Author Topic: Nikhil Upreti (Nepali Actor)  (Read 30740 times)

0 Members and 1 Guest are viewing this topic.

testo

  • 50x
  • ****
  • Posts: 440
Re: Nikhil Upreti (Nepali Actor)
« Reply #10 on: March 20, 2015, 05:20:50 AM »

anand

  • Administrator
  • *******
  • Posts: 1142
Re: Nikhil Upreti (Nepali Actor)
« Reply #11 on: March 22, 2015, 12:01:42 AM »

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15960
Re: Nikhil Upreti (Nepali Actor)
« Reply #12 on: March 23, 2015, 10:26:01 PM »
Nikhil photos

anand

  • Administrator
  • *******
  • Posts: 1142
Re: Nikhil Upreti (Nepali Actor)
« Reply #13 on: March 29, 2015, 08:25:41 AM »

anand

  • Administrator
  • *******
  • Posts: 1142
Re: Nikhil Upreti (Nepali Actor)
« Reply #14 on: April 20, 2015, 01:10:12 PM »
छेऊ न टुप्पोको फिल्म निर्माण गर्ने समय गइसक्यो – निखिल उप्रेती
Published on January 5, 2015

निखिल उप्रेती (नायक)

काभ्रे जिल्लामा पुख्र्यौली घर भएका अहिलेका चर्चित नायक निखिल उप्रेतीको जन्म सर्लाही जिल्लामा भएको हो । २०३२ सालमा जन्मिएका नायक निखिल उप्रेती अर्का चर्चित नायक रमेश उप्रेतीका १३ दिने दाजुभाई पनि हुन् । पिँजडा फिल्मबाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेका एक्सन नायक निखिल उप्रेतीले हालसम्म १५० वटा फिल्ममा अभिनय गरिसकेका छन् । नायिका संचिता लुइँटेलसँग दोस्रो विवाह गरेपछि केही वर्ष मुम्बईमा बसोबास गरेका नायक उपे्रती अहिले पुनः नेपाली चलचित्र क्षेत्रमा फर्किएका छन् । आफैँले निर्माण तथा निर्देशन गरको ‘भैरव’ फिल्ममा व्यस्त नायक निखिल उप्रतीसँग काभ्रे टाइम्स साप्ताहिकका लागि गरिएको कुराकानी यहाँ प्रस्तुत गरिएको छ  ।

० हाल केमा व्यस्त हुनुहुन्छ ?
आफैँले निर्माण तथा निर्देशन गरेको ‘भैरव’ फिल्मको सुटिङ सकेर पोष्ट प्रोडक्शनमा व्यस्त छु ।

० पोष्ट प्रोडक्शन भनेको के–हो ?
चलचित्रको सुटिङ सकिएपछि फिल्म रिलिज हुनु अगाडि जे जति काम गरिन्छ त्यो सबै कामलाई पोष्ट प्रोडक्शन भनिन्छ । जस्तै डविङ, मिक्सिङ, सम्पादन … इत्यादि ।

० मिडियामा खबर आइरहेको छ कि तपाईले निर्माण गुर्नभएको ‘भैरव’ फिल्ममा तपाईं बलिउडको चर्चित फिल्म सिंघमको भूमिकामा हुनुहुन्छ ?
हो, सिंघम फिल्ममा जस्तै म प्रहरीको भूमिकामा छु । बलिउडको करोडौँ बजेट भएको फिल्मसँग हाम्रो फिल्मको तुलना गर्न मिल्दैन ।

० ‘भैरव’कस्तो खालको फिल्म हो ?
यो आतकंवाद विरुद्ध एउटा इमान्दार प्रहरीले उठाएको आवाज हो । यो फिल्म निर्माणको लागि अहिलेसम्म १ करोड लगानी भइरहेको छ ।

० के नेपालमा १ करोड बजेटका फिल्महरुले आफ्नो लगानी उठाउन सक्लान् त ?
राम्रो फिल्म निर्माण हुनुपर्छ । अवश्य लगानी उठ्छ । नेपाली फिल्म क्षेत्र पहिलाको तुलनामा निकै सुधार भइसकेको छ । २–४ लाख लगानी गरेर छेउ न टुप्पोको फिल्म निर्माण गर्ने समय गइसकेको छ । हामीले हलिउड बलिउडका चलचित्रसँग प्रतिप्पर्धा गर्नुपर्छ ।

० ‘भैरव’ फिल्ममा त्यस्तो नयाँ नौलो प्रविधि के भित्र्याउनु भएको छ र ?
बलिउडका प्रविधि र प्राविधिक भित्र्याएको छु । बलिउडका स्ट्याण्डहरु प्रयोग गरिएका छन् । दर्शकहरुले ‘भैरव’ फिल्म हेर्दा बलिउडका फिल्म हेरेजस्तो महसुस गर्नेछन् ।

० तपाई नेपालको चर्चित एक्सन नायक हुनुहुन्छ । तपाईले अभिनय गरेका धेरै फिल्महरु सफल पनि भएका छन् । तर पनि तपाई नेपाली चलचित्र क्षेत्रलाई माया मारेर २–४ वर्ष मुम्बई पलायन हुनुभयो । किन ?
सबैको आ–आफ्नै इच्छा र चाहना हुन्छन् । पिँजडा फिल्ममा अभिनय गरेदेखि मैले कुनै दिन फुर्सद पाइन । दिनमा १८ घण्टासम्म काम गरेँ । म केहि वर्ष आराम गर्न चाहन्थेँ । आफ्ना व्यक्तिगत इच्छा र चाहनाहरु पूरा गर्न चाहन्थेँ । फिल्मको द्वन्द्वमा अझ केही नयाँपन भित्र्याउन चाहन्थे । त्यसैले  म २–४ वर्ष मुम्बई बसेर मैले जे कुराहरु सिकेँ त्यो सबै ‘भैरव’ फिल्ममा प्रयोग गरेको छु ।

० तपाई हिन्दी फिल्ममा अभिनय गर्न भारत जानुभएको र हिन्दी फिल्म खेल्न नपाएपछि पुनः नेपाली फिल्ममा फर्कनुभएको भन्छन् नि । यसमा तपाई के भन्नुहुन्छ ?
म हिन्दी फिल्ममा अभिनय गर्न भारत गएको होइन । म सानैदेखि भारतमै हुर्केको हुँ । मेरा सबै साथीहरु बलिउडका चर्चित निर्देशकहरु छन् । मैले चाहेको भए म सुरुदेखि नै बलिउडमा संघर्ष गरेर बस्थेँ । किन नेपाली फिल्ममा अभिनय गरेर बस्थेँ र ? मलाई अहिले पनि नेपाली दर्शकहरुले उत्तिकै माया गरिरहनु छ । उहाँहरुको मायालाई सम्झेर नै म पुनः नेपाली चलचित्रमा फर्किएको हुँ ।

० तपाईंले चलचित्र क्षेत्रमा कसरी प्रवेश गर्नुभयो ?
मलाई सानोमा चलचित्र क्षेत्रप्रति कुनै चाहना र रुचि थिएन । म चाइनिज हिरो ज्याकी च्यानको फिल्म धेरै हेर्थे । मलाई ज्याकी च्यानको फाइट खेल्ने शैली अति मन पथ्र्यो । म त्यसैको नक्कल गर्थे । तराईंका फाँटहरुमा म एक्सन सिक्ने गर्थे । सबै साथीहरुले मलाई फिल्ममा लाग्ने सल्लाह दिए । मैले नेपाली चलचित्र क्षेत्रको कसैलाई चिनेको थिइनँ । बलिउडमा गए पनि, कलिउडमा गए पनि मैले आफ्नो बाटो आफैँ बनाउनु थियो । कलिउडमा भन्दा बलिउडमा धेरै सम्भावना देखेर म मुम्बईतिर लागेँ । मुम्बईमा धेरै कुराहरु सिकेँ । केही फिल्महरुमा काम पनि पाएँ । त्यति नै बेला यहाँ पवन मैनालीले बोलाउनु भएको हुनाले म नेपाल आएर पिँजडा फिल्ममा अभिनय गरेँ । मेरो फाइट गर्ने शैली देखेर नै पवन मैनालीले मलाई फिल्ममा अभिनय गराउनु भएको हो ।

० नेपाली चलचित्रलाई एक्सन प्रधान बनाउनुमा तपाईको पनि प्रमुख हात छ । कस्तो महसुस हुन्छ ?
नेपाली चलचित्रमा पहिलादेखि नै एक्सन थियो । तर कम थियो । भुवन दाई र शिव दाईको एक्सनलाई महानायक राजेश हमालले परिवर्तन गरिदिनुभयो । लामो समय राजेश दाईको एक्सन चल्यो । राजेश दाईको एक्सनलाई म र विराजले परिवर्तन ग¥यौँ । दर्शकहरुले हामीलाई एक्सन नायकको रुपमा धेरै माया र साथ दिनुभयो । दर्शकहरुको मायालाई कदर गर्दै मैले धेरै डरलाग्दा एक्सनको दृश्य दिएको छु । दर्शकहरु मबाट माया प्रेम भन्दा बढी एक्सन दृश्य हेर्न चाहनुहुन्छ ।

० फाइटको सिन गर्दा कत्तिको जोखिममा पर्नुभएको छ ?
म धेरै जोखिम र दुर्घटनामा परेको छु । पहिलो फिल्म पिँजडामा कान्तिपुर पब्लिकेशनकोे ७ तले भवनबाट हाम फाल्दा नाकमा चोट लागि रगत बगेको थियो । ‘मायाको जाल’मा कारले ठक्कर दिँदा झन्डै मरेको थिएँ । हेलिकप्टरबाट हाम फाल्दा सन्तुलन बिग्रेर अन्तै पछारिन पुगँे । राम बलराम फिल्ममा भिलेनपट्टि बाइक उडाउनु पर्नेमा व्यालेन्स बिग्रिएर क्यामरा मेनपट्टि उडाउँदा क्यामेराको सिसा फुट्नुका साथै क्यामेरा मेनको दाँतै भाँचिएको थियो । फिल्ममा जतिसुकै सावधानी अपनाए पनि चोट पटक लागिरहन्छ । भगवानको कृपाले अहिलेसम्म सानो–तिनो चोटपटक लागे पनि शरीरको अङ्ग–भङ्ग अथवा अपाङ्ग भएको छैन ।

० पहिलो श्रीमती हुँदा–हुँदै तपाईंले किन नायिका सञ्चिता लुइँटेललाई दोस्रो श्रीमती बनाउनुभयो ?
म आफ्नो कुनै कुरा लुकाउन चाहन्न । मेरो घरमा श्रीमती हुँदा–हुँदै पनि मैले अरु कसैलाई माया गरे मन पराएँ । यो संसारमा धेरै पुरुषहरु छन् जो घरमा श्रीमती भएपनि बाहिर अरु कसैसँग प्रेम गर्छन् । मैले पनि प्रेम गरेँ । अरु लुकाउँछन तर म लुकाउँदिन । यत्ति फरक हो । प्रेमलाई लुकाउँदा समाजको नजरमा म चोखो हुन्थे होला तर उसैको मन त दुख्थ्यो होला नि । म कसैको पनि मन दुखाउन चाहन्न । त्यसैले मैले सबैले थाहा पाउने गरी विवाह गरँे ।

० दुईवटा श्रीमतीलाई मिलाएर राख्न सक्नुहुन्छ ?
म दूइटै श्रीमतीलाई उत्तिकै सम्मान र माया गर्छु । मेरो मनमा सधैँ नारीप्रति माया, प्रेम र सद्भाव छ । जहाँसम्म माया प्रेम रहन्छ त्यहाँसम्म सम्बन्ध मजबुत भइरहन्छ ।

० स्कुल पढ्दा कसैसँग प्रेम गर्नुभएको थियो कि ?
४ कक्षा पढ्दा एउटी केटीसँग प्रेम गरेको थिएँ । तर त्यो निर्दोष प्रेम थियो ।

० हिरो भएपछि तपाईंलाई कति युवतीहरुले प्रेम प्रस्ताव राखे ?
म एक्सन नायक, त्यही भएर पनि युवतीहरु मदेखि डराउँथे होला । मलाई भन्दा मेरो फिल्मलाइ बढी माया गर्ने युवतीहरु पाएँ ।

० तपाई यतिधेरै लोकप्रिय हुनुभयो कि तपाईको नाममा फिल्म नै बन्यो ‘निखिल दाइ’ । आफ्नो नाममा फिल्म निर्माण हुँदा कस्तो महसुस गर्नुभयो ?
हरेक मानिसलाई आफूले गरेको काममा लोकप्रियता पाउँदा खुसी नै लाग्छ । चलचित्र क्षेत्रमा प्रवेश गरेको छोटै समयमा दर्शकहरुको मन जित्न सकेकोमा आफुलाई गौरव लाग्छ । यस्तो लाग्छ कि दर्शकहरुले मबाट जे जति आशा गरेका छन् त्यो पुरा गर्ने शक्ति सधैँ ममा भइरहोस् ।

० अहिलेसम्म तपाईले केकति सम्मान तथा पुरस्कारहरु पाउनुभएको छ ?
मेरो सम्मान तथा पुरस्कारहरु भनेकै दर्शक हुन् । त्यो भन्दा ठूलो पुरस्कार अरु मलाई केही चाहिँदैन ।

० कलाकारबाट निर्देशक हुनुभएको छ । कत्तिको गाह्रो हुँदो रहेछ ?
कलाकारमा भन्दा निर्देशकमा बढि ज्ञान हुनुपर्छ । एउटा सफल निर्देशक हुनको लागि चलचित्रको बारेमा सबै कुरा जानेको हुनुपर्छ र निर्देशकमा दायित्व र जिम्मेवारी बढी हुन्छ ।

० तपाईको विचारमा फिल्म भनेको के हो ?
मेरो विचारमा फिल्म भनेको सेक्स जस्तै हो । जसरी सेक्समा गरिवदेखि धनीसम्मले उत्तिकै आनन्द प्रदान गर्छन् । त्यसैगरी फिल्म पनि गरिवदेखि धनीसम्मले उत्तिकै मनोरञ्जन लिने खालको हुनुपर्छ ।

० अहिलेका युवायुवतीको प्रेममा किन स्वार्थपना बढ्दै गइरहेको छ ?
यो समयको माग हो । अहिले हजुरबा हजुरआमाको पालाको समय छैन । समयले सबै कुरामा परिवर्तन ल्याएको छ । अहिलेको युवा युवतीको प्रेममा दुवैले आफ्नो आफ्नो मनको चाहना पूरा गरेका छन भने त्यो प्रेम कसरी स्वार्थ हुन्छ ? युवाले चाहेको माया युवतीले र युवतीले चाहेको माया युवाले दिएको छ । यो अहिलेको मायाको विकसित रुप हो ।

० के प्रेममा सेक्स हुनु जरुरी छ ?
हाम्रा बाबु बाजेको पालामा १५–१६ वर्षको उमेरमा पनि सेक्सको बारेमा थाहा थिएन । तर अहिले ५–६ वर्षको बच्चाले पनि सेक्सको बारेमा सबै कुरा बुझ्छ । सेक्स भनेको पुरा स्पीडमा गुडिरहेको गाडीजस्तो हो । चढ्न त धेरै मजा आउँछ तर बाटोमा सानो ढुङ्गा वा खाडलमा प¥यो भने गाडी ठूलो दुर्घटनामा पर्छ । सेक्स पनि त्यस्तै हो । सानो गल्तीले ठूलो दुर्घटना निम्त्याउन सक्छ । प्रेममा सेक्स हुनु राम्रो हो तर कुनै गल्ती र दुर्घटना हुनु भएन ।

० फिल्मले राम्रो व्यापार गरे पनि निर्माताको हातमा पुरा पैसा पर्दैन, किन होला ?
यसमा सरकारको ठूलो दोष छ । सरकारले कुनै पनि स्पष्ट नीति ल्याउन सकेको छैन । कुन हलमा कत्ति टिकट विक्री भयो त्यसको लेखाजोखा राख्ने काम त सरकारको हो नि । सरकारको नीति नियम स्पष्ट नहुँदा हलवालाहरुले विक्री टिकटको हिसाब पुरा बुझाउँदैनन् । फिल्मले १ करोड व्यापार ग¥यो भने निर्माताको हातमा ३० लाखमात्र पर्छ ।

० नेपाली नायक नायिकाको मेकअप सबै फिल्ममा एउटै हुन्छ किन ?
हामीसँग पर्याप्त बजेट छैन । फिल्म अनुसार आफ्ना बडी तथा गेटअप परिवर्तन गर्न हामीसँग भएको पैसाले पुग्दैन ।

० फुर्सदको क्षणमा के गर्नुहुन्छ ?
एक्सन मुभी हेर्छु । कसरी दर्शकहरुलाई नौलो एक्सन सिनहरु दिन सकिन्छ त्यही बारेमा अध्ययन गरिरहन्छु ।
(प्रस्तुती ः रामेश्वर आचार्य सागर)

anand

  • Administrator
  • *******
  • Posts: 1142
Re: Nikhil Upreti (Nepali Actor)
« Reply #15 on: April 20, 2015, 01:16:46 PM »
निखिलको सुटिङ अनुभव– अनगिन्ती चोट, असंख्य घाउ


अहिलेसम्म डेढ सयवटा जति फिल्ममा अभिनय गरियो होला। तीमध्ये सुटिङका क्रममा चोट नलागेको फिल्म कमै छन्। फिल्म 'पिँजडा'मा सात तलाबाट हाम फाल्दा प्रेसरले नाकबाट रगत बगेको थियो।
यसकारणले सुटिङ केही समयका लागि रोकेका पनि थियौँ। सोही फिल्ममा फाइट गर्ने क्रममा ब्यालेन्स बिग्रिएर दाँत भाँच्चिएको थियो।'मायाको जाल' फिल्ममा कारले ठक्कर दिँदा बाल–बाल जोगिएको थिएँ। स्केटिङमा गुन्डाहरूले लखेट्ने क्रममा कार ठोक्किन पुग्यो। धन्न म बाँचेँ। कारको गति कम भएर बाँचेको हुँ। कार स्पिडमा भएको भए आज म हुन्नथेँ।

'भाग्यविधाता'मा रूखबाट जम्प गर्दा मेरो दाहिने खुट्टा भाँच्चिएको थियो। सन्तुलन बिग्रिएर एउटा ठाउँमा खस्नुपर्ने अर्कैतिर खसिएछ । एक महिना अस्पतालमा बस्नुपरेको थियो।
फिल्म 'धड्कन'को दुर्घटना सम्झिँदा अहिले पनि मुटु धड्कन्छ। हेलिकप्टरबाट जम्प गर्नुपर्ने दृश्य थियो। डर लागेको थिएन। जम्प हानेँ तर अन्तै खस्न पुगेछु, कार्टुनमाथि पछारिँदा धन्न जोगिएँ। तर, मेरा हातखुट्टामा धेरै चोटपटक लागेको थियो।

फिल्म 'राम बलराम'मा बाइक उडाउँदा 'क्याल्कुलेसन' बिगे्रर बाइक क्यामेराम्यानमाथि ठोक्किन पुगेको थियो। क्यामेराको सिसा फुट्नुका साथै हात र टाउकोमा चोट लागेको थियो। स्टन्टवालाका लागि त सुटिङ भनेको आत्महत्याको तयारी गर्नुजस्तै हुन्छ !

फिल्म 'धर्मात्मा'मा बाइकलाई उडाएर झ्यालभित्र छिराउनुपर्ने दृश्य थियो। बाइक उडाउँदा सिसाभित्र त छिरियो तर ब्यालेन्स बिग्रिएर चिप्लिएँ। घुँडा र चिउँडोमा चोट लाग्यो।

फिल्म 'अर्बपति'मा फ्लाइङ किक हान्दा ब्यालेन्स बिग्रिएर खुट्टा मर्किएको थियो। एक हप्तासम्म फिल्मको सुटिङ रोकियो।

फिल्म 'क्रोेध'मा साइड–फाइटरहरूसँग फाइट गर्दा तरिका नमिलेर मेरो मुखमा चोट लागेको थियो। केही दिनको आरामपछि मात्र सुटिङ गरेको थिएँ। सुटिङमा अनगिन्ती चोट र असंख्य घाउ लागेका छन्।

प्रस्तुतिः सुकृत

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15960

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15960
Re: Nikhil Upreti (Nepali Actor)
« Reply #17 on: June 28, 2015, 11:21:52 PM »

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15960
Re: Nikhil Upreti (Nepali Actor)
« Reply #18 on: June 30, 2015, 09:00:55 AM »

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15960
Re: Nikhil Upreti (Nepali Actor)
« Reply #19 on: July 05, 2015, 10:15:22 PM »
‘जीवन सिर्फ जान्नको लागि हो’
निखिल उप्रेतीसँग गफगाफ
सुशील पौडेल


काठमाडौ, असार २० - केही वर्षदेखि मुम्बई बसेर संघर्ष गरिरहेका निखिल उप्रेती पुन: स्वदेश फिरे। उनी नायकमा मात्रै सीमित नभई निर्देशक समेत बनेर बनाएको फिल्म ‘भैरव’ भदौ ११ मा रिलिज गर्न जोडतोडले लागेका छन्। मुम्बई सिकाइलाई फिल्ममा प्रयोग गरेको जिकिर गर्ने निखिलले फिल्म सबै वर्गका लागि रुचिकर बनाउन खोजेको दाबी गरे। कुनै बेला एक्सन हिरोमा जमेका निखिलले आफ्नै कथामा बनाएको ‘भैरव’ मा पनि त्यही छविलाई दोहोर्‍याएर दर्शकसामु आउन लागेका हुन्।

यहींको राम्रो करिअर छोडेर मुम्बई हानिनुभयो, अहिले फेरि फर्कनुभएको छ। कतै त्यो बेलाको निर्णय गलत भयो भन्ने लागेको छ कि?

लागेको छैन। मैले यहाँ २०५७ मा ‘पिँजडा’ फिल्मबाट अभिनय सुरु गरें। तर नेपाली फिल्म खेल्नुभन्दा आठ वर्षअघिदेखि बलिउडमै काम गरिरहेको थिएँ। यहाँभन्दा चिनाजान मेरो त्यहाँ बढी छ। त्यहाँका १५/१६ फिल्ममा असिस्टेन्ट भई काम गरिसकेपछि यता आएको हुँ। मैले फिल्म नै पढेको थिएँ। मेरो क्लासमा रानी मुखर्जी, निर्देशक रोहित सेट्टी, आकाश पाण्डे, रजत वेदी लगायत आठजना थियौं। आफू त गरिबको छोरो। त्यहाँ बाँच्नको लागि पनि काम गर्नुपर्ने बाध्यता। जानेको मार्सल आर्ट थियो। र, त्यहाँका कलाकारलाई मार्सल आर्ट सिकाउन थालिसकेको थिएँ। मैले चाहिँ ज्याकी चाङले फिल्ममा देखाउने कौशल हेरेर सिकेको हो। पछि फाइट डाइरेक्टरहरूले असिस्टेन्टको रूपमा अफर गर्न थाले। त्यो बेला भारतमा मार्सल आर्टको प्रयोग कमै हुन्थ्यो। त्यो बेला मैले फिल्म ‘हम तो मोहब्बत करेगा’ मा नायिका करिश्मा कपुरको डुब्लिकेट बनेर स्टन्ट गरेको छु। अरू थुप्रै साउथ हिरोइनहरूको पनि। हिरोको चाहिँ बबी देवल, मिथुन चक्रवर्तीहरूको गरेको थिएँ। त्यो बेला २० वर्षको थिएँ। पछि यहाँ ‘पिँजडा’ काम गरेपछि एकाएक व्यस्त भएँ। मेरो पहिलेदेखिको सोच नै स्टार भएर बाँच्दिनँ भन्ने थियो। र विश्वास पनि गर्दिनँ। जीवन सिर्फ जान्नको लागि हो। जति जान्यो त्यति रिच हो। मान्छेहरू मरेपछि खाली हात जान्छन् भन्छन् तर म मान्दिनँ। उसले साथमा अनुभव पनि लिएर गएको हुन्छ। पवन मैनालीले पहिले नै मेरो मार्सल आर्टको क्षमता देखिसक्नुभएकोले खेल्न बोलाउनुभयो। त्यसपछि त व्यस्त रहें।

तपाईंले ‘पिँजडा’ अघि सोच्नुभएको थियो स्टार हुँला भनेर?

थिइनँ। र, मेरो हिरो हुने सोच पनि कहिल्यै थिएन। जीवनमा ड्रामा पनि नगरेको मान्छे, नाचगानमा भाग नै नलिएको मान्छे। म त ज्याकीको क्रेजी फ्यान भएकोले त्यस्तै बन्छु भन्ने मात्रै हो। आखिर एक्सपेरिमेन्ट गरेकै भरमा यहाँसम्म आइपुगें। मैले जानेको चाहिँ केही पनि छैन। न अनुहार हेर्दा हिरोजस्तो लाग्छ। तर हिरो बनाइदिने दर्शकप्रति एकदमै आभारी छु। ‘पिँजडा’ गरेपछिका लगातार ११ वर्ष त म व्यस्त रहें। चार/पाँच वर्ष त मैले लगातार २० घन्टा काम गरें। मेरो कुकुरनिद्रा भएकैले धानिएको थिएँ। त्यो बेला मलाई काम भनेपछि केही पनि नचाहिने थियो। एक सय फिल्म गरेपछि ब्रेक लगाउने सोच र योजनाअनुसार नै म मुम्बई गएको हुँ। तातिरहेको बेला टक्क छोडेर जानुको कारण नै मैले आफूलाई अपडेट गराउनु थियो। जीवनका बारेमा जान्नु थियो। साधना गर्नु थियो। गुरुहरूले पनि तन्त्र सिक्न हौस्याए। मेरो कुन्डलीमै जोगी बन्ने लेखिएको छ। र, जति पनि कमाएँ। मेरो बैंक ब्यालेन्समा केही पनि थिएन। खासमा जोगी टाइपकै थिएँ।

व्यस्त हुँदा तपार्इंमा कत्तिको घमण्ड पलाएको थियो?

कहिल्यै घमण्ड आएन। कसैले पनि हिरोइज्म देखायो भन्न सक्दैन। किनभने, मलाई हिरो कहिल्यै फिल भएन। हिरो हुनलाई पहिले आफ्नो मनको हिरो हुनुपर्छ। म मनकै हिरो बन्न सकेको छैन। मेरा कमजोरी मलाई नै थाहा छ नि। आफ्नो कमजोरी लुकाएर अरूलाई देखाउनुपर्ने जरुरी छँदै छैन।

जीवन बुझ्नकै लागि मुम्बई लागेको भन्नुभयो, कति बुझ्नुभयो त?

जोजस्तो छ त्यसले जीवन त्यस्तै गरी बुझ्छ। मूर्खले मूर्खै तालले बुझ्ने हो। मैले पनि पूर्ण बुझें भन्नु मूर्खता हो। तर एउटा जिज्ञासा, हामी पानीलाई देख्छौं तर वाष्पीकरण देख्दैनौं। बादल बनेको देख्छौं तर बादलभित्रको पानी देख्दैनौं। वर्षा भएपछि मात्रै देख्छौं। त्यसैगरी आमाको पेटमा हामी जानुको एउटा कारण छ। तर हामीले बुझेका छैनौं। शरीर वीर्यबाट बनेको होला तर आत्मा वीर्यबाट बनेको हैन। आत्माको हिसाबले हामी सबै समान हौं। रमाइलो के भने आमाको पेटमा कसरी गयौं र अन्त्य कसरी हुन्छ भन्ने हामीलाई थाहा छैन। जब हामीलाई सुरु र अन्त्यको कुरा थाहा छैन भने बीचको जीवन थाहा छ भन्नु ओभर स्मार्ट बन्नु हैन? सिक्ने हामी आफैंले हो। अर्को व्यक्तिबाट केही सिकिँदैन। गुरुले त खोलासम्म पुग्ने तरिका सिकाइदिने मात्रै हो, पानी पिउने त आफैंले हो। स्वाध्ययन नै हो। सबैभन्दा ठूलो ज्ञान भनेको आत्माआलोचना हो। म कति कमिना छु मलाई मात्रै थाहा छ।

भनेपछि तपाईं त पछिल्लो समय मुम्बई जोगी हुन पो जानुभएको रहेछ?

जोगी त सबै मान्छे हुनैपर्छ एक ढंगले। तर समाजले भनेजस्तो पहेंलो वस्त्र लगाएर चन्दन लगाउँदैमा जोगी हुने हैन। राजेश हमालको जस्तो हेयर स्टाइल बनाउँदैमा कोही राजेश हमाल हुन्छ? तर यहाँ गेटअपलाई बुझें। र, अर्को कुरा, यहाँका दर्शकले मन पराएको निखिलले उता गएर सानो भूमिकामा खेल्नु भनेको हाम्रो दर्शकको भावनामा चोट पुर्‍याउनु हो। खासमा म फिल्मसम्बन्धी प्राविधिक ज्ञान लिनकै लागि गएको थिएँ। जुन कुरा ‘भैरव’ मा देखिन्छ।

तर केहीले त दोस्रो विवाह गरेपछि लुक्न मुम्बई गएको पनि भनेका छन् नि?

भन्नेले त्यो पनि भनेका छन्। तर समय त्यस्तो पर्न गएको मात्रै हो। नत्र मेरा साथीहरूलाई पनि मुम्बई जानेबारे पहिल्यै थाहा थियो। विवाहकै कारण म भागिरहनुपर्ने जरुरी थिएन। बहुविवाह गरेको गल्ती त अझै पनि मसँग छँदै छ नि। कानुनबाट अझै पनि म भाग्न सक्दिनँ। सजायको भागिदार त अझै पनि हुन सक्छु। कानुनले त शारीरिक सजाय मात्रै दिने हो। आफूले सोच्ने सजाय अलग्गै छ।

तपाईंले त्यो गल्तीचाहिँ किन गर्नुभयो त?

ती कुरा योजनाबद्ध थिएनन्। प्रेममा परें। त्यसो त मेरो जीवनमा एउटै पनि बिहे नगर्ने सोच थियो। अहिले मेरै दुइटा भयो। अब प्रश्न उठ्न सक्ला, तेस्रो पनि होला त? हुँदैन भन्न सकिन्नँ। त्यो जोखिम रही नै रहन्छ। यही कुरा मेरा पत्नीको हकमा भयो भने पनि मान्नै पर्छ। प्रेम ऊर्जा हो। यसलाई नकार्न सकिँदैन।

‘भैरव’ कस्तो फिल्म बनाउनुभएको हो?

पूर्णत: देशभक्तिको। देशप्रेममा पागल भएको एक प्रहरीको कथा। भ्रष्टाचारविरुद्धको फिल्म।

प्रकाशित मिति: २०७२ असार २०