Author Topic: Bahadur Shah (बहादुर शाह)  (Read 4944 times)

0 Members and 1 Guest are viewing this topic.

NepDude

  • Administrator
  • *******
  • Posts: 473
  • Well... Every dog has his day
    • xnepali.com
Bahadur Shah (बहादुर शाह)
« on: August 26, 2009, 11:51:55 PM »
बहादुर शाह

पृथ्वीनारायण शाहका माहिला छोरा बहादुर शाहको जन्म १८१४ वि.सं. मा भएको थियो । यिनी एक कुशल राजनीतिज्ञ, दूरदर्शी, वीर र महत्त्वाकांक्षी महापुरूष थिए । पिताको सपना साकार पार्न पश्चिमका राजा-रजौटाहरूको समाप्ति यिनको चाहना थियो । भाउजू राजेन्द्रलक्ष्मी र भतिजा रणबहादुर शाहको अनेकौ षड्यन्त्र र दाउपेचको शिकार बन्नुपरे तापनि राजेन्द्रलक्ष्मीको मृत्यु (१८४२ वि.सं.) पश्चात् निर्वासनबाट फर्केर नेपाल एकीकरण अभियानमा अथक योगदान दिए । यिनको समयमा गुल्मी, अर्घाखाँची, रेसुंगा, सल्यान, बराह, इस्मा, वाग्लुङ्ग, पर्वतन, प्यूठान, जाजरकोट, जुम्ला, अछाम, डोटी आदि स्थान नेपालमा गाभिए । यसमा पाल्पाको ठूलो सहयोग भएका कारण पाल्पालाई अर्घाखाँची र गुल्मी दिए । उनले कुमाउँ र अल्मोडा समेत विजयगरे । त्यस्तै पूर्वमा टिष्टासम्म सीमा विस्तार गराए भने भोटसँग युद्ध लडेर नेपाली मुद्राको प्रभुत्व कायमै राखे । अन्त्यमा ढुकुटी मासेको आरोपमा उनी थुनिए । थुनामा नै यी राष्ट्रिय विभूतिको वि.सं. १८५४ मा मृत्यु भयो ।
Learn from yesterday, live for today, hope for tomorrow. [Anon]

affu933

  • xNew2
  • **
  • Posts: 9
Re: Bahadur Shah (बहादुर शाह)
« Reply #1 on: March 31, 2015, 05:35:01 PM »
sorry i cant understand this language...