Author Topic: Bashu Sashi (वासु शशी)  (Read 5680 times)

0 Members and 1 Guest are viewing this topic.

NepDude

  • Administrator
  • *******
  • Posts: 473
  • Well... Every dog has his day
    • xnepali.com
Bashu Sashi (वासु शशी)
« on: August 26, 2009, 11:41:00 PM »
वासु शशी

कवि वासु शशीको जन्म वि. सं. १९९३ साल चैत १३ गते काठमाडौं जयवागेश्वरीमा भएको थियो । उनका बाबुको नाम भूमिमानन्द र आमाको नाम हितकुमारी हो । उनको न्वारनको नाम वासुदेव वैद्य थियो । तिनै वासुदेव वैद्य पछि वासु शशीका नामले नेपाली साहित्यमा प्रसिद्ध भए । वासु शशीले सानै उमेरमा घरैमा अक्षर चिनेका थिए । अलि ठूला भएपछि बम भोला भन्ने शिक्षकसँग केही समय पढेपछि उनी पद्मोदय हाई स्कुलमा पढ्न थाले । त्यहाँ पढ्दापढ्दै नौ वर्षको उमेरमा उनले 'विद्यार्थी' शीर्षकको कविता लेखे । त्यो कविता 'विद्यार्थी' नामक पत्रिकामा छापियो । उनको पहिलो रचना त्यही हो । १४ वर्षको उमेरमा उनले एस.एल.सी. पास गरे । १६ वर्षमा उनले आई.ए. पास गरे । त्यसपछि उनी बी.एड्. पढ्नका लागि भर्ना भए । त्यसै बेला एउटा घटना भयो । गोपालप्रसाद रिमालले लेखेको नाटक 'मसान' का सम्बन्धमा कलेजमा प्रश्न सोधियो । त्यसको जवाफ लेख्ता उनले बेलायतका नाटककार इब्सेनको नाटकसँग 'मसान' नाटकको तुलना गरेर उत्तर लेखे, तर कापी जाँच्ने गुरुले इब्सेनको नाउँ नै सुनेका रहेनछन् । त्यसैले उनले थोरै नम्बर दिएछन् । यो कुरा थाहा पाएपछि मभन्दा नजान्ने मान्छेसँग के पढ्नु भनेर उनले पढ्नै छाडिदिए । वि.सं. २०१४ मा नन्दीरात्रि हाई स्कुलबाट आयोजित प्रतियोगितात्मक कविसम्मेलनमा 'वसन्त-कोकिल' शीर्षकको कविता पाठ गरेर उनले स्वर्णपदक प्राप्त गरे । २०१३ सालमा उनले 'नवनिर्माण' नामको साहित्यिक त्रैमासिक पत्रिका निकाले । २०१४ सालमा 'गोरेटो ' र 'लोकदूत' पत्रिकाको सम्पादन पनि गरे । बी.एड. प्रथम वर्षमा पढ्दा-पढ्दै साहित्यिक प्रतिभाका आधारमा उनले भारतको भ्रमण गर्ने अवसर पाए ।उनकी आमा सितार बजाउँथिन् । उनले आमाकै प्रेरणाले तबला बजाउन सिके । उनले कविता लेख्ने प्रेरणा युगकवि सिद्धिचरण श्रेष्ठबाट पाएका थिए । त्यस बेला चोक-चोकमा देखाइने सडक नाटक हेरेर नाटक लेख्न पनि सिके । सानै उमेरदेखि उनी सामाजिक कार्यमा रुचि राख्थे । वि.सं. २००४ मा स्थानीय परोपकार संस्थाको कार्यकर्ताका रूपमा उनले समाजसेवी कार्य गरे । २००८ सालमा उनले जयवागेश्वरी पुस्तकालयको स्थापना गरे । यसै पुस्तकालयको आयोजनामा उनले साहित्यिक कार्यक्रम गर्न थाले । उनको कार्यक्रममा महाकवि लक्ष्मीप्रसाद देवकोटा, नाटककार बालकृष्ण सम, कवि केदारमान व्यथित, इतिहासकार बालचन्द्र शर्मा आदि आउने गर्थे । २००९ सालमा उनले महाकवि देवकोटाको सभापतित्वमा विराट् साहित्य सम्मेलनको आयोजना गरे । वि. सं. २००८ मा स्थापना भएको शारदा मिडिल स्कुलमा उनले २००९ सालदेखि प्रधानाध्यापक भएर सेवा गरे । नेवारी भाषामा नाटक-लेखन र मञ्चन पनि उनले त्यसै बेलादेखि थाले । २०१५ सालदेखि २०१६ सालसम्म उनले फर्पिङ बोर्डिङ हाई स्कुलमा पढाए । त्यस बेलाचाहिँ उनले नेपाली भाषामा नाटक लेखे । उनले नेवारी भाषामा चारवटा नाटक लेखे । वि.सं. २०१६ मा भूपी शेरचन, कृष्णभक्त श्रेष्ठ आदि साथीहरूसित मिलेर उनले 'रोदीघर' साहित्यिक संस्था खोले । त्यो संस्थाबाट साहित्यक कार्यक्रमहरूको आयोजना गरेर उनले साहित्यकारहरूका लागि नयाँ वातावरणको सिर्जना गराए । त्यसै वर्षदेखि उनी नेपाल राजकीय प्रज्ञा-पतिष्ठानमा जागिर खान थाले । २०१७ सालमा उनकी आमाको मृत्यु भयो । २०१९ सालदेखि नेपाली शब्दकोश छाप्ने सिलसिलामा उनी तीन वर्षसम्म भारतको बनारसमा बसे । २०३८ सालमा उनले 'सञ्चय प्रेस' कोस्थापना गरे । २०३९ सालमा 'फूल ओइलाएपछि' भन्ने उपन्यासका लागि उनलाई साझा पुरस्कार दिइयो । उनका प्रकाशित कृतिहरू 'मेरी उषा', 'वासु शशिका कविता', 'यौटा नदी छ म आफैँभित्र', 'बाँसुरीमा नअटाएका धुनहरू', 'विश्वका श्रेष्ठ कथा' आदि हुन् । २०३९ साल चैतमा उनको निधन भयो ।
Learn from yesterday, live for today, hope for tomorrow. [Anon]