Author Topic: Mausami Malla - Photo Profile  (Read 13839 times)

0 Members and 1 Guest are viewing this topic.

kurakani

  • 50x
  • ****
  • Posts: 2479
Mausami Malla - Photo Profile
« on: February 14, 2010, 02:00:35 PM »
श्रीमान्ले दिएका अनगिन्ती दुःख
11/02/2010
प्रस्तुति-राजेश राई


आर्मी परिवारमा जन्मिएकी हुँ म । सानैदेखि खेलकुद क्षेत्रमा रुची थियो । खेलाडी बनेर देशविदेशमा नाम कमाउने सपना देख्थँे । माध्यमिक तहमा पढ्दै गर्दा एथलेक्टिसको राष्ट्रिय खेलाडी बन्न पनि सफल भएँ । खेलबाहेक नृत्यमा पनि मेरो राम्रो दक्खल थियो । तर, हिरोइन बन्ने सपना भने थिएन मेरो ।

फिल्मी क्षेत्रमा म मौसमी मल्ल भनेर चिनिए पनि मेरो खास नाम विष्णु ठकुरी हो । चितवन जिल्लामा अहिले पनि खेलाडी विष्णु ठकुरी भनेर मलाई चिन्ने धेरै छन् ।

बिहे गरेर पोखरा गएपछि म नायिका बनेँ, नायिका मौसमी मल्ल । बिहेपछि मेरो अभिनययात्रा सुरु भयो । यससँगै मेरा संघर्ष र दुःखका दिन पनि सुरु भए । त्यसबेलादेखि सुरु भएका संघर्ष र दुःख अहिलेसम्म जारी छन् । यिनले मलाई भोलि छोड्ने छैनन् भन्ने लाग्छ ।

***

म घरको एक्लो सन्तान, बाआमाले दस कक्षामा पढ्दै गर्दा १५ वर्षको उमेरमा नै पोखराको केटासँग बिहे गरिदिनुभयो । पन्ध्र वर्षकी केटीलाई श्रीमती र बुहारीको जिम्मेवारीबारे के नै थाहा हुन्छ र ? अहिले यस्तो लाग्छ- त्यो बिहे मेरो बालापनको हरण थियो, मेरो हाँसो-खुसीको अपहरण थियो । स्कुले पोशाकमा सजिएर साथीसँगीसँग हाँसखेल गर्दै स्कुल जानुपर्ने उमेरमा मैले सिन्दूर/पोतेमा बाँधिएर 'घर' गरिखानुपर्‍यो । तर, बाआमाप्रति मेरो कुनै गुनासो छैन । उहाँहरूले मेरोे राम्रो नै सोच्नुभएको थियो ।

दाम्पत्यजीवन भनेको के हो ? प्रेम केलाई भनिन्छ ? यस्ता कुरा थाहै नपाई म बच्चाकी आमा भएँ । एस.एल.सी परीक्षा दिँदा मेरो पेटमा बच्चा थियो । अरूहरूजस्तै स्वतन्त्र भएर परीक्षा दिन पाएको भए मैले कति राम्रो नतिजा ल्याउँथे होला भन्ने लाग्थ्यो । तथापि, मैले एस.एल.सी राम्ररीनै पास गरेँ ।

***

२०४० सालमा बी.एस. थापाले निर्देशन गरेको 'कान्छी' फिल्ममा बच्चाको भूमिकाबाट अभिनय सुरु गरेँ । त्यसबेला मेरो चार महिनाको छोरो थियो । राम्रो नृत्य गर्न सक्ने बच्चीका रूपमा मैले चितवनमा परिचय बनाएको थिएँ । म चितवनबाट बिहे गरेर पोखरा आएको थाहा पाएपछि निर्देशक थापाले मलाई खोजेर त्यस फिल्ममा खेल्ने अवसर दिनुभएको हो । त्यसबेला मैले परिवारमा निकै संघर्ष गरेरमात्रै फिल्म खेल्न पाएँ ।

श्रीमान्को जागिरको कारण पोखरामा एक वर्ष बसेपछि काठमाडौँ आए । काठमाडौँ आएपछि कलेज पढ्ने रहरले पद्मकन्या कलेज भर्ना त गरेँ, तर त्यसबेलासम्म दोस्रो बच्चा भइसकेकाले पढ्ने रहर पूरा हुन सकेन । सँगैका साथीहरू कलेज पढ्न गएको देख्दा मलाई पीडा हुन्थ्यो ।

काठमाडौँ बस्न थालेको चार वर्षपछि निर शाहले निर्देशन गर्नुभएको पच्चीस वसन्तमा दोस्री नायिकाको रूपमा अभिनय गर्ने अवसर पाएँ । यसमा अभिनय गरेपछि एकाएक मेरो माग बढ्यो । मैले 'भाग्यरेखा', 'तिलहरी', 'भुमरी' गरी आधा दर्जन फिल्ममा अभिनय गरेँ । तर, सिनेमाको पर्दामा जुन भूमिका गरिरहेको हुन्थेँ, वास्तविक जीवनमा पनि म त्यही भूमिकामा थिएँ । अर्थात्, फिल्ममा शोषणमा परेको पात्रको रोल गरिरहँदा वास्तविक जीवनमा पनि म घरेलुहिंसाबाट पीडित भइरहेकी हुन्थेँ ।

काठमाडौँमा सुरुका एकदुई वर्ष त श्रीमान्बाट राम्रै माया पाएँ । तर, पछि श्रीमान्मा एकाएक परिवर्तन आयो । त्यसपछि म श्रीमान्बाट अनेकौँ प्रताडना सहन बाध्य भएँ । श्रीमान्बाट धुस्नो हुनेगरी कैयौँपल्ट चुटिएँ म । अन्य दुव्र्यवहारका त के कुरा गर्नु र ?

श्रीमान्लाई म र दुईवटा छोराभन्दा अर्कै प्रेमिका प्यारी भइसकेकी थिइन् । सानातिना कुरामा पनि उनी मलाई शारीरिक र मानसिक यातना दिन्थे । 'बाहरवाली' सित रंगिन जीवन बिताउन थालेपछि 'घरवाली' को अनुहार देख्यो कि रिस उठ्दोरहेछ श्रीमान्हरूलाई । मेरो श्रीमान् बाहरवालीको प्रेममा पागलनै भएका थिए । उनलाई मेरो चिन्ता त छँदै थिएन, दुई जना अबोध छोराहरूका पनि वास्ता गर्दैन थिए ।

श्रीमान्बाट भनिसाध्य नहुने पीडा पाएँ, तर पनि कसैलाई भन्न सकिनँ । सर्वसाधारण महिला भएको भए श्रीमान्ले कुट्यो भन्दै हिँड्न सजिलो हुन्थ्यो होला । तर, फिल्मजगतकी एउटी स्थापित नायिकाले त्यसरी भन्दै हिँड्न कहाँ सक्थी र ? स्टार हुनु भनेको धेरै बन्धन र अप्ठ्यारामा पर्नु हो । भित्र हजार पीडा र दुःख सहनु परे पनि बाहिर खुसीको नाटक गरेर हिँड्नु पर्ने बाध्यता थियो । फिल्मी-जिन्दगी बाँचेर फिल्म खेलिरहँे ।

****

छोराहरूको भविष्यका लागि धेरै दुःख-पीडा सहेर भए पनि केही वर्ष श्रीमान्सँगै बसेँ । यो एकप्रकारको सम्झौता थियो । तर, जब श्रीमान्ले अर्की श्रीमती ल्याए, त्यसपछि सम्बन्धबिच्छेद गर्नुबाहेक अर्काे विकल्प देखिनँ । जतिसुकै स्थापित र जतिसुकै चर्चित नायिक भए पनि आखिर म यौटी नारी थिएँ र, एउटा नारीले श्रीमान्बाहेक अरू सबै कुरा बाँड्न सक्छे ।

नारीका दुस्मन नारी नै हुन् भन्ने सत्य मैले राम्ररी बुझेँ । वास्तवमा श्रीमान्भन्दा बढी त्यस महिलाप्रति मेरो घृणा र गुनासो छ, जसले मेरो जीवन तहसनहस गरिदिई ।

सम्बन्धविच्छेदअघि श्रीमान्लाई दुई छोरा र श्रीमती हुँदाहुँदै दोस्री श्रीमती ल्याउनुको कारण धेरैपल्ट सोधेँ, तर उत्तर पाइनँ । उत्तरको सट्टा यातना पाएँ । ती दिनहरूमा मैले बेहोरेको पीडा र मैले बगाएका आँसु सम्भिmँदा मलाई अहिले अत्यास लागेर आउँछ । तर, मैले इमानदार भएर भन्नुपर्छ- तिनै पीडा र आँसुले मलाई अघि बढ्ने ऊर्जा दिएका हुन् ।

अदालतमा सम्बन्धविच्छेदका लागि उभिएको त्यो क्षण मेरो जीवनको सबभन्दा सुखद् र दुखद् क्षण थियो । सुखद्- किनभने म श्रीमान्का प्रताडनाबाट मुक्त हुँदै थिएँ । र दुखद् यसअर्थमा कि अब मैले समाजका अनेक प्रश्नका सामना गर्नुपथ्र्याे । तर, श्रीमानसँग रहँदा पाएका दुःखका कारण उसबाट टाढिनु मेरा लागि पीडाको विषय भएन, अलिकति पनि भएन ।

धेरै महिला श्रीमान्ले दोस्री श्रीमती ल्याएपछि पनि श्रीमान्सँगै बसेका छन् । मलाई के लाग्छ भने ती महिला, जोसँग कुनै विकल्प हुँदैन, श्रीमान्का पीडा र यातना सहेर पनि ऊसँगै बस्न बाध्य हुन्छन् । तर, मसँग थुप्रै विकल्प थिए । मसँग दुई छोरा र आफूलाई पाल्न सक्ने क्षमता र साहस थियो । त्यसैले मैले सम्बन्धविच्छेद गरँे ।

*****

मैले श्रीमान्सँग नौ वर्ष बिताएको थिएँ । यस अवधिमा एउटी श्रीमतीले श्रीमान्बाट पाउने मायाको खासै अनुभव गर्न पाइनँ । बरु, 'म लोग्ने हुँ' भन्ने दम्भपूर्ण र विकारग्रस्त मनोविज्ञान भएको पतिदेव भनाउँदाहरूबाट श्रीमतीहरू कति पीडित हुन्छन्, त्यसको प्रशस्त अनुभव गर्न पाएँ ।

तर, सम्बन्धविच्छेदपछि पनि मैले पीडा र प्रताडनाको शृंखलाबाट मुक्ति पाइनँ । श्रीमान्सँग रहँदा उसबाट प्रताडित भएँ, श्रीमान्बाट छुट्टएिपछि समाजबाट प्रताडित भएँ । पीडा दिने मामिलामा सिंगो समाज कुनै 'टिपिकल लोग्ने' भन्दा कम रहेनछ ।

श्रीमान्सँग छुटेपछि समाज र आफन्तका मलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आयो, आमूल परिवर्तन भनेजस्तो ! 'कसैसँग सल्किएकी थिई होला, र त लोग्नेले छाड्दयो' भन्न थालेका थिए मान्छेहरू । तर, 'त्यसको लोग्ने अर्कीसँग सल्केकाले उसले त्यसलाई छाडिदिई' भन्ने कोही भएनन् ।

श्रीमान्सँग बस्दा कामबाट राती अबेर घर फकिर्ंदा कसैले केही भन्दैनथे, तर सम्बन्धविच्छेदपछि बेलुका अलिकति ढिलो हुँदा छरछिमेक र साथीसङ्गी कुरा काटिहाल्थे । मेराअगाडि केही नभने पनि मेरापछाडि नराम्रा कुरा गरिहाल्थे । एक्लै भएपछि हरेक पाइला विचार गरेर चाल्नुपर्दाे रहेछ । पहिले श्रीमान्सँग बस्दा मलाई चरित्रवान् देख्नेहरू पछि एक्लै भएपछि मलाई चरित्रहीन देखिरहेका थिए । यस्तै हो समाज ! मान्छेहरू अरूका छोरीबुहारीलाई चरित्रहीन भनेर आफ्ना छोरीबुहारीलाई सतीसावित्री साबित गर्न खोजिरहेका हुन्छन् ।

आफ्ना दुई सन्तानको भविष्य सम्झेर म समाजका शंका, उपशंका, आरोप, आक्षेपआदि सबैको बेवास्ता गर्दै अघि बढेँ । एक्लो जीवनमा पीडा जति भए पनि केही स्वतन्त्रता भने हुँदोरहेछ । कुनै काम गर्दा श्रीमान्, सासुससुराले के भन्लान् भनेर डर मान्नुनपर्ने !

*****

श्रीमान्सँग छुट्टएिपछि केही समय माइत गएर बसेँ । माइती पनि श्रीमान्सँग जानु र एक्लै जानुमा फरक हुँदोरहेछ । म एक्ली छोरी भएकाले बाआमाबाट मैले सबै खालका सहयोग पाएँ । तर, माइतीमा बस्दा पनि समाजको मलाई हेर्ने दृष्टिकोण भने उस्तै थियो । सबैका नकारात्मक नजरबाट हुने पीडा र तनावबाट मुक्त हुन आफ्ना दुई छोरालाई चितवनमा बाआमाको घरमा छाडेर म बेल्जियमतिर लागेँ । बेल्जियममा पनि हाइसञ्चो त कहाँ थियो र ? तर, हरेक पाइलामा सहनुपर्ने आलोचनाबाट भने म मुक्त थिएँ । नेपालमा ब्युटिसियनसम्बन्धी काम गरेकाले बेल्जियममा पनि त्यही काम गरेँ ।

बेल्जियममा चार वर्ष बसेर नेपाल फर्किएपछि एकल महिला समूहमा आबद्ध भएर महिलाहिंसाविरुद्ध काम गर्न सुरु गरेँ । एकल महिलाका पीडा र समस्याका भुक्तभोगी भएकाले एकल महिलाको पक्षमा काम गर्न मलाई धेरै सजिलो भयो । त्यही अभियानमा एकल महिलासम्बन्धी वृत्तचित्र बनाएर देशव्यापी प्रदर्शन पनि गरेँ । अहिले पनि महिलाहिंसाविरोधी अभियानमा लागेर काम गरिरहेकी छु ।

*****

बिहेको प्रस्ताव लिएर धेरै पुरुष आए र आइरहेका पनि छन् । मेरी आमा पनि मलाई घरजम गरेर बस भनिरहनुहुन्छ । तर, बिहे भन्नासाथ म आतंकित हुन्छु । उसो त, कहिलेकहीँ गाह्रो-अप्ठ्यारोमा सहयोग गर्ने र साथ दिने कोही भइदिए कति जाति हुन्थ्यो भन्ने नलाग्ने होइन । तर, आफ्नो ध्वस्त वैवाहिक जीवन सम्भिmनासाथ झसंग हुन्छु । त्यसैले पुनः बिहे गर्ने कल्पनासम्म गरेकी छैन ।

सम्बन्धविच्छेदपछि फिल्मीक्षेत्रबाट लामो समय हराएँ म । एक हिसाबले पलायन भएँ भने हुन्छ । तर, सबै कुरा मिलाएपछि तेह्र वर्षपछि फिल्म 'गिरफ्तार' निर्माण गरेर यस क्षेत्रमा पुनः आएँ ।

मलाई मेरो जीवन पनि फिल्मजस्तै लाग्छ । महिलाहिंसालाई समेटेर बनाइएका फिल्मका कथा मेरै कथाजस्ता लाग्छन् । म आफँैले खेलेको 'तिलहरी' त झन् मेरै कथाजस्तो लाग्छ । तिलहरीमा सानै उमेरमा बिहे भएकी एउटी महिलाले श्रीमान्बाट शारीरिक र मानसिक यातना पाएकी छे भने समाजबाट मानसिक यातना । यसबाहेक मेरो जीवनसँग मेल खाने धेरै फिल्म छन् ।

आफ्नै जीवनका घटनालाई समेटेर फिल्म बनाउने योजनामा छु । मेरो कथा हजारौँ नेपाली महिलाको कथा हो । मेरो कथामाथि बनाइएको फिल्म सुपरहिट नहोला र ?

kurakani

  • 50x
  • ****
  • Posts: 2479
Re: Mausami Malla - Photo Profile
« Reply #1 on: February 14, 2010, 02:08:07 PM »

महिला हिंसाविरुद्धको १६ दिने अभियान उदघाटन कार्यक्रममा नाच्दै अभिनेत्री मौसमी मल्ल । (2009 )

kurakani

  • 50x
  • ****
  • Posts: 2479
Re: Mausami Malla - Photo Profile
« Reply #2 on: February 14, 2010, 02:09:58 PM »

kurakani

  • 50x
  • ****
  • Posts: 2479
Re: Mausami Malla - Photo Profile
« Reply #3 on: February 14, 2010, 02:12:12 PM »




kurakani

  • 50x
  • ****
  • Posts: 2479
Re: Mausami Malla - Photo Profile
« Reply #4 on: February 14, 2010, 02:12:54 PM »

kurakani

  • 50x
  • ****
  • Posts: 2479
Re: Mausami Malla - Photo Profile
« Reply #5 on: February 14, 2010, 02:23:05 PM »
 चलचित्र चलाउनलाई काठमाडौं मात्र नेपाल होइन

चलचित्र चलाउनलाई काठमाडौं मात्र नेपाल होइन पहिला मेरो चलचित्र चल्नुपर्छ भन्ने हो भने चलचित्र चलाउनलाई काठमाडौंमात्र नेपाल होइन । कुनै चलचित्रचाहिँ सबैतिर चलिरहने अनि अर्को चलचित्रचाहिँ सेन्सर भएर पनि प्रदर्शनमै ल्याउन रोकिने भन्ने त कुरै हुन्न नि ।

मौसमी मल्ल
चलचित्र अभिनेत्री तथा निर्मात्री

विगत र अहिलेको चलचित्र क्षेत्रमा के फरक पाउनुभयो ?
धेरै फरक पाएँ । मैले दश वर्षगाडि काम गरेको चलचित्र क्षेत्र र अहिलेमा आकाश जमीनको अन्तर पाएँ । चलचित्र क्षेत्र पहिलेको भन्दा अहिले व्यावसायिक भएको पाएँ, जो एउटा कलाकारको नाताले मेरो लागि पनि सुखद अनुभूति हो । काम गर्ने तौरतरिका झट्ट हर्ेदा उस्तै लागे पनि अहिले सीप र क्षमताको विकास भएको रहेछ । यो पनि सुखद परिणाम हो । तर व्यावसायिकतासँगै मेहनत र अनुशासन अनि प्रविधिको पनि विकास हुनु जरुरी छ । यसले सिँगो चलचित्र क्षेत्रलाई नै उद्योगका रुपमा विकास र विस्तार गर्न सहयोग पुर्याउनेछ । जहाँसम्म व्यक्तिगत क्यारियरको अनुभवको कुरा छ, त्यो बेलामा म चुलबुले केटीको रुपमा अभिनय गर्थें, अहिले आपै+mले बनाएको चलचित्र गिरफतारमा सिनियर अफिसरको भूमिका गरेको छु । अभिनय गर्ने कुरामा पहिले र अहिले उस्तै हो ।

नायिका हुनु र निर्मात्री हुनुमा के अन्तर पाउनुभयो?
यसमा पनि ठूलो अन्तर पाएँ । नायिका मात्र भएर काम गदर्ँ सुटिङको सेटमा गयो, मेकअप गर्यो, डे्रसअप गर्यो, आफनो जिम्मेवारीको काम गर्यो कर्तव्य र पेशागत कार्य पूरा हुन्छ । तर निर्मात्री भएर काम गरेपछि सबै जिम्मेवारी बहन गर्नुपर्छ । मजस्तो कलाकार अनि प्राविधिक धेरै हुन्छन्, सबैको चित्त बुझाएर काम गर्नुपर्छ । साथसाथै यत्रो लगानी गरेको चलचित्रको लगानी कसरी फर्काउने भन्ने अर्को चिन्ता हुन्छ । पहिले चलचित्र बनाउने बेलामा कलाकार र प्राविधिकको चित्त बुझाउनु त छँदै छ, बनाइसकेपछि चलाउनलाई सामना गर्नुपर्ने संर्घष्ा र दर्शकको चित्त बुझाउनुपर्ने काम पनि कठिन छ । यस हिसाबले कलाकार मात्र हुन सजिलो छ, निर्मात्री पनि हुनलाई कठिन छ ।

नेपाली चलचित्रको पर््रदर्शनलाई व्यवस्थित गर्न के गर्नुपर्छ ?
हालै मात्र चलचित्र नियमावलीमा संशोधन भएको छ । नियामवली र ऐनलाई सबैलाई मान्नर्ुपर्छर्र्। मेरो चलचित्रचाहिँ पहिला चलाउने भन्ने होडबाजीको अन्त्य गर्नुपर्छ । म नियमअनुसार आएको हुँ । तर नियममा आउँदा पनि धेरै बाधा र अड्चन खप्नुपर्यो । नियमअनुसार चलचित्र लाउनलाई हामी लडिरहेका थियौँ र आज नियम बनेको छ । नियमअनुसार जाँदा विवाद गरिनु हुन्न र भोलि मेरो चलचित्र चलाउने बेलामा पनि यही नियमले सजिलो बनाउँछ भन्ने कुरा सबैले महसुस गर्नुपर्छ ।

नियमअनुसार तपाईंको चलचित्रभन्दा अगाडि हिम्मत लाग्नुपर्ने होइन र ?
त्यो होइन । संशोधित नियममा सेन्सर मितिका आधारमा चलचित्र चलाउने मौका दिने भनिएको छ । मेरो चलचित्र सेन्सर भएर पर््रदर्शन मिति कुरिरहेको चलचित्र हो । मेरो चलचित्र लाउनुअगाडि मृत्युञ्जय लाग्नुपर्ने थियो तर त्यो चलचित्र चलाउनका लागि तयारी नभएपछि मेरो चलचित्रको पालो आएको हो । हिम्मत त दुइ वर्षगाडि नै काठमाडौंबाहिरबाट पर््रदर्शनमा आइसकेको हो नि । होइन काठमाडौंमा चलेको छैन, पहिला मेरो चलचित्र चल्नर्ुपर्छ भन्ने हो भने चलचित्र चलाउनलाई काठमाडौं मात्र नेपाल होइन । कुनै चलचित्रचाहिँ सबैतिर चलिरहने अनि अर्को चलचित्रचाहिँ सेन्सर भएर पनि प्रदर्शनमै ल्याउन रोकिने भन्ने त कुरै हुन्न नि ।

- विदुर गिरी


sag

  • VIP
  • ******
  • Posts: 730
Re: Mausami Malla - Photo Profile
« Reply #6 on: October 08, 2015, 03:26:38 PM »
Mausami malla film  -- Sampati ...

http://xnepali.net/movies/tag/mausami-malla/