फर्किइन् निरुता
२०६६ - चैत्र - १२

काठमाडौं/रास- विगत डेढ वर्षेखि मुर्म्बईमा 'इन्टेरियर डिजाइन' सिकिरहेकी अभिनेत्री निरुता सिंह यतिबेला सिनेमामा फर्किर्एकी छन् । अभिनयपछिका दिनमा इन्टेरियर डिजाइनमा लाग्ने उद्देश्यसहित उनी सो कोर्स गरिरहेकी थिइन् । तर, यताबाट सिनेमाका प्रस्ताव आएपछि केही समयलाई पढाइ रोकेर आफू काठमाडौं आएको उनले बताइन् । फिल्मको छायांकन सकिएपछि उनी पुनः अध्ययन पूरा गर्न जाने सोचमा छिन् । बिहीबार साँझ राजधानीमा फिल्म 'द गेम'को मुहर्ूत समारोहमा सो सिनेमाकी नायिकाको रूपमा निरुता उपस्थित भएकी थिइन् । पहिलाको तुलनामा निकै 'स्लिम' भएकी निरुताको नयाँ 'लुक्स'लाई सिनेकर्मीहरूले प्रशंसा गरेका थिए ।
यता, एक दशकभन्दा लामो समयदेखि सिनेमाको सम्पादन गर्दै आएकी रक्षा सिंह ठकुरी 'द गेम'मार्फ निर्देशनमा उत्रिएकी छिन् । लामो समयसम्म सिनेमाको सम्पादन गरेको अनुभवका आधारमा फिल्म निर्देशन सुरु गरेको उनले राजधानीलाई बताइन् । सो सिनेमाको बिहीबार साँझ शुभमुहर्ूत गरियो । जसको छायांकन शुक्रबारबाट सुरु भएको छ ।
रक्षाका अनुसार यो फिल्मको निर्माता र कथाकारमा बालनरसिंह राणा रहेका छन् । फिल्ममा उनी अभिनेताको रूपमा पनि प्रस्तुत हुँदै छन् । निरुतासँगै झरना थापा, सुमन सिंहलगायतका कलाकारको अभिनय यो सिनेमामा रहने पनि रक्षाले जानकारी गराइन् ।