Author Topic: Random Facebook Quotes !!  (Read 61861 times)

0 Members and 1 Guest are viewing this topic.

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 16001
Re: Random Facebook Quotes !!
« Reply #30 on: January 18, 2010, 11:22:43 AM »
Dipendra Lama

कपिलवस्तुमा कैदीहरुले एक रातमै ७ मिटर सुरुङ खनेर भागेछन् ।
यता सरकारले चाहिँ मेलम्चीको सुरुङ ६ महिनामा ४ मिटरमात्र खनेछ ।
अब यो सुरुङ खन्ने जिम्मा कैदीहरुलाई नै दिए काठमाडौंमा मेलम्चीको पानी छिट्टै आइपुग्थ्यो कि !


************


Harihar Pokharel
शान्तिपुर्ण सभ्य समाज बिना बिकास सम्भब हुदैन भने असभ्य समाजलाई बिकासको अधिकार कसरी हुन्छ ?
अनी असभ्य समाज परिवर्तन गर्न नसक्ने राज्य कसरी सफल हुन्छ ?
हाम्रो देशमा उल्टो छ ,समाज सभ्य छैन शान्तिपुर्ण छैन ,बिकास भएन भन्छौ |
राजनितिक पार्टीहरु समाज परिवर्तन गर्न चाहदैनन शासन गर्न चाहन्छन ,म सफल हुँ भन्छन जब राज्यनै असफल छ पारटी कसरी सफल होलान ?
कतै असफल राष्ट्र बन्ने त होईन मुलुक ?
संयुक्त राष्ट्रसंघमा पनि चर्चा भएछ |
« Last Edit: January 18, 2010, 11:34:10 AM by tundikhel »

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 16001
Re: Random Facebook Quotes !!
« Reply #31 on: January 18, 2010, 11:36:42 AM »
 Dipendra Lama 

कसैले राजतन्त्र र हिन्दु अधिराज्यको माग राखेर आमरण अनसन बस्यो भने के गर्ने ?
जुस पिलाएर माग पूरा गरिदिने कि चारपाटा मुडेर लखेटिदिने ?


**********


 Dipendra Lama 
जाँडको अमिलो,
लप्सीको अमिलो,
हरियो आँपको अमिलो,
सुन्तलाको अमिलो,
कागतीको अमिलो,
भुइँकट्टहरको अमिलो र
 तीन पत्ते झारको अमिलो ।

एउटै अमिलोमा यति अन्तर भेटिन्छ भने सबै मान्छेबाट उस्तै व्यवहार किन अपेक्षा गर्ने ?

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 16001
Re: Random Facebook Quotes !!
« Reply #32 on: January 18, 2010, 11:41:11 AM »
 Dipendra Lama 

पोखराको बैंकमा भएको लुटपाटसम्बन्धी समाचारमा 'रिपब्लिका'ले लुटेराहरु मधेसी र 'नागरिक'ले तराई मूलका भएको लेखेका छन् भने 'कान्तिपुर'ले त झन् भारतीय मूलका लेखेको छ । समाचार दिने प्रहरी पनि पहाडिया समाचार लेख्ने पनि पहाडिया अनि यस्तो किन नहोस् त ? यो पहाडी अहंकारवादको ताजा उदाहरण हो ।


 Dipendra Lama 

सबैभन्दा अग्लो शिखर सगरमाथा हो तर चढ्न सबैभन्दा अप्ठेरो शिखर चाहिँ केटु र अन्नपूर्णलाई मानिन्छ ।
त्यसैले साथीहरु जुन लक्ष्यमा हुनुहुन्छ, त्यसमा विचार गर्नुस् ! त्यो अग्लो देखिए पनि अप्ठेरो नहुनसक्छ र होचो देखिए पनि सजिलो नहुनसक्छ !


 Dipendra Lama 
पत्रिकामा छापिएका समवेदनाका विज्ञापन पढ्ने हो भने यस्तो लाग्छ मानौं:-
यस देशमा अत्यन्त मिलनसार, आत्मीय, स्नेही, प्रातः स्मरणीय, परममित्र, परमपूज्य, ममतामयी, कर्तव्यनिष्ठ, इमानदार, श्रद्धेय, अनन्यमित्र, मृदुभाषी, कर्मठ र कर्तव्यपरायणहरुको मात्र असामयिक निधन भइरहेको छ ।


tundikhel

  • Global Moderator
  • ******
  • Posts: 16001
Re: Random Facebook Quotes !!
« Reply #33 on: January 19, 2010, 02:53:22 AM »
Girish Pokhrel
प्रचण्डका गफः सुगौली सन्धी अघिका भूभाग भारतले फिर्ता गर्नुपर्यो रे ।
जे मन लाग्यो त्यही बोलेर हुन्छ ।
अहिले भएको भूभाग अतिक्रमण रोकेदेखि नै काफी छ ।

**************

Bishwadeep Pandey
चर्चामा आउने दुइटा तरिका हुन्छन्; एउटा आफैंले राम्रो काम गरेर अर्को; राम्रो काम गर्ने मान्छेलाई गाली गरेर।
नेपालका अहिलेका राजनीतिकर्मीहरूमध्येमा जीवनको पाना सबभन्दा बढी खुला भएको सायद मै छु।
मेरो ५५ वर्षे जीवनमा चारित्रिक, नैतिक र अन्य कुनै पनि हिसाबले अहिलेसम्म दाग लागेको छैन।
ती मान्छेहरू मलाई विवादमा ल्याउँछन् जो िनम्न पूँजीवादी, सामन्ती संस्कारमा हुर्केका छन्, जसमा रिस, डाह र इर्ष्या छ।
उनीहरू निष्कलङ्कित मान्छेलाई केही भनेपछि चर्चामा आउन पाइन्छ भनेर त्यसो गर्छन् जस्तो लाग्छ।
कम्युनिष्ट पार्टी पनि यही धरातलमा जन्मिएको हो।

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 16001
Re: Random Facebook Quotes !!
« Reply #34 on: January 19, 2010, 02:55:42 AM »


Matrika Poudel
यी बाझे पनि दुःख लाग्छ यिनले बर्बादै पारे देश भनी....यी मिले पनि सुख छैन यिनले के षडयन्त्र गरे भनी....


sibbalnoma

  • 50x
  • ****
  • Posts: 134
Re: Random Facebook Quotes !!
« Reply #35 on: January 19, 2010, 08:30:19 AM »
Awesome collections dude... Keep it up...

kurakani

  • 50x
  • ****
  • Posts: 2485
Re: Random Facebook Quotes !!
« Reply #36 on: January 19, 2010, 12:46:55 PM »
Thanks tundikhel for updates...

more from my side:




Sanjay Malla

एउटा चाउचाउले विज्ञापनमा आफ्नो प्रोडक्टलाई राम्रो देखाउन अर्को चाउचाउ (पोखराबाट उत्पादन हुने) लाई जोकर बनाउदै के भन्न खोजेको हो कु्न्नी ?
अनि अर्को चाउचाउ छ जसले आफ्नो चाउचाउ यति धेरै बिक्री भइसक्यो कि त्यो खोल मात्रै पृथ्बी र चन्द्रमाको दुरी ३ पटक आउन जान पुग्छ रे ।
अब यो चाउचाउको प्लास्टिकको खोलले बातावरण बिगार्न जिम...्मेवार भयो कि भएन ।
या हामीले यति धेरै बातावरण बिगार्न सघाउ पुर्यायौं भनेर गर्ब गरया ?
 के हो यार दङ्ग पर्नु ?


tundikhel

  • Global Moderator
  • ******
  • Posts: 16001
Re: Random Facebook Quotes !!
« Reply #37 on: January 19, 2010, 03:23:27 PM »
Thanks kurakani and sibbal...


 Dipak Bhattarai 

ल त्यस्सै हैन्छ नि नेपाली सेनाले सुरक्षाको सबैभन्दा खतरा वाइसिएलबाट हो भनेर प्रतिवेदन तयार पारेको। भारतीय प्रधान सेनापति दीपक कपुरलाई एयरपोर्टाँ कालो झण्डा देखाउन न माओवादीका जनमुक्ति सेना आए न माउवादी कार्यकर्ता। तिनै वाइसिएल कार्यकर्ताले पो विरोध गरे। कस्तो दिर्घकालीन सोँच यार नेपाल आर्मीको...


 Dipak Bhattarai 

क्या जानेका छन् यार..उच्चस्तरीय राजनीतिक संयन्त्रको आजको मिटिङ के गरेर सके भनेको त अर्को मध्यमस्तरीय संयन्त्र बनाएर पो सकेछन्। हाम्लाई चाहिएको चैं अब आउने आइतबारदेखि माउवादीले गर्ने भनेको अनिश्चितकालिन नेपाल बन्द यो षडयन्त्र हो कि केल्ले फिर्ता लिन लगाउँछ कि लगाउन्न भन्ने हो.. त्यस्तै संयन्त्र मात्रै बनाइरहने हो भने तिम्रा पो काम के र ?


 Dipak Bhattarai 
अस्ति नै प्रधानमन्त्री माधव नेपाल भारत जाँदा भारतका एउटा राज्यमन्त्रीले एयरपोर्टाँ स्वागत गर्याथ्ये। यस्तो सोचिराके हिजो भारत गाका हाम्रा गृहमन्त्रीलाई एयरपोर्टाँ स्वागत गर्न को आयो होला ?अस्ति भारतीय विदेश मन्त्री नेपाल आउँदा स्वागत गर्न हाम्रो उप प्रधानमन्त्री नै पुगिथिइन् नि....


 Dipak Bhattarai 
श्रीलङ्का,बंगलादेशाँ आपत पर्दा त नेपाल सरकारले सहयोग गरे झैं लाग्थ्यो। अहिले नि अलिकता सहयोग हैटीका लागि गरिदिए हुन्थ्यो नि। एउटा विदेश भ्रमण क्यान्सिल गरेनी लाखौं डलर दिन पुग्थ्यो के रे। सर्कारको बुद्धि छैन भनेर अरु संघ संस्थालाई उठाओ भनम् भने केटाहरुले सप्पै यही खाइदिन्छन्...

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 16001
Re: Random Facebook Quotes !!
« Reply #38 on: January 19, 2010, 03:37:24 PM »
 Dipak Bhattarai 
अब किन्न पर्ने सामानको लिस्टाँ कसौंडी नि राख्न परो। बिजुली नभएसी कपडाँ आइरन अर्नलाई प्रेसर कुकर र ताप्के भन्दा कसौंडी अलिक राम्रो हो। मेरो त अनुभव बोलेको हो के रे। कसैलाई जँचे फोकटाँ पाको सल्लाह लिए हुन्छ(हास्नुपर्ने कारण धेरै छन् हा हा हा...)


 Dipak Bhattarai 
जाँड खाएर सामान छोड्नेहरलाई नि एउटा बहाना मिल्यो। प्रधानमन्त्री माधव नेपालसँ रउसी पिएसी प्रचण्डले चश्मा छोडेर हिडेको घटना गता साताभरी चर्चामा रहिरह्यो नि। 'तेत्रा ठूला मान्छेले त रउसी पिएसी सामान छोड्दा रचन्, मलाई मात्र नपेल्न हउ भनेर भन्न पाइयो नि...' (हास्नुपर्ने कारण धेरै छन् हा हा हा...)





 Dipak Bhattarai
महिला मन्त्रालयमा पुरुष मन्त्री सर्वदेवप्रसाद ओझा भाको त नौलो लाग्न छोड्याथ्यो। हुँदाँ हुँदा दलित आयोगको अध्यक्षमा गैर दलित शिवशंकर ठाकुर भछन्। यस्तै चालले सरकारी नियुक्ति जति भागबन्डा गर्दै जाने हो भने कुन दिन हाम्रा देशाँ हज कमटीको अध्यक्ष् हिन्दु बनाइदीन्छन्.. ..(हास्नुपर्ने कारण धेरै छन् हा हा हा...)




tundikhel

  • Global Moderator
  • ******
  • Posts: 16001
Re: Random Facebook Quotes !!
« Reply #39 on: January 19, 2010, 11:08:34 PM »
Surya Tripathee 
संबिधान सभाको बैठकमा माओवादी सभासद राम बहादुर थापाले पृथ्वी नारायण शाहको सुरुवाल नै अहिलेको राष्ट्रिय झण्डा हो भनेर राष्ट्रिय झण्डाको ईतिहास सुनाएछन। यस्ता चरित्रहिन,उच्छ्रिन्खल र नैतीकताको खडेरी परेको नेता र पार्टीको कार्यकर्ताहरु कस्तो होलान भनेर आशा गर्ने !यस्ता बोलिको ठेगान नभएका आभारहरु राष्ट्र र राष्ट्रियताको सवालमा गम्भिर छन भनेर कसरी विश्वाश गर्ने ?


Aabaj Sharma
माओवादी नेता प्रचण्डको फोटो नेपाली झण्डामा राखनुपर्छ ./ उनको जुँगा क्या ग्लामरस छ देख्नु भयको छैन ? उनको माने माने भन्ने थेगो राष्ट्रिय गान बनाइनु पर्छ / मान्छेले कुरै बुझ्दैनन् र पो /