Author Topic: Rishma Gurung (रिश्मा गुरुंग)  (Read 4267 times)

0 Members and 1 Guest are viewing this topic.

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15959
Rishma Gurung (रिश्मा गुरुंग)
« on: September 24, 2015, 05:14:49 AM »
उस्तै – उस्तै रिश्मा र मैयाँ

कबड्डी फिल्मकी रिल पात्र मैयाँ जति निर्दोष देखिन्छिन्, त्यही भूमिकामा रहेकी रिश्माको रियल जीवन मिल्दोजुल्दो छ। फरक यत्ति हो– यथार्थमा उनी गुरुङ हुन्, फिल्ममा थकाल्नी युवती। रिश्माले चिनेजानेका गाउँले केटी, गाउँकै दृश्य अनि आफ्नै बानीव्यहोरा मैयाँको जस्तै छ।
त्यसैले उनलाई अप्ठ्यारो लागेन मुस्ताङकी थकाल्नी मैयाँ बन्न। कसैले उनलाई मन नपर्ने कुरा गर्दा झनक्क रिसाउँछिन्, जसरी कबड्डीकी मैयाँ रिसाउँछे।

‘एउटा फिल्ममा अफर आएको छ खेल्ने हो रिश्मा ?

उनले केही नसोची तुरुन्तै उत्तर दिइन्, ‘दाइ म त नखेल्ने१ु

घर छाडेर टाढा कतै नपुगेकी। हिरोइन भनेपछि छोटा कपडा लगाउनुपर्ने होला१ सोचिन्– काठमाडौंमै त्यति धेरै हिरोइन छन्। मलाई किन रोजे होलान्१ आफैंमाथि पटक्कै विश्वास लागेन उनलाई।

फिल्म युनिटका ती दाइले भने, ‘थकाली संस्कृतिमा आधारित फिल्म बन्दैछ। त्यसका लागि मिल्ने अनुहार भएकी ग्रामीण युवती चाहिएको छ। त्यो तिमीसँग मिल्छ।ु

रिश्माले घरमा कुरा गरेपछि आमाको खुसी उनको शिरमा पोखियो, ‘तँ भाग्यमानी रैछस् नानी। अवसर नउम्का। बरु म तँसँगै जान्छु।ु रिश्मा बल्ल तयार भइन्, कबड्डीका लागि। सुरुआती फिल्मी कार्यशालामा उनी आमासँगै पुगेकी थिइन्।

पोखरा घारीपाटन जन्मेकी रिश्माले तीन–चार वर्षअघि आफ्नै समुदायबाट बन्ने फिल्मकी हिरोइन बन्ने सपना बुनेकी थिइन्। त्यो सीमित सपनाभन्दा ठूलो भविष्य सोच्ने आँट गरेकी थिइनन्। सपना पछ्याउँदै उनी मोडलका लागि पोखरामै फोटो सुट गरी अनलाइनमा छाइन्। लभ्ली पोखरा डटकममा राखिएको फोटोबाटै मैयाँका लागि प्रस्ताव आएको थियो। यति छिट्टै ठूलो पर्दामा अफर आऊला भन्ने मानसिक तयारीमा उनी छँदै थिइनन्।

उनले गुरुङ भाषा र संस्कृतिमा आधारित ‘कर्म,ु ‘कर्मरेखाुजस्ता फिल्म खेलिसकेकी छिन्। तर आफ्नै समुदायमा मात्र सीमित होला कि भन्ने चिन्ता थियो उनलाई।




कबड्डीका लागि अफर आउँदा सुरुमा आँट नगरेकी रिश्माले फिल्म यसरी हिट होला भन्ने कल्पनासमेत गरेकी थिइनन्।
।।।

वैशाख १२ गते उनी बहिनीसँग पोखराको वाराही हल पुगिन्। टिकट काटिन्। सुरुमा न्युन दर्शक रहे पनि बिस्तारै मान्छे धुइरिए। सिट खचाखच भरियो। आफूलाई कसैले नचिनोस् भनेर उनी दर्शकको रूपमा सुटुक्क हल छिरेकी थिइन्।

उनको चाहना थियो– दर्शकले आफूलाई नभई मैयाँको भूमिकाबारे खुलेर भनून्। नभन्दै दर्शक खुले, मैयाँको प्रशंसामा।

फेरि अर्को दिन उनी हिरोइन बनेर हल पुगिन्। ‘यस्तै नेचुरल एक्टिङ गर्दै गयौ भने भविष्यमा राम्रो गर्न सक्छौु भन्ने पोखरेली दर्शकको आशीर्वाद सँगालेर घर फर्किन्।

उनलाई गुरुङ र थकालीबीचको रीतिरिवाज, चालचलनमा खासै फरक लाग्दैन। थकाली लवज निकाल्न उनले केही दिन बोल्ने प्रयास गर्नुपर्‍यो। मुस्ताङका दिदीबहिनीसँग घुलमिल हुन त बेरै लागेन। ‘हाम्रोमा मामा र फुपूको छोराछोरीमाथि हक जमाउने चलन छ,ु उनी भन्छिन्, ‘गुरुङ र थकालीको सांस्कृतिक विशेषता मिल्दोजुल्दो भएकाले मलाई धेरै सजिलो भयो।ु

गाउँले परिवेश र गाउँकै कथामा भिजेर दर्शकका रूपमा फिल्म हेर्दा आफूले पात्रप्रति न्याय गरेछु जस्तो लाग्छ उनलाई। ‘सकेको भूमिका निभाएकी छु। अझै पनि कमजोरी होलान्,ु भन्छिन्, ‘किनकि म नयाँ छु।ु

जनजातिको संस्कृतिमा केन्द्रित फिल्मले फरक धारबाट कथा टिपेको छ। ‘टिपिकलु गाउँले बोली दर्शकका कानमा गुञ्जिरहने खालका छन्। ‘म गाउँमै हुर्किएकी हुनाले सजिलो भयो,ु उनले भनिन्।

जनप्रिय बहुमुखी क्याम्पस पोखरामा बिबिएस तेस्रो वर्षको रिजल्ट कुरिरहेकी उनले गुरुङ फिल्मबाटै डेब्यु गरिन्। मूलधारको फिल्ममा आउँछु भन्ने त लागेकै थिएन। उनको लक्ष्य थियो– गुरुङ फिल्ममा चल्तीको हिरोइन बन्ने। तर यसका लागि लगानीको चिन्ता थियो उनलाई। ‘त्यस्तो हैसियत पनि थिएन मसँग,ु उनी सगर्व भन्छिन्, ‘यति छिट्टै अफर आउने सोचेको थिइनँ नयाँ फेसको खोजीमा म छानिएँ।ु

कबड्डीका कारण एकाएक चर्चामा आएकी २२ वर्षे रिश्माले अभिनयका लागि राम्रो प्रशिक्षण लिने मौका पाएकी छैनन्। ‘कालरात्रिु सिरियलमा खेल्दाताक दुई हप्तामात्र प्रशिक्षण लिएको उनी सुनाउँछिन्।

‘मुस्ताङकी मैयाँ पात्र र मबीच धेरै फरक छैन। चित्तबुझ्दो भएन भने झर्किने बानी मसँगै मिल्छ,ु उनले हाँस्दै भनिन्, ‘सुटिङ कार्यशालामा सबैभन्दा सजिलो रिसाउन भएको थियो।ु फिल्मको दृश्यमा वीरकाजीले एकोहोरो पछ्याइरहँदा र आमाले विवाहको कुरा गर्दा उनी झर्केर बोल्छिन्। ‘त्यसमा त मैले अभिनय गर्ने परेन,ु उनले ठट्टा गरिन्।

स्वभावैले उनी कम बोल्छिन्। तर यो बानी विस्तारै फेरिँदैछ। ‘फिल्म खेलेपछि बल्ल सबैसँग बोल्न सजिलो भएको छ,ु उनी अझै बोल्न चाहिन्, ‘नचिनेकासँग चिनजान गर्न मलाई समय लाग्छ। संयोग, फिल्ममा त्यस्तै भूमिका पाएँ।