारित हुनेछ भने अर्को चलचित्रको नाम सोचिसकेको छैन र त्यो पनि समाजलाई थोरबहुत 'म्यासेज' दिने नै छ ।


tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15886
Re: Nepali Actor - Nikhil Upreti
« Reply #3 on: August 09, 2009, 10:55:36 PM »
Another Interview

ममाथि गुण्डा लगाइयोः निखिल उप्रेती 
२६-वैशाख-२०६४,बुधवार

निखिल उप्रेती- नेपाली चलचित्रको बजारलाई नयाँ धार दिन सफल नायक । लोकतन्त्र प्राप्तिका लागि निकै सङ्घर्ष गरेका निखिल यतिबेला नाम र दाम दुवै पक्षबाट चर्चामा छन् । यसै हप्तामात्र चलचित्र 'दाइको ससुरालीमा'को युनिटमा उनीमाथि गुण्डा लगाएर हातपात गर्न खोजिएको समाचारले सनसनी मच्चिएको छ ।
० खास भएकोचाहिँ के थियो निखिलजी ?
- ममाथि गुण्डा लगाएर सिधै आक्रमण गर्न खोजिएको थियो, यसलाई के भएको मान्नुहुन्छ, मान्नुस् !
० तर, तपाईंले चलचित्रका लागि समय दिनुभएन भन्ने कुरा पनि छ नि !
- उनीहरूले जुनबेला भन्यो त्यसैबेला समय दिन तयार भएर बस्ने म तिनीहरूले पालेको व्यक्ति हुँ र ? सम्झौता भएको डेट त पुरानो भइसकेको छ । तैपनि मैले मिलाएर गरौंला भनेर राम्रो कुरा गरेको थिएँ । किन एक्कासि सुटिङ स्पटमा गुण्डा ल्याउनुपरेको हो, तपाईं उनीहरूलाई नै सोध्नुहोला !
० उनीहरूले त गुण्डा ल्याएको होइन भने नि ?
- गुण्डा हुन् कि फिल्मलाइनका मान्छे हुन्, म चिन्दिनँ र - गुण्डाकै धम्की देखाउने हो भने मेरा छैनन् र मान्छे -!
० तपाईंलाई उनीहरूसँग रिस उठेकोचाहिँ केमा हो नि ?
- सुटिङ स्पटमा गुण्डा ल्याएर धम्क्याएकोमा । व्यक्तिको होइन यस्ता गलत प्रवृत्तिको विरोध गरेको हुँ । त्यही भएर हनुमानढोकामा मुद्दा पनि दायर गरें । आज मलाई धम्क्याउनेले भोलि अर्कोलाई पनि धम्क्याउन सक्छ । यस्ता गलत सोच हट्नुपर्छ भन्ने मान्यता हो मेरो ।
० उसो भए अहिले त कुरा मिल्यो होला नि ?
- मैले कृष्ण चापागाईं र सुनिल मानन्धरको फिल्म छाडें । प्रहरीमा आपसी समझदारी भयो तर उनीहरूसँग काम गरिँदैन अब !
० बैना लिएको रकम त फिर्ता दिनुभएन रे !
- किन दिने - चलचित्र 'निखिल दाइ' मा खेलेको रकम वर्षौं भइसक्दा पनि मैले पाएको छैन । आफ्नो श्रमको रकम लिन यति गाह्रो हुनेसँग कसरी काम गर्न सकिन्छ र ?
० भनेपछि चलचित्र दिदी-भाइमा तपाईंलाई अब देख्न पाइन्न -
- मैले कामै नगरेपछि कसरी देख्न पाइन्छ त ? सिनेमा निर्माण भनेको टिमवर्क हो । त्यसैले यस्तो गैरजिम्मेवार समूहभित्र बसेर काम गर्न सकिन्न ।

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15886
Re: Nepali Actor - Nikhil Upreti
« Reply #4 on: August 09, 2009, 10:59:42 PM »
बिहेपूर्व नै शारीरिक सम्बन्ध भयोः निखिल

हिजोआजका चर्चित र व्यस्त अनि लोकप्रिय नायक निखिल उप्रेती आजको दिनसम्म कसरी आइपुगे, कस्ता छन् उनको जीवनका आरोहअवरोह - आउनुस् जानौं उनीबाटै, तपाईंहरुकै प्रिय स्तम्भ पहिलो पाइलामाः

पहिलो क्यारियर ?

मेरो क्यारियर प्रशिक्षकबाट शुरू भएको हो। म मुम्बईमा हुँदा बलिउडको एउटा इन्स्टिच्युटमा अभिनयको प्रशिक्षण लिन्थेँ र पछि त्यहीँ द्वन्द्वसम्बन्धी प्रशिक्षण दिने मौका पाएँ।

यसो गर्दागर्दै बलिउड चलचित्र उद्योगमा स्टन्ट गर्न थालेँ। यही क्रममा नेपाली चलचित्र उद्योगमा मैले क्यारियर बनाएँ। यसरी हेर्दा द्वन्द्व प्रशिक्षणबाटै मेरो कलाकारिताको क्यारियर शुरू हुन पुग्यो।

पहिलो चलचित्र ?

काठमाडौं आएपछि पहिलो पटक पिँजडा नामक चलचित्रमा काम गर्ने मौका पाएँ। आफ्नो फिल्मी क्यारियरको शुरूकै त्यो फिल्ममा मैले ज्यानको बाजी लगाएर सात तलाबाट हाम फालेँ।

दर्शकले पनि यसलाई सहर्ष स्वीकार गरिदिनुभयो। हुन त सबै जना मबाट अहिले पनि त्यस्तै स्टन्ट गराउन र हेर्न चाहनुहुन्छ। तर मचाहिँ केही नयाँ कुरा गरेर देखाउन चाहन्छु। जेहोस्, पहिलो चलचित्र पिँजडाले आज मलाई यहाँसम्म ल्याइपुर्‍याएको छ, दर्शकको माया दिलाएको छ र नायक बनाएको छ।

पहिलो सफलता ?

क्यारियरको फस्ट फिल्म पिँजडाबाटै मैले सफलताको मीठो स्वाद चाख्न पाएँ। यो फिल्ममा काम गरेपछि मैले पछाडि फर्केर हेर्नुपरेको छैन, खुसी लाग्छ। म अहिले जसरी २४ घन्टामा लगातार १६ घन्टा काम गरिरहेको छु, त्यो सबै पिँजडाकै प्रतिफल हो।

पहिलो असफलता ?

धेरै छन्, तर पहिलो असफलता कुन हो त्योचाहिँ सम्झिन सक्दिनँ। विशेष गरी स्टन्ट गर्ने क्रममा सुरक्षाको साधनको कमी र असन्तुलनका कारण असफल हुँदै धेरै पटक लडेको छु, घाइते भएको छु र चोटपटक लागेको छ।

भाग्यविधाताको सुटिङमा त रुखबाट लडेर दाहिने खुट्टै भाँचिएको थियो। मेरो असफलता भनेको यही नै हो।

पहिलो दुर्घटना ?

स्कुले विद्यार्थी हुँदा कागती खाने क्रममा नराम्ररी अड्किएको थियो। मेरो जीवनको पहिलो दुर्घटना नै त्यही थियो। त्यतिखेर एक मिनेट मात्र ढिलो भएको भए प्राण नै जान सक्थ्यो र म आज यसरी तपाईंसँग कुरा गरिरहेको हुन्नथेँ।

पहिलो पटक हेरेको चलचित्र ?

माइतीघर। त्यो फिल्म बच्चामा गाउँमै हरेको थिएँ। त्यतिखेर गाउँमा एउटै हल थिएन। प्रोजेक्टर लगेर चौरमा देखाइएको थियो। त्यसको सबै कुरा त याद छैन, तर माइती घर माइती घर भन्ने गीतचाहिँ कण्ठैजस्तो भएको थियो, अरूचाहिँ टुक्राटाक्री मात्रै याद छ।

पहिलो पटक हेरेको नीलो चलचित्र ?

एसएलसी दिइसकेपछि वीरगन्जमा हेरेको थिएँ पहिलो पटक नीलो चलचित्र। त्यो अंग्रेजी भाषामा थियो, तर नामचाहिँ याद छैन। साथीहरूसँग गएर लुकेर हेरेको थिएँ त्यो ब्लु फिल्म।

कस्तो भने ब्लु फिल्म भनेर सुनेको थिएँ तर कहिल्यै हेरेको थिइनँ। यसरी पहिलो पटक ब्लु फिल्म हेर्दा रमाइलो लाग्यो। केही नयाँ कुरा जानेजस्तो र सिकेजस्तो लाग्यो। अहिले पनि फुर्सद मिल्यो भने कहिलेकाहीँ ब्लु फिल्म हेर्छु।

पहिलो प्रेम ?

सर्लाहीमा ४/५ क्लासमा पढ्दा अपोजिट सेक्सको भावनाले हो या बचपनले हो अथवा आकर्षणले गर्दा हो म भन्न सक्दिनँ। तर त्यही उमेरमा पनि लभ चलेको थियो।

एसएलसी दिइसकेपछि पनि एउटीसँग लभ चल्यो। पछि काठमाडौं आएपछि पनि एउटीसँग प्रेम भयो। तर त्यो शारीरिक चाहना थियो या वास्तविक प्रेम, म अहिले पनि भन्न सक्दिनँ। केही समय चल्यो, ठाउँ परिवर्तनसँगै टुंगियो पनि। तर दुःख भने लागेन।

बरु छ/सात वर्ष प्रेम चलेपछि कोपिलासँग बिहे गरेँ। यो नै मेरो जीवनको म्याचुअर्ड र महत्त्वपूर्ण प्रेम थियो।

पहिलो चुम्बन ?

स्कुललाइफमा सँगसँगै पढ्दै गर्दा एउटीसँग शारीरिक आकर्षणको प्रेम बस्यो। उनै गर्लफ्रेन्डसँग हात मिलाइयो, हक गरियो र चुम्बन साटासाट गरियो। मेरो पहिलो चुबन नै त्यही थियो।

पहिलो शारीरिक सम्बन्ध ?

पहिलो शारीरिक सम्बन्ध बिहेपूर्व नै भयो। विद्यार्थीकालमा सँगै पढ्ने क्रममा जोसँग चुम्बन साटियो, उनैसँग शारीरिक सम्बन्ध हुन पुग्यो। तर त्यो सम्बन्ध आपसी प्रेम, सल्लाह र सहमतिमै भएको थियो।

पहिलो गल्ती ?

जिन्दगीमा धेरै गल्ती गरिएको छ। तर सबै गल्ती अञ्जानमा भए र ती गल्ती सानातिना थिए। तर कसैलाई बिगार्ने र नाश गर्ने गरी अहिलेसम्म कुनै गल्ती गरेको छैन।

पहिलो सजाय ?

मलाई आजसम्म कसैले सजाय दिएको छैन। बरु आफ्नो कामबाट आफैंले सजाय पाइरहेको हुन्छु, समयले नै सजाय दिइरहेको हुन्छ।

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15886
Re: Nepali Actor - Nikhil Upreti
« Reply #5 on: October 15, 2009, 10:47:56 PM »


चलचित्र 'दसगजा' को छायाँकनको क्रममा नायक निखिल उप्रेती र निर्देशक दयाराम दाहाल गफ गर्दै ।

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15886
Re: Nepali Actor - Nikhil Upreti
« Reply #6 on: December 12, 2009, 11:20:41 PM »
  जोमसोमले मोहनी लगायो
शनिवार, 12 डिसेम्बर 2009 17:28 नागरिक


निखिल उप्रेति- सात वर्ष पहिले 'दिदी बहिनी' फिल्म सुटिङको सिलसिलामा जोमसोम गएको थिएँ। पोखरा विमानस्थलबाट प्लेन चढेर झण्डै बीस मिनेटको उडानपछि पुगेको थिएँ त्यहाँ। धौलागिरी र निलगिरी पहाडको बीच हुँदै उडेको जहाजबाट देखिएको दृष्यले मेरो मन हर्षित थियो। हरियाली जंगल माथि र दुई ठूला पहाडको बीचबाट उडेको जहाजको झ्यालबाट मेरा आँखा दायाँबायाँ र तलमाथि गरिरहेका थिए।

पोखराको न्यानो मौसमबाट एकैचोटी चिसोमा पस्दा मन निकै रोमाञ्चित र शरीरले अर्कै अनुभूति गरेको थियो। इण्डिया लामो समय बसेको मान्छे, फेरी मेरो घर पनि तराइ। गर्मी हावापानीमा जीवन वित्यो। मलाई गर्मी हावापानी धेरै मन पर्दैन। हिमाली भेगमा त्यो मेरो पहिलो अनुभव। आँखैमा टाँसिने गरि ठडिएका थिए हिमालहरु। निलगिरी पछाडी धौलागिरी देख्दा निकै आनन्दित भएको थिएँ।

जोमसोम जहाँ हल्ला छैन, त्यहाँ रमायो मेरो मन। शान्त वातावरणमा बस्दा उर्जा मिले जस्तोलाग्छ मलाई। यो वातावरण केबल जोमसोममा पाएँ।

हुन त म जहाँ जान्छु त्यही ठाउँ नै मलाई मन पर्छ। तर जोमसोमले मलाई कहिल्यै नविर्सने गरि मोहनी लगायो। हिमाली भाग, मुक्तिनाथधाम नजिक पनि। म त्यति धेरै आस्तिक त होइन। तर पनि भगवानमा विश्वास छ। म मुक्तिनाथसम्म पुगेको छु। मरुभूमि जस्तै लाग्ने त्यहाँको पहाड र मैदानले पनि मन हर्छ। तिर्थस्थलले दिमागलाई सकारात्मक र पिसफुल बनाउँछ।

जम्मा तीनचोटी जोमसोम गएको छु। सबै फिल्म सुटिङकै लागि। समय निकालेर अब परिवारसँग जाने विचार छ। अहिले गाडी जान थालेपछि अलि प्रदुषित भएको छ रे भन्ने सुनेको छु। कतै जोमसोमले आफ्नो पहिचान त गुमाउने होइन? गाडी जानु हुँदैन भनेको होइन, सहरमा जस्तो नहोस भन्ने लागेको हो।

त्यहाँका बासिन्दाको आफ्नै संस्कृति छ। भौतिकबादले छोइ सकेको छैन स्थानीहरुलाई। सम्मान र गरिने आत्मिय व्यवहारले पनि मन खिचेको छ। फेरी खानाको टेष्ट पनि आफ्नै। म निकै कम खाने मान्छे। त्यहाँ पुगेसी धेरै खाएँ। जे खाएनी केही नहुने। अर्गानिक खाना पाइन्छ। यहाँ हामी विषयुत्त खाना र सब्जी खाइराखेका छौं। त्यहाँको थकाली खाना त जिब्रोमा झुण्डिराखेको छ।

असोज/कात्तिकमा गएको थिएँ। स्याउ टिपिसकेका थिए किसानहरुले। स्याउ बगान हेर्दा मात्रै पनि रमाइलो लाग्यो। त्यतिबेला न जाडो न गर्मी थियो। उपयुक्त मौसम थियो हिँड्न र फिल्म सुटिङ गर्न।

आन्तरिक र बाह्य पर्यटनको धेरै सम्भावना बोकेको ठाउँ हो जोमसोम क्षेत्र। फिल्म सुटिङका लागि रमाइलो र पृथक लोकेसन। हलिउडमा देखाइने सिन भन्दा कमको छैन जोमसोम।

जोमसोम पुग्दा म भर्खरै फिल्म क्षेत्रमा लागेको थिएँ। त्यहाँ सात तलाबाट हामफाल्ने हिरो रे भनेर मान्छेले मलाई घरेका थिए। माया अनि सद्भाव छ त्यहाँका मानिसमा। भाइचाराको सम्वन्ध छ।

त्यसपछि मलाई रमाइलो लागेको ठाउँ हो-पोखरा। यहाँको हावापानी पनि निकै राम्रो छ। विग्रिसकेको छैन। लेक साइडमा राती बस्न निकै रमाइलो लाग्छ। घुम्ने ठाउँहरु पनि धेरै छन्। फुर्सद हुनेवित्तिकै पोखरा जान्छु।

मेरो जीवनमा जानै पर्ने ठाउँ जोमसोम र पोखरा हो जस्तो लाग्छ। मेरो परिवार लिएर फेरी पोखरा र जोमसोम जानेछु।

kurakani

  • 50x
  • ****
  • Posts: 2480
Re: Nepali Actor - Nikhil Upreti
« Reply #7 on: February 03, 2010, 11:51:31 AM »
देश सङगठित भए पो विघटनको खतरा : निखिल उप्रेती

निखिल उप्रेती नेपाली चलचित्रका व्यस्त नायकहरुमध्ये एक हुन् । उप्रेतीलाई बौद्धिक कलाकारका रुपमा चिन्नेहरुको पनि कमी किन पनि छैन भने उनी सुटिङबाट फुर्सद पाएका बेला वरपर साथीभाइलाई भेला पारेर जीवन, जगत्, राजनीति र संसारका विविध विषयका बारेमा छलफल गरिरहेका भेटिन्छन् । अझ आध्यात्म त उनको छलफलको रुचिको विषय हो । हामीले यसपटक उनीसँग देशको राजनीतिदेखि उनको व्यक्तिगत जीवन हुँदै आध्यात्मिक विचारसम्म जान्ने प्रयत्न गरेका छौँ । अच्युत कोइराला र  जनक तिमिल्सिनाले गरेका कुराकानीका मुख्य अंशहरु :

जागरुक नागरिकको हिसाबले देशको अवस्थालाई कसरी मूल्याङ्कन गरिरहनुभएको छ ?
अहिलेको देशको यो अवस्था देखेर मलाई ज्यादै दुःख लागेको छ । मेरो कामलाई हेरेर सिक्ने मेरा दर्शकहरु हुनुहुन्छ, ती दर्शकप्रति मेरो पनि जिम्मेवारी छ । तर, ती मेरा दर्शकहरुप्रति देशका नेताहरुले 'जनता' भन्दै पटकपटक ठग्ने काम गर्छन् र त्यो देख्दा मलाई दुःख लाग्छ । देशको यो अवस्था भएको कारणचाहिँ राष्ट्रप्रति माया नभएकाले नै हो । उनीहरुलाई पार्टीको मात्र सरोकार छ । जनताप्रति सरोकार छैन । उनीहरुको सरोकार भोटसँग मात्र छ ।

भनेपछि अहिलेका दलहरु जनताप्रति उत्तरदायी छैनन् त ?
बिल्कुलै छैनन् । यदि मेरो उद्देश्य मेरी आमालाई सुख दिने हुन्छ र मेरा अन्य ४-५ दाजुभाइको उद्देश्य पनि आमालाई सुख नै दिन्छु भन्ने हुन्छ भने त्यहाँ प्राथमिकता मिलेर सुख दिने हो । त्यसका लागि लडाइँ-झगडा गरेर हुँदैन । शान्तिपूर्वक छलफल हुन्छ र त्यो छलफलपछि आमाले सुख पाउनुपर्छ । हामी ४ जनाको सपना नै आमालाई सुख दिने हुन्छ भने त्यो सुख हामीले किन दिन सकेका छैनौँ भने त्यसमा हाम्रो स्वार्थ छ । यदि कसैले स्वार्थका लागिमात्र राजनीति गर्छ भने हामीले उनीहरुलाई किन राम्रो भन्ने ?

तर राजनीतिक ददलहरुको सिद्धान्त नै अलग­-अलग भएपछि कुरा कसरी मिल्छ र ?
हो ! त्यै भएर म के भन्छु भने उनीहरुको उद्देश्य जनतालाई सुख दिने होइन कि राजनीतिमात्र गर्ने हो । उनीहरुले राजनीतिभन्दा माथि उठेर जनताका लागि काम गर्ने भइदिएका भए यस्तो स्थिति आउने थिएन । जनताका प्राथमिक आवश्यकतामाथि पनि राजनीति गरिदिँदा अहिले यस्तो स्थिति आएको हो । वाद मात्रै पकडेर बस्ने कि जनताका आवश्यकतामाथि पनि विचार गर्ने ? वादभन्दा माथि देश छ भन्ने कुरा उनीहरुले बुझ्न जरुरी छ । दलहरु देशप्रति गम्भीर छँदै छैनन् । अहिले बनेको उच्च राजनीतिक संयन्त्र पनि जनतालाई ढाँट्ने मेलो हो । त्यसबाट केही हुनेवाला छैन ।

अहिले एकीकृत नेकपा माओवादीले उठाइरहेको सीमासम्बन्धी कुरालाई कसरी हेर्नुहुन्छ ?
उनीहरु सरकारमा हुँदा त्यही कुरा नदेख्ने, सरकारबाट बाहिरिएपछि देख्ने ? पहिले पनि यी समस्या थिए, खै त समाधान भएका ? खोई कुरा उठाइएका ? मलाई सीमाभन्दा पनि जरुरी त घरभित्रको षड्यन्त्र ठूलो कुरा लाग्छ । घरभित्रै तपाईंहरुबीच मिलाप छैन भने बाहिरियाहरुले त्यसको फाइदा नलिने भन्ने कुरा त छैन नि ! त्यो फाइदा नदिनका लागि सुरुमा घरभित्र मिल्नुपर्‍यो अनि बाहिर बार्गेनिङ गर्नुपर्‍यो । हाम्रा नेता कमजोर भएर तपाईंको कृपा चाहियो भन्न गएका कारण यस्तो भएको हो ।

त्यसोभए नेपालको भविष्य कस्तो देख्नुहुन्छ त ?
जब राजनीतिक दलका शीर्षस्थ नेता एक ठाउँ नआउञ्जेल र वाद, अपवादभन्दा माथि देश ठूलो कुरा हो भन्ने नसोचुञ्जेलसम्म यो देशको भविष्य मचाहिँ राम्रो देख्दिनँ । डरलाग्दो भविष्य देख्छु । केही पनि भन्न सकिने अवस्था छैन ।

भन्नाले देश विघटनको अवस्था देख्नुहुन्छ ?
विघटन हुनका लागि सङ्गठित हुनुपर्‍यो नि ! देश नै टुक्राटुक्रा भइसकेको अवस्थामा विघटनको कुरा नै हुँदैन । देशमा आज तपाईं खुलारुपले आफ्नै गाउँतिर जान नसक्ने स्थिति भइसक्यो । योभन्दा दुःखको अवस्था के हुनसक्छ ? रोजगारी छैन, ऋणैऋणले देश डुबिसकेको छ । भिखारीको पनि के विघटन हुन्छ ?

भनेपछि अब लामो समयसम्म यस्तो स्थिति रहिरहन्छ ?
विचार परिवर्तन गरेनन् भने यस्तै होला भनेर भन्न सकिन्न ।

भनिन्छ, सङ्क्रमणकालमा दूरदर्शी नेताको जन्म हुन्छ, तपाईं यसलाई मान्न तयार हुनुहुन्छ ?
पक्कै पनि सङ्क्रमणकाल भनेको देश पीडामा पर्नु हो र देश पीडामा पर्नु भनेको त्यहाँका जनता पनि पीडित हुनु हो । तर, यहाँ त म त्यस्तो मान्छे नै देखिरहेको छैन, जसले यो पीडाबाट मुक्ति देओस् । पुरानै विचारले जितेको अवस्था छ यहाँ किनभने पुरानाको सङ्ख्या बढी छ । यस्तो भनेर मैले सम्भावना भएका व्यक्ति नै छैनन् भन्न खोजेको होइन तर म तिनीहरुको नाउँ लिन किन चाहन्न भने भोलिका दिनमा मैले नाम लिएका व्यक्तिले पनि काम गरेनन् भने मैले बोलेको खेरै जाला ।

जस्तो नेपाल, उस्तै फिल्म उद्योग भन्दा तपाईंलाई कस्तो लाग्छ ?
हेर्नुस्, नेपालको हालत जबसम्म राम्रो हुँदैन, तबसम्म देशका अन्य क्षेत्रको स्थिति राम्रो हुन्छ भन्नु मूर्खता हो । तर, कम्तिमा हामीले राम्रो काम गरिरहेका छौँ, दर्शकहरुलाई सन्देश दिइरहेका छौँ, मनोरञ्जन दिइरहेका छौँ । त्यसैमा मलाई सन्तोष छ किनभने हामीले कसैको कुभलो गरिरहेका छैनौँ ।

उसो भए नेपालमा चाहिँ के राम्रो छ त ?
हेर्नुस्, अहिले देशको स्थिति हेर्दा कसैको स्थिति राम्रो भएको छ भने त्यो पार्टीहरुको राम्रो भइरहेको छ । उनीहरुले जे चाहेका छन्, त्यो भएको छ । देशमा आन्दोलन बडो गज्जबसँग भइरहेको छ । रोड जस्तोसुकै भए पनि पजेरो आइरहेकै छन् । जे घोषणा गरे पनि भयो, जे बोले पनि भयो ।

तपाईं प्रधानमन्त्री भएको भए प्राथमिकता के हुन्थे ?
कुन प्वाइन्टमा हाम्रो मिलनबिन्दु हुनसक्थ्यो भनेर म खोज्थेँ । मलाई कुर्सीको कुनै सरोकार छैन भनेर काम गर्थेँ । कुनै व्यक्ति विशेषको नाम नलिउँ तर यदि नेपालको प्रधानमन्त्री भएर राम्रो काम गर्छु भनेर कसैले भन्छ भने ऊ सत्ताच्यूत हुन्छ । त्यसलाई त्यहाँबाट निकालिन्छ । त्यसैले अधिकांश व्यक्ति सत्ताबाट बाहिरिन चाहँदैन ।

अर्को विषय प्रवेश गरौँ । तपाईंलाई अहिलेसम्म आफूले गरेका कुन ३ वटा कामप्रति सन्तोष लाग्छ ?
हेर्नुस्, म राम्रो काम गर र बिर्स भन्ने सिद्धान्तमा विश्वास गर्ने व्यक्ति हुँ । त्यसैले मैले कतिवटा राम्रो काम गरेँ भनेर गनेर बसेँ भने त्यो कामको महत्त्व हराउँछ । आज अलिअलि पैसा कमाएपछि स्कलरसीप सुरु गरिदिएको छु । हिजोका दिनमा बियर-सियर खाइन्थ्यो तर हिजोआज त्यो छाडेपछि बचेको पैसाले केही गर्न सकिन्छ भन्ने लाग्यो र मैले मेरो गाउँमा स्कलरसीप सुरु गरेँ । यसका कारण ४ जना विद्यार्थीले वर्षभरि निःशुल्क पढ्न पाइरहेका छन् ।

तपाईं र सहकलाकारबीच प्रायः उति जम्दैन, झगडा परिरहेको हुन्छ । खासमा किन यस्तो भएको ?
म कसैलाई बटरिङ गर्दिनँ, म पद हेरेर बोल्दिनँ र सानो मान्छेलाई पनि उत्ति नै महत्त्व दिन्छु, जति ठूलो भनिने मान्छेहरुलाई दिन्छु । अनि म स्पष्ट कुरा गर्छु र धेरैलाई यो मनपर्दैन । त्यही भएर धेरै व्यक्तिहरुसँग मेरो कुरा मिल्दैन ।

सञ्चिता लुइँटेलजीसँग जुन कुरा बाहिर आइरहेको छ, खास कुरा के हो ?
ऊसँगको सम्बन्धका बारेमा जे लेखिएका छन्, ती आधा सत्य हुन् । एउटा पत्रिकाले म र सञ्चिता पशुपतिनाथको मन्दिर गयौँ भनेर लेख्यो तर त्यहाँ मेरा परिवारबाहेक फिल्म उद्योगका अरु केही व्यक्तिहरु पनि थिए भन्ने कुराचाहिँ लेखिएनन् । अब सञ्चितासँग मेरो कुरा मिल्छ, हामी हाँस्छौँ, बोल्छौँ भने त राम्रो कुराका रुपमा पो लिनु पर्छ त ! जहाँसम्म अफेयरको कुरा छ, मैले आफैलाई समय दिन सकिरहेको छैन, अरुलाई कसरी दिन सकुँला । अब जति भेट हुन्छ, त्यसमा हामी हाँस्छौँ, बोल्छौँ, कुराकानी गर्छौँ- त्योचाहिँ सत्य हो । यसमा कुनै बनावटी कुरा छैन ।

उसो भए नभएको कुरा उठाइयो भन्ने तपाईंको भनाइ हो ?
म त्यसो भन्दिनँ । भएको कुरालाई गलत तरिकाले ब्याख्या गरियो भन्ने कुरामात्र हो । तपाईं यदि मन्दिरतिर हिँड्दै हुनुहुन्छ भने र यदि कसैले नकारात्मक सोचले \'साला हेर्दै चोरजस्तो छ, मन्दिर जाँदैछ\' भन्नुहोला र अर्को सकारात्मक सोच भएको व्यक्तिले हेर्‍यो भने \'हिजोआज मन्दिर जानेको कमी छैन\' पनि भन्नुहोला । अब यो तपाईंको सोचमा भरपर्छ कि एउटा सम्बन्धलाई तपाईंहरुले कसरी हेर्ने !

तर यो कुरा त हो नि, तपाईंहरुको केमेस्ट्री फिल्मभित्र र बाहिर दुबैतिर मिल्छ । होइन ?
पर्दाबाहिर मिल्छ कि मिल्दैन भन्ने कुरा त तपाईं घण्टौँ बसेर कुरा गरेपछि मात्र थाहा हुन्छ । जब तपाईं साता १० दिन सँगै बस्नुहुन्छ, कुरा गर्नुहुन्छ अनि अगाडि बसिरहेको व्यक्तिसँगको केमेस्ट्री मिल्छ कि मिल्दैन भनेर सोच्न सकिन्छ । अब जाबो आधा घण्टा भेट हुन्छ, त्यतिबेला तपाईंले केमेस्ट्री अध्ययन गर्ने समय कहाँ पाउनुहुन्छ ? त्यतिबेला केही सीमित गफ हुन्छन् र हामी रमाइलोचाहिँ गर्छौं । अब त्यसलाई तपाईं केमेस्ट्री मिलेको भन्नुहुन्छ भने होला पनि ! सायद त्यही देखेर हामीबीच अफेयर चल्यो भनेर कुरा उठेको हुनसक्छ ।

फिल्म \'माया त माया हो\' चलाउन यसका निर्माता विनोद अर्यालले यो हल्ला चलाए भन्ने कुरा पनि बजारमा गर्माएको छ नि ?
हल्लाले गर्दा फिल्म चले त धेरै राम्रो हुन्थ्यो । एउटा नयाँ निर्माताले अर्को फिल्म बनाउने अवसर पाउँथ्यो । तर, फिल्म हल्लाले भन्दा पनि विषयवस्तु र दर्शकको दृष्टिकोणले चल्छ । जाबो फिल्म चलाउनकै लागि उहाँले यस्तो कुरा गर्नुभयो भन्ने कुरा मलाई बिल्कुलै लाग्दैन ।

तपाईं जहिले पनि फुर्सदका क्षणमा आध्यात्मिक कुरा गर्नुहुन्छ नि ?
हो, यो मेरो रुचिको विषय हो । जब तपाईं अरुका बारेमा सोच्न थाल्नुहुन्छ, त्यो स्थिति आध्यात्म हो । भगवान, मुक्ति र मार्गका कुरामात्र आध्यात्म होइनन् । यदि मैले कसैलाई कुनै एउटा सानो कामले खुसी पार्न सकेँ भने त्यो अवस्था र क्षण आध्यात्मको क्षण हो । मान्छे जन्मँदा केही ल्याएको हुँदैन र मर्दा केही लैजाँदैन तर म यो कुरालाई मान्दिनँ । मान्छे खाली हात जन्मन्छ र मर्ने बेलामा धेरैथोक लिएर जान्छ । त्यो धेरैथोकचाहिँ मान्छेको अनुभव हो र जब अनुभव लिएर मान्छे मर्छ, ऊ अर्को जन्मको तयारी गर्छ । जुन इच्छा यो जन्ममा पूरा गर्न पाएन, अर्को जन्ममा उसले त्यसैको खोजी गर्छ । जब अनेकौँ जन्म पार गरेर आफ्ना अनेकौँ अतृप्त इच्छा पूर्ति गरेर मान्छे जन्मन्छ, धनी हुन्छ । तपाईंले अहिलेसम्म कहिल्यै सुन्नुभएको छ कि बुद्ध भिखारीको घरमा जन्मिएका थिए ? अहँ । धेरैजसो महान् व्यक्तिहरु उच्च घरानामा जन्मिएका थिए, जहाँ उनीहरुका सबै इच्छा पूरा भइसकेपछि ती सबै कुरा त्यागेर उनीहरु जोगी हुन तयार भए । त्यहाँबाट गौतम बुद्ध जन्मिन्छन्, महावीर जन्मन्छन् । तर भिखारीको घरमा गौतम बुद्ध जन्मन किन गाह्रो हुन्छ भने अनेकौँ जुनीसम्म पनि एउटा गरिबका लाखौँ इच्छाहरु पूरा हुन बाँकी नै रहन्छन् र जब सबै इच्छा पूरा हुन्छन्, ऊ राम्रो भाग्य लिएर जन्मन्छ ।

उसो भए तपाईं भाग्यवादी हो ?
हेर्नुस्, हिन्दू धर्मको सबैभन्दा खराब तत्व भनेको भाग्यवादी बनाइदिनु हो । मचाहिँ भाग्यवादीको विरोधी हो । हामीले माथितिर हेरेर सधैँ चन्द्र भगवान् भनेर ढोग्यौँ र कहिल्यै त्यसको वास्तविकता जान्ने प्रयास गरेनौँ । विदेशीहरुले त्यसैको खोजिनिती गरे, त्यहाँ पुगेर आइसके । हामीले किन त्यस्तो गर्न सकेनौँ ? मुख्य कुरा सबै कुरा भगवानले गरिदिन्छन् भनेर हो, जे कुरामा पनि चित्त बुझाएर हो । हामीले भोलिको काम आज र आजको काम अहिल्यै गर्नुपर्छ भन्ने संस्कार सिकेनौँ । त्यही भएर हामी पछि पर्‍यौँ । सबै कुरा लेखिएरै ल्याएको हुन्छ भनेर हामीले सबै काम भाग्यकै जिम्मामा दियौँ । यसले गर्दा पछाडि पर्‍यौँ । म आध्यात्ममा रुचि राख्ने व्यक्ति भए पनि भौतिकवादी हुँ किनभने भौतिकताले मान्छेलाई धेरैथोक दिएको छ । म प्लेनमा एकैछिनमा सयौँ किलोमिटर यात्रा गर्नसक्छु । यो घडीले मलाई समय बताइरहेको छ- म किन घामको कोण हेरेर समय नापिरहूँ ? तर, म यही सब थोक हो पनि भन्दिनँ । तर हाम्रो धर्मको केही ब्याख्या गलत भएका छन् ।

( 2010-01-20)

NepDude

  • Administrator
  • *******
  • Posts: 470
  • Well... Every dog has his day
    • xnepali.com
Re: Nepali Actor - Nikhil Upreti
« Reply #8 on: February 20, 2015, 05:53:37 AM »
2015 valentines day interview
Learn from yesterday, live for today, hope for tomorrow. [Anon]

anand

  • Administrator
  • *******
  • Posts: 1203
Re: Nikhil Upreti (Nepali Actor)
« Reply #9 on: March 18, 2015, 11:55:59 PM »
Nikhil is bringing "Bhairav" and he has also signed "Lutera" recenlty.