मेरो माया पचेन रे, हाजमोला पो खान्छु भन्छे !
गाँठिस केटा भेटे अर्कै, पोइला पो त जान्छु भन्छे !
जाने भए जाऊ त नि, छेक्ने कुरो आएन,
लौ राम्ररी जाऊ है, मलाई पनि बालै भएन !
दिनुसम्म छाती चिरी, माया मैले दे' कै हो !
च्यात्नुसम्म, मनै च्याती, चोखो पिरती ला' कै हो !
लक्ष्मी नारायणको अगाडि, भावनाको काम भएन !
लौ माया राम्ररी जाऊ, मलाई पनि बालै भएन !!
एउटा गए अर्को आउँछे, त्यो गए झन् अर्को !
उसलाई भुल्न बियर खाको, घाँटीमै पो सर्कियो !
लोकल ठर्रा चाहियो अब, छुसी बियरले काम भएन !
लौ, साइली राम्ररी जाउ है बा, मलाई पनि बालै भएन।
(from FB - by !! जेठा दाई 'प्रखर' !!)
