Author Topic: Happy Deepawali and Tihar  (Read 13336 times)

0 Members and 1 Guest are viewing this topic.

tundikhel

  • Global Moderator
  • ****
  • Posts: 15865
Re: Tihar (कुकुर तिहार)
« Reply #10 on: November 13, 2015, 04:22:14 AM »
अभिनेत्रीहरुको तिहार यस्तो

साह्रै उमंगित छु
झरना थापा
नाकाबन्दीका कारण दसँै अभाव र तनावमै मनाइयो । तिहार पनि सहज छैन । तर पनि, हिन्दू संस्कारअनुसार तिहार मनाइन्छ । घरमा दीपावली गर्ने, कुकुर, लक्ष्मी, गोबर्धनको पूजाआराधना गर्ने, सेल पकाउने, देउसी–भैलो खेल्न आउनेहरूलाई दक्षिणा दिने, भाइटीकामा भाइलाई टीका लगाइदिने ।
तीन वर्षपछि यसपालि भाइटीका लगाउँदै छु । साह्रै उमंगित छु । पूजाका लागि सामग्री किन्दै छु । घरपरिवारका सदस्यसँग हल्का तास खेल्ने, मीठो–मीठो खाँदै तिहार मनाउने योजना छ ।



मेरो ‘फेभरेट’ पर्व हो
रजनी केसी
तिहार मेरो फेभरेट पर्व हो । जताततै झिलिमिली बत्तीले गर्दा साह्रै रमाइलो लाग्छ । काग, कुकुर, लक्ष्मी, गोबर्धन र भाइको पूजा गरिने चाड भएकाले अन्यभन्दा विशेष लाग्छ । ममीसँग मिलेर सेल पकाउने, भाइसँग बत्ती बाल्ने, देउसी–भैलो खेल्न आउनेहरूसँगै रमाइलो गर्न खुब मन पर्छ । लक्ष्मीपूजा र भाइपूजाका लागि सपिङ गर्दै छु । बच्चामा त देउसी–भैलो खेल्न, नाच्न हुरुक्कै हुन्थेँ । अचेल भने हेर्न रमाइलो लाग्छ । दसैँ परदेशी फिल्मकै प्रमोसनमा बित्यो । तिहार फिल्म सफलताको खुसीयालीमा बिताउँदै छु ।


सेल पकाउँछु
रेखा थापा
अहिले जताजतै अभाव र त्यसले सिर्जित तनाव छ । तर पनि, हाम्रो संस्कार र परम्परा निभाउनुपर्छ । दसैँझैँ तिहार पनि आएझैँ महसुस भएको छैन । स्थिति सहज भएको भए धेरै उमंग हुने थियो ।
यसपालि म काठमाडौंमै तिहार मनाउँछु । देउसी खेल्न आउनेहरूसँग रमाउँछु । लक्ष्मीको पूजाआराधना गर्छु । ममीसँग मिलेर सेल, मीठा–मीठा परिकार पकाउँछु । दाइ, भाइहरूलाई टीका लगाइदिन्छु । अझ सफल होऔँ, सारा नेपालीले सुख पाऊन् भन्ने आशीर्वाद माग्छु ।



कतारमा हुन्छु
केकी अधिकारी
अधिकांश पर्वमा जनावरको बलि चढाइन्छ । तर, तिहारमा भने जनावरहरूको पनि विधिपूर्वक पूजा गरिन्छ । त्यसैले पनि मलाई तिहार निकै राम्रो लाग्छ । बत्तीको झिलिमिली, सप्तरंगी टीका, चारैतिर रौनकता, माहोल नै सुनौलो हुन्छ ।
यसपालिको तिहारमा भने म प्रोग्रामका लागि कतार जाँदै छु । यसअघिका तिहारमा कहिल्यै पनि बाहिर थिइन् । कतारमा रहेका नेपाली दाजुभाइसँग रमाइलो गरेर तिहार मनाउँदै छु, टीका पनि उतै लगाउनुपर्ला ।



रंगोली बनाउँछु
सुरबिना कार्की

अरू पर्वभन्दा तिहार मलाई विशेष लाग्छ । चारैतिर बत्तीको झिलिमिली, फूलहरूको बहार, मौसम नै कत्ति रोमान्टिक हुन्छ । त्यसले गर्दा मनमा साह्रै ऊर्जा थपिने गर्दछ ।
मान्छेको मात्र होइन, घरपालुवा जनावरको पनि पूजा हुने भएकाले तिहार साँच्चै विशेष छ । घर रंगाउन, फूलहरूले सजाउन, सेल पकाउनुका साथै रंगोली बनाउँछु । पहिला–पहिला त भुराभुरी जम्मा पारेर भैलो खेल्न जान्थेँ । अचेलचाहिँ भैलो खेलेको हेर्न मन पर्छ । पटकाहरूको आवाज सुन्दा पनि आनन्द लाग्छ । म घरकी जेठी हुँ । हामी तीन बहिनीको एउटा भाइ छ । उसैलाई टीका लगाइदिन्छौँ ।


धुमधामसँग मनाउँछु

सारिका केसी
मेरो एउटा दाइ हुनुहुन्छ । यसपालि तिहार मनाउन घरै (बागलुङ) जान्छु । तिहारमा घर रंगाउन, भैलो खेल्न साह्रै मन पर्छ । काग, कुकुर, गाई अनि गोरुको पूजा गर्ने प्रचलन निकै राम्रो लाग्छ ।
मलाई दसैँभन्दा तिहार बढी मन पर्छ । गाउँमा तिहारको रौनक नै बेग्लै हुन्छ । साथीहरूसँग हल्का तास पनि खेल्छु । दाइलाई टीका लगाएपछि पाइने आशीर्वाद साह्रै महत्त्वपूर्ण लाग्छ । यसपालि अलि अभाव र स्थिति असहज छ । तर पनि, वर्ष दिनमा एकपटक आउने तिहार धुमधामसँग मनाउँछु ।


लंगुरबुर्जा खेल्छु
महिमा सिलवाल

दसैँमा झँै तिहार मनाउन पनि चितवन नै जाँदै छु । चाडपर्व आफ्नै घरमा रमाइलो हुन्छ । मलाई लक्ष्मीपूजा निकै मन पर्छ । लक्ष्मीलाई सजाएर पूजा गर्दा साह्रै आनन्द महसुस हुन्छ ।
पहिला–पहिला भैलो खेल्न पनि जान्थँे । अचेल भने साथीसंगी कहाँ–कहाँ पुगे, त्यसैले माहोल हुँदैन । घरमा देउसी खेल्न आउनेहरूसँगै रमाउँछु । सेल पकाउने, पटका पड्काउने अनि लंगुरबुर्जा खेल्न आनन्द लाग्छ । एउटा भाइ छ, उसलाई टीका लगाइदिन्छु ।



रंगीन पर्व जमेर मनाइन्छ
अनामिका चौलागाईं

तिहार रंगीन पर्व हो । दीपहरूको उज्यालो, रङहरूको विविधताले वातावरण नै सुन्दर बनाउँछ । त्यसमाथि देउसी–भैलोले माहोल नै रमाइलो हुन्छ । चाडहरूमध्ये तिहार निकै मन पर्छ मलाई ।
फूल टिप्ने, माला उन्ने, घर सजाउने, लक्ष्मीको आराधना गर्ने पर्वको विशेषता नै बेग्लै छ । मेरा दुई दाइ हुनुहुन्छ, दिदीबहिनी मिलेर टीका लगाउँछाँै । साथीहरूसँग भेटघाट हुन्छ, परिवारमा तास खेल्ने, बत्ती बाल्ने तथा दाइहरूबाट आशीर्वाद लिन्छु । नाकाबन्दीका कारण तनाव र अभाव छ । तर पनि, तिहार भने जमेर मनाइन्छ ।


देउसी भैलोको आनन्द लाग्छ
आशिष्मा नकर्मी

झिलिमिली बत्तीको प्रकाश, फूलहरूको सुगन्ध, देउसी–भैलोको गुञ्जाहटले तिहारमा मन आनन्द पार्छ । हरेक तिहारमा थ्री स्टार क्लबले पाटन दरबार स्क्वायरमा नेपाल संवत् नयाँ वर्षको कार्यक्रम आयोजना गर्ने गर्छ । त्यसमा सहभागी हुन्छु ।
नेपाल संवत्को नयाँ वर्षको शुभकामना आदान–प्रदान तथा म्ह: पूजाको माहोल नै बेग्लै हुन्छ । मेरा आफ्ना दाजुभाइ नभएकाले भाइटीका लगाइँदैन । सानामा साह्रै लजालु भएकीले कहिल्यै देउसी–भैलो खेलिनँ । अचेल त झन् कहाँ जानु र खेल्न ।

kurakani

  • 50x
  • ****
  • Posts: 2480
Re: Tihar (कुकुर तिहार)
« Reply #11 on: November 13, 2015, 12:52:13 PM »
सयपत्री,मखमली फुल्यो डाडाभरी ,                 
 शुभकामना सबै लाई शुभदिपावली                     
 दाजु भाइ दिदी बहिनी नहोस निदार खाली

tundikhel

  • Global Moderator
  • ****
  • Posts: 15865
Re: Tihar (कुकुर तिहार)
« Reply #12 on: October 26, 2016, 03:17:42 AM »

Ananya

  • 10X
  • ***
  • Posts: 12
Re: Happy Deepawali and Tihar
« Reply #13 on: October 29, 2016, 04:09:19 PM »
happy tihar...

tundikhel

  • Global Moderator
  • ****
  • Posts: 15865
Re: Happy Deepawali and Tihar
« Reply #14 on: November 08, 2018, 10:26:59 AM »