छोटो-मीठो कुराकानी with झरना थापा
Issue - 35 (भदौ २०६२) issue of Nari
* अचेल केमा व्यस्त हुनुहुन्छ ?
चलचित्रमै व्यस्त छु ।
* आफूले अभिनय गरेको कुन चलचित्रबाट सन्तुष्ट हुनुहुन्छ ?
'मेरो हजुर' बाट ।
* चलचित्र कत्तिको हेर्नुहुन्छ ?
प्रायः नेपाली र हिन्दी चलचित्रहरू हेरिरहेकै हुन्छु ।
* युवाहरूको कुन कुराले तपाईंलाई आकषिर्त गर्छ ?
गम्भीर-अटल, स्वाभिमानी र नैतिकतामा चल्ने स्वभावले ।
* यो क्षेत्रमा लागेर के पाउनुभयो र के गुमाउनुभयो ?
गुमाउनुभन्दा धेरै पाएकी छु । आफ्नो छुट्टै पहिचान बनाउन सफल भएकी छु । तर कहिलेकाहीँ परिवारलाई त्यति समय दिन नपाएकोमा दुःख लाग्छ ।
* मानिसहरूलाई थाहा नभएको तपाईंको एउटा कुरा ?
धेरैले मलाई घमन्डी छे, बोल्दिन भन्छन् तर म त्यसको ठीक विपरीत छु ।
* फिल्म लाइनका मिल्ने साथीहरू ?
सबैजना मिलनसार नै हुनुहुन्छ । निरुता, जल, विपना, श्रीकृष्ण, दिलीप रायमाझी, सुशील क्षेत्री आदि ।
* भगवान्प्रति कत्तिको आस्था छ ?
एकदम आस्था छ, श्रद्धा गर्छु ।
* व्रत बस्नुहुन्छ ?
बस्छु ।
* घरमा कत्तिको काम गर्नुहुन्छ ?
भ्याएसम्म सबै गर्छु ।
* मीठो गरी के पकाउनुहुन्छ ?
पकाउन नआउने त होइन तर मीठो नै पकाउँछु भन्ने छैन ।
* कत्तिको झूटो बोल्नुहुन्छ ?
बेलामौकामा झूटो पनि बोल्छु ।
* कुन कुरामा रिस उठ्छ ?
कुरै नबुझी आवेशमा आउने, पछाडि कुरा काट्ने, अगाडि आएर भन्न नसक्ने मानिस देखेर रिस उठ्छ ।
* युवामा नभएको युवतीको गुण भन्नुपर्दा...?
सहनशीलता-लजालुपन ।
* फुर्सदको समय कसरी बिताउनुहुन्छ ?
आफ्नै परिवार र छोरीसँग घुम्न गएर, गीत-संगीत सुनेर ।
* तपाईंको सुन्दरताको राज ?
क्लब जान्छु, सधै एक्सरसाइज गर्छु । फलफूल र पानी प्रशस्त खान्छु ।
* तपाईंको नराम्रो बानी ?
त्यस्तो नराम्रो बानी भएजस्तो त लाग्दैन ।
* कुन ड्रेसअपमा आफूलाई सबैभन्दा राम्री महसुस गर्नुहुन्छ ?
साडीमा ।