Author Topic: Sirjana Subba (सिर्जना सुब्बा) Model, actress  (Read 5400 times)

0 Members and 1 Guest are viewing this topic.

anand

  • Administrator
  • *******
  • Posts: 1203
Profile in NepaliActress -- > http://nepaliactress.com/sirjana-subba-sex-toys-are-better-than-changing-partners/

सेक्स टोय प्रयोग गर्छु भन्दै यसरी खुलिन् नेपाली नायिका



थ्रिएटर हुँदै नेपाली चलचित्रमा प्रवेश गरेकी कलाकार सिर्जना सुब्बा यौनका विषयमा उदार मानिन्छिन् ।

हालै एक साप्ताहिकका लागि अन्र्तवार्ता दिँदै लुट, उमा जस्ता चलचित्रमा समेत अभिनय गरीसकेकी सुब्बाले सेक्सका विषयमा खुल्दै सेक्स ट्वाइको पक्षमा आफूलाई उभ्याएकी छिन्।

सुब्बाले ‘पार्टनर चेन्ज गर्दे हिड्न वा विभिन्न यौन रोग लगाइमाग्नु भन्दा त सेक्स ट्वाइ प्रयोग गर्नु साह्रै राम्रो हो ।

 फुटवल खेलाडी जुमानु राई भनेपछि भुतिक्कै हुने सुब्बाले सेक्स र प्रेमको सम्वन्ध नङ र मासुको जस्तो हुने भएकाले यसलाई सहज रुपमा लिने बताएकी छिन् ।

anand

  • Administrator
  • *******
  • Posts: 1203
सिर्जना सुब्बा, कलाकार

मण्डला थिएटरमा दुई वर्षदेखि कलाकार एवं संचालकका रूपमा व्यस्त सिर्जना सुब्बा २०६२ सालदेखि रंगमञ्चमा सकि्रय छिन्। नाटकका साथै लुट, सूर्यग्रहणजस्ता चलचित्रमा समेत अभिनय गरिसकेकी सिर्जना चलचित्रभन्दा रंगमञ्चमै रमाउँछिन्। नाटकमा दर्शकका अगाडि प्रत्यक्ष अभिनय गर्नुपर्ने, त्यसमा बिग्रियो भने सच्याउन नपाइने तर ठूलोपर्दामा नमिलेसम्म सच्याउन पाइनेे हुँदा नाटकको अभिनय जीवन्त हुने उनको अनुभव छ। नाटकमा तन-मन, श्रम, दिमाग सबै दिनुपर्छ भने चलचित्रमा त्यति धेरै मेहनत नगरे पनि राम्रै पैसा पाइने सुब्बाले बताइन्।

हाल सुकुम्बासी बस्तीको कथामा आधारित एक चलचित्रमा अभिनय गरिरहेकी सिर्जनाले चलचित्रको सुटिङबाट र्फकिएर नाटकका लागि तयार भैरहँदा आफूले एउटै समयमा ३ वटा जीवन बिताइरहेको अनुभव गरेको बताइन्। आफ्नो व्यक्तिगत जीवन, चलचित्रको सुकुम्बासी महिला पात्र र मण्डलामा मञ्चन भएको नाटकमा महारानीको भूमिकाका बारेमा सिर्जना भन्छिन्, 'ओहो, एकैपटक कति जीवन बाँचेकी रहेछु, भ्रम नै सही तर विविधता त छ नि। हाम्रो जीवन नै चुनौती, रमाइलो र भ्रमको संसार हो।'

सानैदेखि कलाकार बन्न चाहने सिर्जना उर्लाबारी, मोरङमा जन्मिएकी हुन्। सुब्बाका अनुसार उनको घरको वातावरण नाटकमय थियो। उनका काका एवं फुपूहरू नाटक निर्देशन गर्नुका साथै अभिनय पनि गर्थे। सिर्जनाको कला यात्रा पनि त्यस्कै प्रभाव हो। आँटेको र गर्छु भनेको कुरा पूरा गरेरै छाड्ने स्वभावकी सिर्जना आत्मविश्वासले गर्दा नै टिकेको बताउँछिन्। उनी माइला डट कम तथा उम्बुगल्यान्डको मुठभेडमा गरेको आफ्नै अभिनयबाट खुसी छिन्। यही असारमा उनी मण्डला थिएटरका साथ हङकङमा नाटक देखाउन जाँदैछिन् भने मन्टेश्वरी स्कुल खोल्ने तयारीमा पनि जुटेकी छिन्।

स्वभाव : मानिसहरूले बोल्ड भन्छन् तर म सच्चा व्यवहार भएकी, इमान्दार, कसैको अधीनमा नबस्ने, स्वाभिमानी, छुच्ची, नचाहिने कुरा सहन नसक्ने स्वभावकी छु।

दिनचर्या : बिहान ५ बजे उठ्छु। एरोविक जान्छु। र्फकेर फ्रेस भएपछि चिया, खाना खाएर काममै जान्छु। प्राय: नाटककै रिहर्सलमा हुन्छु।

फुर्सद :  फेसबुकमा अपडेट भैरहन्छु, पुस्तक र टिभी हेर्छु।

पुस्तक : अटोबायोग्राफी र उपन्यासहरू पढिरहेकै हुन्छु।

फेसन : आफू सुहाउँदो, ठाउँ र समयअनुसार प्रयोग गर्छु। जाडोमा पाइन्ट, बुट, ज्याकेट लगाउँछु भने गर्मीमा वान पिस, हाफ पाइन्ट, पार्टीमा लंग गाउन, कुर्ता-सुरुवाल आदि लगाउँछु।

स्किन केयर : उठ्नेबित्तिकै फ्रेस भएर मोस्चराइजर र त्यसपछि ७ बजेतिर सनस्किन लगाउँछु। सुत्ने बेलामा अनुहार धोएर मात्र सुत्छु।

मेकअप : हेभी मेकअप गर्दिन। आँखामा गाजल लगाउन छोड्दिन। लिपिस्टिक र ग्लस लगाउँछु।

हेयरकेयर : मेरो त केशमै बढी खर्च हुन्छ। केश ड्राइ पनि छ। त्यसैले ओलिभ ओयलले मसाज गर्छु, स्याम्पु, टि्रटमेन्ट क्रिम, केशमा कलर गर्नुका साथै स्टाइल चेन्ज गरिरहन्छु। धेरैले मेरो केश मन पराउँछन्।


प्रस्तुति : सिर्जना दुवाल श्रेष्ठ, तस्बिर : महेश प्रधान, मेकअप, हेयर एक्सटेन्सन, नेल एक्सटेन्सन, आइलाइसेस एक्सटेन्सन : सान्द्रा पुन, ब्युटी क्लब, भाटभटेनी,

लोकेसन : एलीश रेस्टुराँ, गैरीधारा