Author Topic: Bhupi Serchan (भूपी शेरचन)  (Read 5483 times)

0 Members and 1 Guest are viewing this topic.

NepDude

  • Administrator
  • *******
  • Posts: 473
  • Well... Every dog has his day
    • xnepali.com
Bhupi Serchan (भूपी शेरचन)
« on: August 27, 2009, 12:04:01 AM »
भूपी शेरचन

कवि भूपी शेरचनको खास नाम भूपेन्दमान शेरचन हो । उनको जन्म वि.सं. १९९२ साल पुस महिनामा मुस्ताङ जिल्लाको थाक टुकुचेमा भएको हो । भूपी शेरचनका प्रकाशित कृतिहरू- 'परिवर्तन' (नाटक, २०१० साल), 'नयाँ झ्याउरे' (कविता, २०१० साल), 'निर्झर' (कविता, २०१५ साल) र 'घुम्ने मेचमाथि अन्धो मान्छे' (कविता, २०२५ साल) हुन् । साझा पुरस्कार पाउने पहिलो कृति पनि 'घुम्ने मेचमाथि अन्धो मान्छे' नै हो, जसमा ४२ वटा कविताहरू सरल, सुकुमार भाषाशैली र अनुप्रासयुक्त एवम् लयात्मक भावाभिव्यक्तिले सिंगारिएका छन् । भूपी ५ वर्षका हुँदा उनकी आमाको मृत्यु भएको थियो । मातृ वात्सल्यविहीन भूपी अत्यन्त संवेदनशील थिए । उनले दुई विवाह गरे । दोस्री सहयात्री कान्तिसँग उनले २०२५ सालमा अन्तर्जातीय विवाह गरेका थिए । भूपीको निधन २०४६ साल जेठ १ गते भयो ।
Learn from yesterday, live for today, hope for tomorrow. [Anon]

NepDude

  • Administrator
  • *******
  • Posts: 473
  • Well... Every dog has his day
    • xnepali.com
Re: Bhupi Serchan (भूपी शेरचन)
« Reply #1 on: October 01, 2009, 11:00:50 AM »
Learn from yesterday, live for today, hope for tomorrow. [Anon]