मलाई भेट्न ठमेल आउँछिन् : सुस्मा प्रेमी
बैशाख ३१ गते, मंगलबार, मेरो सिनेमा
व्रेकअप पश्चात् पनि आफुलाई भेट्न आउने गरेको एक्ट्रेस शुस्मा कार्कीका प्रेमी निरन श्रेष्ठले बताएका छन् । मेरो सिनेमासँगको फोन टकमा अनुप्रस्थ व्यान्डका भोकलिस्ट निरनले भने, ‘सुस्मा मेरो पर्फमेन्स हेर्न साँझ ठमेलको रेष्टुरेन्ट आउने गर्छिन् । हाम्रो प्रायः फोनमा कुरा हुन्छ तर हामी अब राम्रो साथी मात्र हुन सक्छौ ।’ त्यस्तै नरेनले सुस्माकी आमाले आफुहरुको अफयेरमा भिलेन रोल खेलेको रहस्य समेत खोलेका छन् । नरेनले सेन्टी मुडमा भने, ‘हामी विगत एक वर्ष देखी लिभिङ टुगेदरमा थियौं । यो कुरा सुस्माको ममीलाई मन परेको रहेनछ । अन्त्यमा सुस्माले पनि मलाई छोडेर मम्मीको पक्ष लिइन् ।’ ‘सुस्माले मिडियामा व्रेकअपको हल्ला फैलाएर आफ्नो बच्चापन देखाइन्’ नरेनले सेभ साइड रोजे, ‘अफयेरमा झगडा नहुने भन्ने होइन् । यसलाई सामान्य रुपमा लिन सक्नुपर्छ । तर उनले किन मिडियामा बोलिन् मलाई थाहा छैन् । म आफ्नो करिअर कन्सीयस छु, मलाई कन्ट्रोभर्सी मन पर्दैन् ।’
यस बारेमा सुस्माले भने कुनै पनि प्रतिक्रिया जनाएकी छैनन् । मेरो सिनेमासँगको छोटो कुराकानीमा सुस्माले भनेकी छिन्, ‘नरेनले मलाई बुझ्ने कोशिस गरेन्’ ।
