Author Topic: ‘झोला’ ओस्कार अवार्डमा ?  (Read 2622 times)

0 Members and 1 Guest are viewing this topic.

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15886
‘झोला’ सहित तीन चलचित्र ओस्कार अवार्डको भिडन्तमा


आगामी ओस्कार अवार्डमा नेपालबाट सिफारिस हुने सिनेमाका लागि ऐतिहासिक मौलिक चलचित्र ‘झोला’, मोक्ष, र कबड्डीबीच प्रतिस्पर्दा हुने सम्भावना बलियो रहेको छ ।

शुक्रबार यी तीन चलचित्र दर्ता भएको चलचित्र झोलाका निर्माता राज तिमल्सिनाले जानकारी दिए । झोला गत वर्षको सुपुरहिट चलचित्र हो । यही चलचित्र मार्फत नायिका गरिमा पन्तले सार्क फिल्म फेस्टिबलमा उत्कृष्ट नायिकाको उपाधि जितेकी थिइन् ।

त्यस्तै स्वदेशमा पनि सरकारी सहित अन्य थुप्रै अवार्ड हात पारिसकेको छ । चलचित्रले १ सय वर्ष पुरानो सति प्रथालाई ज्वलन्त रुपमा उठाएका कारण दर्शकले अत्यन्त रुचाएका थिए ।

देश तथा विदेशमा समेत प्रदर्शन भइसकेको र अझै मोफसलका केही हल र विदेशमा समेत प्रदर्शन भइरहेको यसका निर्माता तिमिल्सिनाले नेपाल सन्देशलाई जानकारी दिए । झोलालाई यादब कुमार भट्टराईले निर्देशन गरेका हुन् ।

रामबाबु गुरुङ्ग निर्देशित कबड्डी पनि गत वर्षको हिट चलचित्र हो । उक्त चलचित्रमा दयाहाङ राई, निश्चल बस्नेत लगायतका कालाकारले अभिनय गरेका छन् भने मुस्ताङको एक थकाली समुदायको कथालाई यसले चित्रण गरेको छ ।

त्यस्तै ‘मोक्ष’ गायक तथा निर्देशक प्रविण श्रेष्ठको जीवनमा आधारित चलचित्र हो । कोशिस क्षेत्री र बेनीसा हमाल अभिनित यो चलचित्रलाई सुनिल मानन्धरले निर्माण गरेका हुन् ।