Author Topic: Nandita KC featured as an item girl – for the first time  (Read 7851 times)

0 Members and 1 Guest are viewing this topic.

00t

  • xNew2
  • **
  • Posts: 19
Nandita KC featured as an item girl – for the first time
« on: August 01, 2014, 03:45:08 PM »
Nandita KC featured as an item girl – for the first time

Actress Nandita KC had done an item dance for the first time in her decade-long career. Watch a video of the shooting: In the movie ‘Jungabahadurko Kot’ Nandita had presented her hot avatar in the item dance. The song choreographed by Gambhir Bista is shot by Purushottam pradhan and the movie is directed by Ashish […]
Source: Nandita KC featured as an item girl – for the first time

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15886
Re: Nandita KC featured as an item girl – for the first time
« Reply #1 on: June 06, 2015, 10:07:55 PM »
nandita kc's mother


nepalima

  • 10X
  • ***
  • Posts: 82
Re: Nandita KC featured as an item girl – for the first time
« Reply #3 on: June 21, 2015, 08:29:17 PM »
" class="bbc_img

jimmas

  • xNew2
  • **
  • Posts: 38
    • Global Sansar
Re: Nandita KC featured as an item girl – for the first time
« Reply #4 on: June 21, 2015, 10:03:44 PM »
movie sounds good. But item girl in that era of Nepal? I hope it will be good.
Global Sansar :समाचार संसार को

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15886
Re: Nandita KC featured as an item girl – for the first time
« Reply #5 on: August 17, 2015, 12:00:00 PM »


‘बेला त एसएलसी दिएपछि नै भएको थियो’ : नन्दिता केसी

भूकम्प प्रभावितको सहयोगार्थ ‘नाफ्का’ नामक संस्थाले आयोजना गरेको कार्यक्रमका सिलसिलामा नन्दिता केसी केही साता देखि अमेरिकामा छन् । अमेरिका उड्नु पुर्व नायिका केसीसँग न्यूजपेजथ्री डटकमका लागि उत्सब रसाईलीले गरेको कुराकानीको केही सम्पादित अंशलाई  यहाँ प्रस्तुत गरिएको छ ।
 

फर्कनु हुन्छ अमेरिका पुगेपछि ?

हन्ड्रेड प्रतिशत फर्कन्छु । अमेरिकाबाट कार्यक्रमको लागि क्यानडा पनि जाने कुरा छ करिब दुई महिना पछि म नेपाल फर्कन्छु । किनभने नेपाल फर्केपछि मेरो ब्याङ्कक, ल्हासा र साउथ अफ्रिकाको इभेन्ट छ, त्यसैल म नेपाल फर्कन्छु ।

तर, कार्यक्रममा गएका थुप्रै कलाकार उतै बसेका उदाहरण छन् नि ?

मान्छेको आफ्नो सोचाइ हुन्छ । परिवारीक योजना हुन्छ तर म चाहिं फर्कन्छु नै । त्यहाँ हुने ग्लोबल फेस्टिभलमा प्रस्तुती दिएर म नेपाल फर्कन्छु ।

के तपाइको अमेरिका बस्ने योजना नभएकै हो त ?

म यहाँ पनि विजी छु । फिल्महरु पनि पाइरहेको छु । म्युजिक भिडियो पनि गरि नै रहेको छु । बाहिरको कार्यक्रमको लागि अफर आइरहेको छ ।

अमेरिकामा खास मान्छे पनि हुनुहुन्छ भन्ने सुनिन्छ नि ?

हा हा हा..एकदमै गलत हो । यो शतप्रतिशत झुठो हो । मैंले अरु बाट पनि सुनेको थिएँ, म के स्पष्ट पार्न चाहान्छु भने अमेरिकामा मेरो कोही खास मान्छे हुनुहन्न । बरु मेरो त्यहाँ दाइ भाउजु र मेरो मिल्ने साथी छ । म अहिलेसम्म सिङ्गल नै छु ।

अब मिङ्गल हुने बेला भएन ?

बेला त मेरो एसएलसी दिइसके पछि भएको हो । एसएलसी दिइसकेपछि नै मलाई विवाहको प्रस्ताव आएको हो । अहिलेसम्म आइ नै रहेको छ । तर कुरा के हो भने विवाह भन्ने कुरा चाहिं लेखेको हुने रहेछ । त्यसैले अब जहिले लेखेको छ त्यहिले नै होला ।

तर एक प्रकारको योजना त हुन्छ नि होइन ?

हाम्रो क्षेत्रमा चाहिं के हुँदो रहेछ भने जति काम गर्यो त्यति थपिने हुँदो रहेछ । अब यो काम सकेर विवाह गर्छु भन्यो फेरी अर्को राम्रो काम आउने । अहिले नै किन विवाह गर्नु पर्यो र एक दुई वर्ष पछि नै गरौंला भन्ने हुँदो रहेछ । अझै एक दुई वर्ष काममा व्यस्त हुन्छु । राम्रो फिल्मको पनि कुरा हुँदैछ । हेरौं त्यसपछि कोही राम्रो मान्छे भेटियो मन मिल्यो भने गरौंला ।

उमेर ढल्केपछि हिरोइनको घरजम गर्न समस्या परेको देखिएको छ नि ?

त्यस्तो नहोला । आफुले विवाह गर्छु भनेपछि कुनै समस्या आउला जस्तो लाग्दैन । विवाह गर्ने समय आएपछि जो मान्छे राम्रो लाग्छ उही सँग गर्छु ।

तपाई राहत बाँड्न पनि हिड्नु भयो क्यारे होइन ?

हो विभिन्न भूकम्प प्रभावित क्षेत्रमा राहत बाँड्न गयौं । भूकम्प प्रभावित क्षेत्रको अवस्था  दर्दनाक छ । सेतो कपडा लगाएका व्यक्ति देख्दा साँच्चै आँखा बाट आँसु आयो । शोकमा रहेका व्यक्ति देख्दा आफ्नै परिवार गुमेको महसुश भयो । हामीले वि फर् अल भन्ने संगठन सँग मिलेर राहत वितरण कार्य गर्यौं । अहिले हाम्रो टिमले काभ्रेपलाञ्चोक जिल्लाको पोखरी चौंरी गाविसमा तीन वटा प्राथमिक विद्यालय बनाउँदै छ । वि फर् अल बाट हामीले भूकम्प प्रभावितको लागि आफ्नै पकेटबाट पनि पैसा निकालेर काम गरेका छौं । पछि चाहिं अस्थायी घर निर्माणको लागि सहयोग भैरहेको छ । राम्रो सन्देश जाओस् भनेर हामीले यो कार्य गरिरहका हौं ।

फिल्म करिअरलाई लिएर कस्तो योजना बनाउनु भएको छ ?

प्रस्ताव आएका राम्रो राम्रो फिल्महरु गर्छु । अहिले पनि एक दुई वटा राम्रो फिल्महरुको कुरा भैरहेको छ ।

फिल्म क्षेत्रमा विगत एक दशक देखि हुनुहुन्छ, आफुलाई कुन स्थानमा उभ्याउनु हुन्छ ?

मान्छे भन्दा पनि मान्छेले गरेका कामहरु सफल हुने हुन् । मेरो कतिपय कामहरु सफल भए कतिपय असफल भएका छन् । र, म अहिले पनि संघर्ष नै गरिरहेको छु । किनभने जति म अगाडी बढ्छु त्यति नै नयाँ कुरा सिक्दै जान्छु । जन्मिदैं कसैले पनि सिकेर आएको हुँदैन । हरेक पाइलामा नयाँ कुरा सिक्दै गइन्छ, सिक्नु भनेकै संघर्ष गर्नु हो ।

फिल्म क्षेत्रमा हिरोइन बिच कत्तिको प्रतिस्पर्धा देख्नुहुन्छ ?

एकदमै प्रतिस्पर्धा छ । तर मेरो स्वभाव चाहिं प्रतिस्पर्धामा जाने खालको छैन । म आफ्नो कामसँग प्रतिस्पर्धा गर्छु । हिजो मेरो काम कस्तो थियो, आज मैंले त्यसलाई कसरी सच्याउँनु पर्छ भनी केलाउँदै जान्छु । तर, प्रतिस्पर्धा चाहि ‘टफ’ नै छ ।

भनेपछि अरुलाई पछारेर आफु अगाडी बढ्नु पर्ने भो ?

म मा चाहिं जेरो प्रतिशत पनि आउदैन कि अरुलाई पछारेर आफु अगाडी जाउँ । घर एक जनाले मात्र चलाएर चल्दैन । फिल्म क्षेत्रमा भनेको घर हो । हामी सबै घरका सदस्य हौं । मेरो घरलाई समाज चिनाउनु पर्यो भने मैंले मात्रै राम्रो गरेर चिनिदैन । घरको सबै सदस्यले राम्रो काम गर्नुपर्छ । त्यसैले मैंले अरुलाई पछार्ने काशिस गरें भने मेरो क्षेत्र कसरी बाहिर राम्ररी चिनिन्छ । फिल्म क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा लैजानु पर्यो नि । अन्तर्राष्ट्रिय स्तरमा लैजाँदा सबैले राम्रो काम गर्नुपर्छ । एकले अर्कालाई पछार्ने भन्दा पनि एकले अर्कालाई सहयोग गर्नुपर्छ ।

जे होस्, वर्तमान फिल्म क्षेत्रमा कुन हिरोइन अगाडी बढि रहेको देख्नु हुन्छ ?

रेखा दिदी (थापा) त फिल्म क्षेत्रको खम्बा नै हो । व्यस्तताको हिसाबले चाहिं प्रियंका (कार्की) अगाडी छ जस्तो लाग्छ । त्यस्तै केकी बैनी (अधिकारी) उसले पनि राम्रो नै गरिरहेको छ । नम्रता (श्रेष्ठ) को पनि राम्रो भइरहेको छ ।