Author Topic: Anju Panta - Singer Interview (Nepali)  (Read 32280 times)

0 Members and 1 Guest are viewing this topic.

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15959
Re: Anju Panta - Singer Interview (Nepali)
« Reply #20 on: July 07, 2015, 12:54:46 AM »

anand

  • Administrator
  • *******
  • Posts: 1142
Re: Anju Panta - Singer Interview (Nepali)
« Reply #21 on: July 08, 2015, 12:40:40 AM »

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15959
Re: Anju Panta - Singer Interview (Nepali)
« Reply #22 on: July 11, 2015, 02:20:33 PM »
2012 interview

अब अर्को बिहे गर्दिन--अञ्जु पन्त


० अब दोस्रो बिहे गर्नु हुन्छ कि हुन्न?
– गर्दिन। भविष्यको ठेगान त छैन। तर अहिलेसम्म बिहेको सोच बनाएकी छैन।

० पक्कै?
– (लामो हाँसो) पक्कै अब अर्को विहे गर्दिन। नसोचे हुन्छ बिहेबारे।

० के रहेछ त बैवाहिक जिन्दगी?
– हेर्नुस्, बिहे भनेको मैले बुझिसकेँ। बुझ्ने मान्छेहरूलाई एकदम स्वर्ण्ािम समय हो। तर खटपट आउन थालेपछि सोचे जस्तो हुदोरै'नछ।

० वैवाहिक जीवन र एक्लो जिन्दगीमा के फरक हुँदो रहेछ त?
– त्यस्तो केही छैन। पहिले पनि काम गर्थें, अहिले पनि त्यही नै हो। हिजो आज म अलि धेरै घरमै बस्छु। घर परिवारसित एकदम रमाइलो गर्छु। दुःखका दिन आइरहन्छन्, त्यसमा टाउको दुखाएर बस्ने मेरो बानी छैन।

० अञ्जु पन्त संधै गायिका नरहने दिन पनि आउलान् नि यही उमेर नरहला अनि त्यो बेलाको कल्पना गर्नुभा145छ?
– हो त्यही सोच्दा त मन अर्कै हुन्छ। तर भविष्य कस्ले देखेको छ र? आफ्नै सन्तानबाट त खोजेको कुरा पाइँदैन। त्यसैले बुढेसकाल लाग्दा पनि म सुरक्षित रहूँ भनेर तयारी गरेकी छु। र, चाहन्छु पनि।

० अनि हिजो आज पूर्वपति मनोजराजसँग भेटघाट, बोलचाल हुन्छ कि हुन्न त?
– हुँदैन। लामै समय भो।

० उहाँले गाएको गीत त सुन्नु हुन्छ होला नि?
– सुन्छु। कलाकारको नाताले त उहाँ मेरा लागि राम्रो हुनुहुन्छ। तर व्यक्तिगत रुपमा राम्रो लाग्दैन।

० बोलचाल गर्न कस्ले नचाहेको?
– दुबै जनाले नचाहेको। बीचमा त उहाँले बोलचाल गर्न, रिलेशन जोड्न चाहनुभएको थियो तर मैल चाहिन। उहाँले एकपटक फोन र एसएमएस पनि पठाउनुभएको थियो। तर मैले रिप्लाई गरिन।

० सपनामा देख्नु हुन्छ कि देख्नुहुन्न?
– (लामो हाँसो.........) देख्छु कहिलेकहीँ। कता कता भीरपाखामा गएको देख्छु।

० तपाईको त अहिले अर्को ब्वाइफ्रेन्ड छ भन्छन्। डेटिङ गएको चर्चा पनि चल्छ नि?
– ए, हल्ला नआउला त अब? भर्खर डिभोर्स गरेर बसेकालाई ठुँग्न परेन अब? त्यस्तो केही छैन। मलाई लभसब प्रति विश्वास छैन।

० प्रेमका, विवाहका प्रस्ताव त आउँछन् होला नि?
– आउँछन नि। कसैले म एक्लै छु भनेर म्यासेज गर्छन।  कसैले बिहे गर्छु भनेर पनि प्रस्ताव गर्छन। तर मलाई यस्तो व्यबहार गरेको मन पर्दैन।