Author Topic: Namrata Shrestha - Photos and Profile  (Read 203779 times)

0 Members and 1 Guest are viewing this topic.

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15886
Re: Namrata Shrestha - Photos and Profile
« Reply #60 on: March 04, 2015, 01:37:10 PM »
Namrata Shrestha produced Soul Sister ..

Details about the film -- > http://filmsofnepal.com/nepali-film-soul-sister-2015/

It is sad, the film was a flop


anand

  • Administrator
  • *******
  • Posts: 1203
Re: Namrata Shrestha - Photos and Profile
« Reply #61 on: March 23, 2015, 09:48:30 AM »
Namrata's first production movie -- "Soul Sister" flopped big time

But, she is not sad

REad more: http://xnepali.net/movies/soul-sister-flopped-namrata-shrestha-is-not-sad/


kurakani

  • 50x
  • ****
  • Posts: 2480
Re: Namrata Shrestha - Photos and Profile
« Reply #62 on: March 30, 2015, 03:57:00 AM »
Photo

anand

  • Administrator
  • *******
  • Posts: 1203
Re: Namrata Shrestha - Photos and Profile
« Reply #63 on: April 21, 2015, 08:55:37 AM »
नायिका नम्रता श्रेष्ठसँग विवाह गर्नुहुन्छ ?

सविन प्रियासन
वैशाख ६ गते

नम्रता उपन्यासलाई पठनीय र सन्देशमुलक बनाउनका लागि साथीहरुको सल्लाह, सुझाव ग्रहण गर्न ‘नोभेल नम्रता’ को नामबाट फेसबुक बनाएँ । त्यसमा यो फेसबुक किन बनाइएको हो भन्ने कुरा पनि स्पष्ट लेखिएको थियो । राम्रोसँग अध्ययन गर्नेले मैले नै यो बनाएको हुँ भन्ने पनि थाहा हुन्छ । नोभेल नम्रताको नामबाट फेसबुक बनाइसकेपछि सुझबुझ भएका मित्रहरुले यसको विषयमा प्रभावकारी सल्लाह र सुझावहरु दिइरहनुभएको थियो । केही मित्रहरुले नम्रताको तस्वीर राखेर उनको नाममा फेसबुक खोलेकोमा मेरो यस्तो कार्यप्रति आपत्ति प्रकट गर्दै नम्रताप्रति सहानुभूति पनि राख्नुभयो । मैले फेसबुक खोल्नुको कारण र उद्देश्यबारेमा जानकारी गराएपछि उहाँहरु मेरो समर्थक बन्दै शुभकामनाका गुच्छाहरु अहिलेसम्म चढाउन छाड्नु भएको छैन । नम्रताको नाममा फेसबुक खोलेपछि सौगात पोख्रेलको नामबाट एकजना फेसबुकको मित्र जसले फेसबुकमा मलाई मात्र साथी बनाउनु भएको रहेछ, उहाँले विभिन्न तरहले नम्रताको यतिधेरै खिल्ली उडाउनुभयो कि जसको लेखाजोखा गरेर साध्य छैन । उहाँ र मेरो लामो बहसपछि मैले उहाँलाई केही हदसम्म सकारात्मक बनाउन सफल भएँ । उहाँले मलाई नम्रतासँग ‘बिहे गर्नुहुन्छ ?’ भनेर समेत प्रश्न गर्नुभयो । मैले म एक्लै भएको भए, नम्रतासँग हाँसी–हाँसी विवाह गर्थेँ भनेँ । उहाँलाई त्यही प्रश्न दोहोरोउँदा उहाँले जिन्दगीभरिको लागि नभएर ५ दिनको लागि मात्र विवाह गर्छु भन्नुभयो ।


(थप फेसवुकको वार्तालापबाट)
आज लेखेको कुरा साथीहरुलाई बाँड्नुप¥यो भन्ने उद्देश्यका साथ नोभेल नम्रताको नाममा रहेको फेसबुक खोलेँ । फेसबुक खोल्नासाथ सौगात पोखरेल नामबाट मलाई च्याटका लागि निमन्त्रणा पठाइयो । केही दिनदेखि यस प्रकारका निमन्त्रणहरु गनी नसक्नु पाइ सकेको थिएँ मैले । जसले जे भनेपनि म आफ्नो काम गर्दथेँ । उपन्यासको विषय बस्तुहरु अगाडि बढाउनेक्रममा फेसबुकमार्फत नम्रताले नै कुनै सन्देश पठाउँछिन् कि भन्ने आशाका साथ पनि उनको नामको फेसबुकको च्याट समेत खोलेरै राख्थेँ । सागर पोखरेलको निमन्त्रणालाई अन्यलाई जस्तै गरी मैले तिरस्कार गरेको थिएँ । पहिलो आमन्त्रणलाई अस्वीकृत भएपछि उनले उपन्यास किन भनेर लेखेँ । यसले पनि मलाई रत्तिभर छोएन । त्यसपछि उनले ‘पढौं न तिमीमा के छ ?’ भन्ने लेखेपछि मैले छोटो उत्तर दिए– ‘के हजुर ?’

‘नम्रताले तपाईसँग बिहे गर्न मानी भने गर्नुहुन्छ ?’ फेसबुक मित्रले मैले सोच्दै नसोचेको कुरा भनेपछि म अक्मकिए । के भनौं भनौँ भयो । केहीबेरको मौन्तापछि हाँसोको फोहोरा उनीसँग फेसबुकमार्फत छुटाएँ । त्यसपछि मनलाई सम्हाल्दै भनेँ ‘तपाईलाई ढाँटेर भनु कि सही भनु ?’

‘तिम्रो लाइफ नोभेल हो ?, नोभेल निक लेखेको ?, फेक आइडी पो रहेछ यो त, हिरोनीको पिस पो छ त ?’ सौगातको नाममा फेसबुकबाट यस्तो भनेपछि मैले यसलाई लाइक मात्र गरिदिएँ । उताबाट पुनः प्रश्न तेसाइयो–तिमी हिरोनी हो ? आलु ।’

‘होइन मित्र म उहाँको बारेमा नोभेल लेख्दैछु’– मेरो यस्तो उत्तर सुनेपछि फेसबुक मित्रले झटपट आफ्नो भनाई राखे– ‘हाहाहा, अरु काम धन्दा छोडेर के त्यो आलुको बारेमा नोभेल लेख्नु भा’को हजुरले । हुन त तपाईँको व्यक्तिगत विषय हो । तरपनि संसारमा थुप्रै अरु काम छ हजुर त्यो केटीको चित्रण गर्नु भन्दा चिया बेचेर बस्नु उपयुक्त होला । मित्र जी’

‘यो संसार अनौठो छ । सबैको आफ्नो सोंचाइँ हुन्छ । मलाई यही विषयमा लेख्न मन लाग्यो । तपाईको लागि आलु मेरो लागि अति प्रिय छ’– मेरो भनाइ सुनेर उनले पनि लामो भनाइ राखे– ‘हुन त तपाईको सोंचको कदर गर्दछु, तर एक दिन यो विषयमा किन कलम चलाएछु भनेर तपाईँ नै पछुताउनु हुन्छ ।’

‘म यो उपन्यासमा नम्रताको केवल साहसको प्रशसा गर्न खोज्दैछु । अफ्ठ्यारोमा पनि बाँच्न सक्ने, संघर्ष गर्न सक्ने ।’

‘ठमेलबारमा काम गर्ने, नाँच्ने, डिस्को जाने उसको चरित्र हो, के को त्यस्ता घटनामा आत्महत्या गर्थी । भारतीय नायिका सन्नी लियोन उसको आत्मविश्वास हो ।’


‘त्यो त मलाई यो विषयमा थाहा छ छैन मित्र, म उपन्यास लेखनमा डुबी सकेको छु, उत्रन गाह्रो छ ।’

‘माफ गर्नु होला मित्र, मैले तपाईको व्यक्तिगत मामलामा हस्तक्षेप गर्न खोजेँ, तर मलाई अलि अर्कै लागेर यति भनेको हुँ’– फेसबुकका मित्रले सम्झाउन खोजे । म भने उपन्यासका नसाभित्र पूर्णरुपले डुबिसकेको छु–‘हजुर मलाई उत्रन भन्दै हुनुहुन्छ, म झन झन उपन्यास लेखनको सागरमा डुव्दैछु ।’

‘हाहाहा, डुव्नुहोस् मित्र डुव्नुहोस । भन्छन् नि केटीको चरित्र र समुन्द्रको गहिराई नाप्न गाह्रो हुन्छ ।’

‘नम्रतालाई भेट्नु भाछ ?’ मेरो प्रश्नमा उनले छोटो उत्तर दिए–‘किन नभेट्नु त्यसलाई धेरैपटक भेटेको छु । दुई तीन वर्ष पहिला । त्यही त भन्दैछु नि ! तर मलाई लाग्छ, तपाईको गहिरो माया बसेछ नम्रतासँग’–उनले मलाई छाम्न खोजेपछि मैले यसको स्पष्टीकरण दिए– ‘होइन त्यस्तो मेरो उनीसँग मायासाया केही बसेको छैन । अनि कहाँ भेट्नु भा’हो ?’

‘सबै कुरा तपाईँलाई भन्नुपर्छ जस्तो मलाई लाग्दैन । नरिसाउनु होला । संसारमा म्याद गुज्रिएको सामानको मूल्य चुकाउँछ समाजले तर म्याद गुज्रिएको चरित्रहीन क्यारेक्टरको बारेमा लेखिएको उपन्यासको मुल्य चुकाउन समाज तयार छैन । बजारमा यो पुस्तकको कुनै मुल्य हुनेछैन । त्यसैले आफ्नो अमूल्य समय यो दुई कौडीको केटीको लागि बर्बाद नगर्नुहोस्–’ फेसबुक मित्र शिक्षक बन्न खोजे । म भने आफ्नो तर्कमा अडिग थिएँ– ‘तपाईँको लागि होला, तर मेरो लागि यो उपन्यास लेखनको समय अति नै अमूल्य र प्रिय छ । म कौडा कौडी जोडेर करोड बनाउँछु । नाफा र नोक्सानको कुरा व्यवसायीले गर्दछन् । म यसबाट कमाउन चाहन्न । जहाँसम्म गुमाउने कुरा छ । गुमाउनुमा छुट्टै मजा छ ।’

‘सुनेको थिएँ, साहित्यकारहरु पागल हुन्छन् भनेर आज प्रत्यक्षरुपमा देखेँ !’

‘यो विषयमा पागलपनको हद नाँघ्न मन लागेको छ मित्र !’

‘घरमा चामल छै भन्दा खल्तीमा पैसा नहुने, केटाकेटीलाई विद्यालय पठाउनका लागि पनि पैसा नहुने, साहित्यमा डुबेर शव्दको खेती गर्ने, आफू र घरपरिवारको जिन्दगी नाजुक बनाउने साहित्यकार, त्यसमा पनि तपाईँले भोली थाहा पाउनु हुनेछ, यो विषयमा कलम चलाएर कति ठूलो गल्ती भएछ भन्ने कुरा । अहिले डुब्नुहोस् नम्रताको यादमा, लेख्नुहोस्, उपन्यास पछि अभाव, छटपटि, पीडाले तपाईँको जिन्दगीको उपन्यास लेख्नेछ’–फेसबुक मित्रले गहकिलो शव्दहरुले मलाई सुझाब दिन थाले । तर म उनको सुझाबलाई सुनेपनि ग्रहण गर्ने पक्षमा थिइन । उनी भने एकपछि अर्को सुझाब दिइरहेका थिए । ‘काम गर्नुहुन्छ कि उपन्यास मात्र लेख्नु हुन्छ ?’

‘काम पनि गर्दछु, आफू र घरपरिवारको जोहो गर्न सक्छु ।’

‘त्यसो भए ठीक छ, सन्तुष्टि पनि ठूलो कुरो हो । म त वैरागी साहित्यकार मात्र हे कि भनेर यति सब कुरा भनेको हुँ । मलाई नम्रताको भन्दा पनि तपाईँको चिन्ता लागेको हो मित्र ।’

‘धन्यवाद मित्र, गहकिला सुझाबहरु दिनु भएको छ । तर मेरो बिन्ती छ, नम्रतालाई नराम्रो नसोंच्नुहोस्, उसलाई दुई कौडीको केटी पनि नभन्नुहोस्’– मैले बिन्ति बिसाएँ । उनले मेरो बिन्तीलाई स्विकार गर्दै आफ्ना कुरा राखे– ‘हवस मित्र, गधे पे दिल लगि तो परि क्या चीज हे । अनि तपाईको उमेर कति भयो ?’

‘तपाईँ नै अनुमान गर्नुहोस्, हजुरलाई धेरै कुरा आउँदो रहेछ ।’

‘३० को हाराहारीमा ।’

‘हो हो, तर साहित्य लेखनमा उमेरले के नै असर गर्दछ र !’

‘नम्रताले तपाईसँग बिहे गर्न मानी भने गर्नुहुन्छ ?’ फेसबुक मित्रले मैले सोच्दै नसोचेको कुरा भनेपछि म अक्मकिए । के भनौं भनौँ भयो । केहीबेरको मौन्तापछि हाँसोको फोहोरा उनीसँग फेसबुकमार्फत छुटाएँ । त्यसपछि मनलाई सम्हाल्दै भनेँ ‘तपाईलाई ढाँटेर भनु कि सही भनु ?’

‘ढाँटेरै भन्नुहोस् ।’

‘तर म नढाँटेर भन्छु, खासमा म एक्लै हुन्थेँ । मैले पनि कसैलाई वाचा बन्धन नगरेको भए, नम्रताले मानेको खण्डमा उनलाई हाँसी–हाँसी बिहे गर्थेँ । अनि तपाई बिहे गर्नुहुन्छ नम्रतालाई ?’

‘पाँच दिनको लागि हो भने गर्थेँ ।’

‘किन पाँच दिनको लागि ?’

‘राम्री छे, पाँच दिन भन्दा धेरै थेग्न के सकिन्छ उसलाई, म पनि पाँच दिनमा आउँछु होला । तपाईँलाई मेरो कुरा नपच्न सक्छ, मेरो सोच घटिया लाग्न सक्छ । तर सत्यता यही हो । दैनिक लाखौं खर्च गर्न सक्ने हैसियत छैन मेरो । यहाँ सब चीज बिकाउँछ । सायद तपाईँलाई यस विषयमा थाहा छैन । म उसलाई राम्रोसँग चिन्छु । उसँग ३ वर्ष पहिला डिस्को पनि गा’छु । उ तपाईँहरुको लागि अमूल्य होली, मेरो लागि उसको कुनै मूल्य छैन । उसलाई नेपाली समाजको कुनै मतलब छैन । बिदेशी सोच, बिदेशी कुरा । आजभोली भने म बिदेश भएकाले उसको बारेमा धेरै थाहा छैन’–फेसबुक मित्रले भाषण छाँटेपछि म पनि के कम थिएँ र ! आफ्नो भनाइ पस्कीहालेँ–‘तपाई कुरा भने धेरै ठूलो गर्नुभयो, तर श्रम खर्चिएर बिदेशीलाई बनाउन जानु भएको रहेछ । नेपालीहरुले धेरै देशहरुको विकास गरे । नेपाल तपाईँहरु जस्तै व्यक्तिका कारण गरिवको गरिब छ । कमसेकम नम्रता स्वदेशमै बसेर श्रम गरिराछिन् । संघर्ष गरिराछिन् । संघर्षको अर्को नाम हो नम्रता ।’

‘मित्र बोल्न धेरै सजिलो छ । खोक्रो आर्दशले र मिठो नेपाली शव्दहरु साहित्य र नेपाली राजनीतिमा सुहाउँला, बास्तविक जीवनमा सुहाउँदैन । पेट भर्नको लागि श्रम गर्नुपर्छ ।’

‘हामीले बुझ्न र बुझाउन नसकेको कुरा यही हो । हामी नेपाली १०–५० हजारको लागि बिदेश जान्छौं । सायद तपाईले आफ्नो श्रमको महत्व बुझ्नु भएको छैन । छिमेकी मुलुक भारतबाट कबाड खेर्न, सिरक डसना बनाउन, कपाल काट्न नेपाल आएकाहरुले महिनैपिच्छे लाखौं कमाउँछन् यहाँ । बिदेशमा गर्ने श्रम यहाँ गर्न सकिदैंन मित्र ?’

‘सीप अनुसारको श्रम गर्न नेपालमा कसले पाएको छ र ? म पनि आफ्नो सीपलाई सदुपयोग गर्न बिदेश आएको हुँ । मलाई पनि रहर थिएन, बिदेशमा बस्ने, नेताहरुले ठूला कुरा गर्दछन्, संविधान बनाउँदैनन् । अनि किन बस्नु यहाँ ?’–फेसबुक मित्रले चोटिलो जवाफसहित प्रश्न राखे । म पनि उनको भनाइमा कडारुपले नै प्रस्तुत हुन थालेको थिएँ– ‘तपाईँहरु जस्तै प्रतिभा भएको व्यक्तिहरुको घटिया सोचले मुलुक दिनप्रतिदिन विपन्न हुँदैछ । श्रम खर्च गर्ने वातावरण आफूले पनि निर्माण गर्ने हो । अरुले गरिदिएला र म खाउँला भन्दै सधैभरि बिदेशी मानसिकता बोक्ने हो भने अझैं धेरै पुस्ताले यही पीडा व्यहोर्नु पर्नेछ । मुलुकमा वातावरण छैन भने बनाउन लागौं मित्र, भागेर अन्यत्र सरणार्थी बनेर काम छैन ।’

‘कुरा गर्न सजिलो छ मित्र । पैसा नै ठूलो छ यो संसारमा । म पनि मान्छे हुँ । तपाईको उपन्यासको पात्र जस्तै । उनी पनि पैसालाई नै महत्व दिन्छिन् । उनलाई आर्दशबादी बनाउन खोज्दै हुनुहन्छ तपाईँ । तपाईँहरु जस्तै बिग्रिएका शुभचिन्तकहरुले नम्रतालाई टिकाएका छन् । ३० लाख हुने हो भने जो पनि नम्रताको ठाउँमा पुग्न सक्छन् फिलिम बनाएर । चल्ने, नचल्ने भाग्यको कुरा हो । तपाईसँग आज धेरै कुरा भयो । अहिले पनि मेरो भनेको मान्नुहुन्छ भने तपाई यो विषयमा भन्दा देशको विषयमा, मुलुक बनाउने विषयमा, फोहोरी राजनीति सुधार्ने विषयमा कलम चलाउनुहोस् । तपाईँलाई नै फाइदा होला ।’

‘सुझाबको लागि धन्यवाद । अन्य विषयमा पनि मैले उपन्यास लेखेको छु । लेख्ने छु । नम्रताको विषयमा केवल मैले जस्तोसुकै जटिल परिस्थितिमा पनि मान्छे मर्नुहुन्न, आत्महत्या गर्नुहुन्न भनेर लेख्न खोजेको हो’– मेरो कुरा फेसबुक मित्रले पचाउन सकिरहेका थिएनन् । उनले फ्याट्ट जवाफ दिए–‘अरु मान्छेले पनि त संघर्ष गरेका छन् । अभावका बीचमा प्रगति गरेका छन्, उनीहरुको नलेखेर किन नम्रताकै पछाडि लाग्नु भएको छ ? के यी विषयहरु तपाईले देख्नु भाछैन ?’

फेसबुक मित्र यतउता, जे गरेपनि अन्तमा नम्रतालाई नकारात्मकरुपमा हेर्न छाड्दैनथे । म मेरो पात्रलाई नराम्रो भनेको सुन्न नचाहने । त्यसैले फेसबुक मित्रलाई सकारात्मक बनाउने प्रयास जारी थियो– ‘म यो उपन्यासमा नम्रताको मात्र कुरा राख्ने छैन । पैशाको पछाडि मान्छे लाग्ने होइन, पैशालाई पछाडि लगाउने हो भन्ने कुरालाई पनि देखाउनेछु ।’

‘तपाईँको कुरामा म पनि सहमत छु । केवल उपन्यासको पात्र परिवर्तन गर्नुहोस् भन्ने नै हो । अरु त सबै ठिक छ तपार्इँको भनाई ।’

‘तपाईँलाई नम्रता देखेर किन यति धेरै घृणा ? या त तपाईँ उसको पूर्वप्रेमी हुनुहुन्छ, या तपाईँले उसलाई हद मन पराउनु हुन्थ्यो, पाउनु भएन ।’

‘त्यस्तो होइन मित्र । तपाईँ किन नम्रता, नम्रता, नम्रता भनि रहनु भएको छ । अरु केही आउँदैन तपाइँलाई ? नोभेल नम्रता किन ? नोभेल नेपाली चेली लेख्न सक्नु हुन्न ?’

‘सक्छु, किन नसक्नु, नोभेल नम्रता पनि नेपाली चेलीकै कथा हो । यसमा खराब राजनीतिदेखि समाजको कुरुप सोचका बिरुद्धमा मेरो कलम चलेको छ, कसरी नेपाली चेलीहरुले समाजमा संघर्ष गरिरहेका छन् भन्ने कुरा पनि देखाउने छु’– म आफ्नो तर्कलाई बलियो बनाउन अनेक तवरबाट प्रयास गर्दै थिएँ । फेसबुक मित्र पनि कम रहेनछन्– ‘उपन्यासमा यी सब देखाउनका लागि तपाईँ समाजले तिरस्कार गरेको नम्रतालाई नै किन रोज्नु हुन्छ ? अरु भेटाउनु हुन्न ?’

‘नम्रतालाई यहाँसम्म ल्याउने पनि, बिगार्ने पनि, सपार्ने पनि, सफलतामा पुर्‍याउने पनि यही समाज हो, तपाईँ हामी हौं ।’

‘कसरी समाजले उनलाई बिगार्न सक्छ । १८–१९ वर्षको उमेर केटाकेटी हो र ? शारीरिक सम्वन्ध राख्न र अश्लिल भिडियो जबरजस्ती बनाउन समाजले दबाब दिएको होइन होला क्यारे ! मित्र तपाई भ्रममा हुनुहुन्छ, भ्रमको पर्दालाई उर्घानुहोस् ।’

‘म प्रष्ट छु मित्र, भ्रमको पर्दा कँही कतै छैन । तपाई यहाँ काम छैन भन्दै कामको खोजीमा बिदेश जानुभयो, काठमाडौं कस्तो छ तपाईँले राम्रोसँग बुझ्नु भएको छ । त्यसमा पनि राम्री केटीलाई काठमाडौंमा स्थापित हुन के गर्नुपर्छ, काठमाडौंले सही तवरबाट अगाडी बढ्न दिन्छ कि दिदैंन त्यो तपाईलाई राम्रोसँग थाहा छ । नम्रता अति सुन्दर छिन् । उनलाई सुरुका दिनमा काठमाडौंमा स्थापित हुन कति संघर्ष गर्नु प¥यो होला । काठमाडौंको दाह्रा, नंग्राले उनलाई कदम–कदममा चिथोर्न खोज्यो होला । अगाडि बढ्नेक्रममा भेटिएको मन मिल्ने व्यक्तिसँग सम्बन्ध राख्नु ठूलो कुरा होइन’–म आफ्नो तर्क राख्दै थिएँ । फेसबुक मित्र पनि आफ्नो भनाइमा अडिग थिए– ‘केटीलाई शिकारी केटा मनपर्छ, यहाँ यस्तै भएको हो । अरु सबै भन्ने कुरा न हुन । तर पनि देशको बारेमा लेख्नुहोस्, मेरो भनाइ यही छ । देश दुःखेको छ, तपाईँ भने नम्रताको दुःखाई कम गर्न खोज्दै हुनुहुन्छ । उसलाई अनावश्यक स्पेश दिएर अझै उसको हाइट बढाउने र चर्चामा ल्याउने काम गर्दै हुनुहुन्छ ।’

‘मलाई पनि थाहा छ, देश दुःखेको छ, रोइरहेको छ । संविधान बनेको छैन । मुलुक अशान्त छ । चारैतिर व्यथिति, अराजकता, भ्रष्टाचार, कमिसनखोर मौलाएको छ । यी कुराहरु पनि यसमा समेट्ने प्रयास गर्नेछु । तर नम्रतालाई भने कुनै पनि हालतमा यो उपन्यासबाट बाहिर निकाल्न सक्दैन । नम्रता बिना उपन्यासको अर्थ छैन ।’

‘नम्रतासँग भेट्नु भाछ ? यो विषयमा उसलाई केही थाहा छ ?’

‘एकपटक उहाँसँग भेट भाछ, तर यो विषयमा केही कुरा भएको छैन । धेरै साथीहरुले यो विषयमा नम्रतासँग कुरा गर्न सुझाब दिएका छन्, भेट्नु पर्ला ।’

‘नम्रतालाई एक झलक देखेको भरमा यति गहिरिनु भाछ तपाईँ, झनै उसँग बोलेपछि के होला ? मान्छे यतिसम्म पागल हुँदा रहेछन्, क्रेजी हुँदा रहेछन्, अचम्म लाग्यो । अनि उनले तपाईलाई उपन्यास लेख्न स्वीकृति दिइनन् भने के गर्नु हुन्छ ?’

‘म यो विषयमा उपन्यास जसले रोके पनि लेखेरै छाड्छु । जहाँसम्म नम्रताको कुरा छ, उनले स्वीकृति दिइनन्, उनलाई यही उपन्यासका कारण पीडा हुने भयो, अफ्ठ्यारो पर्ने भयो, नलेख्न अग्रह गरिन भने पात्र फरक बनाएर भएपनि उपन्यास लेख्नेछु ।’

‘फेसबुकका अनुसार तपाईँले उपन्यासका धेरै विषय बस्तु तयार पार्नु भएको छ जस्तो छ । धेरै ठाउँमा नम्रताको नामहरु उल्लेख छन् । यदि तपाईँको बिरुद्धमा उनले मुद्दा हालिन भने ?’

‘मान्छे मारेको छैन, चोरी डकैती गरेको छैन, लेखेकै कारण मेरो पात्रले नै स्वयम् मुद्दा हाल्छ भने म थुनिन पनि तयार छु, यसमा मलाई कुनै पछुतो लाग्ने छैन ।’

‘लेख्नकै लागि पागलपनको हद नाँघ्नु भएको छ तपाईँले, तपाईँको लेखनप्रतिको समर्पण, आफ्नो पात्रप्रतिको समर्पण, लगाव देखेर म प्रभावित भएँ । नम्रताले नेपाली समाजभित्र रहेर पनि आफूमाथिको बज्रलाई सहन सकिन्, संघर्ष भने गरिरहेकी छन् । सायद यो नै उनीबाट सबैले सिक्ने कुरा हो । म तपाईका कारण नम्रतालाई हेर्ने दृष्टिकोण बदल्दैछु । उनको संघर्षपछिको सफलताबाट नेपाली समाजले धेरै कुरा सिक्नुपर्छ, सिक्न सक्छ । धन्यवाद मित्र, छिटै उपन्यास पूरा गर्नुहोस्, म पनि तपाईँको उपन्यासको पाठक बन्नेछु । तपाईँलाई शुभकामना’– दिनभरी फेसबुकमा भएको कुराकानीपछि फेसबुक मित्र बल्लतल्ल मेरो पात्र नम्रताप्रति सकारात्मक हुन पुगे । उनी भित्रैबाट सकारात्मक भएका छन् कि मलाई खुशी बनाउन भएका हुन्, त्यो त मलाई थाहा छैन । तर पनि मेरो उपन्यास लेख्नुको एउटै उद्देश्य छ– ‘जटिल परिस्थितिमा मान्छे बाँच्यो भने सफलताले एकदिन चुम्नेछ । नम्रताले आत्महत्या गरेको भए, आज उनको केवल नकारात्मक टिप्पणीहरु भइरहन्थ्यो । तर उनले संघर्ष गरिन । आज उनी सफल छिन् । सकारात्मक कोणबाट पनि उनलाई समाजमा हेर्ने धेरै मनहरु छन् ।’ फेसबुकमा लामो वार्तालाप पश्चात् फेसबुक मित्र र म बिदावारी भयौं ।

यस अबधिमा केही यस्ता फेसबुक प्रयोगकर्ताहरु भेटिए, जो मानिसको रुपमा पशु नै हुन जस्तो मलाई लाग्यो । उनीहरुले यतितल्लो तहसम्म झरेर नम्रतालाई गाली गरिरहेका थिए । उनीहरुले नांगा तस्विर र भिज्वलहरु पनि ट्याग गर्दै आफ्नोतर्फबाट घृणित उपहार पठाउन व्यस्त थिए । केही व्यक्तिहरु मलाई नै नम्रता ठानेर हरदम ‘म तपाईँलाई माया गर्छु, मसँग भेट्नु हुन्छ, म तपाईँको लागि जे पनि गर्न सक्छु’ भन्दै आफ्नो फोन नम्बर पनि निरन्तर दिइरहेका थिए । ‘नोभेल नम्रता’ फेसबुकमार्फत यो उपन्यासको बारेमा धेरै व्यक्तिले थाहा पाउन भनेर यो फेसबुकमा जोडिन चाहे जतिका मित्रहरुसँग सम्वन्ध स्थापित गरेको थिएँ । तर मित्रताको आडमा फेसबुकलाई प्रयोग गर्दै मनको तुष मेट्ने, घिन लाग्दो कार्य गर्दै आफ्नो सन्तुष्टि पुरा गर्ने कार्यहरुमा लिप्त सबै फेसबुकका अराजक, असभ्य मित्रहरुलाई मैले फेसबुकबाट हटाउँदै गएँ । यतिबेला मलाई लाग्यो, बास्तवमै समाजमा बस्ने मानवरुपी पशुहरुले नम्रतालाई मिनेट–मिनेटमा अनेक तवरबाट चिथोरिरहेका छन् । ती पशुहरुको हर्कतबाट म यति उकुसमुकुस भएको छु भने बिचरी नम्रतालाई समाजमा रहेका दानबहरुले निश्चय नै बसी–खान दिएका छैनन् होला । त्यसैले उनले फेसबुक बन्द गरेकी रहेछिन् । तर तमासाको रंगमञ्च खडा गरेर मनोरञ्जन लिने केही अन्यायीहरुले नम्रताको नामबाट फेसबुक बनाएर अनेक तवरले उनको बेइज्जत गर्ने काम निरन्तर गरिरहेका छन् । त्यस्ता व्यक्तिहरुलाई आज मैले घृणा गरिरहेको छु, भोलि उनीहरुकै खराव चिन्तनका कारण समाजले उनीहरुलाई घृणा, तिरस्कार र अपमान गर्नेछ ।
(अप्रकाशित उपान्यास ‘नम्रता’को एउटा अंश)

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15886

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15886
Re: Namrata Shrestha - Photos and Profile
« Reply #65 on: July 11, 2015, 02:21:15 PM »
2012 interview

"म भल्गर होइन् सेन्सुअल फिल्म खेल्न तयार छु" : नम्रता श्रेष्ठ

नेपालकी चर्चित गायिका अन्जु पन्तको "म त नाचें नाचें नाचें" बोलको म्यूजिक भिडियोमा आफ्नो कम्मर मर्काउँदै नायिका नम्रता श्रेष्ठले नाचेकी छिन् ।

सुटिङको दौरान डिसी नेपालले नम्रतासंग गरेको कुराकानीमा उनले आफ्नो आउने प्रोजेक्टको बारेमा भन्न नमिले पनि आफू उक्त काममा व्यस्त भएको बताएकी छिन् । यसरी म्यूजिक भिडियोमा पहिलो पटक नाचेको अनुभव सुनाउँदै श्रेष्ठले काम गर्न रमाईलो भएको बताईन् । अचेल फिल्ममा किन देखिनु हुन्न नि ? भन्ने डिसी नेपालको प्रश्नमा उनले आफूले सेलेक्ट गरेर मात्र काम गर्ने गरेको बताएकी छिन् ।

आफ्नो आउन लागेको फिल्म 'छड्के' को पोष्ट प्रोडक्सन भइरहेको जानकारी दिदैं नम्रताले आफूलाई सुहाउँदो पात्र भएमा मात्र फिल्म खेल्ने बताईन् ।

तपाईंलाई सेक्स सम्बन्धि फिल्मको अफर आयो भने खेल्नु हुन्छ भन्ने प्रश्नमा उनले सेन्सुअल चिजलाई भल्गर नबनाईकन फरक प्रस्तुतीका साथ अफर आएमा आफूले त्यसलाई स्विकार्ने बताईन्

anand

  • Administrator
  • *******
  • Posts: 1203

anand

  • Administrator
  • *******
  • Posts: 1203
Re: Namrata Shrestha - Photos and Profile
« Reply #67 on: August 06, 2015, 08:05:40 AM »
fake news


tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15886
Re: Namrata Shrestha - Photos and Profile
« Reply #68 on: October 16, 2015, 03:29:54 AM »
Singer Namrata

About other 4 actresses who have also sung
http://nepaliactress.com/5-nepali-actresses-who-are-also-professional-singers/




sag

  • VIP
  • ******
  • Posts: 730
Re: Namrata Shrestha - Photos and Profile
« Reply #69 on: October 21, 2015, 06:38:34 AM »