Author Topic: Nisha Sunar - अरु नसालु बन्दै निशा  (Read 7554 times)

0 Members and 1 Guest are viewing this topic.

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15886
अरु नसालु बन्दै निशा
23/02/2010 08:04:00 बच्चु विक



'म रेस्टुरेन्टबाट आएकी कलाकार हुँ,' गायिका निशा सुनार गर्व गर्दै भन्छिन्, 'कलाक्षेत्रमा म आफँै आएँ, मलाई कसैले ल्याएको होइन'

कलेजलाइफ धेरै सपना देखिने समय हो । उनलाई लन्डनको सपनाले छोयो । झगडा गरेर घरबाट पैसा बटुलिन् । दुई लाख रुपैयाँको झोला बोकेर काठमाडौं हानिइन् । काठमाडौंको हावाले लन्डनको सपना कुन्नि कता उडाएछ, फनक्कै घुमेर रेस्टुरेन्टतिर छिरिन् ।

लन्डन जान खोज्दा रेस्टुरेन्ट छिरेकी निशा सुनार बाहिर निस्कँदा भने 'गायिका निशा सुनार' भइन् । 'म रेष्टुराँबाट आएको कलाकार हुँ,' उनले गर्व गर्दै भनिन्, 'कलाक्षेत्रमा म आफै आएँ, मलाई कसैले ल्याएको होइन ।' कसै न कसैले काखी च्यापेर नयाँ मान्छे भित्र्याउने कलाक्षेत्रमा उनी आफूलाई अपवाद ठान्छिन् । बाग्लुङको बिहुँबाट राजधानी पुगेर कलाक्षेत्रमा जमेकी निशाले सीमान्त सहर महेन्द्रनगर पुगेर आप\mनो विगत कोटयाइन् ।

नगरकोटको भेनस रेस्टुरेन्टबाट व्यावसायिक रूपमा गीत गाउन थालेकी निशाले यो अवस्थामा आउन कम संघर्ष गर्नु परेन । एकातिर कलाक्षेत्रमा प्रवेश गर्न एक्लो संघर्ष अर्कोतिर परिवारको असहयोग । गाउँघर, स्कुल तथा कलेजमा हुने सांगीतिक कार्यक्रममा समेत गीत गाउन स्वीकृति नदिने परिवारले पाँच हजार रुपैयाँमा महिनाभरि रेष्टुराँमा दोहोरी गाउन दिने कुरै भएन । 'राति ९ बजे घरमा पुर्‍याइदिनुपर्छ भन्ने सर्त राखेँ, सहमत भएपछि मात्र गाउन थालेँ,' उनले भनिन् । घरपरिवारले थाहा पाउँछन् भनेर उनले ९ बजे नै घर पुर्‍याउने सर्त राखेकी थिइन् ।

केही महिना काम गरेपछि अलि सजिलो भयो, उनका दाइ विदेश गए । उनले राति १० बजेसम्म गाउन थालिन् । लाहुरे परिवारमा उनका दाइ गिरिबहादुरको नियम कडा थियो । गाउँघर, स्कुल तथा कलेजमा गीत गाउँदासमेत कुटाइ खाने निशा रेस्टुरेन्टमा गाएको चाल पाएपछि के हालत हुने हो उनलाई नै थाहा थियो । 'गीत नगाऊ भनेर कति दिन कुटयाछन्,' गायनभन्दा पढाइमा ध्यान देऊ भनेर कुट्ने दाइ विदेश गएपछि उनलाई हाइसन्चो भयो ।

निशाको 'पानमा पराग छ, बोल्न मन ला छैन हे कान्छा दिमाग खराब छ' शीषर्ाकृत गीतले साँच्चिकै श्रोताको दिमाग खराबै गरायो । उनी एउटै गीतले हिट भइन् । 'यो गीतबाट दाम हैन, नाम कमाएँ,' फिस्स हाँसिन् उनी । भुवन केसीसँग अभिनीत उनको म्युजिक भिडियो रामै्रसँग चल्यो । त्यसपछि उनले स्टेज पनि पाउन थालिन् । रेस्टुरेन्टमा उभिएर दोहोरी गाउने सुरुवात गरेकी निशाले स्टेजमा समेत नाचेर गाउने नयाँ प्रयोग गरिन् । 'रेस्टुरेन्टमा उभिएर दोहोरी गाउने पहिलो म नै हुँ,' स्वर नपुग्ने भएकाले स्टेजमा प्रायःजसो कलाकारले उभिएर गाउने गरेको सुनाउँदै भनिन्, 'स्टेजमा नाचेर गाउने मैले नै सुरुवात गरेँ ।' पाँचवटा गीतिएल्बम श्रोतामाझ पस्किसकेकी छिन् उनले ।

गायनबाट बिस्तारै अभिनयतिर पनि लम्किँदै गरेकी उनलाई फिल्ममा पनि 'अफर' आउन थालेको छ । चार-पाँचवटा फिल्ममा अफर आए पनि कथा मन नपर्दा नखेलेको उनले सहजतापूर्वक ओकलिन् । 'राम्रो फिल्म पाए खेल्छु,' उनले फिल्ममा खेल्ने इच्छा रहेको बताइन् । श्रोताले राज फिल्मका केही दृश्यमा निशालाई देख्न पाउने भएका छन् । सातवर्षे अवधिमा नाम, दाम कमाएकी उनलाई कलाक्षेत्रबाट सबै कुरा पाउन सकिने विश्वास छ । 'कलाकारितामा पेट पाल्न सकिन्छ,' उनको अनुभव बोल्यो । बाँच्नै गाह्रो हुन्छ भन्नेका अगाडि उनी कलाकारिताबाट स्कुटरमा हुइँकिन थालेकी छिन् भने खुसीले जीवन चलाइरहेकी छिन् ।

कलाकारितामा लागेकैले उनी देश-विदेश पनि घुमिसकेकी छिन् । नेपाली कलाकार हङकङबाट विदेश यात्रा सुरुवात गर्छन् । उनी अन्य देश घुमेर अब हङकङ जाने मुडमा छिन् । दर्जनभन्दा बढी देशमा स्टेज सो गरेकी छिन् उनले । अमेरिका र बेलायतमा त उनलाई त्यही बस्न आग्रह गर्नेहरू पनि थिए रे । 'आपनो देश आपनै देश हो,' देशप्रेमको भावना फुर्फुरायो । जोकोही पनि बाध्यताले विदेश जाने गरेको तर्क अघि सार्दै उनी बोलिन्, 'कोही पनि अर्काको देशमा बस्न चाहँदैन । बसे पनि दस-बाह्र वर्ष हो । त्यसपछि आपनै देश फर्किन्छन् ।' देशभित्रको जस्तो सम्मान, माया अनि आत्मीयता विदेशमा पाइँदैन रे । लन्डन जान दुई लाख रुपैयाँ बोकेर काठमाडौं हानिएकी निशा दुईपटक लन्डन पुगेकी छिन् । तर, कम्पनीलाई दिएको एक लाख अझै फिर्ता नपाए पनि काम गर्न विदेश जाने मन छैन । 'अहँ, अब विदेश जाने मन छैन्,' उनले बाचा गरेझँै बोलिन्, 'म विदेश गएर बस्दिनँ ।'

बिहँुका गाउँघरमा गुनगुनाउँदै गायनक्षेत्रमा जमेकी निशा कलाक्षेत्रका सबै हाँगाबिँगामा सक्रिय छिन् । लोकदोहोरी, आधुनिक, पप सबै उनले गाएकी छिन् । स्टेज, म्युजिक भिडियो हुदै ठूलो पर्दाको फिल्ममा पनि देखिन थालेकी छिन् । उनी आफूलाई के भन्न रुचाउँछिन् त ? 'भर्सटाइल,' उनको स्वर अलि उँचो भयो, 'लोक, आधुनिक, पप सबै गाउँछु । मोडलिङ गर्छु । म अलराउन्डर हुँ ।' अर्धनग्न जिउ मर्काउँदै 'तिम्रो मन चक्कु छुरा' भन्ने निशा अब 'सेन्टी' गीत पनि गाउँदै छिन् ।

भुवन केसीलाई म्युजिक भिडियोमा तानेर नेपाली फिल्मी नायकलाई म्युजिक भिडियोमा खेल्न सुरुवात गराएको बताउँछिन् उनी । त्यसपछि मात्रै अन्य कलाकार म्युजिक भिडियोमा देखिन थालेको निशाको दाबी छ । राज फिल्ममा नायक शिव श्रेष्ठसँग 'आइटम डान्स' मा व्यस्त रहेकी उनको अबको टार्गेटमा छन् 'राजेश हमाल ।' अनि उनी आफँै पनि कलाक्षेत्रमा धामाका मच्चाउने धुनमा छिन् । त्यसका लागि उनी तयारी गरिरहेकी छिन् रे । 'ठूलै काम गर्दै छु,' केही दिनभित्रै सार्वजनिक गर्ने बताउँदै उनले भनिन्, 'कलाक्षेत्रमा धमाका मचाउनेछ ।'

 

Oops

  • xNew2
  • **
  • Posts: 35
Re: Nisha Sunar - अरु नसालु बन्दै निशा
« Reply #1 on: March 12, 2010, 01:37:30 PM »
chyaa!! kasto chauri pareko anuhaar.