Author Topic: Nisha Sunar - Lok Singer - Item dance in movie  (Read 8135 times)

0 Members and 1 Guest are viewing this topic.

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15886
Nisha Sunar - Lok Singer - Item dance in movie
« on: January 25, 2010, 07:11:55 AM »


  निशाको आइटम डान्स
आइतवार, 24 जनवरी 2010 12:42 नागरिक






मनोज अधिकारी, पोखरा, माघ १०- लोक गायिका निशा सुनार 'आइटम गर्ल'का रूपमा फिल्ममा देखिने भएकी छिन्। शोभित बस्नेतद्वारा निर्देशित फिल्म 'राज'मा निशाको 'आइटम डान्स'मा दोब्बर उमेरका कलाकार शिव श्रेष्ठले साथ दिएका छन्।

'घरमा हेर्‍यो घरमै टेन्सन बाहिर हेर्‍यो बाहिरै टेन्सन' बोलको गीतमा निशाले फिल्मका मुख्य खलनायक शिव श्रेष्ठसँग आइटम नृत्य गरेकी हुन्। माघको ठन्डीमा बिहानै छोटा र पारदर्शी कपडा लगाएर आइटम नृत्यका लागि तयार भएकी निशाले चिसोको कुनै मतलब नगरी विभिन्न पोजमा दृश्य दिइन्।

उनलाई शरीरका अंग हल्लाउँदै अझै 'सेक्सी पोज' दिन नृत्यनिर्देशक शिव बिक उक्साउँदै थिए। हिरोइन रेजिना उप्रेती निशालाई शरीर बंग्याएर र मर्काएर कामुक हाउभाउमा उतार्न पछाडिबाट सघाइरहेकी थिइन्। 'यो आइटम दृश्य भएकोले आज मैले निशालाई सघाइरहेकी छु,' उनले भनिन्, 'यो उनले फिल्ममा गरेको पहिलो आइटम नृत्य हो।'

चिसो बिहानीमा तालको किनारमा बसेर टेक लिइरहेका नृत्यनिर्देशक बिक निशाको आइटम दृश्यबाट तातिने प्रयास गर्दै थिए। शोभितले पक्क परेर हेरेकाले आफूलाई लाज लागेको भन्दै निशाले आपत्ति जनाएपछि शोभित ओझेलमा परे। त्यसपछि फेरि सुरु भयो निशाको आइटम पोज।

फिल्ममा खलनायक बनेका शिव श्रेष्ठले निशालाई देखेपछि 'टेन्सन' हुन थालेको कथावस्तुमा यो आइटम गीत राखिएको निर्देशक शोभितले बताए। कथाअनुसार फिल्ममा शिव श्रेष्ठ भाडामा चल्ने भयंकर बलिया र खुंखार खलपात्र हुन्। अत्यन्त शक्तिशाली हुनुपर्ने, हाउभाउमा नायकत्व देखिनुपर्ने र कमेडी गर्न पनि जान्नुपर्ने खलपात्रको भूमिका भएकाले शिवलाई लिइएको शोभितले बताए। 'फिल्ममा खलपात्र शिवको 'इन्ट्री' यही गीतबाट हुन्छ,' उनले भने।

गजेन्द्र रञ्जितको शब्द, शम्भुजीत बास्कोटाको संगीत तथा शम्भुजीत र राम श्रेष्ठको स्वर रहेको उक्त गीतलाई पुरै दुई दिन लगाएर फेवातालमा सुटिङ गरिएको छ।

लोकप्रिय लोकगायिका निशा फिल्ममा आफूले दिएको आइटम दृश्यले करियरमा कुनै असर नगर्ने बताउँछिन्। फेवातालको बीचमा डुंगामाथि आफ्नो वक्ष र नितम्ब हल्लाइरहेकी निशाले आफू आवश्यक परे अझै 'एक्सपोज्ड' हुन तयार रहेको समेत बताइन्।

'यसअघि पनि विभिन्न गीतमा आइटम नृत्य गरिसकेकी छु,' उनले भनिन्, 'फिल्ममा यो पहिलो हो। अझ यहाँभन्दा पनि आइटम दृश्य दिन पनि मलाई आपत्ति छैन।'

उनले आफ्नै रिमिक्स एल्बम 'निशा'को 'तिम्रो मन त चक्कु छुरी' बोलको गीतमा हिरो दिलिप रायमाझीसँग यस्तै आइटम नृत्य गरेको र त्यसैबाट प्रभावित भएर शोभितले आफूलाई 'अफर' गरेको बताइन्।

उनले यस्ता दृश्यका लागि नाच्दा आफ्ना पति पवनसँग अनुमति लिएको कुरा खुलाइन्। व्यापारी पति अहिले कतारमा गएका बेला आफू सुटिङ आएको बताउने निशाले यसपछि आफ्नो नियमित विधा लोकगीतमा फर्कने बताइन्।

'पानमा पराग छ', 'यतै दिल गाँसे हुन्न र', 'नभन मायाले' र रिमिक्स 'निशा' एल्बम बजारमा ल्याइसकेकी उनले आफू छिट्टै अर्को लोकगीतको एल्बम निकाल्ने तयारीमा रहेको बताइन्।

पोखरामा ६० प्रतिशत सुटिङ सकेर 'राज' युनिट शनिबार राजधानी फर्किएको छ। सुटिङ बाँकी रहे पनि अनिश्चितकालिन बन्दको हल्लाका कारण युनिट फर्किएको हो। उनले बाँकी सुटिङ काठमाडौ र मनाङमा गर्ने बताए।

गजेन्द्र रञ्जित र मोहनकृष्ण श्रेष्ठ निर्माता रहेको 'राज' मा शिवका अतिरिक्त बिराज भट्ट र दोहोरो भूमिकामा रेजिना उप्रेती देखिने छन्।

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15886
Re: Nisha Sunar - Lok Singer - Item dance in movie
« Reply #1 on: January 25, 2010, 07:14:33 AM »

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15886
Re: Nisha Sunar - Lok Singer - Item dance in movie
« Reply #2 on: January 25, 2010, 07:18:17 AM »




royaltiger26155

  • xNew2
  • **
  • Posts: 24
Re: Nisha Sunar - Lok Singer - Item dance in movie
« Reply #3 on: January 25, 2010, 12:58:45 PM »
No items dance showing Items Maal Bhai....!!!

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15886
Re: Nisha Sunar - Lok Singer - Item dance in movie
« Reply #4 on: January 25, 2010, 02:03:49 PM »



माझी दाइले बचाए

कान्तिपुर संवाद्‍दाता
कास्की, २०६६ माघ ११ -
लोकगायिका निशा सुनारलाई फिल्ममा पहिलो आइटम डान्सले कटु अनुभव दिएको छ । 'राज' का लागि शनिबार नायक शिव श्रेष्ठसँग कम्मर मर्काएको केही क्षणपछि उनी फेवातालमा डुबेर भाग्यले बाँच्न सफल भइन् ।

'घरमा गए'नि टेन्सन, बाहिर गए'नि टेन्सन...' गीतको छायांकन सकिन लाग्दा उनी सँगैका एक यात्रु चढेको डंुगाबाट अर्कोमा हाम फाल्ने क्रममा त्यो डुंगा पल्टँदा फेवातालमा डुबेकी थिइन् । तालको बीच भागमा डुबेकी गायिकालाई चालकले जम्प गरी तत्काल उद्धार गरेका थिए । उनीसँगै रहेका अन्य यात्रुले भने अर्को डंुगामा समातेर ज्यान बचाएका थिए ।

सुटिङ युनिटसँग शनिबारै काठमाडौं फर्केर आराम गरिरहेकी निशाले डुंगाचालकको बहादुरीका कारण आफू बच्न सफल भएको बताइन् ।

'ती डुंगाचालक नभएको भए म सायद यो अवस्थामा हुन्न थिएँ,' उनले फोनमा कान्तिपुरसँग भनिन्, 'उनले आफ्नो ज्यानको बाजी राखेर मलाई तालबाट निकाले ।' डुबेर निकै पानी खाएका कारण चिसो लागेको उनले बताइन् ।

निशा तालमा खसेपछि सुटिङ युनिटमा खैलाबैला मच्चिएको थियो । 'अलिकति ढिलो भएको भए उनको ज्यानै जान सक्थ्यो,' 'राज' का निर्देशक शोभित बस्नेतले फोनमा भने, 'धन्न, माझी दाइले बचाए ।'

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15886
Re: Nisha Sunar - Lok Singer - Item dance in movie
« Reply #5 on: January 25, 2010, 02:08:11 PM »



नाच्दा-नाच्दै नायिका फेवातालमा चुर्लुम्म

शिव शर्मा
'अलिकति ढिला भएको भए निशाको ज्यानै जान सक्थ्यो,' निर्दैशक बस्नेतले भने, 'माझी दाईले निशालाई बचाए ।'
कास्की, २०६६ माघ १० -
नायक शिव श्रेष्ठ  संग कुममा कुम मिलाएर नृत्य गरेकी  लोकगायिका निशा सुनार शनिबार  डुङ्गा दुर्घटनामा परेर बाँच्न सफल भएकी छिन् ।

सुटिङका क्रममा डुङ्गा तरेर वारी आउने क्रममा एक युवक डल्मलाएर नजिकै रहेको अर्को डुङ्गामा हाम फाल्दा डुङ्गा पल्टेर उनी फेवातालको बीच भागमा खसेकी थिइन् । डुङ्गामा रहेका अन्य पाँच हाम फालेर अर्को डुङ्गामा झुन्डिएपछि बाँच्न सफल भए ।

डुङ्गा पल्टिदा उनि तालमा खसेकी थिइन । हात देखाएर गुहार मागीरहेकी निशालाई पानी भित्र पसेर माझीले बचाउन सफल भएका थिए ।सायद माझी नभएको भए मलाई निकाल्ने कोही हुने थिएनन,' निशाले भनिन, 'बल्लतल्ल ज्यान जोगियो ।' तालमा डुबेपछि पानी पिएकी निशा चिसोका कारण घरमै आराम गरेर बसेकी छि्न ।

सोभित बस्नेतद्वारा निर्देशित चलचित्र राजको छायाङकनको क्रममा दिनभर फेवातालमा 'आइटम' डान्समा नृत्य गरेकी सुटिङ सकिन लाग्दा उनि तालमा खसेपछि सुटिङ युनिटमा खैलाबैला मच्चिएको थियो । निशालाई बचाउन हारगुहार गरेपछि माझी तालभित्र पसेर उनलाई उद्धार गर्न सफल भएका थिए । 'अलिकति ढिला भएको भए निशानको ज्यानै जान सक्थ्यो,' निर्दैशक बस्नेतले भने, 'माझी दाईले निशालाई बचाए ।'


tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15886
Re: Nisha Sunar - Lok Singer - Item dance in movie
« Reply #6 on: January 26, 2010, 12:31:57 AM »