Author Topic: Simple Khanal ... Actress and music video model  (Read 7194 times)

0 Members and 1 Guest are viewing this topic.

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15886
Simple Khanal ... Actress and music video model
« on: October 11, 2012, 08:41:28 AM »


सिम्पल खनाल (म्युजिक भिडियो मोडल)


स्वादिलो हुने गरी पकाउन आउने कुरा ?

आलु काउली

जान्नै पर्ने तर नजानेको काम ?

गाडी ड्राइभिङ। भर्खरै गाडी किने, चलाउन सिकिरहेकी छु

मन नपर्ने दुईजना सेलिब्रेटी ?

सेलिना जेट्ली र शाहरुख खान

तीन कुरा जुन बिना बाँच्न सक्नुहुन्न ?

नाम, दाम र मम्मी

सबैभन्दा बेइज्जत भएको वा लाज लागेको क्षण ?

झापाको कन्काई माविमा ७ कक्षा पढ्दा बेन्चबाट लडेपछि मेरो स्कर्ट फर्केर अनुहार छोप्न आइपुगेको बेला लडेको चोटको पीडाभन्दा लाज  धेरै लागेको थियो

जीवनमा गरेको सबैभन्दा ठूलो गल्ती ?

नबुझी विवाह गर्नु। जसको परिणाम पारपाचुके भयो, तर जे भयो रामै्रै भयो।

सबैभन्दा रमाइलो लागेको क्षण ?

डेढ वर्ष सिंगापुरको क्रुज (पानी जहाज) मा काम गर्दाका हरेक पल। पन्ध्र-पन्ध्र दिनसम्म समुद्रको यात्रा गर्दा निकै रमाइलो लागेको थियो।

अबको १० वर्षपछि सिम्पल खनाललाई कुन रूपमा भेटिएला ?

बिजनेस वुमेनका रूपमा। बुटिक व्यवसाय थाल्दैछु।

सेक्सी लाग्ने तीन स्वदेशी पुरुष ?

निर्वाण चौधरी, भूषण दाहाल र प्रशान्त ताम्राकार

कुन सेलिब्रेटीलाई देख्दा सेक्स डिजायर बढेको अनुभूति हुन्छ ?

आमिर खान

सेक्स केका लागि, सन्तान उत्पादन कि चरम आनन्द ?

दुवैका लागि

विवाहको प्रस्ताव कसैबाट आयो भने ?

मैले अहिले यस विषयमा केही सोचेकी छैन

मनपरेका तीन म्युजिक भिडियो निर्देशक ?

भूषण दाहाल, आलोक नेम्वाङ र अर्जुन अधिकारी

बिहान उठ्दा तपाइर्ँको लिंग परिवर्तन भएर सुन्दर पुरुष हुनुभएको रहेछ भने ?

घरबाट कहिल्यै बाहिरै निस्कन्न

पारपाचुकेपछिको एक्लो जीवनमा यौन तथा मायाका लागि पुरुषको आवश्यकता महसुस गर्नुभएको छ ?

काममा व्यस्त रहेकीले त्यसतर्फ ध्यान गएको छैन। महसुस भयो भने त्यसबेला 'देखा जाएगा'।

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15886
Re: Simple Khanal ... Actress and music video model
« Reply #1 on: October 11, 2012, 08:43:53 AM »