Author Topic: Rejina Upreti - जन्मदिन फिल्म युनीटसँग  (Read 7495 times)

0 Members and 1 Guest are viewing this topic.

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15886
काठमाडौंै/ नायिका रेजिना उप्रेतीले आफ्नो जन्मदिन सुटिङ युनिटलाई पार्टी दिएर मनाएकी छन् । राज फिल्मको सुटिङका लागि पोखरा पुगेकी रेजिनाले सोमबार -पुस २७) राज फिल्ममा कार्यरत प्राविधिक तथा कलाकार टोलीबीच 'बर्थ-डे केक' काटिन् ।

अधिकांश जन्मदिन आफ्नो परिवारसँग मनाएकी उनले यसपटक फिल्म युनिटसँग मनाउँदा केही नौलो अनुभूति भएको बताइन् ।
'अधिकांश बर्थ-डे परिवारसँग मनाएकी थिएँ । यसपटक सुटिङ युनिटसँग मनाउँदा केही नौलो अनुभूति भयो ।' बर्थ-डे सेलिबे्रसनमा आफ्नो परिवार साथमा नहुदा भने केही खल्लो महसुस भएको बताउँदै रेजिनाले फोनमा भनिन्, 'फ्याम्लीलाई धेरै मिस गरेँ । सुटिङ युनिट पनि परिवारकै हिस्सा भएकाले निकै रमाइलो भयो ।'
दिनभरि नै आफूलाई जन्मदिनको शुभकामना आइरहेको बताउँदै प्रफुल्लित स्वरमा रेजिनाले भनिन्, 'राति १२ बजेदेखि नै ह्याप्पी बर्थ-डे म्यासेज आउन सुरु भयो । अहिलेसम्म पनि आइरहेको छ ।'
 बर्थ-डे केक काटेपछि उनले राजका पूरै कलाकार तथा प्राविधिकलाई भोज खुवाएकी थिइन् । दिनभरि सुटिङ भएकाले गिफ्ट भने खासै पाइनछन् उनले । सुटिङ युनिटमै भए पनि आफ्नो जन्मदिन तामझामका साथ मनाएकी रेजिनाले यो आफ्नो कति औँ बर्थ-डे हो, त्यो भने बताइनन् । भनिन्, 'हरेक पुस २७ गते मेरो बर्थ-डे हो । यसपालि कति औँ हो, त्यो भने बताउँदिन ।' 

manishaghimire

  • Guest
Mero tarfa bata pani Rejina Uprety ji lai be lated happy birthday.

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15886
म होइन मेरो चरित्र घुमीरहेको हुन्छ : रेजिना उप्रेती     

- अमेरिका दर्पण संवाददाता



निर्देशक लय संग्रौलाको सामाजिक कथामा आधारित टेलीचलचित्र चेतनाबाट गाउँले भुमिकाबाट आफ्नो अभिनय यात्रा शुरू गरेकी रेजिना उप्रेती पछिल्लो समयमा अंगप्रदर्शनको मामलामा निकै नै खुलेर देखिएकी छिन् । कहिले निर्देशकलाई ढुंगाले हान्ने गरेर पनि उनी विवादमा तानिएकी छिन् । अभिनय भन्दा पनि कपडामा ध्यान दिएर होला पछिल्लो समयमा उनले कुनै पनि सफल चलचित्र दिन सकेकी छैनन् । स्पष्ट वक्ता नायिका उप्रेतीसँग सेक्स र एक्सपोजरका बिषयमा गरिएको कुराकानी प्रस्तुत छ :

 चलचित्रमा अभिनय गर्दा पुरुष साथीसँग कतिपय अवस्थामा कामुकताको अभिनय गर्नुपर्ने हुन्छ । त्यस्तो परिस्थितिमा उत्पन्न हुने स्थितिलाई कसरी नियन्त्रण गर्नुहुन्छ ?

 मान्छेले १०/५ को काम गर्छ। त्यो समय उसले यताउति नगरिकन अफिसकै बारेमा मात्रै सोच्छ । मेरो पनि अभिनय गर्नु भनेको काम हो । ३५/४० जनाको अगाडि काम गर्दा त्यतिखेर मैले 'रोमान्स' गरिराछु भन्दा पनि काम हो कसरी त्यो कामलाई 'नेचुरल' हुन्छ भन्ने कुरामा ध्यान दिन्छु । मैले के गरिराख्या छु र मैले कहाँ कहाँ छोइराछु भन्ने भावना नै हुँदैन । सिर्फ कामतर्फ ध्यान जान्छ ।

 सेक्सबारे तपाईंको के धारणा छ ?

 यसको बारे सबैलाई थाहा छ । मैले भनिरहनुपर्ने जरुरी नै छैन ।

 विहेको सोचाई केही छ कि ?

 अहिले सोच छैन । हेरौँ दुई चार वर्षपछि ।

  सेक्स मानवीय आवश्यकता हो ?

 सायद भगवानले जरूरी देखेर नै बनाएको होला । वंश सञ्चालनको लागि आवश्यक छ सेक्स ।

 सेक्सबारे कुरा गर्न हामी नेपाली किन सङ्कुचित छौँ ?

 हाम्रो कल्चरले हामीलाई बाँधेको छ । यसैले हामी खुलेर कुरा गर्न सक्दैनौँ । यही नै राम्रो ।

 उमेरले 'सेक्स' डिमाण्ड गर्छ ।

पूर्ति गर्न के गर्नुहुन्छ ?

 भोक लाग्दा मान्छेले कुनै न कुनै तरिकाबाट खाना खान्छ, त्यस्तै त्यो पनि जरूरत भएपछि मान्छेले कुनै न कुनै तरिकाबाट पूर्ति गरिहाल्छ ।

 संसारकै सेक्सी महिला को हुन् जस्तो लाग्छ ?

 मान्छेको आ-आफ्नै हेर्ने तरिका हुन्छन् । छोटो लुगा लगाउँदैमा सेक्सी देखिने र लामो लुगा लगाउँदैमा 'सेक्सी' नदेखिने भन्ने हुँदैन। राम्रो पर्सनालिटी भएका संसारका कुनै पनि केटी 'सेक्सी ' देखिन्छन् । म यो मात्रै भनेर भन्दिनँ ।

 महिलाको कुन भाग अथवा कुन अङ्ग सेक्सी लाग्छ तपाईंलाई ?

 कसैको हेराइमा नै सेक्स अपील हुन्छ, कसैको ओठ सेक्सी हुन्छ । कसैको अनुहार, कसैको बडी स्टक्चर, कुनै पनि भाग सेक्सी लाग्न सक्छ । यो नै भन्ने लाग्दैन। हेर्ने नजरले पनि 'सेक्सी' कुनै पार्ट हुनसक्छ ।

 तपाईं रेजिना उप्रेतीको चाहिँ कुन पार्ट 'सेक्सी' लाग्छ ?

 यो नै भन्ने छैन । म हिरोइन हुँ, यसैले मेरो 'फेस'देखि हरेक अङ्गमा सेक्सी देखियोस् भन्ने चाहन्छु ।

 तपाईंलाई कुन पार्ट एक्सपोज भइरहेजस्तो लाग्छ ?

 त्यस्तोमा यो नै भन्ने छैन । जस्तो साडी लगाउँदा पनि मान्छे सेक्सी देखिराखेको हुन्छ । नाइटो पनि शो भइराखेको हुनसक्छ । स्थितिअनुसार के राम्रो देखिरहेको छ त्यो प्रयोग हुन्छ ।

 नेपाली चलचित्र उद्योगमा पोख्त एक्सपोजरहरू छन् ?

 धेरै छन् । अहिलेका हिरोइनहरू धेरै छन् । आफूलाई बुझेर आफूले गर्नुपर्ने ड्रेस सबैजसो गर्छन् । अब निर्देशकहरूले कुरा गर्ने हो भने क्यारेक्टरअनुसारको 'एक्सपोज' उनीहरू गराउँछन् ।

 बेलामौकामा विभिन्न घटनामा तपाईंको 'कन्टोभर्सी' (विवादहरू) आइरहेकै छन् । किन यस्तो ?

 म कलाकार हूँ । कलाकार भएपछि राम्रो काम गर्दा वा  भन्छन् विवादास्पद काम गर्दा विवाद हुन्छ । विश्वको कुनै पनि चलचित्र उद्योगमा यस्तो भइरहेको हुन्छ । स्क्याण्डल हुनु भनेको यस क्षेत्रमा कुनै नयाँ कुरा होइन । मैले कामको वाह पाएँ भने पनि ठीकै छ । गल्तीको बारेमा कमेन्ट आयो भने पनि सल्लाह सम्झन्छु । अब आइन्दा यो गर्दिनँ भनेर सोच्छु ।

 नेपाली चलचित्रको सबैभन्दा बढी सेक्सी नायक र नायिका को ?

 यो नै भन्ने छैन । सबैजना हुनुहुन्छ । सबैको आफ्नै आफ्नै विशेषता छ ।

        'सेक्सी' इमेजका वा यसबारेकै सिनेमा बन्न थाल्यो भने तपाईं खेल्नुहुन्छ ?

 अवश्य खेल्छु, किनभने त्यहाँ म हैन मेरो चरित्र मात्रै घुमिरहेको हुन्छ ।