Author Topic: Saptahik Blow-up - centerfold models  (Read 136496 times)

0 Members and 1 Guest are viewing this topic.

tundikhel

  • Global Moderator
  • ****
  • Posts: 15904
Re: Saptahik Blow-up - centerfold models
« Reply #70 on: March 02, 2013, 01:31:01 PM »
?? ???? ???? ????? ?? ??? ???????? ????????? ????????? ?? ???????? ???? ????? ?????? ?? ???? ??,
????: ??? ???????


tundikhel

  • Global Moderator
  • ****
  • Posts: 15904
Re: Saptahik Blow-up - centerfold models
« Reply #71 on: March 11, 2013, 04:57:46 AM »
???? ???? ????? ?? ??? 8th March 2013 ?? ??????????? ??????????? ???????? ???? ???????? ?????? ???? ?? ?
??????? ??? ???????/


tundikhel

  • Global Moderator
  • ****
  • Posts: 15904
Re: Saptahik Blow-up - centerfold models
« Reply #72 on: August 20, 2013, 10:58:12 AM »

tundikhel

  • Global Moderator
  • ****
  • Posts: 15904
Re: Saptahik Blow-up - centerfold models
« Reply #73 on: September 13, 2013, 07:19:38 PM »

tundikhel

  • Global Moderator
  • ****
  • Posts: 15904
Re: Saptahik Blow-up - centerfold models
« Reply #74 on: February 21, 2014, 09:29:42 PM »
साप्ताहिकको मिति २०७० फागुन ९ गते 21th Feb 2014 मा प्रकाशित मोडल सरिना तामाङको ब्लोअप ।

मनहरी, हेटौंडाकी सरिना तामाङ नेपाली मोडलिङ क्षेत्र जम्दै गएको एउटा नयाँ नाम हो । मिस तामाङ-२०१२ मा सहभागिता जनाएर मिस फोटोजेनिकको उपाधि जितेपछि उनी मोडलिङमा सक्रिय भएकी हुन् । २१ वर्षीया सरिना बीबीएस तेस्रो वर्षकी छात्रा पनि हुन् । ५ फिट ४ इन्च अग्ली सरिनाले मिस तामाङको सहभागितापछि आधादर्जन फेसन शोमा क्याटवाक गरिसकेकी छिन् । क्याजुअल वेयरकी पारखी सरिनाले गायक धीरज क्षेत्रीको 'सपनीमा...' गीतबाट म्युजिक भिडियोमा अभिनय गर्न थालेकी हुन् । पछिल्लो समय समन अधिकारीको निर्देशनको गायिका सुमी राईको 'चञ्चल भयो मन...' सम्म आइपुग्दा उनले अभिनय गरेका भिडियोको संख्या १४ पुगेको छ । चाँडै नै उनी 'सन्डे मर्निङ लभ यू...' को कभर भिडियोमा समेत अभिनय गर्दैछिन् ।
सरिना विगत ३ वर्षदेखि काठमाडौंमा छिन् । रातोपुलस्थित एउटा होस्टलमा बसेर अध्ययन तथा मोडलिङ यात्रालाई अघि बढाइरहेकी सरिना अवसर पाए चलचित्रमा समेत डेब्यू गर्न तयार छिन् । मोडलिङमा स्थापित भए पनि सरिनाको रहर आकाशमा उड्ने हो । 'सबै कुरा मिल्यो भने म अबको दुई महिनामा आकाशमा उड्न थाल्नेछु, सरिनाले आफ्नो सपना सुनाउँदै भनिन्- 'एयर होस्टेज बन्ने लक्ष्य पूरा गर्न म अहिले प्रशिक्षणमा व्यस्त छु, दुई महिनामा प्रशिक्षण सकिएपछि आकाशमा उड्दै यात्रुहरूको सेवा गर्ने मेरो बाल्यकालदेखिको चाहना पूरा हुनेछ ।'

-कृष्ण भट्टराई
तस्बिरः कविन्द्रमान शाक्य


tundikhel

  • Global Moderator
  • ****
  • Posts: 15904
Re: Saptahik Blow-up - centerfold models
« Reply #75 on: February 21, 2014, 09:30:43 PM »
मिति २०७० माघ १३ गते 31st Jan 2014 मा साप्ताहिकको मध्यपृष्ठमा प्रकाशित स्मिता थापाको ब्लो अप .

'खेलौना' उपन्यासमा उनले आफूलाई चित्रण गर्ने अधिकार लेखक राजेन्द्र थापालाई दिइन् । उपन्यासकी मूल पात्रमा आफ्नै नाम प्रयोग गर्ने स्वीकृति दिन पनि उनी हिचकिचाइनन् । उपन्यासमा प्रेमीबाट धोका पाएकी युवती स्मिताले बारम्बार पुरुषहरूको यौनचाहनाका लागि प्रयोग हुनुपरेको पीडापछि पुरुषलाई आफ्नो यौन खेलौना बनाउन थालेको प्रसंग उल्लेख छ । 'उपन्यासमा उल्लेखित पात्र स्मिता र मेरो वास्तविक जीवन धेरै हदसम्म मेल खान्छ ।' स्मिताले धेरै पटक यो कुरा भनिसकेकी छिन् ।
उपन्यासले चर्चा कमाएको एक वर्ष बितिसक्दा पनि स्मिताको पुरुषप्रति हेर्ने नजर उस्तै छ । 'म एउटा ब्वाइफ्रेन्डसँग एउटा अवधि बिताउन सक्छु, तर जीवन नै उसँग बिताउन सक्दिनँ,' उनले भनिन् । यौनचाहना अत्यधिक भएर त्यसो गरेको हो ? भन्ने उत्सुकतामा स्मिताले भनिन्- 'यौनचाहना कसमा हुँदैन ? चाहना छ भन्दैमा आफूलाई जतासुकै प्रयोग गरेकी छैन । म सेक्सलाई मेडिटेसनका रूपमा लिन्छु ।'
१७ वर्षको उमेरमा विराटनगरमा सम्पन्न एउटा फेसन शोमा पूर्वाञ्चलका अरू सबै प्रतिस्पर्धीलाई पछि पार्दै उत्कृष्ट मोडलको उपाधि हासिल गरेपछि मोडलिङ करियर रोजेकी स्मिता त्यसपछि काठमाडौं छिरिन् । आई टेक सकेर फुड टेक्नोलोजीमा स्नातक गर्न हात्तीसार क्याम्पस भर्ना भएकी स्मिताले पढाइ कम्प्लीट गरेकी छैनन् । आफूलाई हट, सेक्सी र बोल्ड मान्ने स्मिता समाजले यौनलाई अत्यन्तै लुकाउनुपर्ने विषय मानेकाले यससम्बन्धी अपराध र रोगहरू भित्रिरहेको बताउँछिन् । थापा भन्छिन्- 'यौन रोग र अपराधले समाजलाई अघि बढ्न दिएको छैन, तर पनि आफूलाई एक्काइसौं शताब्दीका विकसित मानिस बताउने समाजका अगुवाहरू नै यो विषयमा खुला कुराकानी गर्न लजाउँछन् ।'
चलचित्रबाट प्रशस्तै अफर आए पनि निर्माता तथा निर्देशकहरूसँग सम्बन्ध राख्ने अफर पनि सँगसँगै आएपछि उनले त्यसप्रति चासो देखाइनन् । 'मलाई कसैको ओछ्यान तताएर नाम कमाउनु छैन, यदि त्यसरी नाम कमाउने रहर भएको भए म अहिलेसम्म पतन भै सक्थेँ,' उनले भनिन् । स्मिताका अनुसार 'म त्यो पुरुषसँग नजिक हुन्छु, जो मलाई मनपर्छ । मलाई मन पराउने त हजारौं होलान् नि । मन पराउँदैमा प्राप्त गर्न सहज पनि छैन म ।'
- सुव्रत आचार्य
तस्बिर : नवीन के. श्रेष्ठ



tundikhel

  • Global Moderator
  • ****
  • Posts: 15904
Re: Saptahik Blow-up - centerfold models
« Reply #76 on: February 21, 2014, 09:31:51 PM »
मिति २०७० माघ १० गते 24th Jan 2014 मा साप्ताहिकको मध्यपृष्ठमा प्रकाशित नायिका नन्दिता केसीको ब्लो अप ।

नायिका नन्दिता केसीसमक्ष फोटोसुटको प्रस्ताव राखिएपछि उनको पहिलो सर्त थियो- छोटा पहिरन नलगाउने । नन्दिता यो मामिलामा उदार छैनन् भन्ने कुरा नसुनिएको होइन, तर सात समुद्रपारिको भ्रमणमा आएकीले उक्त सोचमा परिवर्तन पनि हुनसक्ने अनुमान थियो, जुन सही थिएन । योजनाअनुरूप डिजाइनर माया पुर्जाले नन्दितालाई सुहाउँदो तीन भिन्न रंगका पहिरन तयार पारिन् । हङकङकी परिचित डिजाइनर मायाका पहिरनमा निकै खुलेकी थिइन् नन्दिता । 'नेपालबाहिर पहिलो फोटोसुटको अनुभव साह्रै रमाइलो भयो', केसीले खुसी व्यक्त गरिन् । पराई ३० बढी चलचित्रमा अभिनय गरिसकेकी नन्दिताको पछिल्लो चलचित्र हो । यतिबेला भने उनी 'मझेरी' मा व्यस्त छिन् । त्यसैको छायांकनका लागि केही दिनभित्रै कतार उड्दै छिन्- नन्दिता । 'बाबरी त्यसपछिको मेरो अर्को फिल्म हुनेछ,' उनले सुनाइन् ।
नन्दिता दोस्रोपटक हङकङ आएकी थिइन् । काठमाडांैस्थित गैरसरकारी संस्था बेबी लाइफ होमका लागि सहयोग जुटाउन आयोजित एक कार्यक्रममा सहभागी भएकी नन्दिता डिज्निल्यान्ड, भिक्टोरिया पिक आदि चर्चित पर्यटकीय स्थल पनि घुम्न भ्याइन् । नन्दिता यतिबेला स्वदेश फर्किसकेकी छिन् । विदेश भ्रमण गरेर नेपाल पुग्नासाथ तपाईले सम्झने कुरा के हो ? 'यहँाको जस्तो नियम कानुन हाम्रो देशमा पनि लागू गर्न सके कस्तो हुन्थ्यो होला जस्तो लाग्छ ।' नन्दिताको उत्तर थियो ।

शब्द तथा तस्बिर - निर्मल श्रेष्ठ
पहिरन - माया पुर्जा, हङकङ
लोकेसन - वेस्ट काउलुन, हङकङ



tundikhel

  • Global Moderator
  • ****
  • Posts: 15904
Re: Saptahik Blow-up - centerfold models
« Reply #77 on: February 21, 2014, 09:38:23 PM »
साप्ताहिकको मिति २०७० माघ ३ गते 17th Jan 2014 को अंकमा मध्यपृष्ठमा प्रकाशित मोडल/नायिका दीपशिखा खड्काको ब्लो अप ।


उदार स्वभावकी मोडल एवं नायिका हुन्- दीपशिखा खड्का । त्यसैले फोटोसुटका क्रममा उनी ब्याकलेस होइन् प|mन्टलेसमा ध्यान दिन्छिन् । उनका तस्बिरहरू सधैं चर्चामा रहन्छन् । केही समयअघि पारदर्शी कपडामा वक्षस्थल नै देखाएकी खड्काका अनुसार शरीरका सबै अंग उत्तिकै महत्वपूर्ण छन्, पछाडिपट्टी पूरै देखाउनेले अग्रभाग देखाउनचाहिँ किन कन्जुस्याइँ गर्नु ? राजेश पायल राईको बुझ्दै बुझिनौ तिमीले शीर्षकको गीतबाट अभिनय यात्रा प्रारम्भ गरेकी दीपशिखाले दुईवटा चलचित्र जस्ट फर यु र प्रेमविवाहमा काम गरिसकेकी छिन् । दीपशिखा व्यावसायिक रूपमा यो क्षेत्रमा आइसकेपछि कामका सन्दर्भमा कुनै सम्झौता गर्न नचाहने बताउँछिन् । 'मानिसहरू उल्टो रूपमा बुझ्छन्, अनि कामका लागि सेक्स प्रस्ताव लिएर आउँछन्,' दीपशिखा भन्छिन्- 'सबैले प्रस्ताव गरेअनुसार रिलेसन राख्ने हो भने त एक वर्षभित्रमै तहल्का मच्चाइसक्ने थिएँ, तर म अभिनयका लागि शरीर सुम्पन तयार छैन ।' सेक्सुअल रिलेसनका विषयमा पनि उनी सहज रूपमा खुलेर कुरा गर्छिन् । दीपशिखा भन्छिन्- 'विपरीतलिंगीसँग मेरो शरीरको मिलन भएको छैन भन्दिनँ, भएको छ तर त्यो राजीखुसीमै भएको हो, म भएको कुरा झूट बोल्न सक्दिनँ, जोसँग भएको थियो त्यो माया-प्रेममै आधारित थियो, जुन अहिले ब्रेकअप भैसक्यो ।' आत्मविश्वासकै कारण अहिलेसम्मको सुखद जीवनयात्रा तय गरेको बताउने दीपशिखा आगामी दिनमा पनि कुनै केटाका कारण एक थोपा आँसु नझार्ने बताउँछिन् । आफू क्रिस्चियन भएकाले यसपटकको क्रिसमस धूमधामका साथ मनाउने तयारी गरिरहेको बताउने दीपशिखा राम्रो अफरका लागि सधैं आफ्नो ढोका खुला भएको बताउन पनि चुक्दिनन् ।

- विदुर खतिवडा
तस्बिर- कवीन्द्रमान शाक्य



tundikhel

  • Global Moderator
  • ****
  • Posts: 15904
Re: Saptahik Blow-up - centerfold models
« Reply #78 on: February 21, 2014, 09:39:06 PM »


साप्ताहिकमा मिति २०७० पुस २६ गते मध्यपृष्ठमा प्रकाशित नेपाली चलचित्रकी नायिका नीता ढुंगानाको ब्लो अप

नीता ढुंगानाको परिचय पछाडि गत वर्षदेखि एउटा अर्को शब्द थपिएको छ 'गाला रातै गर्ल' । चलचित्र 'नोटबुक' को चर्चित गीत 'गालारातै' ले उक्त चलचित्रकी यी नायिकाको चर्चा एकाएक बढायो । 'मितिनी' र 'अजम्बरी नाता' की बालकलाकार नीताले अलिक ठूली भएपछि तीनवटा भोजपुरी चलचित्रमा अभिनय गरिन् । बालकलाकारका रूपमा उनलाई टेलिश्रृंखला 'चेतना'मा पनि देखिएको थियो । विमल पौडेलद्वारा निर्देशित चलचित्र 'किसान' उनले नायिकाका रूपमा उनले अभिनय गरेको पहिलो चलचित्र थियो, तर ऋषि लामिछाने निर्देशित 'हाम्रो माया जुनी जुनीलाई' ले उनलाई चर्चामा ल्यायो । चर्चाले उनलाई दर्जनौं म्युजिक भिडियोमा मोडल पनि बनायो । दुई वर्षअघि स्कुटी दुर्घटनामा परेर गालामा चोट लागेपछि उनले पाएका आधादर्जन अफर छाड्नुपर्‍यो । गालामा दाग लिएरै चलचित्र तथा म्युजिक भिडियोहरूमा अभिनय गर्न थालेकी नीता गत वर्ष आमाको मृत्युले शोकमा पनि डुबिन् ।
'भगवान्ले मलाई दुःखसँगै सुख पनि दिँदै गए,' नीता आफ्ना सुखका कथा सुनाउन थालिन् । 'नोटबुक'को सफलताले एकपछि अर्को एवार्ड थाप्ने क्रममा उनले बालकुमारीमा एउटा अपार्टमेन्ट पनि पाएकी छिन्, १० लाख छुटमा । अहिले त्यही अपार्टमेन्टमा बस्ने नीता यतिबेला चलचित्र 'छ एकान छ'को प्रदर्शनको मिति पर्खिरहेकी छिन् । पुस २६ गते सार्वजनिक हुन लागेको उक्त चलचित्र दीपकराज गिरी, दीपाश्री निरौला तथा निर्मल शर्माले निर्माण गरेका हुन् । दिनेश डिसीले निर्देशन गरेको हास्यचलचित्र 'छ एकान छ'मा दीपकराजका साथमा शिवहरि पौडेल, जितु नेपाल, सीताराम कट्टेल, केदार घिमिरे र सन्दिप क्षेत्री नायक छन् भने नीता एक्ली नायिका । छ जना हास्य कलाकारसँग रोमान्स गरेकी नीताले वास्तविक जीवनमा भने 'सिरियस रोमान्स'मा नपरेको बताइन् । 'मेरो मर्म बुझ्ने व्यक्ति मेरो जीवनसाथी हुनसक्छ, तर अहिले मलाई विवाहको हतार छैन,'- नीताले स्वाभाविक मुस्कान छर्दै भनिन् । अनि ब्वाइफ्रेन्ड नि ? खित्का छाड्दै उनले भनिन् -'भेटेपछि खुसुक्क भन्नेछु ।'

-सुव्रत आचार्य
तस्बिर- महेश प्रधान
लोकेसन- विश्राम वाटिका रेस्टुराँ, नागदह, ललितपुर
हेयर तथा मेकअप- संगीता मिश्र आचार्य, शोभाज ब्युटिपार्लर, कुमारीपाटी
पहिरन- प्रमिशा वार्डरोव, चाबहिल

sag

  • VIP
  • ******
  • Posts: 734
Re: Saptahik Blow-up - centerfold models
« Reply #79 on: March 05, 2015, 09:16:12 PM »
Holi ko blow up missing rahechha ....

lau maile post garidiyn