Author Topic: Bhimsen Thapa (भीमसेन थापा)  (Read 6175 times)

0 Members and 1 Guest are viewing this topic.

NepDude

  • Administrator
  • *******
  • Posts: 473
  • Well... Every dog has his day
    • xnepali.com
Bhimsen Thapa (भीमसेन थापा)
« on: August 26, 2009, 11:51:19 PM »
भीमसेन थापा

भीमसेन थापा नेपालका एक महान् सपूत थिए । विश्वका विभिन्न भागमा प्रभुत्व बढाउदै गएको बेलायती साम्राज्यवादको विरूद्ध लड्न एशियाली जन एकताको आहृवान गर्ने उनी निकै दूरदर्शी कूटनीतिज्ञ पनि थिए । महान् पूर्वजहरूले सुरू गरेको नेपाल एकीकरणलाई अगाडि बढाएर यिनले नेपालको सीमालाई चारैतिर बढाए ।

सेनाको आधुनिकीकरण, राहदानी प्रथाको सुरूआत, अनेकौं सामाजिक सुधार र विकास निर्माणको कार्य गर्न लगाए ।

भारदारहरूबीचको गुटवन्दी र दरबारिया षड्यन्त्रमा परेर उनलाई जेलनेलसहित अनेकौ यातना दिई थुनामा राखियो । आफ्नो अपमान सहन नसकी यिनले अन्ततः वि.सं. १८९६ मा आत्महत्या गरे । यसरी एक राष्ट्रिय विभूतिको पीडादायक अन्त्य भयो ।
Learn from yesterday, live for today, hope for tomorrow. [Anon]