Author Topic: Jagadamba Kumari Devi Rana (जगदम्बा कुमारीदेवी राणा)  (Read 5223 times)

0 Members and 1 Guest are viewing this topic.

NepDude

  • Administrator
  • *******
  • Posts: 470
  • Well... Every dog has his day
    • xnepali.com
जगदम्बा कुमारीदेवी राणा

वि.सं. १९७५ साल साउन गुरुपूर्णिमाका दिन भारतको उत्तर प्रदेश बलरामपुरमा रानी जगदम्बाकुमारीको जन्म भएको थियो । उनको विवाह लेफि्टनेन्ट जर्नेल मदनशमशेर जबरासँग भएको थियो । वि.सं. २०१० म मदनशमशेरको बनारसमा निधन भयो । त्यसपछि रानी जगदम्बाले वि.सं. २०११ मा ललितपुर जिल्लाको पुल्चोकमा मदन मेमोरियल गल्र्स हाईस्कूल (हाल मदन स्मारक विद्यालय) को स्थापना गरी २६ रोपनी जग्गामा, दुइवटा भवन र नगद पाँच लाख रुपैयाँ दिनुभयो । वि.सं. २०१२ मा मदन पुरस्कार गुठीको स्थापना, वि.सं. २०१३ मा मदन पुरस्कार पुस्तकालय स्थापना गर्न नगद तथा जिन्सी अनुदान, २०१६ साल कलकत्ताको मेडिकल कलेजहरूमा अनुदान दिई दुई नेपाली सिटको व्यवस्था र सोको संचालन कार्य मदन पुरस्कार गुठीको जिम्मामा छ । २०१७ सालमा जगदम्बा कृषि कलेज तथा अनुसन्धान केन्द्र स्थापनार्थ आफ्नो पुल्चोकस्थित श्रीमहल घर-जग्गा श्री ५ को सरकारलाई अनुदान, अन्य थुप्रै संघ-संस्थाहरूको स्थापना र अनुदान गरी नेपाली वाङ्मय, सामाजिक सेवा, धर्म, आदि क्षेत्रमा श्री रानी जगदम्बाकुमारीको योगदान रहेको पाइन्छ ।उहाँका नाममा मदन पुरस्कार गुठीले जगदम्बाश्री पुरस्कार स्थापना गरेको छ र वर्षेनि प्रदान गर्दै आएको छ ।
Learn from yesterday, live for today, hope for tomorrow. [Anon]