शरीर देखाउनु मात्र ग्ल्यामर होइन: अनु शाह
९-असोज-२०६५,बिहिवार
मोरङ सलकपुरमा २०४७ मा जन्मिएकी नायिका एवं मोडल 177२ मा अध्ययनरत अनु शाहले करिव आधा दर्जनजति म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिन्। निर्माणाधीन चलचित्र 'रकी' मा भिन्नै अभिनय गरेर एकाएक चर्चामा आएकी अनुसाग रोडम्याप साप्ताहिकका लागि लक्ष्मण चित्रकारले गरेको कुराकानीको छोटो अंश:
अनुजी हाल के गर्दै हुनुहुन्छ?
पढ्दै छु र म्युजिक भिडियोमा काम पनि गरिरहेकी छु, डान्स र एक्टिङको क्लास पनि लिइरहेको छु।
कलाकार बन्नुको उद्देश्य के हो?
सानैदेखि नाच्न मन लाग्थ्यो र मोडलिङ गर्ने पनि इच्छा थियो। त्यही भएर कलाकारितामा प्रवेश गरीहाले।
तपाईंको विशेष इच्छा के मा छ?
मलाई निर्देशकले हिरोइनको रोलमा लिनुभयो, मेरो इच्छा पनि त्यहीबाट पूरा हुादै गयो अनि आफूलाई इच्छा लागेको विषय पनि मैले पाइ हालेर यही क्षेत्रमा प्रवेश गरीहाले। यही मेरो विशेष इच्छा हो।
व्यवसायिकताको हिसाबले लाग्नु भएको कि?
व्यवसायिकता सागसागै पैसा कमाउने हिसाबमा भने ध्यान दिएको छैन। आफूलाई रहर लागेको छ र त्यही भएर हो।
चलचित्र क्षेत्रको अहिलेको अवस्था कस्तो देख्नु भएको छ?
एकदमै नाजुक छ, देशमा अशान्ति मच्चिइरहेको छ। पहिला जस्तो फिल्म बनिरहेको छैन।
नेपाली चलचित्रहरु विदेशीको कपी हुन्छ भन्छन् नि?
बनाउादा बनाउादै त्यस्तो मिल्न गएको हो, भारतीय कपी भन्न मिल्दैन उनीहरूले पनि त हलिउड चलचित्रहरूको कपी गरेकै हो, हामीले पनि राम्रा राम्रा चलचित्रहरूको कपी किन नगर्ने?
भविष्यमा के गर्ने सोच बनाउनु भएको छ?
भविष्यमा सफल नायिका बन्ने सोच बनाएकी छु।
तपाईं मोडल कि नायिका?
म दुवैहुा।
ग्ल्यामर के हो?
ग्ल्यामर आफूमा भएको प्रतिभा हो, जिउ नग्याउादैमा ग्ल्यामर देखिने हैन आ136नो ग्ल्यामर भनेको कुनै पनि शरीरको जुनै पनि अंग हुन सक्छ जस्तै आाखाको हेराई आदि इत्यादी।
निर्माता निर्देशकहरुले नायिकाहरुलाई नग्याउाछन् भनिन्छ नि?
त्यसो होइन, यो पेशामा धेरै खालको निर्माता निर्देशकहरू हुन्छन्। त्यसमा केही नराम्रा पनि होलान्। नराम्रो छवी भएका पनि हुनसक्छन् तर कथावस्तुले माग्यो भन्दैमा आफुले नसोची नांगो दृश्य दिनुभन्दा पहिला गहन विचार गर्नुपर्छ। आफू सही ठाउामा हुनुपर्छ।
सेक्स के हो?
सेक्स भनेको मानव जीवनलाई मात्र नभई हरेक प्राणीहरूलाई चाहिने अत्यावश्यक जैविक आवश्यकता हो। तर, हाम्रो सामाजिक बनोटका कारण बिहेपछिको सेक्सलाई मात्र म अत्यावश्यक ठान्दछु।
अन्तमा के भन्न चाहनुहुन्छ?
मोडलिङ नराम्रो लाइन होइन यसमा आफू राम्रो भएर हिाड्नु पर्छ सफल भइन्छ। यो क्षेत्रमा लाग्ने नवआगन्तुकहरुलाई मेहनती हुन सल्लह दिन चाहन्छु।