Author Topic: Leader bhaneko ta yesto hunu parchha.  (Read 31441 times)

0 Members and 1 Guest are viewing this topic.

tundikhel

  • Global Moderator
  • ****
  • Posts: 15960
Re: Leader bhaneko ta yesto hunu parchha.
« Reply #20 on: January 26, 2010, 07:01:14 AM »

tundikhel

  • Global Moderator
  • ****
  • Posts: 15960
Re: Leader bhaneko ta yesto hunu parchha.
« Reply #21 on: January 26, 2010, 07:04:43 AM »

tundikhel

  • Global Moderator
  • ****
  • Posts: 15960
Re: Leader bhaneko ta yesto hunu parchha.
« Reply #22 on: February 26, 2010, 07:34:21 AM »
सुजाताको साटो शरदसिंह



गणतन्त्र नेपालको प्रथम राष्ट्रपतिका हैसियतले मित्रराष्ट्र भारतको औपचारकि भ्रमण गरेका राष्ट्रपति रामवरण यादवलाई भ्रमणमा निस्कनुअघि एउटा समस्या आइलाग्यो, सवारी मन्त्री छान्नुपर्ने ।

राष्ट्रप्रमुखहरूको भ्रमणमा एक जना सवारी मन्त्री साथमै जाने नेपालको पुरानो चलन हो । संवैधानिक राजतन्त्र हुँदा पनि तत्कालीन राजा र युवराजका विदेश भ्रमणहरूमा एक जना मन्त्रीलाई सवारी मन्त्री तोकेर पठाइने व्यवस्था थियो । राष्ट्रपति यादवको भारत भ्रमणमा उपप्रधान तथा परराष्ट्रमन्त्री सुजाता कोइरालाले सवारी मन्त्री भएर जाने इच्छा व्यक्त गरेकी थिइन् । आफ्नै दल नेकपा एमालेबाट प्रतिनिधित्व गर्ने मन्त्रीमध्ये एकलाई सवारी मन्त्री बनाएर पठाउने तयारीमा प्रधानमन्त्री माधवकुमार नेपाल थिए । सुजाताले वृद्ध पिता कांग्रेस सभापति गिरजिाप्रसाद कोइरालालाई आफ्नो नाम सिफारसि गरििदन भनेपछि प्रधानमन्त्रीमाथि दबाब पर्‍यो । सानो कुरामा धेरै विवाद नगर्ने भन्दै प्रधानमन्त्रीले सुजातालाई पठाउने आश्वासन पनि दिएका थिए । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार, उनकै नाम नै छापेर भ्रमण टोलीको सूची बनाउने तयारी पनि भएको थियो । भारतमा उनले हवाई सम्झौता नवीकरण गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्ने पनि तय गरयिो ।

तर, यत्तिमै यो कुरा टुंगिएन । सुजाताले सवारी मन्त्री हुन खोजेको कुरा राष्ट्रपति यादवसमक्ष पुग्यो । स्रोतका अनुसार, प्रधानमन्त्रीसँग राष्ट्रपति यादवले उपप्रधानमन्त्री कोइरालालाई सवारी मन्त्री बनाउन अनिच्छा प्रकट गरे ।

सुजातालाई सवारी मन्त्री तोक्ने कुरा चल्दा राष्ट्रपतिलाई असजिलो भएजस्तै अर्कै व्यक्ति तोक्नुपर्दा प्रधानमन्त्रीलाई पनि कसरी सम्झाउने भन्ने असजिलो भएको प्रधानमन्त्रीनिकट स्रोत बताउँछ । राष्ट्रपतिले भ्रमण दलमा सामेल गराउन नचाहेको भनेर नभनी प्रधानमन्त्रीले मन्त्री कोइरालालाई 'अहिले तपाईं नजानोस्, शरत्सिंह भण्डारीजीलाई पठाऊँ' भनेका थिए । कोइरालाले कारण जान्न केही प्रयास गरेकी पनि थिइन् तर प्रधानमन्त्रीले कुरा नखोली संकेत मात्र गरििदएको स्रोतले बताएको छ । यसअघि प्रधानमन्त्री नेपालको औपचारकि भारत भ्रमणमा समावेश नभएर उनले प्रधानमन्त्रीको भ्रमणलाई विवादास्पद बनाइदिएकी थिइन् ।

 चूडामणि भट्टराई

hidemyass

  • 50x
  • ****
  • Posts: 145
  • Addicted!
Re: Leader bhaneko ta yesto hunu parchha.
« Reply #23 on: February 26, 2010, 02:22:50 PM »
देश टुकार्नेहरु मुर्दाबाद ।
||Take it easy||

tundikhel

  • Global Moderator
  • ****
  • Posts: 15960
Re: Leader bhaneko ta yesto hunu parchha.
« Reply #24 on: March 18, 2010, 10:24:54 PM »
रक्षामन्त्रीको क्रूर बयान
काठमाडौं
 

ठाकुरसिंह थारू, बर्दिया

रक्षामन्त्री विद्यादेवी भण्डारीले बर्दिया राष्ट्रिय निकुन्जभित्र नेपाली सेनाद्वारा मारिएका तीन दलित महिला सिकारी भएको आरोप लगाएकी छिन् ।

कुनै आमसभामा भाषण गर्दा उत्तेजित भएर होइन, संसद्को महिला, बालबालिका र समाजकल्याण समितिले जवाफका लागि बोलाएपछि तयारीका साथ गएकी मन्त्री भण्डारीले मारिएका दलित महिलालाई सिकारी भन्दै उनीहरूमाथि सेनाले गोली चलाएको दाबी गरिन् ।

रक्षामन्त्री भण्डारीका अनुसार(काउलो टिप्न गएका दलित महिला) सिकारीले गोली चलाएपछि आत्मरक्षाका लागि सेनाले गोली चलाएको हो । 'आरक्षभित्र चोरी-सिकारी गरिरहेको समूहबाट पहिलो फायरिङ भएपछि सेनाको जवाफी कारबाहीमा सिकारी महिलाहरूको मृत्यु भएको हो, दुई सिकारी महिलाको तत्कालै मृत्यु भयो, एक सिकारी महिलाको उपचारका क्रममा मृत्यु भयो,' मन्त्री भण्डारीले भनिन् ।

घटनाको स्थलगत अध्ययन गरेका मानवअधिकारवादी संस्थाहरूले सेना र वनरक्षकले नियन्त्रणमा लिई हत्या गरेको प्रतिवेदन सार्वजनिक गरेको अर्को दिन रक्षामन्त्री भण्डारीले 'सिकारी महिला'को हत्या भएको दाबी गरेकी हुन् ।

स्थलगत अध्ययनपछि अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मध्यपश्चिम क्षेत्रीय कार्यालय र एड्भोकेसी फोरमले दलित महिलाई नियन्त्रणमा लिएर हत्या गरिएको प्रतिवेदन मंगलबार मात्र सार्वजनिक गरेका थिए । स्थानीय बासिन्दालाई उद्धृत गर्दै प्रतिवेदनमा महिलालाई नियन्त्रणमा लिएको भोलिपल्ट मात्रै हत्या भएको आशंका गरिएको छ ।

मन्त्री भण्डारीले भने संसदीय समितिमा घटनास्थलबाट मृतकहरूका हतियार र बन्दोबस्तीका सामान पनि बरामद भएको दाबी गरिन् । सेनाको ४ नम्बर बाहिनीले घटनाका सम्बन्धमा गरेको छानबिनमा त्यही देखिएको उनको जिकिर छ ।

गत २६ फागुनमा आरक्षभित्र काउलो टिप्न गएका सुर्खेत हरिहर- २ का अमृता विक, देवीसरा विक र उनकी १२ वर्षीया छोरी चन्द्रकलालाई सेनाले गोली हानी मारेको थियो । श्रीमती देवीसरा, छोरी चन्द्रकला र बुहारी अमृता गुमाएका कृष्ण अहिले पनि सेनाको हिरासतमा छन् । सेनाले नियन्त्रणमा लिएर बलात्कारपछि तीनैजना महिलाको हत्या गरेको आरोप स्थानीय बासिन्दाले लगाइरहेका छन् ।

रक्षामन्त्री र सेनाले दोहोरो गोली हानाहानमा महिलाको मृत्यु भएको दाबी गरे पनि घटनास्थलमा १२ वर्षीया बालिकाको पेन्टीसमेत बाहिर भेटिएको थियो । 'गोली हानाहान भएको भए घाउ पो लाग्थ्यो, भित्री वस्त्र चौरमा आयो कसरी ?' स्थानीय बासिन्दाको भनाइ छ ।

घटनाको ८ दिनपछि संसदीय समितिमा उपस्थित मन्त्री भण्डारीले भने मृतकहरूको बलात्कार नभएको दाबी गरिन् । 'बलात्कारपछि हत्या गरिएको भन्ने कुरा आएपछि पुनः पोस्टमार्टम गरिएको छ । तर, त्यो रिपोर्टमा पनि बलात्कार भएको देखिएको छैन,' उनले भनिन् । तर, सात दिनपछि पुनः पोस्टमार्टम हुँदा लास कुहिएर गन्हाइसकेकोले बलात्कार भए-नभएको पुष्टि हुन नसकेको जानकारी फरेन्सिक विशेषज्ञको छ । पहिलो पोस्टमार्टम भने सेनाले एक्लै गराएको थियो ।

तर, मन्त्री भण्डारीले भने आरक्षभित्र चोरी-सिकारी भइरहेको सूचना आएपछि गस्तीमा गएको सेना र वन सुरक्षाकर्मीको संयुक्त टोलीले सिकारी महिलाहरूलाई फेला पारेको बताइन् । 'सिकारीहरूको समूहबाटै पहिलो फायर खोलिएपछि सेनाले जवाफी फायर गरेको हो,' उनले भनिन् ।

सभासद्हरूले भने मन्त्री भण्डारीको भनाइप्रति असहमति जनाउँदै सरकार र सेनाको चर्को आलोचना गरे । मारिएका दलित महिला सिकारी भएको र उनीहरूबाटै पहिलो फायरिङ भएको भन्ने रक्षामन्त्रीको भनाइ तथ्यहीन भएको भन्दै समितिमै सभासद्हरूले आक्रोश व्यक्त गरे ।

सेनाले महिलाहरूको बलात्कारपछि हत्या गरेको सभासद्हरूको आरोप थियो । 'मृतक महिलाहरू न सिकारी हुन् न उनीहरूसित हतियार नै थियो । उनीहरूको अपराध भनेको गरिब र विपन्न हुनु मात्रै हो,' बैठकमा बोल्दै सभासद् मंगल विकले भने, 'सेनाले महिलाहरूलाई भोग गरेर हत्या गरेको हो ।' हत्या गर्ने सैनिकहरूले नै घटनाको छानबिन गर्दै छ भनेर रक्षामन्त्रीले भन्दा 'आफैं झाँक्री, आफैं बोक्सी'को उखान चरितार्थ भएको उनले बताए ।

सभासद् शारदा नेपालीले घटनास्थलमा मृतकहरूबाट हतियार र सुकुटी भेटियो भन्ने रक्षामन्त्री भण्डारीको भनाइ पूरै गलत भएको दाबी गरिन् । हत्या गरिसकेपछि सेनाले नै हतियार र सुकुटी मृतकहरूको छेउमा राखेको उनले बताइन् । 'सेनाले सुकुटी र भरुवा बन्दुक पनि आफैं राखेको हो, अनि हवाईफायर पनि आफैंले गरेको हो,' उनले भनिन् । सरकारले तलबभत्ता खुवाएर राखेको सेनाले सर्वसाधारणमाथि 'साँढे'को जस्तो व्यवहार गर्ने गरेको आरोप उनले लगाइन् ।

सभासद् विनोद पहाडीले सेनाले मानवअधिकारकर्मीहरूलाई समेत घटनास्थलमा जान नदिएर थप शंका उत्पन्न भएको बताए । 'घटनाको हप्ता दिन बित्दासमेत सरकार किन मौन बस्यो ?' उनले मन्त्री भण्डारीसित प्रश्न गरे, 'तपाईं मन्त्री मात्र होइन, एउटी महिला हो र आमा पनि हो, एउटी १२ वर्षकी बालिकाले हतियार बोकेर सिकार खेल्न गइन् भनेर तपाइं कसरी पत्याउनुहुन्छ ?' तर उनको प्रश्नको जवाफ मन्त्री भण्डारीले दिइनन् ।

सभासद् पुरन दयालले पुरुषलाई कब्जामा लिएर महिलालाई मात्रै गोली हान्नुले पनि घटनालाई थप रहस्यमयी बनाएको बताए । परिवारका तीनजना मारिएर विक्षिप्त भएका पीडितलाई उल्टै पक्राउ गरेर सरकारले मानवीय संवेदनासमेत नदेखाएको उनले बताए ।

छानबिन समिति

यसैबीच सरकारले बर्दिया घटनाबारे छानबिन गर्न सहन्यायाधिवक्ता सरोज गौतमको संयोजकत्वमा तीनसदस्यीय छानबिन समिति बनाएको छ । समितिमा वन मन्त्रालयका सहसचिव र रक्षा मन्त्रालयका उपसचिव सदस्य रहेका छन् ।

मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले छानबिन समिति गठन गरेको गृहमन्त्री भीम रावलले बताए । त्यस्तै, मृतकहरूको काजकिरिया गर्न प्रतिव्यक्ति २५ हजार रुपैयाँ दिने निर्णय पनि बैठकले गरेको उनले बताए ।

tundikhel

  • Global Moderator
  • ****
  • Posts: 15960
Re: Leader bhaneko ta yesto hunu parchha.
« Reply #25 on: March 18, 2010, 10:25:46 PM »

winkantipur

  • spammer
  • *
  • Posts: 83
Re: Leader bhaneko ta yesto hunu parchha.
« Reply #26 on: May 01, 2010, 12:14:36 AM »
yesko krur ni hun6n Rakshya Mantri chiii!!!

tundikhel

  • Global Moderator
  • ****
  • Posts: 15960
Re: Leader bhaneko ta yesto hunu parchha.
« Reply #27 on: May 01, 2010, 02:29:23 AM »
Karima Begum

सात कक्षा मात्र पढेकी एक मुश्लिम महिला.

फोरम फुट्यो। उनी लागिन् विजय गच्छेदारतिर। दोस्रो/तेस्रो पटकको विस्तारमा पनि मन्त्री नबनाएपछि उनले गच्छेदारलाई भनिन्, 'तेरो अर्को आँखा पनि फुटाइदिन्छु।' विराटनगरमा एउटा आँखा अखिलले फुटाइदिएका थिए। त्यसपछि? अर्कोपालिको विस्तारमा करिमा भइन् कृषि राज्यमन्त्री।






कृषिराज्यमन्त्री करिमा बेगमको कुटाइ खाएका पर्सा जिल्लाका तत्कालीन सिडिओ दुर्गाप्रसाद भण्डारीको एक दिनको डायरी

"करिमाले 'तिमीले मलाई हेपेर पुरानो गाडी पठाएको ? मन्त्रीलाई हेप्ने तिमी को ?' भन्दै झम्टिइन् । मैले केही बोल्न नपाउँदै उनले मेरो कठालोमा समातेर चार/पाँच झापड हानिहालिन् । मेरो चस्मा फुट्यो । आँखामा सामान्य चोट पनि लाग्यो ।"

२०६६ कात्तिक २४

संस्कृतिमन्त्री मिनेन्द्र रिजाल र भौतिक योजना तथा निर्माण राज्यमन्त्री करिमा बेगम पर्सा जिल्ला आउँदै थिए । एकैदिन दुईजना मन्त्री जिल्ला आइपुग्दा सुरक्षा व्यवस्थालगायत अन्य व्यवस्थापनमा ध्यान दिनुपर्ने थियो । त्यसैले अरू दिनभन्दा अलि बढी कामको बोझ थियो । मन्त्रीहरू जिल्ला आउने भएपछि सधैँ यस्तै हुन्छ । राज्यमन्त्री करिमा बेगम आउने जानकारी अघिल्लो दिनै उनका निजी सचिवले दिएका थिए ।

त्यसदिन बिहान सधैँझैँ केही साथीसँग भेटघाट गरियो । जिल्लामा बिमानस्थल नभएकाले बाराको बिमानस्थलमा ओर्लिएर मन्त्रीहरू बारा आउनुपर्छ । पर्सा र बारा जिल्ला प्रशासन कार्यालयले समन्वय गरी भिआइपीको सुरक्षा व्यवस्था मिलाउनुपर्ने हुन्छ । मन्त्रीको सुरक्षा विषयमा बाराका प्रमुख जिल्ला अधिकारी तारानाथ गौतमसँग अघिल्लो दिन पनि कुरा भएको थियो । र, त्यस दिन बिहान पनि भयो ।

अघिल्लो दिन राज्यमन्त्री बेगमका स्वकीय सचिवले जिल्ला विकास समितिको गाडी राज्यमन्त्री बेगमलाई लिन पठाइदिनू भनेका थिए । तर, स्थानीय विकास अधिकारीले जिविसको गाडी काठमाडौँतिर लैजानुभएको थियो । मन्त्री भएपछि उहाँ जिल्ला आउँदा करिमालाई सधँै जिविसकै गाडी चाहिन्थ्यो । त्यही गाडी पठाउनू भनेर आदेश नै आउँथ्यो । छन त अर्को राम्रो गाडी पनि थियो, नारायणी सिँचाइको । तर, त्यसदिन त्यो पनि उपलब्ध थिएन । फिल्डमा लगिएको थियो । कृषि अनुसन्धान परिषद्को गाडी खाली थियो । मन्त्रीको लागि बिहान ७ बजेतिरै त्यही गाडीलाई मैले बिमानस्थल पठाएँ । त्यो मित्सुबिसी गाडी एकदम कन्डिसनमा थियो ।

बाराको सिमरा बिमानस्थलमा ९ बजेतिर नै आउने भनिए पनि प्लेन ढिलो गरी उडेकाला उहाँ दस बजे मात्रै आइपुग्नुभएछ । जिविसको गाडी नदेखेपछि रिसाउनुभएछ । म दस बजे नै अफिस पुगिसकेको थिएँ । बिमानस्थलबाटै उहाँको पिएले फोन गरेर 'जिविसको गाडी किन नपठाएको ? मन्त्रीज्यू साह्रै रिसाउनुभएको छ,' भने । गाडी पठाउन नसक्नुको कारण बताएँ मैले । तर, उनले मेरो कुरै नसुनी फोन ढ्याक्क राखिदिए । मन्त्रीको सामान्य असन्तुष्टि होला, उनलाई नै भेटेर गाडी पठाउन नसक्नुको कारण बताउँला भन्ने सोचेँ ।

तराईका जिल्लाहरूमा जनसंख्या बढी भएकाले यहाँका सिडिओ कार्यालयहरूमा जहिल्यै पनि सेवाग्राहीहरूको भीड हुन्छ । त्यसदिन पनि मेरो कार्यालयमा भीड थियो । त्यसैले म नियमित काम गर्न थालेँ । सवा एकतिर मलाई मन्त्रीले मोबाइलबाट फोन गरेर सोधिन्, 'तपाईं कहाँ हुनुहुन्छ ?' मैले 'अफिसमै छु' भनेँ । उनले 'तपाईंसँग कुरा गर्नु छ । किन थोत्रो गाडी पठाउनुभयो ? कुरा गर्न म कार्यालयमै आउँछु,' भनेर फोन काटिन् ।

मन्त्री मेरो कार्यालयमा आउने भनेपछि म उनलाई स्वागत गर्न बाहिर निस्केँ । करिब चालीस/पचासजना कार्यकर्ताको हुलसहित करिमा बेगम आइन् । मैले सोचेँ- 'मन्त्री आएपछि जिल्लास्तरका कार्यकर्ता पछि लाग्ने नै भए ।'

मैले उनलाई बाहिरै स्वागत गरेँ । त्यसपछि मेरो कार्यकक्षतिर जाऔँ भनेर भित्र लगेँ । मन्त्रीसँगै कार्यकर्ताको लस्कर पनि आयो । साढे एक बजेको थियो होला । कार्यकक्षमा पुगेर म आफ्नो कुर्सीमा बस्न पनि पाएको थिइनँ, करिमाले 'तिमीले मलाई हेपेर पुरानो गाडी पठाएको ? मन्त्रीलाई हेप्ने तिमी को ?' भन्दै झम्टिइन् । मैले केही बोल्न नपाउँदै उनले मेरो कठालोमा समातेर चार/पाँच झापड हानिहालिन् । मेरो चस्मा फुट्यो । आँखामा सामान्य चोट पनि लाग्यो । म अलिकति पछाडि हटँ । त्यसपछि पनि उनी आक्रामक भएपछि उनका कार्यकर्ताले उनलाई पक्रेर पछाडि हटाए । रक्सी पिएर बेस्कन मातेको मान्छेले जस्तो उनी मलाई झम्टिन खोजिरहेकी थिइन् ।

त्यसपछि 'तँलाई यहाँबाट तुरुन्तै सरुवा गर्दिन्छु' भन्दै कार्यकर्ताको हुलसहित उनी बाहिरिइन् । त्यतिबेला त्यस्तै पौने दुई जति भएको थियो कि । जुन गाडी पुरानो र थोत्रो भयो भनेर त्यत्रो हंगामा मच्चाउनुभएको थियो, त्यही लिएर जानुभएछ ।

जिल्लाको शान्तिसुरक्षाको जिम्मेवारी लिएर बसेको राष्ट्रसेवकमाथि जिम्मेवार मन्त्रीबाट यस्तो कुटपिट होला भन्ने त मैले सपनामा पनि सोचेको थिइनँ । करिमाले 'जिविसको गाडी किन नपठाएको ?' भनेर सोध्लिन् र जवाफ दिउँला भन्ने सोचेको थिएँ । आफ्नै कार्यकक्षमा यसरी कुटिँदा मलाई पनि कम्ति रिस उठेको थिएन । तर, मैले संयमित भएर जिम्मेवार राष्ट्रसेवकको भूमिका निर्वाह गरेँ ।

करिमा बेगम सिडिओ कार्यालयबाहिर निस्किनासाथ मैले गृहमन्त्री भीम रावललाई फोन गरेर घटनाबारेमा जानकारी गराएँ । उनले मन्त्रिपरिषद्मा कुरा लगेर कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरे । जिल्लास्थित अरू सरकारी कार्यालयका प्रमुखहरूलाई पनि जानकारी गराएँ । मलाई कुटेको विरोधमा सबै कार्यालय तत्कालै बन्द भए । जिल्ला प्रशासन कार्यालयका कर्मचारीले पनि काम ठप्प पारिहाले । घटना बाहिर आएपछि पत्रकार साथीहरू घटनाबारे जानकारी लिन आए । मेरो कार्यकक्षमा पत्रकारको भीड लाग्यो । राजधानीका विभिन्न मिडिया हाउसका पत्रकारका पनि धमाधम फोन आउन थाले । कार्यालय र मेरो मोबाइलको घन्टी बजेको बजै गर्न थाले । घटनाका विषयमा बताउँदाबताउँदा म त हैरानै भएँ । तीन बजेतिर पर्साका सबै सरकारी कार्यालय र सुरक्षा निकायका प्रमुखहरू पनि आए । घटनाका विषयमा छलफल भयो । पत्रकार, कार्यालय-प्रमुख र सुरक्षानिकायका प्रमुखहरूसँग कुरा गर्दागर्दै कार्यकक्षमै ५ बज्यो । साढे एकदेखि पाँच बजेसम्मको त्यो साढे तीन घन्टालाई खै कसरी व्याख्या गर्ने ? एकातिर म कुटिनु र अपमानित हुनुको पीडाले रन्थनिएको थिएँ भने अर्कातिर, सबैले देखाएको सद्भाव र सहानुभूतिले मलाई 'म एक्लो छैन' भन्ने आभाष गराइरहेको थियो ।

पाँच बजेपछि सबै कार्यकक्षबाट बाहिर निस्किएँ । कार्यालयनजिकै क्वार्टर थियो । म अविवाहित हुँ । क्वार्टरमा सुरक्षा गार्ड र एकजना सहयोगी मात्रै थिए । फोन एकोहोरो आइरहेको थियो । सञ्चारमाध्यमलेे समाचार प्रसारण गरेपछि मेरा आफन्तका पनि फोन आउन थाले ।

क्वार्टरमा विभिन्न कार्यालयका प्रमुखहरू आउनुभयो । अब कसरी अघि बढ्ने भन्ने विषयमा छलफल भयो । साँझ पाँच बजेभित्र पर्साका अधिकारकर्मी संघ/संस्था, कर्मचारी संगठनलगायतले घटनाको विरोध गर्दै विज्ञप्ति जारी गरिसकेका थिए । गृहमन्त्रीले पनि कारबाहीको प्रतिबद्धता व्यक्त गरिसकेका थिए । त्यसकारण, मैले केही राहतचाहिँ महसुस गरेको थिएँ ।

राज्यमन्त्री करिमा बेगमसँग औपचारिक चिनजान भएको तिथिमिति ठ्याक्कै याद छैन मलाई । २०६४ मा सुनसरीबाट सरुवा भएर पर्सा आएपछि उनीसँग बेलाबेला फोनसम्पर्क हुन्थ्यो । २०४१ सालमा निजामती सेवामा प्रवेश गरेको हुँ । चौधवटा जिल्लाको प्रजिअ भएर काम गरेँ । तर, पर्सामा जति दबाब र तनाब कहीँ झेल्नुपरेन । त्यस घटनाअघि पनि मलाई करिमाले फोनमा रुखो वचन नगरेकी होइनन् । फोन गरेर यो गरिदिनू/त्यो गरिदिनू भनेर आदेश दिइरहन्थिन् । उनीसँग तिक्तता बढेको चाहिँ भन्सार कान्डपछि हो । उनको श्रीमान् गाडीको टायरको व्यापार गर्थे । एकचोटी भन्सार छलेर अवैध रूपमा टायर ल्याउँदा प्रहरीले पक्राउ गरेको थियो । त्यसबेला मलाई करिमाले फोन गरेर उनको श्रीमान्लाई तुरुन्तै छाड्न आदेश दिएकी थिइन् । तर, मैले अस्वीकार गरिदिएँ । सायद, उनले त्यसबेलाको बदला लिएको हुनसक्छ ।

घटना भएको यतिका महिना बितिसक्यो । म अहिले काठमाडौंको कारागार व्यवस्था विभागमा छु । तर, अझै पनि त्यस घटनाको आघातबाट मुक्त हुन सकेको छैन । निर्दोष कर्मचारीमाथि व्यक्तिगत सनक पोख्ने मन्त्रीलाई कारबाही हुन्छ भन्ने सोचेको थिएँ । तर, त्यसो हुन सकेन । उल्टै, मलाई कारबाही गराउने राजनीतिक प्रपञ्च सुरु भएको छ ।

नेपाल सरकारको अनुमतिविना फौजदारी मुद्दा हाल्न नपाइने व्यवस्था छ । तर, करिमाले मविरुद्ध फौजदारी मुद्दा हालेकी छिन् । म तारेख धाइरहेको छु । गत चैतमा एकचोटी पर्सामा गएर तारेख दिएँ, वैशाखमा पनि तारेखका लागि जानु छ । कुटाइ खाने पनि मै, अनि दोषी बनाइने पनि मै ? तर, मलाई अदालतप्रति पूर्ण विश्वास छ । मैले अवश्य न्याय पाउँछु । यो देशमा कानुन हुँदो हो त करिमालाई पक्राउ गरिँदो हो । पर्सामा उनीविरुद्ध मुद्दा हालेको यतिका महिना भइसक्यो । उनी तारेखका लागि पनि गइनन् । दण्डित हुनुपर्ने मान्छे देशको मन्त्री भएर छाती फुलाउँदै हिँडिरहेकी छिन् ।

मलाई अहिले करिमा बेगमप्रति कुनै गुनासो छैन । गुनासो छ त, सरकारप्रति । मन्त्रीेले त विवेक गुमाएर एकजना राष्ट्रसेवक कर्मचारीलाई कुटिहालिन्, तर सरकारले पनि विवेक गुमायो । सरकार पनि करिमाजस्तै मूर्ख र विवेकहीन भयो ।

kurakani

  • 50x
  • ****
  • Posts: 2481
Re: Leader bhaneko ta yesto hunu parchha.
« Reply #28 on: July 05, 2010, 12:12:21 AM »

ratamakai

  • 50x
  • ****
  • Posts: 332
Re: Leader bhaneko ta yesto hunu parchha.
« Reply #29 on: July 05, 2010, 01:37:20 AM »
Fucking neta haru !! ajai tyo bidya bhandari chai laaj saram namanera k heri baseko ho yesto apradh huda pani  !!!