सेक्स बारे कुरा गर्न समाजले स्वतन्त्रता दिएको छैन : बेनिशा हमाल
July 7, 2015
तपाईंलाई कोही ब्यक्तिको जीवन एक दिन जिउन दिईयो भने कस्को जीवन जिउन चाहनुहुन्छ?
– मलाई नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवको जीवन जिउन मान्न छ , किनकी राष्ट्रपतिको जीवन कस्तो हुन्छ भन्ने जान्ने रहर छ ।
आफुले चाहेर पनि पुरा हुननसकेको कुरा ?
– गित गाउन एकदम मन छ तर आफुलाई म राम्रो गाउँ सक्छु भन्ने लाग्दैन ।
सेक्स र पहिलो सेक्स अनुभव बारे ..?
– हेर्नुस पत्रकारले प्रश्न गर्ने बेला पनि सोच्न पर्छ कि कस्तो सोध्ने नसोध्ने भनेर सेक्स बारे कुरा गर्न हामी नेपालीलाई समाजले स्वतन्त्रता दिएको छैन ।
बिहे कहिले गर्नुहुन्छ र जिवन साथीको रुपमा कस्तो ब्यक्ति रोज्नुहुन्छ ?
– बिहे भन्ने कुरा गर्छु गर्दिन भनेर हुने हैन समय आएपछि आफै हुन्छ, अझै एक दुई बर्ष सायद मा बिहे गर्छिन । मेरो जीवन साथी समझदार , मेरो समस्या बुझ्ने आनी मलाई धेरै सपोर्ट गर्ने हुनुपर्छ अरु केहि चाहिदैन ।
जीवनमा पाएर पनि गुमाएको ?
– मलाई केहि समय अघि एउटा सिनेमा खेल्ने अफर आएको थियो ,तर केहि कुरा मिलेन र गरिन तर आज त्यो सिनेमा गरेको भए मेरो करियरलाई निकै प्लस प्वोइन्ट हुन्थ्यो जस्तो लागिरहेछ ।
आफ्नो प्रोफेसन बाट कत्तिको सन्तुष्ट हुनुहुन्छ
– एकदमै , म सन्तुष्ट नभएको भए अहिले सम्म निरन्तर लाग्ने थिइन् ।
जीवनको बाकी समय के गर्ने र कसरी सदुपयोग गर्नुहुन्छ ?
– मैले कहिले पनि जीवनमा यो गर्छु भन्ने लक्ष्य बनाईन तर, आफ्नो पेशा प्रति १००% राम्रो गर्ने कोशिसमा सधै लाग्ने छु , भविष्यमा के हुन्छ त्यो हामीले देख्नेनै छौ ।
प्रस्तुती : बावु सुरेश डि.सी. ( Sutra Entertainment )