Author Topic: Holi - Photos and videos (होली को रमझम)  (Read 103143 times)

0 Members and 1 Guest are viewing this topic.

kurakani

  • 50x
  • ****
  • Posts: 2485
Re: Holi 2010 - Photo Features
« Reply #10 on: March 01, 2010, 07:43:20 AM »



Marwadi ladies worship


tundikhel

  • Global Moderator
  • ****
  • Posts: 15956
Re: Holi 2010 - Photo Features
« Reply #11 on: March 02, 2010, 05:21:55 AM »
सरर रंग बर्साए...

सुरज कुँवर





ललितपुर, फाल्गुन १७ -
 नीलो मिनी ट्रकमा खाँदिएर आएका डिजे युवाले होलीको रिमिक्स गीत प्ले गरेपछि आइतबार बिहान पुलचोकको याक प्यालेस परिसर रंग र संगीत मादकतामा डुब्यो ।

कार्यक्रम सुरु हुनुअघि नै स्वीमिङ पुलछेउ भेला भएका रंगपारखीहरूले खल्ती र झोलाबाट अबिरलगायत झक्िदै चिनारुलाई छर्किन थालिसकेका थिए । शरीरभरि टाटु खोपेका डिजेले भोजपुरी 'सरर रंग बर्साए...' बजाएपछि होली मनाउन हौसिएकाहरूको ध्यान त्यतै तानियो ।

होली पर्वलाई दशकदेखि एफएम र पछिल्लोपटक टेलिभिजनमार्फत लाइभ मनाउँदै आएको रेडियो कान्तिपुरका आरजे हेम सुवेदीले स्वीमिङ पुलछेउ बनाइएको स्टेजबाट फागु सुरु भएको उद्घोष गर्नु मात्रै थियो, स्वीमिङ पुलसँगैको बगैंचा र पेटीमा भेला भएका संगीतकर्मी, सिनेकर्मी, सञ्चारकर्मी, विद्यार्थी एकअर्कालाई रंग हुर्‍र्याउँदै, धाप मार्दै र अँगालामा बेर्दै 'ह्याप्पी होली' भन्न व्यस्त थिए । यिनैमा थिए रेडियो कान्तिपुरले मुलुकभरबाट छनोट गरेका बीस जना 'भाग्यमानी' श्रोता पनि ।

डेढघन्टे अवधिको कार्यक्रम साढे दस बजे सुरु भएको थियो । माहौलमा लगत्तै रंग र पानीको मात्रा बढदै गयो । आरजे सबिना कार्की र सञ्जय गुप्ताले उपभोग्य सामानको मोलमोलाई हुने कार्यक्रम 'प्राइस टयाग' मा शनिबार बेलुका होली सन्देश सुनाउँदै यो उत्सवमा श्रोताहरूलाई निम्ता दिएका थिए । उनीहरूले त्यति बेला कार्यक्रम 'लोला वर्जित' हुने घोषणा गरे पनि याक प्यालेसमा स्टेजमा गीत सुनाइरहेका गायिका र सहभागी युवतीहरूलाई केही युवक लुक्दै छल्दै ताकी-ताकी लोला प्रहार गरिरहेका थिए । होलीमा नियम मिचिएन भने के होली ?

होली जाडो सकिएको छनक दिने पर्व पनि हो । सायद त्यही भएर अधिकांश सहभागी पातला पहिरन र हल्का चप्पलमा देखिएका थिए । सेलिबि्रटीहरू पनि ।

जिन्स हाफपेन्ट लगाएकी गायिका आस्था बीले होली शुभकामना बाँढदै 'तिमी नै छौ...' गीत सुनाएपछि उनलाई पछयाएकी थिइन् अर्की फिल्मी गायिका इन्दिरा जोशीले, जसले सुनाइन् रिमिक्स- 'को हो त्यो जसले मलाई मोहनी लगायो...' ।

इन्दिराको मोहनीले लठठएका श्रोतालाई लोकगायक रामजी खाँणले 'देउरालीको भट्टी पसल...' मार्फत आफूतिर ताने । उनलाई सुनेर आरजे र कलाकारहरूले पनि पेटी र बगैंचा छोडी नाच्न थाले । केही सहभागी थप जोसिएर रंगीन स्वीमिङ पुलमा फाल हान्न थाले । केही त्यसकै ओभानो ठाउँमा हल्लिइरहे । रामजीकै लोकभाकाले मुड रंगीन बनाइरहेका गायक राजेशपायल राईलाई अनुहारमा सिल्भर पेन्ट पोतेको समूहले स्वीमिङ पुलमा चुर्लुम्म पार्‍यो । 'ह्याप्पी होली दर्शन नमस्ते' भन्दै उक्त समूहले राजेशलाई उफार्दै चोपल्दै गरिरह्यो । अहिलेका चर्चित गायक भिजेको मुसो जस्तै भइरहे ।

यी दृश्य याक प्यालेस परिसरमा मात्र सीमित थिएनन्, कान्तिपुर रेडियो र कान्तिपुर टिभीमार्फत 'लाइभ' देशदेशावर पुगिरहेका थिए । एक-अर्कालाई स्वीमिङ पुलमा चोपल्न र पानी छ्याप्न आरजेहरू समेत रौसिइरहेका देखिन्थे । लाइभ गरिरहेका आरजेसमेत ओभानो रहन

पाएनन् । प्रत्यक्ष प्रसारणमा व्यस्त कान्छी आरजे दीपा घिमिरेको भिज्ने इच्छा 'टक द टक' कार्यक्रमका प्रस्तोता राजेश पाण्डेले पूरा गरिदिए, जुरुक्क उचाल्दै स्वीमिङमा चोपलेर । खुल्ला स्टेजबाट दीपासँगै 'होली हंगामा' चलाइरहेका सञ्जयको डुब्ने रहरचाहिँ अन्य सहभागीले मेटाइदिए । अन्य आरजे प्रशान, सबिना, प्रज्वल, ललित, इलिसा, रमेन, स्तुति, सुमित, उपाली र कमलाले पनि उत्सवको मादकता कम हुन दिएनन् ।

रंग र पानीको चाडलाई राजेश, आगन्तुक खरेल, प्रीति कौर, मिङमा शेर्पाले समेत सांगीतिक बनाउन भरपूर मन दिएका थिए । यसको बिट मारेका थिए गायक एडि्रयन प्रधानले । कार्यक्रममा अन्य संगीतकर्मी पनि सहभागी थिए, तर विगतका संस्करणमा प्रस्तुति दिइसकेकाले यसपालि उनीहरू श्रोताको भूमिकामा मात्रै रहे । होली हंगामामा तिनको उत्साह हाउभाउले देखाइरहेको थियो ।

shakespeare

  • 50x
  • ****
  • Posts: 52
Re: Holi 2010 - Photo Features
« Reply #12 on: March 02, 2010, 05:50:36 PM »
holi

tundikhel

  • Global Moderator
  • ****
  • Posts: 15956
Re: Holi 2010 - Photo Features
« Reply #13 on: March 07, 2010, 12:43:57 PM »

tundikhel

  • Global Moderator
  • ****
  • Posts: 15956
Re: Holi 2010 - Photo Features
« Reply #14 on: March 07, 2010, 12:52:09 PM »




tundikhel

  • Global Moderator
  • ****
  • Posts: 15956
Re: Holi 2010 - Photo Features
« Reply #15 on: March 07, 2010, 12:54:04 PM »




tundikhel

  • Global Moderator
  • ****
  • Posts: 15956
Re: Holi 2010 - Photo Features
« Reply #16 on: March 07, 2010, 12:54:35 PM »

tundikhel

  • Global Moderator
  • ****
  • Posts: 15956
Re: Holi 2010 - Photo Features
« Reply #17 on: March 20, 2011, 09:54:40 AM »
Holi in 2011


tundikhel

  • Global Moderator
  • ****
  • Posts: 15956
Re: Holi 2010 - Photo Features
« Reply #18 on: March 30, 2011, 12:52:10 AM »
हात को छाप ... लौ ठाउमै समाते छ


tundikhel

  • Global Moderator
  • ****
  • Posts: 15956
Re: Holi 2010 - Photo Features
« Reply #19 on: March 30, 2011, 12:57:36 AM »