Author Topic: Jokes in Nepali -  (Read 199900 times)

0 Members and 2 Guests are viewing this topic.

anand

  • Administrator
  • *******
  • Posts: 971
Re: Jokes in Nepali -
« Reply #190 on: March 23, 2015, 07:35:50 AM »
एक इन्जिनियरिङ बिद्यार्थी भर्ना पश्चात रमाउँदै फर्किंदा कलेजको गेटमा:
बिद्यार्थीः यो कलेज कस्तो छ?
गेटपालेः एकदम राम्रो छ, मैले पनि यहिं बाट इन्जिनियरिङ गरेको हुँ !


anand

  • Administrator
  • *******
  • Posts: 971
Re: Jokes in Nepali -
« Reply #191 on: March 23, 2015, 02:21:37 PM »
आवश्यकता ! आवश्यकता । आवश्यकता ।
पद : सभासद्
शैक्षिक योग्यता : औँठाछाप भए हुने

भाषिक योग्यता : विभिन्न भाषामा मुख छाड्न सक्ने, आफ्नै मोलिक भाषामा नन-स्टप मुख छाड्न पोख्त भएको ।
अनुभव: जेल परेको, हत्या अपहरण बलात्कारमा सजाय काटिसकेको ।
लागू औषध तस्करलाई विशेष ग्राह्यता (बेलाबखत खुर्सानीका पोका ओसारपसार गर्नुपर्ने भएकाले)
तलब: स्केलअनुसार(काम गर्नु नपर्ने)
अन्य खुबी: सकेसम्म एकैचोटिमा कुर्सी भाँच्न सक्ने, अरुको आँखा छली रोष्ट्रम चढ्न सक्ने, महिला शौचालयमा गई मदिरा सेवन गर्नसक्ने |

kurakani

  • 50x
  • ****
  • Posts: 2480
Re: Jokes in Nepali -
« Reply #192 on: March 26, 2015, 05:02:49 AM »
एक इन्जिनियरिङ बिद्यार्थी भर्ना पश्चात रमाउँदै फर्किंदा कलेजको गेटमा:
बिद्यार्थीः यो कलेज कस्तो छ?
गेटपालेः एकदम राम्रो छ, मैले पनि यहिं बाट इन्जिनियरिङ गरेको हुँ !



Lol

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15904
Re: Jokes in Nepali -
« Reply #193 on: March 27, 2015, 02:38:20 AM »
म:म:
स्वाहा ...

testo

  • 50x
  • ****
  • Posts: 440
Re: Jokes in Nepali -
« Reply #194 on: March 27, 2015, 11:33:32 AM »
फेसबुकमा
क्यान्डी क्रसमा त दिनमा १० पटक इनभाइट गर्थी...
बिहे त सुटुकै गरिछे इनभाइट नै नगरी ।

:)

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15904
Re: Jokes in Nepali -
« Reply #195 on: March 28, 2015, 02:35:18 PM »
( बुढा अफिस पुगेर बुढिलाई फोन गर्छ )
बुढा : कता छौ ?
बुढी : घरमा छु ।
बुढा : ए घर मै छौ ? खै मिक्सर चलाउ त !
बुढी मिक्सर चलाउछिन्.... घर घर घर घर्
बुढा : ए ल ठीक छ ।
( अर्को दिन )
बुढा : कता छौ ?
बुढी : घरमा छु ।
बुढा : ए घर मै छौ ? खै मिक्सर चलाउ त!
बुढी मिक्सर चलाउछिन् । घर घर घर घर्
बुढा : ए ल ठीक छ ।
(तेस्रो दिन )
बुढा छिट्टै पुग्छ तर बुढी घरमा देख्दैन  अनि घरमा काम गर्नेलाई सोद्छ...
बुढा : मालिक्नी खै ?
काम गर्ने : आज्कल मालिक्नी अनौठो व्यबहार गर्नुहुन्छ ।
बुढा : किन... के भो र ?
काम गर्ने : खै के भन्नु... मालिक्नी जहिले बाहिर जानु हुन्छ अनि मिक्सर पनि सँगै  लानुहुन्छ ।

anand

  • Administrator
  • *******
  • Posts: 971
Re: Jokes in Nepali -
« Reply #196 on: March 31, 2015, 02:20:09 PM »
 हामी यस्तो देशमा बस्छौ जहाँ...

१: हजार रुपैयाँ घुस खाने पियन अख्तियारमा तानिन्छ तर लेखा समितिले कारवाही गर्न निर्देशन दिएको मान्छे सभासदमा छानिन्छ ।
२: गाई काटेर खानेलाई जेलमा कोचिन्छ, तर मान्छे काट्नेलाई राजनैतिक आवरणले छोपिन्छ ।
३: जनताले खाने लोकल रक्सी उत्पादनमा प्रतिबन्ध लगाइन्छ तर नेताले खाने ब्राण्डेड व्हिस्की विदेशबाट मगाइन्छ ।
४: सानातिना तस्करलाई समातिन्छ तर तेल चोर र सुन तस्करलाई छाडिन्छ ।
५: रात पर्नसाथ मादक पदार्थ सेवन (मापसे) चेकिङ गरिन्छ तर दिउसै सिमाना पारी गएर टिटि खोपेर र फेन्सिटल धोकेर आउनेलाई मेडिकल चेकिङ गरिदैन ।
६: २० वटा कुर्सी भाचिदा ३० लाखको क्षति भएको बिवरण सार्वजनिक गरिन्छ तर महाकालीको पानी र बिश्वयुद्ध लडेका हतियार बेच्दा देशलाई कति क्षति भयो भन्ने विवरण चाहिँ लुकाइन्छ ।
७: गाउँ-गाउँमा गएर गाजा खेती फाडिन्छ तर एयरपोर्टबाट चाहिँ लागू पदार्थ ओसारपसार गर्न दिइन्छ ।
८: बेरोजगार युवाहरूलाई विदेश खेदाइन्छ अनि आएको रेमिट्यान्सलाई फेरि बेरोजगार उत्पादन गर्ने कारखाना (स्कुल) मा लगाइन्छ ।
९: आफू संविधान बनाउन सक्दैनन् तर जनतालाई चाहिँ आफ्नो गाउँ आफैं बनाउ भनेर सिकाउछन ।
१०: गाउँघर तिर तास खेल्नेहरुलाइ जुवाडे भन्दै पकाडिन्छ तर राजधानीमै कयासिनो खेल्नेहरुलाइ चाहिँ भिआइपी भन्दै स्यालुट ठोकिँन्छ ।
११: देशलाई धर्म निरपेक्ष भनिन्छ तर देश चलाउने प्रधानमन्त्री र मन्त्रीहरूलाई भगवानको नाममा सपथ खुवाइन्छ ।
१२: देशको कुनै धर्म हुँदैन भनिन्छ तर धर्म नहुने देशको जात चाहिँ हुन्छ भनेर जिद्दी गरिन्छ ।
१३: छुवाछूत गर्नु हुँदैन भनिन्छ तर बालुवाटारबाट दलित भान्से निकालिन्छ ।
१४: मान्छे ले पढ्न पाएनन् भने स्कुल खोलिन्छ तर काम पाएनन भने खाडी खेदिन्छ ।
१५: मान्छेले खाने तरकारी मा विषादि हालिन्छ तर शरीरमा लगाउने लुगा र जुत्तामा चाहिँ बास्नादार अत्तर छर्किइन्छ ।
१६: राजधानीमा पक्की पुल हालिन्छ तर राजधानी बाहिर झोलुङ्गे पुल पनि बन्दैन।
१७: जानीनजानी भए पनि अंग्रेज़ी बोलिन्छ तर शुद्ध नेपाली र उसको मातृभाषा बोल्नेलाई चाहिँ पाखे भनिन्छ ।
१८: विदेशमा भाडा मोलेर आउनेलाई चाहिँ वा भनिन्छ तर आफ्नै देशमा परिश्रम गर्नेलाई चाहिँ छ्या भनिन्छ ।

anand

  • Administrator
  • *******
  • Posts: 971
Re: Jokes in Nepali -
« Reply #197 on: April 04, 2015, 02:17:23 PM »
कपडा पसलमा म: दिदी के छ खबर ?
साहुनि : भाइ उही त हो नि साडी फुकाउने देखाउने , कुर्ता खोल्ने देखाउने ! हजुर लाई के देखाम ?
म:फ्ल्याँट 😃😆


tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15904
Re: Jokes in Nepali -
« Reply #198 on: April 04, 2015, 03:41:45 PM »

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15904
Re: Jokes in Nepali -
« Reply #199 on: April 06, 2015, 05:33:22 PM »
नेपालमा नाम र काम फरक ।

नलिना (चित्रकार)- गायिका
सौजन्य (सुब्बा)- नायिका
रमेश (लेखक)- नेता
मोहन (वैध)- नेता
सुरवीर (पण्डित)- कलाकार ।