Author Topic: Foreign Minister Sujata Koirala - Why didn't she go to India?  (Read 5895 times)

0 Members and 1 Guest are viewing this topic.

kurakani

  • 50x
  • ****
  • Posts: 2480
Foreign Minister Sujata Koirala - Why didn't she go to India?
« on: August 20, 2009, 09:42:23 AM »
« Last Edit: August 20, 2009, 10:07:42 AM by kurakani »

kurakani

  • 50x
  • ****
  • Posts: 2480
Re: Foreign Minister Sujata Koirala - Why didn't she go to India?
« Reply #1 on: August 20, 2009, 09:58:33 AM »


बलराम बानियाँ, काठमाडौं, भदौ ४- कांग्रेसमा परराष्ट्रमन्त्री सुजाता कोइरालाले प्रधानमन्त्री माधवकुमार नेपालको भारत भ्रमणमा नगएर कूटनीतिक मर्यादा उल्लंघन गरी गैरजिम्मेवार व्यवहार प्रदर्शन गरेको भन्दै उनलाई सरकारबाट फिर्ता बोलाउन माग भएको छ।

कांग्रेस केन्द्रीय कार्यसमितिको बुधबार बसेको बैठकमा बोलेका १८ सदस्यमध्ये सबैले बिरामीको बहाना बनाएर सुजाताले अन्तिम समयमा अचानक भ्रमण रद्द गरी प्रधानमन्त्री र आतिथ्य मुलुक भारतको मानमर्दन गरेको भन्दै तीव्र आलोचना गरेका थिए।

कांग्रेसमा सुजाताले भ्रमण रद्द गरेकोबारे दिउँसो बाह्र बजेदेखि साढे २ बजेसम्म छलफल भएको थियो। बैठकमा अर्जुननरसिंह केसी, कृष्णप्रसाद सिटौला, नरहरि आचार्य, विनयध्वज चन्द, गोविन्दराज जोशी, रामशरण महत, बलबहादुर राई, चक्रप्रसाद बाँस्तोला, मीना पाण्डे, एनपी सावद, मनमोहन भट्टराई, सुनिल भण्डारी, प्रदीप गिरी, पूर्णबहादुर खड्का, खुमबहादुर खड्का, अर्जुन जोशी, कृष्णलाल सापकोटालगायतले बोलेका थिए।

'सुजाता अस्वस्थताका कारण भारतमा नगएको भन्ने पत्याउन सकिन्न। पार्टीको कुनै नेता या सुजाता आफैंले उपप्रधानमन्त्री पद माग्दा नपाएको र त्यही कारण भ्रमण रद्द गरेकी हुन्। अनुशासनहीन र पार्टी निर्णयविपरीत कार्य गरेकामा सुजातालाई सरकारबाट फिर्ता बोलाउनुपर्छ,' उनीहरूको भनाइ थियो।

उनीहरूले परराष्ट्रमन्त्री भारत नजाँदा प्रधानमन्त्रीको भ्रमण ओझेलमा परेको, नेपाली कूटनीति र द्विपक्षीय वार्तामा मुलुकले उठाउने मुद्दा कमजोर बनाएको भन्दै चिन्ता व्यक्त गरेका थिए।

'प्रधानमन्त्रीका हरेक भ्रमणमा परराष्ट्रमन्त्री जाने परम्परा हुन्छ, तर यसपटक त्यो परम्परा तोडेर सुजाताले आतिथ्य मुलुक भारत र प्रधानमन्त्रीको समेत मानमर्दन गरेकी छन्। कसैलाई पनि कूटनीतिक मर्यादा उल्लंघन गर्ने र मुलुककै बेइज्जती गर्ने अधिकार हुन्न। सुजातालाई कारबाही गर्नैपर्छ,' उनीहरूको भनाइ थियो।

उनीहरूले बैठकमा पार्टीले सुजातालाई उपप्रधानमन्त्री बनाउन माग गरेको हो कि होइन, स्पष्टीकरण दिन कार्यवाहक सभापति सुशील कोइराला र रामचन्द्र पौडेलसँग स्पष्टीकरण दिन माग गरेका थिए।

सुशीलले सुजातालाई उपप्रधानमन्त्री बनाउन पार्टीले प्रधानमन्त्रीसँग माग नगरेको स्पष्टीकरण दिएका थिए। उनले कांग्रेस सभापति कोइरालालाई हवाला दिँदै सुजाताले अस्वस्थताका कारण भारत भ्रमण रद्द गरेको स्पष्टीकरण दिएका थिए।

'मैले मंगलबार गिरिजाबाबुसित सुजाताका बारेमा सोधेँ। गिरिजाबाबुले म भर्खरै सुजाताको निवासमा गएर फर्केको हुँ। बिरामी छे। त्यसैले बिरामी भएका कारण भारत नगएकी हो। अरू कारणले नगएकी होइन भन्नुभयो,' सुशीलले भने।

उनको स्पष्टीकरणबाट सदस्यहरूले चित्त बुझाएनन्। त्यसपछि सदस्यहरूले सुजाताको झन् चर्को विरोध गरे। उनीहरूले स्पष्टीकरण चित्तबुझ्दो नभएको उल्लेख गर्दै सुजाता अस्वस्थताका कारणले भारत भ्रमणमा नगएको भनेर विश्वासै गर्न नसकिने बताए।
स्रोतका अनुसार बैठकमा धेरैजसोले आफ्नो व्यक्तिगत चाहना र कुण्ठा पूरा भएन भन्दैमा पार्टीको निर्णयबिना छोरी सुजातालाई उपप्रधानमन्त्री बनाउन प्रधानमन्त्री नेपाललाई दबाब दिएकामा सभापति कोइरालाको समेत आलोचना भएको थियो।

'सुजाताको व्यक्तिगत चाहना पूरा भएन भन्दैमा आफ्नो समर्थन र सहभागितामा बनेको सरकारका प्रधानमन्त्री नेपाल र आतिथ्य मुलुकको मानमर्दन गर्नु दुर्भाग्यपूर्ण हो। त्यो परराष्ट्रमन्त्रीको कर्तव्य र कूटनीतिक मर्यादापिरीत हो,' उनीहरूको भनाइ थियो।

उनीहरूले कुनै एउटा व्यक्तिको लहड, चाहना र कुण्ठाका कारण सत्ता समीकरणमा असर पर्न नहुने उल्लेख गर्दै शान्ति प्रक्रिया र नयाँ संविधान निर्माण प्रक्रिया पूरा नभएसम्म नेपाल नेतृत्वको सरकारमा पार्टीको सहभागिता निरन्तर जारी राख्नुपर्ने अडान राखेका थिए।

सदस्यहरूको दबाबपछि कार्यसमिति बैठकले औपचारिक रूपमा 'शान्ति प्रक्रिया र संविधान निर्माणका सन्दर्भमा प्रधानमन्त्री नेपालको नेतृत्वमा रहेको वर्तमान सत्ता समीकरणलाई कांग्रेसको निरन्तर समर्थन र सहभागिता रहने कुरा दृढतापूर्वक व्यक्त गर्ने' निर्णय गरेको छ।

सुजाताका कारण वर्तमान सत्ता समीकरणको भविष्यलाई असर पर्न नदिन र सरकारको नेतृत्वमा रहेको एमालेमा कांग्रेसप्रति अविश्वास सिर्जना नहोस् भनेर यो निर्णय गरिएको जानकारी कांग्रेस केन्द्रीय सदस्य विनयध्वज चन्दले दिए। 'कुनै एउटा व्यक्तिका कारण सरकार ढल्दैन। शान्ति प्रक्रिया र नयाँ संविधान निर्माण नभएसम्म यही समीकरण रहन्छ भन्नेमा एमालेलाई ढुक्क बनाउन हामीले यो निर्णय गरेका हौं,' उनले नागरिकसँग भने।
 
कूटनीतिक शिष्टाचारको अपहेलनाः गच्छदार
अजित तिवारी, विराटनगर, भदौ ४- भारत भ्रमणमा नगएर परराष्ट्रमन्त्री सुजाता कोइरालाले कूटनीतिक शिष्टाचारको अपहेलना गरेको आरोप कार्यबाहक प्रधानमन्त्री विजयकुमार गच्छदारले लगाएका छन्।

अन्तिम समयमा जिद्दी गरेर हुँदैन, घरको कुरा घरमै सल्टाउनुपर्छ, छिमेकीलाई सुनाउनु हुन्न,' गच्छदारले बुधबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसित भने, 'सुजाताजी प्रधानमन्त्रीसँगै भारत जानुपथ्र्यो, उनको निर्णयले मुलुकको बेइज्जती भएको छ।'

सुजातालाई उपप्रधानमन्त्री बनाउने विषयमा आफूलाई केही थाहा नभएको गच्छदारले बताए। '२२ दलको सरकारमा कसले के पाउनेमा टुंगो लागिसकेको छ,' उनले भने, 'उपप्रधानमन्त्री कुनै पार्टीले बनाउने होइन, त्यो प्रधानमन्त्रीको विषय हो।'

व्यक्तिविशेषको निर्णयले बृहत् प्रजातान्त्रिक सरकार नढल्ने उनले स्पष्ट पारे। उनले भने, 'अब कसैले आफ्नो नेतृत्वमा राष्ट्रिय सरकारको कल्पना नगरे हुन्छ।'

प्रधानमन्त्री नेपाल भारत भ्रमणबाट फर्किएलगत्तै सरकार अझ बिस्तार हुने उनले जानकारी दिए। पार्टीका तर्फबाट मन्त्रीको सूची बुझाइसकिएको छ, प्रम फर्किएलगत्तै उनीहरुको शपथ ग्रहण हुनेछ,' मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) का अध्यक्ष समेत रहेका गच्छदारले भने।

राष्ट्रिय सरकारको बखेडा झिकेर राष्ट्रलाई बन्धक बनाउन नहुने गच्छदारको भनाइ छ।

प्रधानमन्त्रीको भ्रमण एयरपोर्टमै असफल
सप्तरीको राजविराजमा बुधबार आयोजित पत्रकार सम्मेलनमा पूर्व परराष्ट्रमन्त्री समेत रहेका मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले सुजाता कोइराला भारत नगएर वर्तमान सरकारलाई अन्तर्राष्ट्रिय सम्बन्ध कायम गर्नमा असफल पारेको आरोप लगाएका छन्।

भ्रमणको क्रममा दुई देशबीच हुने हरेक प्रकारका सहमति वा सम्झौताको कागजात परराष्ट्रमन्त्रीले हस्तान्तरण गर्ने परम्परा छ, तर सुजाता नै नगएपछि प्रधानमन्त्रीको यो भ्रमण काठमाडौं एयरपोर्टमै असफल भयो,' यादवले भने, 'नेपालका लागि यसभन्दा ठूलो जग हँसाइ के हुन्छ ?
 


 
 उच्चस्तरीय संयन्त्रको संयोजकमा सुजातालाई राख्न कोइरालाको प्रस्ताव
काठमाडौं, भदौ ४ (नागरिक)- नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले प्रमुख तीन दलको उच्चस्तरीय संयन्त्रको संयोजकमा पुत्री परराष्ट्रमन्त्री सुजाता कोइरालालाई राख्न प्रस्ताव गरेका छन्।

कोइरालाले माओवादी, एमाले र कांग्रेसका शीर्ष नेताहरूको बैठकमा शान्ति प्रक्रिया र संविधान निर्माण प्रक्रियालाई अघि बढाउन गठन हुने संयन्त्रको संयोजकमा छोरी सुजातालाई बनाउनुपर्ने प्रस्ताव गरेका हुन्।

माओवादीले कोइरालामाथि सुजातालाई नेता बनाउन तथा शान्ति प्रक्रिया र संविधान निर्माणलाई गति दिनभन्दा पनि सरकारको सहयोग गर्नमात्र संयन्त्र बनाउन खोजेको आरोप लगाउँदै त्यही कारण संयन्त्र तुहिएको दाबी गरेको छ।

'संविधान निर्माण र शान्ति प्रक्रियालाई गति दिनका लागि सहमतिको वातावरण बनाउन माओवादी, कांग्रेस र एमालेका शीर्ष नेता रहेको उच्चस्तरीय संयन्त्र गठन गर्‍यौं' कोइरालाले केही दिनअघि बसेको तीन दलको बैठकमा राखेको भनाइ उद्धृत् गर्दै स्रोतले भने- 'संयन्त्रको नेतृत्व म गर्छु। अहिलेलाई संयन्त्रको संयोजनको काम परराष्ट्रमन्त्री सुजाताले गर्छिन्।'

माओवादी स्थायी समितिका सदस्य लीलामणि पोखरेलले कोइरालाले छोरी सुजातालाई नेता बनाउन र सरकारको काम सघाउने प्रकारको संयन्त्र बनाउन खोजेको बताए। त्यही कारण संयन्त्र निर्माणको प्रस्ताव तुहिएको दाबी उनले गरे।

'शान्ति प्रक्रिया, संविधान निर्माण र सेना समायोजन प्रक्रियालाई अघि बढाउन संयन्त्र गठन गर्न हामी सहमत भएका हौं। तर, गिरिजाबाबुले प्रस्ताव गरेअनुसार सुजाताबाट संयन्त्रको संयोजन हुन सक्तैन। त्यही कारण संयन्त्र तुहिएको हो' पोखरेलले भने।
सभापति कोइरालाले पार्टीको तीव्र विरोधबीच छोरी सुजातालाई एमाले नेतृत्वको सरकारमा पार्टीको नेतृत्व गर्दै पठाएका थिए।
 



kurakani

  • 50x
  • ****
  • Posts: 2480
Re: Foreign Minister Sujata Koirala - Why didn't she go to India?
« Reply #2 on: August 20, 2009, 10:05:26 AM »
Nagariknews Editorial

परराष्ट्रमन्त्री सुजाता कोइरालाले अन्तिम समयमा भ्रमण रद्द गरेर प्रधानमन्त्री माधवकुमार नेपालको भारत भ्रमणलाई नराम्रो धक्का दिएकी छिन् । छिमेकी हुन् वा टाढाका मित्र मुलुक तिनको औपचारिक भ्रमणलाई ज्यादै महत्वका साथ हेरिन्छ । प्रधानमन्त्री भ्रमणका निम्ति प्रस्थान गर्नुभन्दा केही घन्टाअघि मात्र त्यही भ्रमण दलको महत्वपूर्ण सदस्य परराष्ट्र मन्त्रीको यो गैरजिम्मेवार व्यवहारले मित्र मुलुकसँगको सम्बन्धको महत्वलाई समेत ध्यान नपुर् याएको देखिएको छ । उनी भ्रमण दलमा सामेल सामान्य कुनै मन्त्रालयको जिम्मा लिने व्यक्ति होइनन् । परराष्ट्रमन्त्रीले सम्बन्धित देशको वैदेशिक मामिलालाई प्रतिनिधित्व गरेको हुन्छ । र तिनका प्रत्येक व्यवहारले सम्बन्धित मुलुकको परराष्ट्र सम्बन्ध परिपक्व रहे वा नरहेको यथार्थ प्रतिविम्बित गर्छ ।

सुजाता कोइराको यो व्यवहार नेपाली कूटनीतिक इतिहासमा राष्ट्रिय लज्जाका रुपमा चित्रित हुनेछ । उनको यस व्यवहारको दोष नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालालाई समेत जान्छ । उनले महाभारतका धृतराष्ट्रलेझैं पुत्रीमोहले वशीभूत भई सुजाताको महत्वाकांक्षालाई पोषित गर्दै आएका छन् । प्रधानमन्त्री नेपालको भ्रमणको तयारीका निम्ति भारत गएका बेला त्यहाँका नेताहरुलाई आफू छिट्टै उपप्रधानमन्त्री बन्ने सन्देश दिएर फर्केकी थिइन् । आफ्नो यही महत्वकांक्षा तुष्टिका निम्ति भ्रमण अगावै उपप्रधानमन्त्री बन्न चाहेकी थिइन् । कोइरालाले आफ्नी छोरीलाई उपप्रधानमन्त्री बनाउन नेपाललाई सोमबार नै दवाव दिएका थिए । नेपालले यसलाई नमानेपछि सुजाताले भ्रमणलाई कमजोर तुल्याउने गरी बिरामी भएको बहाना बनाएकी हुन् ।

सुजाता कोइराला अस्वस्थतालाई बहाना बनाएर प्रधानमन्त्रीको भ्रमणलाई 'सेबोट्याज' गर्ने गरी प्रस्तुत भइन् । यथार्थमा यो उनको बिरामीले भन्दा पद प्राप्तिको मनोकांक्षा पूरा नभएका कारणले सिर्जित समस्या हो । नेपाली राजनीतिमा यसले एउटा खराब मान्यतालाई समेत स्थापित गरेको छ । आफ्नो आन्तरिक राजनीति र अहंको तुष्टिका निम्ति वैदेशिक सम्बन्ध र मामलालाई समेत छ्यासमिस पार्ने फोहोरी खेलका रुपमा यसलाई लिनुपर्ने हुन्छ ।
गिरिजाप्रसाद कोइरालाई एकाधिकारवादी नेताका रुपमा स्थापित भएका छन् । उनले निर्वाचनमा पराजित आफ्नी छोरीलाई पार्टीका तर्फबाट नेतृत्व गर्ने हैसियतमा पठाए । यसले पार्टीका अन्य नेताहरुको मानमर्दनमात्र गरेनन् आफ्नी छोरीलाई स्थापित गराउनका निम्ति जेसुकै गर्न तत्पर रहेको सन्देश समेत प्रवाहित गरे । यसले सुजाताभन्दा धेरै योगदान भएका र योग्य नेताहरुलाई पछि पार् यो । साथै माधव नेपाल सरकारलाई कमजोर समेत तुल्यायो । सुजाताको महत्वांक्षा बढाएर पिता कोइरालाले अहिलेको जटिल राजनीतिक अवस्था र सत्तारुढ दलहरुबीचको कमजोर गठबन्धनलाई अरु अप्ठेरो पार्ने कामसमेत गरेका छन् ।

प्रधानमन्त्रीले आफ्नो भ्रमण दलमा समावेश गरेको मन्त्रीबाट अन्तिम घडीमा भएको यो अनुशासनहीन कि्रयाकलापका निम्ति कारवाही गर्नुपर्छ । सरकार बलियो रहेको सन्देश दिनैका लागि पनि नेपालले तत्काल सुजातालाई परराष्ट्र मन्त्रीबाट हटाउनुपर्छ । यसबाट सरकार ढल्छ कि भन्ने चिन्ता गर्नु आवश्यक छैन । मुलुककै प्रतिष्ठा गिराउने र मित्र मुलुकसँगको सम्बन्धलाई बिगार्ने गरी भएको यस्तो व्यवहारको भत्स्रना हुनैपर्छ ।

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15873
Re: Foreign Minister Sujata Koirala - Why didn't she go to India?
« Reply #3 on: August 21, 2009, 12:11:53 AM »

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15873
Re: Foreign Minister Sujata Koirala - Why didn't she go to India?
« Reply #4 on: August 21, 2009, 01:27:59 PM »
म विरामी परेकाले भारत नगएको हो : कोइराला
शुक्रवार, 21 अगष्ट 2009 13:06 नागरिक

स‌चारकर्मीहरुलाई निवासमा बोलाएर सुजाताको स्पष्टोक्ति-
काठमाडौं, भदौ ५ (नागरिक) -  परराष्ट्रमन्त्री सुजाता कोइरालाले उप प्रधानमन्त्री पद नपाएका कारण भारत भ्रमण अन्तिम समयमा आएर रद्द गरेको भन्ने बहुप्रचारित भनाइको खन्डन गरेकी छिन्। आफ्नै निवासमा शुक्रबार केही पत्रकारहरु बोलाएर उनले आफू भारत जान असाध्यै इच्छुक रहेको तर जाने अघिल्लो दिन घाँटी एक्कासी दुखेपछि भ्रमण रद्द गर्नुपरेको बताइन्।

"एक्कासी घाँटी दुखेर आयो," कोइरालाले भनिन्, "एसिडिटी बढेको भनेर चिकित्सकले भनेका छन्।" उनले उप प्रधानमन्त्री पद आफ्ना लागि कुनैं ठूलो वस्तु नभएको प्रष्ट पारिन्। "म जाने तयारी गरिराथेँ‌, साडी किनेकी थिएँ, कपाल काटेकी थिएँ" उनले नागरिकसँग भनिन्।

"उप प्रधानमन्त्री पद त भारत गएर आएर पनि लिन सकिन्छ," कोइरालाले भनिन्, "देशको यत्रो ठूलो इज्जतको विषयमा म पदका लागि लोभि हुँला।"

उनले नेपाली कांग्रेस सरकारमा सहभागी सबैभन्दा ठूलो दल भएको र त्यस दलको नेतृत्व गरेको हैसियतले उप प्रधानमन्त्री पद कांग्रेसले पाउनु कुनै आश्चर्यको कुरा नभएको बताइन्।



Prachanda - परराष्ट्रमन्त्री बिनाको प्रधानमन्त्रीको भारत भ्रमणले नेपालकै बेइज्जती भएको छ

धरान, भदौ ५ (नागरिक)- माओवादीका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री माधवकुमार नेपालको पहिलो औपचारिक भारत भ्रमणमा परराष्टमन्त्री सुजता कोइराला सहभागी नहुनु नेपालको बेइज्जती भएको बताएका छन्। कोचिला, लिम्बुवान र किरात राज्यसमिति स्तरीय कार्यकर्तालाई प्रशिक्षण दिन बिहिबार धरानमा आइपुगेका उनले प्रधानमन्त्रिको औपचारिक भारत भ्रमणमा परराष्टमन्त्री अनिवार्य जानुपर्ने भए पनि उनको अनुपस्थितिले वर्तमान प्रधानमन्त्री र राष्टकै ठूलो बेइज्जती भएको बताए। "परराष्ट्रमन्त्री बिनाको प्रधानमन्त्रीको भारत भ्रमणले नेपालकै बेइज्जती भएको छ। साथै वर्तमान सरकारको हैसियत छैन भन्ने पनि पुष्टि गरेको छ"- प्रशिक्षण अघि क्रान्तिकारी पत्रकार संघद्धारा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले भने।

वर्तमान सरकारको हैसियत नभएको कारण नेपाल भारतबीच वाणिज्य सन्धीमा सहमति हुन नसकेको प्रचण्डको भनाई थियो। "यो पराजितहरुको सरकारको कुनै सन्धि, सम्झौता गर्ने हैसियत थिएन"- उनले भने। एमालेको नेतृत्वको वर्तमान सरकार चल्न नसकेको ठोकुवा गदै प्रचण्डले चाडै माओवादीको नेतृत्वमा राष्टिय सरकार गठन हुने बताए। माओवादीको नेतृत्वमा सरकार बनाउन अन्य दलहरुसंग छलफल अघि बढाइसकेको उनले जानकारी दिए।"पराजितहरुको सरकार चलेकै थिएन। यो हैसियत नभएको सरकार अब ढलिसकेको स्थितिमा छ"-प्रचण्डले भने -"अब चाडै एमाओवादीको नेतृत्वमा राष्टिय सरकार बन्छ।"

राष्टपतिको असंवैधानिक कदम राष्टको स्वतन्त्रता, लोकतन्त्र, शान्तिप्रक्रिया विरुद्ध भएकोले आफूले प्रधानमन्त्रीबाट राजीनामा दिएर नागरिक सर्वोच्चता स्थापित गर्न आन्दोलन गर्न बाध्य भएको उनले बताए। राष्टपतिको कदम बारे संसदमा बहस गर्न दिए नागरिक सर्वोच्चता स्थापित गरेर छाड्ने उनको दाबी थियो।

एकदिने सो प्रशिक्षणमा तीन वटा राज्य समितिका एक हजारभन्दा बढी कार्यकर्ताहरुको सहभागिता रहेको छ। कार्यकर्तालाई प्रशिक्षण दिन अध्यक्ष प्रचण्डसंगै उपाध्यक्षत्रय मोहन वैद्य किरण, डा. वावुराम भटराई, नारायणकाजी श्रेष्ठ, महासचिव रामबहादुर थापा वादल र सचिव सि.पि.गजुरेल पनि धरान आइपुगेका छन्। एमाओवादीका कार्यकर्ताहरुले प्रशिक्षणको उदघाटन कार्यक्रममा भने सञ्चारकर्मीलाई प्रवेशमा रोक लगाएका थिए।

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15873
Re: Foreign Minister Sujata Koirala - Why didn't she go to India?
« Reply #5 on: August 22, 2009, 06:18:22 AM »

uxwall

  • 10X
  • ***
  • Posts: 49
Re: Foreign Minister Sujata Koirala - Why didn't she go to India?
« Reply #6 on: July 02, 2018, 08:15:22 AM »
sad