Author Topic: Tanka Prasad Acharya (टंकप्रसाद आचार्य)  (Read 5231 times)

0 Members and 1 Guest are viewing this topic.

NepDude

  • Administrator
  • *******
  • Posts: 470
  • Well... Every dog has his day
    • xnepali.com
टंकप्रसाद आचार्य

प्रजातन्त्रवादी नेता, नेपालको जेठो राजनीतिक पार्टी नेपाल प्रजा परिषद्का संस्थापक अध्यक्ष एवम् नेपालका भूतपूर्व प्रधानमन्त्री टंकप्रसाद आचार्यको जन्म वि.सं. १९६९ साल मंसिर १७ गते आइतबार भएको हो । उहाँले वि.सं. १९९३ मा (२२ वर्षको उमेरमा) नेपाल प्रजा परिषद्को स्थापना गर्नुभयो । १९९७ सालमा राणा शासनविरुद्ध पर्चा छरेपछि पक्राउ पर्ने २ सयजना व्यक्तित्वमा उहाँ पनि हुनुहुन्थ्यो । २००३ सालमा कलकत्तामा नेपाली राष्ट्रिय कांग्रेस स्थापना गर्दा प्रजापरिषद्को बलिदान सम्झेर उहाँलाई सभापति बनाइयो । २००७ सालको क्रान्तिको आधारभूमि तयार पार्ने ५ जना युवाहरू- टंकप्रसाद आचार्य, दशरथ चन्द, धर्मभक्त, रामहरि शर्मा र जीवराज शर्मा हुनुहुन्थ्यो । देशमा प्रजातन्त्र आएपछि २०१३ सालमा टंकप्रसाद देशको प्रधानमन्त्री हुनुभयो । प्रथम पञ्चवर्षिय योजनाको थालनी, राष्ट्रबैंकको स्थापना र देशभरि नेपाली मुद्राको प्रचलन, निजामति सेवामा सुधार, भूमिसुधार, पञ्चशीलका आधारमा परराष्ट्रसम्बन्धको विकास, राष्ट्रसंघमा नेपालको प्रवेश, शिक्षा विकासका लागि अधिराज्यलाई ७ शैक्षिक क्षेत्रमा विभाजन, राजकीय प्रज्ञा प्रतिष्ठानको स्थापना जस्ता काम आचार्यको कार्यकालमा भए । उहाँको निधन २०४९ साल वैशाख ११ गते भयो । टंकप्रसाद आचार्यका छोरा कुसुमाकरको २०५६ साल बैशाख १ गते निधन भयो । जलस्रोत मन्त्रालयअन्तर्गत विद्युत् विकास केन्द्रमा २०३७ साल भदौ १२ देखि कार्यरत इन्जिनियर कुसुमाकरको जन्म २०१२ साल माघ १२ गते भएको थियो । कुसुमाकर रुसमा पढेका इञ्जिनियर थिए ।
Learn from yesterday, live for today, hope for tomorrow. [Anon]