Author Topic: New Nepali Movies * News *  (Read 36266 times)

0 Members and 1 Guest are viewing this topic.

anand

  • Administrator
  • *******
  • Posts: 1203

anand

  • Administrator
  • *******
  • Posts: 1203

anand

  • Administrator
  • *******
  • Posts: 1203
Re: New Nepali Movies * News *
« Reply #22 on: March 29, 2015, 11:02:14 PM »
Theater report
Sadanga and Bhool Bhulaiyaa


tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15886
Re: New Nepali Movies * News *
« Reply #23 on: April 01, 2015, 12:41:06 AM »

sag

  • VIP
  • ******
  • Posts: 730
Re: New Nepali Movies * News *
« Reply #24 on: April 02, 2015, 03:34:56 AM »
बलिउड गीत संग कपि गरिएको शुभेच्छाको ‘मखमली’ गीत(भिडियो सहित)

२०७१ चैत्र १८ बुधबार,काठमाण्डौ । चर्चामा आउन जस्तो सुकै गर्न पछी नपर्ने निर्मात्री तथा कलाकार शुभेच्छा थापा र उनका हितैसी निर्देशक राजु गिरी कपि गरेरै फिल्मको प्रचार गर्न मस्त हुन्छन् । तैपनि यी दुइ कपि गर्दा खुसि देखिन्छन् ।

कहिले अंगप्रदर्शन गर्ने त कहिले विदेशी चलचित्रको कपी गर्ने बानि परेकी शुभेच्छा फिल्म ‘मिस नेपाल’ को समयमा । यस्तै, उनले बक्षस्थललाई माछाले छोपेको तस्बिरले चर्चा सँगै आलोचना सहेकी थिइन् ।

यद्दपी उनि कपि गर्ने लत बाट छुट्न सकेकी छैनन् यसै क्रममा उनको निर्माण तथा अश्लिल निर्देशक भनेर चिनिएका राजु गिरी निर्देशित फिल्म ‘मखमली’को सार्बजनिक गीतको भिडियोका दृश्यमा नक्कल गरिएको छ । गीतमा बलिउड नायक सलमान खान अभिनित चलचित्र ‘किक’को ‘झुम्मे कि रात हे’बोलको गीतको भिडियो जस्तो छ । सलमान खानको गीतको भिडियोबाट साभार गरिएको कुरालाई निर्देशक राजु गिरीले पनि स्विकार गरेका छन् ।




tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15886
Re: New Nepali Movies * News *
« Reply #25 on: April 02, 2015, 09:34:31 AM »
असोजमा `वडा नम्बर ६`

 à¤›à¤¾à¤¯à¤¾à¤‚कनको समयमा नयाँ बर्षमै प्रदर्शनमा ल्याउने तयारी गरिएको फिल्म 'वडा नम्बर ६'लाई असोजमा रिलिज गर्ने तयारी गारिएको छ । यो फिल्म असोज १ गतेबाट प्रदर्शनमा आउने निर्मात्री दीपाश्री निरौलाको भनाई छ ।
 
उज्वल घिमिरेले  निर्देशन गरेको यो फिल्ममा दयाहाङ राई, प्रियंका कार्की, सिताराम कट्टेल, केदार घिमिरे, दिपकराज गिरी मुख्य भूमिकामा छन् । कमेडी जनराको यो फिल्मको प्रदर्शन दसैंंको छेको पारेर गर्न लागिएको हो ।
 
दिपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको मुख्य लगानी रहेको यो फिल्ममा सिताराम कट्टेल, केदार घिमिरे र जितु नेपालले पनि निर्माणमा सघाएका छन् । यो टिमले यसअघि 'छ एकान छ' बनाएको थियो ।   

anand

  • Administrator
  • *******
  • Posts: 1203
Re: New Nepali Movies * News *
« Reply #26 on: April 05, 2015, 01:07:00 PM »

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15886
Re: New Nepali Movies * News *
« Reply #27 on: April 10, 2015, 05:59:35 AM »
कुन फिल्म सफल होला
छबी ओझाको .... नीर शाह / डायमण्ड शम्शेरको ... बिकास आचार्यको

कि तीन वटै सफल होलान ??

http://xnepali.net/movies/friday-release-seto-bagh-hawaldar-suntali-nai-nabhannu-la-3/


tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15886
Re: New Nepali Movies * News *
« Reply #28 on: April 12, 2015, 11:52:30 PM »
 à¤¸à¤¿à¤•à¥à¤µà¥‡à¤² बिन्दास–३ को छांयाकन सुरु

http://xnepali.net/movies/bindaas-3-shooting-starts-another-team-up-of-raju-giri-and-suvekshya-thapa/



बिन्दास र बिन्दास–२ ले राम्रै चर्चा पाएपछि राजु गिरीको निर्देशनमा सिक्वेल बिन्दास–३ को छांयाकन सुरु भएको छ । नेपालगन्ज,  कर्णाली, महेन्दनन्द्र, चितवन, पोखरा, चरिकोट र काठमाण्डौंका विभिन्न स्थानहरुमा चलचित्रको छांयाकन गरिने निर्माण पक्षले जनाएको छ । रिचाद कुमार रसाइलीले निर्माण गरेका बिन्दास–३ चलचित्रमा अर्जुन पोखरेलको संगीत, नृत्य क्रान्ति केसी रहने भने मुकेश हुमागाईले खिचेका हुन् । चलचित्रमा शुभेच्छा थापा, अशोक फुयाल, मनिष कार्की, सुदन धिमाल, मिस्टर नेपाल सन्दिप सापकोटा, दिनेश शाहीलगायतले अभियान गर्ने निर्देशक राजु गिरीले जानकारी दिएका छन् ।Image title

 à¤¯à¥à¤µà¤¾ पुस्ताको प्रेमकथामा आधारित नेपाली कथानक चलचित्र बिन्दास–३ तिहारको अवसरमा रिजिल गर्ने तयारीको साथ छांयाकनको काम भइरहेको जनाइएको छ । यो चलचित्र ६५ लाखको लगानीमा निर्माण हुने निर्माता  रिचाद कुमार रसाइलीले बताएका छन्  । बिन्दास पोस्टरमा  नायिका सुस्मा कार्कीले आफ्नो बक्षस्थल थिचेको र बिन्दास–२ मा चलचित्रको पोष्टरमा नवनायीकाको रूपमा चलचित्रमा देखिएकी अनिशा गुरूङलाई नङ्ग्याइएको थियो ।

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15886
Re: New Nepali Movies * News *
« Reply #29 on: April 13, 2015, 03:31:22 PM »

करिश्मा र गोपिकृष्णको चुलियो जुहारी, ‘फागु’ जहाँ ‘होमवर्क’ त्यहाँ


चलचित्र ‘फागु’को घोषणा कार्यक्रममा गोपिकृष्ण मुभिजसँग सहकार्य गर्ने बताएपनि अन्तिममा साथ छोडेकी थिइन् निर्मात्री तथा नायिका करिश्मा मानन्धरले । करिश्माले साथ छाडेर एक्लै चलचित्र निर्माण गरेपछि उनको गोपिकृष्ण मुभिजसँग युद्ध सुरु भएको थियो । यो युद्ध चलचित्रको प्रदर्शनमा पनि देखिने भएको छ ।

करिश्माले भदौ २५ गतेलाई चलचित्र प्रदर्शनका लागि मिति तोकेकी थिइन् । तर, यो मिति तोकिएको केही दिनमै गोपिकृष्ण मुभिजले पनि आफ्नो नयाँ चलचित्र ‘होमवर्क’को मिति तोेकेको छ । ‘होमवर्क’ पनि अब भदौ २५ गते नै प्रदर्शनमा आउने भएको छ ।

करिश्माको चलचित्रसँग गोपिकृष्ण मुभिजले चलचित्र जुधाएर युद्धलाई कायमै गरेको छ । करिश्माको ‘फागु’मा शिल्पा पोख्रेल मुख्य भूमिकामा छिन् । यता, गोपिकृष्ण मुभिजको ब्यानरमा निर्माण भएको ‘होमवर्क’मा आर्यन सिग्देल र नम्रता श्रेष्ठ मुख्य भूमिकामा छन् । आर्यन सिग्देललाई दोहोरो चरित्रमा देखाइएकाले पनि यो चलचित्रको चर्चा सुरुवातदेखि नै चुलिएको छ ।

चलचित्र ‘होमवर्क’लाई निर्देशक निरक पौडेलले कुनै संझौता नै नगरी निर्देशन गरेका छन् । यस्तै, चलचित्र ‘फागु’लाई संझना रौनियारले निर्देशन गरेकी हुन् । दुई चलचित्र एकसाथ जुध्नुमा गोपिकृष्णले करिश्मासँग खेल्न चाहेको जुहारी नै हो । गोपिकृष्णको साथ छाड्दा करिश्मालाई घाटा लाग्छ या फाइदा, भोली चलचित्र चलेपछि नै थाहा हुनेछ ।