आनन्दको युट्युव च्यानल
0 Members and 1 Guest are viewing this topic.
प्रेमीलाई ट्याटुबाट पनि बिदाईकाठमाण्डौ, २०७१ चैत्र १०, मंगलवारअभिनेत्री सुष्मा कार्की अहिले शान्त चरा जस्तै उड्न थालेकी छिन् । उनले आफ्नो ढाडमा खोपेको ट्याटुले पनि यही कुराको संकेत गर्छ । सुष्माको ढाडमा लामो समयसम्म प्रेमी निरनको ट्याटु थियो । सुष्माले यो ट्याटुलाई आफ्नो निरनप्रतिको माया भन्दै आएकी थिइन् । जब निरनसँगको प्रेम पूर्ण रुपमा टुट्यो, सुष्माले ट्याटु पनि हटाइन् । निरन र सुष्मा करिब १ बर्ष लिभिङ टुगेदरमा पनि बसेका थिए । एक पटक ब्रेक गरेर पुन: शुष्मा र निरनको प्रेम जोडिएको थियो । सुष्माले निरनले आफूलाई पिट्नेदेखि थर्काउने र काममा पनि बाधा पार्ने गरेको गुनासो गर्दै दोस्रो पटक जोडिएको प्रेमलाई ब्रेक गरेकी हुन् । निरनसँग अगाडी बढ्न नसकेपछि सुष्माले अहिले प्रेमीको नामको ट्याटु फालेर उड्दै गरेका चरा र प्वाखको ट्याटु बनाएकी छिन् । उनले चरा जस्तै शान्त रुपमा उड्न चाहेको भन्दै यसैको प्रतिकका लागि ट्याटु बनाएको बताइन् । सुष्मा अहिले आफू खुल्ला भएको बताउँदै आएकी थिइन् । प्रेमीसँग सम्बन्ध टुटेसँगै उनले विभिन्न अनलाइनका लागि विकिनीमा तस्बिर पनि खिचाइन् । उनले अब प्रेम नगर्ने बताएकी छिन् । शुष्माको कुरा, कति पत्याउने कति नपत्याउने । केहि समय पहिलेको कुरा :मलाई भेट्न ठमेल आउँछिन् : सुस्मा प्रेमी बैशाख ३१ गते, मंगलबार, मेरो सिनेमाव्रेकअप पश्चात् पनि आफुलाई भेट्न आउने गरेको एक्ट्रेस शुस्मा कार्कीका प्रेमी निरन श्रेष्ठले बताएका छन् । मेरो सिनेमासँगको फोन टकमा अनुप्रस्थ व्यान्डका भोकलिस्ट निरनले भने, ‘सुस्मा मेरो पर्फमेन्स हेर्न साँझ ठमेलको रेष्टुरेन्ट आउने गर्छिन् । हाम्रो प्रायः फोनमा कुरा हुन्छ तर हामी अब राम्रो साथी मात्र हुन सक्छौ ।’ त्यस्तै नरेनले सुस्माकी आमाले आफुहरुको अफयेरमा भिलेन रोल खेलेको रहस्य समेत खोलेका छन् । नरेनले सेन्टी मुडमा भने, ‘हामी विगत एक वर्ष देखी लिभिङ टुगेदरमा थियौं । यो कुरा सुस्माको ममीलाई मन परेको रहेनछ । अन्त्यमा सुस्माले पनि मलाई छोडेर मम्मीको पक्ष लिइन् ।’ ‘सुस्माले मिडियामा व्रेकअपको हल्ला फैलाएर आफ्नो बच्चापन देखाइन्’ नरेनले सेभ साइड रोजे, ‘अफयेरमा झगडा नहुने भन्ने होइन् । यसलाई सामान्य रुपमा लिन सक्नुपर्छ । तर उनले किन मिडियामा बोलिन् मलाई थाहा छैन् । म आफ्नो करिअर कन्सीयस छु, मलाई कन्ट्रोभर्सी मन पर्दैन् ।’यस बारेमा सुस्माले भने कुनै पनि प्रतिक्रिया जनाएकी छैनन् । मेरो सिनेमासँगको छोटो कुराकानीमा सुस्माले भनेकी छिन्, ‘नरेनले मलाई बुझ्ने कोशिस गरेन्’ ।