Author Topic: Suntali - Movie Review - सुन्तली  (Read 6885 times)

0 Members and 1 Guest are viewing this topic.

sag

  • VIP
  • ******
  • Posts: 730
Suntali - Movie Review - सुन्तली
« on: February 17, 2015, 02:15:47 AM »
Suntali was released on Feb 14, 2015

http://xnepali.net/movies/friday-release-suntali-and-one-way/




सुन्तली : भुटुन कम, मसला धेरै

- विनोद ढकाल

फिल्म समिक्षा
फिल्मका प्रत्येक सटहरु त्यसका झंकारहरु हुन्, त्यसले फिल्मको सुर र तालको व्यख्या गर्छ अनि त्यो काम निर्देशकले मात्र गर्न सक्छ। निर्देशक एउटा पानी जहाजको क्याप्टेनजस्तै हो, फिल्मका लागि। शुक्रबारदेखि रिलिज भएको नेपाली फिल्महरुमा सुन्तली पनि एक हो। सुन्तली भयानक रमाइलो, झल्याकझुलुक, सहरीयाहरुको कथा, गाडीहरुको घुइँचो, डिस्को, डान्स, बारसँग सम्बन्धहीन फिल्म हो। यो फिल्म हेर्नका लागि दर्शकले पुरै गाउँले परिवेश दिमागमा राखेर सिनेमाघर पसे हुन्छ।
 
नामले नै एक नारी पात्र हावी भएको भान हुने फिल्म हेर्न हलमा छिरेका दर्शकहरुले फरक स्वाद पाउने छन्। तर त्यो स्वाद साह्रै मिठो भन्ने छैन। कमेन्ट स्वभाविक हुनेछ– भुटुन कम मसला ज्यादा भएको, सुन्तली। तरकारी मिठो मसलाहरु खन्याएर, धेरै हालेरमात्र हुँदैन, भुटुनको मात्रा थाहा पाउन आवश्यक हुन्छ। र, फिल्ममा भुटुन भनेकै कथा हो, कथावस्तु हो, कथा अंश हो। सुन्तलीको कथा अंश खासै छैन, यद्यपी यसमा हेर्नै पर्ने चीजहरुचाँही छन्। यो नेपाली सिनेमाका लागि साना कुराहरुलाई कुशल प्रस्तुति दिएको एउटा फरक …प्रडक्ट… भन्न मिल्छ। सुन्तली कहीँ चुकेको छ भने त्योकथावस्तुको प्रष्टोक्ति हो।
 
सुन्तली नेपाली ग्रामीण भेगमा हुने गतिविधिको प्रतिनिधी फिल्म हो। तनहुँको बन्दीपुरभित्र छायांकन गरिएको फिल्मलाई सोही गाउँ वरीपरि नै सिध्याइएको छ। नामअनुसार सुन्तलीकै कथा वरीपरी फिल्म सक्नुपर्ने भएपनि फिल्मको कथा र त्यसको कथावस्तु मूर्त र स्पष्ट भेट्न मुस्किल पर्छ। यद्यपी, फिल्म हेरुन्जेल दर्शकका लागि कलाकारको अभिनय केलाउँदा केलाउँदै कथावस्तुबारे सोच्ने फुर्सदको समय निर्देशक भास्कर ढुंगानाले कमै मात्र छोडेका छन्।
 
सुन्तली, बन्दीपुरकी टुहुरी केटी हुन्छे, उसको सुवेदारनीको छोरोसँग माया गाँसिएपछि गर्भ बस्छ। सुवेदारनीले उसको गर्भ तुहाउनेउसलाई मार्न विष खुवाउँछे।
 
सुन्तली तीनवर्षपछि गाउँ फर्केर सुवेदारनीसँग उसको कर्मको पश्चाताप गराउनका लागि फरक ढंगले प्रस्तुत हुन्छे। फिल्मको एक लाइनको कथा यहि नै हो। तर फिल्म मुख्य कथावस्तुमा अमूर्त भएपनि त्यसबाहेकका बन्दिपुरको त्यो गाउँमा फरक विशेषता बोकेका प्रहरी, चोर, पसले, टेलर मास्टरको चरित्रसँग नजिक छ। उनीहरुको चरित्र नै फिल्मको कथाभन्दा पनि मजबुद जग बनेको छ, सुन्तलीमा। खै, निर्देशकले कुन सोचले यो फिल्मलाई अलगधारमा उभ्याउन खोजेका हुन् थाहा छैन। सोझो अर्थमा भन्नुपर्दा फिल्म औसत राम्रो छ। नराम्रो भन्न मिल्दैन। तर कमीकमजोरी पर्याप्त छन्। यो दोहोरिन सक्छ, डाइरेक्टरको ठूलो कमजोरी भनेकै फितलो क्लाइमेक्स हो। उनले फिल्मलाई रोचक बनाउँदैगर्दा फिल्मको अन्त्य कमजोर विषयवस्तुमा गरेका छन्। केही रोचक र काल्पनिक प्रयोग गरी फरक टेस्ट दिने प्रयत्न पनि गरिएको छ। 
 
कास्टिङ
 
सुन्तलीको सबैभन्दा बलियो पक्ष कास्टिङ हो। मुख्य अभिनेत्री सुन्तली (प्रियंका कार्की) को अभिनय राम्रो छ। उनको अभिनयमा खोट लगाउन मिल्दैन। सुवेदारनी (सुर्यमाला खनाल) को अभिनय उत्कृष्ट छ। श्याम दर्जी (अर्पण थापा)को अभिनयमात्र छ, उनको संवादहीन अभिनय पनि गतिलो छ। यी बाहेक कर्मा (सुन्दर)का रुपमा उभ्याइएका पात्रको अभिनय निक्कै रोचक र राम्रो छ। फिल्ममा उभ्याइएका अन्य पात्रहरुको अभिनय पनि गतिलो छ, अभिनयमा दोष लगाउन मिल्दैन। कास्टिङ डाइरेक्टरहरु कलाकार छनौटमा कमजोर छैनन्।
 
प्रविधि
सुन्तलीको सन्तुष्ट पक्ष, प्रविधि हो। फिल्मको छायांकन अत्यन्तै राम्रो छ भने इडिटिङमा पनि कमजोरी रहेको थाहा हुँदैन। कहिँकतै सिनहरु जोड्ने क्रममा केही नमिलेको जस्तो लाग्छ। तर, दर्शकले त्यो कुरालाई ध्यान दिन भ्याउँदैनन्।       
समग्रता
 
नेपाली फिल्महरुको परिप्रेक्षमा सुन्तली नयाँ होइन। काम पनि नयाँ भएको भन्न मिल्दैन। तर, तरिका नयाँ अपनाउने प्रयत्न गरिएको छ। कथा झुर नभएको भए फिल्म उत्कृष्ट हुन्थ्यो। कथाको तारतम्यको ठेगान नलाग्दा सुन्तली उत्कृष्ट भन्न सुहाउने छैन। यद्यपी, नेपाली फिल्ममा यत्तिको ढाँचा पुर्‍याउन सके, नयाँ नयाँ फिल्महरुले नयाँ स्वाद दिन सक्छन् भन्ने भान हुनेछ। कथाको तारतम्य भन्दा पनि निर्देशक कलाकारको प्रस्तुतीमा बढी फोकस भए। फिल्म राम्रो हुनका लागि सबै चिजको महत्व उत्तिकै हुनुपर्छ। सुन्तलीमा कलाकार राम्रा, प्रस्तुती पनि राम्रो, अभिनय पनि उत्कृष्ट तर कथाको तारतम्य छैन, कथावस्तु के हो? भन्ने कुरामा ध्यान दिन सकिएको छैन।
 
फिल्मका केही संवादहरु र न्यारेसनमा पनि कमजोरी भेटिन्छ। न्यारेटरले सबै कलाकारहरुको परिचय दिने क्रममा असईलाई इनिस्पेक्टर भनेर परिचय गराउँछन्। संवादका क्रममा परिवेश अुनसार पात्रले त्यसो भन्दा त्यति असहज सुनिँदैन तर न्यारेटरले नै त्यसो भन्दिनुले यो कमजोरी नै सावित हुन्छ। यद्यपि कलाकारहरुले फिल्म हेरिसकेपछि डाइरेक्टरको तारिफ गर्न सकुन्, यस्तो फिल्म बन्नुपर्दछ भन्न सकुन्। कलाकार फिल्ममा आफ्नो अभिनय देखेर मख्ख पर्न सक्छन्, फिल्म कलाकारको अभिनयमा दर्शक मख्ख पर्ने र स्वाद पाउने प्रकारले बन्नुपर्दछ। सुन्तलीले निर्माताहरुको रकम सुरक्षित गर्नका लागि केही खास बजार लिनसक्ला तर फिल्म बुझेका अहिलेका दर्शकहरुले सुन्तलीलाई लेन्दी भन्न सक्छन्। गीत एउटा राखिएको छ, राम्रो छ। तर, यसमा अरु पनि गीत थपेर वा कथाको खास मोड दिन सकेको भए राम्रो हुन्थ्यो।
 
सुन्तली कसरी गायब भई र किन फर्किएकी थिई, कसरी उसले नयाँ मान्छेलाई गाउँमा ल्याउने आँट गरी? भन्ने कुरालाई कथामा स्पष्ट र बुझ्नेगरी भावार्थमा जोड्न नसक्नु एउटा सरल कमजोरी हो। यति चिटिक्क परेको शैली समातेको फिल्ममा कथालाई पनि चिटिक्क बनाउने ठाउँ पर्याप्त थिए तर निर्देशक ढुंगानाले गरेका छैनन्। यद्यपी, प्रयोगहरु केही फरक र मौलिक भएका कारण सुन्तली औसत राम्रो फिल्म भन्न मिल्छ।

« Last Edit: March 14, 2015, 02:35:05 AM by anand »

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15886
Re: Movie Review - सुन्तली
« Reply #1 on: February 17, 2015, 03:20:00 AM »
एक अर्गानिक खुराक 'सुन्तली'
16 Feb 2015
दीपेन्द्र लामा

nagariknews.com

भारतबाट नेपालको पहाडतिर क्रिकेट खेलमात्र भित्रिएको छैन। बेलाबखत भयानक गुण्डाहरुको पनि घुसपैठ भइरहन्छ। फिल्म 'सुन्तली'मा यस्तै हुन्छ। भारतको सीमावर्ती क्षेत्रबाट बजरंग नामक अपराधी (प्रमोद अग्रहरि) एउटा पहाडी गाउँमा अचानक झुल्किन्छ। उसको उपस्थितिले गाउँमा डर र आतंकको बतास चल्छ।

    फिल्म:  सुन्तली
    रेटिङ:  रेटिङ
    निर्देशक:  भाष्कर ढुंगाना
    लेखक:  प्रवीण अधिकारी
    निर्माता:  प्रचण्डमान श्रेष्ठ, जया शाह
    कलाकार:  प्रियंका कार्की, सूर्यमाला खनाल, प्रमोद अग्रहरि, राजकुमार पुडासैनी, कर्मा, अर्पण थापा आदि।


बजरंगको उपस्थिति व्यंग्यात्मक छ। ऊ गाउँ छिर्नासाथ त्यहाँको शक्ति समीकरण बिथोलिन्छ। तीन वर्षअघि गुमनाम पलायन भएकी केटी सुन्तली (प्रियंका कार्की) त्यही बजरंगका कारण शक्तिशाली बन्छे। वास्तवमा बजरंगलाई आफ्नो लोग्नेका रुपमा सुन्तलीले नै गाउँमा ल्याउँछे। भारतका शक्तिकेन्द्रहरुलाई आफ्नो पक्षमा पार्न प्रयास गरिहाल्ने नेपाली राजनीतिक प्रवृत्तिप्रति फिल्म 'सुन्तली'ले बजरंग पात्रमार्फत् व्यंग्य गरेको मान्न सकिन्छ।
'सुन्तली'ले नेपाली फिल्म, सामाजिक संरचना र न्याय प्रणालीप्रति समेत व्यंग्य गरेको छ। व्यंग्य भन्नाले सस्तो हास्य–प्रहसन होइन, कलात्मक लाग्छन् फिल्मका हास्य प्रसंगहरु। नेपाली फिल्मको चालु फर्मुलाप्रति गरिएको व्यंग्यले केतन मेहताको सन् १९८८ को फिल्म 'हिरो हीरालाल'को हल्का सम्झना गराइदिन्छ।
निर्देशक भाष्कर ढुंगाना र लेखक प्रवीण अधिकारीले 'सुन्तली'को यथार्थ 'प्लट'मा फेन्टासीको कलेबर पोतिदिएका छन्। फिल्ममा कलाकारहरुको नृत्य, संवाद सम्प्रेषण, हिँडाइ र हाउभाउ सबैलाई कोरियोग्राफ गरिएको छ। फ्रेमभित्र पात्रहरुको 'प्लेसमेन्ट'मा पनि कोरियोग्राफी भेटिन्छ। यसले फिल्मलाई लय र लचकता दिएको छ। इन्स्पेक्टर सापकोटा (राजकुमार पुडासैनी)को अन्तिम फ्लाइङ किकले फिल्मको फेन्टासी चरित्रलाई मजबुत बनाउँछ।
हवल्दार (आशान्त शर्मा) सधैं आफ्नो कैदी (विपिन कार्की)सँग हत्कडीमा गाँसिएर हिँड्छ। नेपालका न्यायदाता र अपराधीहरु एकअर्कासँग जोडिएर रहेको तीतो सत्यको विम्ब लाग्छ यो। फिल्मको अन्त्यमा हवल्दार पनि अपराधमा होमिन्छ।
चिनमाया सुवेदार्नी (सूर्यमाला खनाल) समाजको सामन्ती पात्रको प्रतिनिधित्व हुन्छे। गाउँमा रहेको आफ्नो शासनलाई निरन्तरता दिन चाहन्छे। छोरा सुन्दर (कर्मा)ले बिहे गरेर नाति जन्माओस् भन्ने उसको सपना हुन्छ। तर, त्यहीबेला बन्ध्याकरण गराऔं भन्दै ‰याली पिटाउनेहरुले पानी धमिल्याउँछन्। सुन्तलीले त्यही धमिलो पानीमा माछा मार्छे।
गाउँमा सुन्तलीको पहिलोपटक अवतरण हुँदा सबैका आँखा च्यातिन्छन्। मिठाईमय वातावरणमा सुन्तलीले नयाँ स्वाद र आकर्षण थपिदिन्छ। उसको दर्शन पाउन व्याकुल हुन्छन् गाउँका भलाद्मीहरु। रुप र मिठो वचनका भरमा सुन्तलीले सबैलाई आफ्नो वशमा राख्छे।
जब सुन्तली सम्झेर चिनमाया मुर्मुरिन्छे। उसले हातमा आइपुगेको फूललाई निकै बेर नियाल्छे। अनि खलमा कोचेर कुट्छे। सुन्तलीप्रतिको उसको आक्रोश उक्त दृश्यमा प्रतीकात्मक रुपमा आएको छ।
फिल्मको रोचक पात्र टेलर मास्टर श्याम पनि हो। उसले गाउँलेहरुका कपडा र आफ्नो मुख दुवै 'सिलाएको' छ। ऊ बोल्दैन। नाम पनि लेखेर बुझाउँछ। गाउँका प्रायः पुरुषहरु सुन्तलीलाई नंग्याउने लोभ पाल्छन् तर श्याम चाहिँ उसलाई रंगीचंगी लुगामा सजाइरहन्छ।
एउटा अर्थपूर्ण 'क्रस कटिङ' वा 'प्यारेलल एडिटिङ'ले फिल्मको उचाइलाई बढाइदिएको छ। एकातिर चिनमायाले बजरंगलाई पत्रिकाको आगोमा कसम खुवाउँदै आफ्नो कित्तामा डोर्यााउँछे भने त्यति नै बेला सुन्तलीले आँसु तप्काउँदै श्यामलाई आफ्नो चंगुलमा फसाउँछे। यो 'क्रस कटिङ'ले फिल्मको कथामा ठूलो परिवर्तन ल्याइदिन्छ।
पात्रहरुका अवचेतनमा दबिएका यौनिकतालाई सुन्दर ढंगमा प्रकट गर्न फिल्म सफल भएको छ। चिनमायाले छोरालाई यौवनप्रास खुवाउनु, सुन्तलीले लालमोहनका दुइटा दाना बोक्नु, श्यामले जनेन्द्रियको चित्र भएको कागजमा जुलेबी खानु आदि दृश्यमा यौनिकता झल्किन्छ। तर, ती दृश्यहरु शालीन छन्।
कुनै पनि कुराको 'ओभर एक्सपोजिसन' हुनु अधिकांश नेपाली फिल्मको कमजोरी हो। दृश्यबाट बु‰ने कुरालाई संवादबाट र वारम्बार उस्तैखाले घटना देखाएर बुझाइरहनु 'ओभर एक्सपोजिसन' हो। 'सुन्तली' यो कमजोरीबाट मुक्त छ। 'एक्सपोजिसन' निर्देशकको नियन्त्रणमा छ।
यस फिल्मका ९० प्रतिशत दृश्यहरु 'स्टाटिक' खिचिएका छन्। पात्रका क्रियाहरु र प्रप्सको 'इन्स्टलेसन' कि भर्टिकल छन्, कि होराइजन्टल। यसले गर्दा 'स्टाटिक' भएका दृश्यहरु ज्यामितीय रुपमा सन्तुलित र कलात्मक मामिलामा अब्बल ठहरिएका छन्। यसप्रकारको खिचाइले चिनमायाको उक्त गाउँ नेपाली परम्परागत आदर्शमा आधारित समाज हो भनेर चिनाएको छ।
फिल्मका संवादहरु तारिफयोग्य छन्। पात्रहरुले ठेट र घोचक शब्द छनोट गर्छन्। नेपाली भाषाको मौलिकता र मिठास पस्किन सक्नु 'सुन्तली'को उपलब्धि हो। लेखक अधिकारीलाई यसको जस जान्छ।
प्रियंकाले सुन्तलीको भूमिका उतार्न आफ्नो अभिनयलाई निखारेकी छन्। २०४० र ५० को दशकमा टेलिसिरियलमा छाएकी कलाकार सूर्यमाला खनालले यस फिल्मबाट धमाकेदार कमब्याक गरेकी छन्। राजकुमार पुडासैनी राजेश हमालको 'डुप्लिकेट'मा फिट छन्।
धेरैपछि नेपाली फिल्ममा मौलिक गीत सुन्ने अवसर दिन्छ 'सुन्तली'ले। नत्र अचेल नेपाली फिल्महरुमा हिन्दी शैलीका गीतहरुकै बाहुल्य छ। त्यसैले 'पानीबिना के कम र पँधेरी' गीतका लागि कम्पोजर जेसन कुँवरको काँधमा धाप मारिनुपर्छ।
मेसिन होइन हातले बुनेको कपडाजस्तो, ट्रयाक होइन एनालगमा अंकित गरिएको गीतजस्तो, पोस्टर होइन क्यानभासमा उतारिएको चित्रजस्तो लाग्ने फिल्म 'सुन्तली' स्वास्थ्यलाई खराबी नगर्ने एउटा शुद्ध अर्गानिक खुराक हो।

http://www.nagariknews.com/entertainment/movie-review/story/33247.html

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15886
Re: Movie Review - सुन्तली
« Reply #2 on: February 17, 2015, 03:22:03 AM »
Nfilmreview

Summary:

Suntali is a story of beautiful and mysterious girl in a sleepy village with a powerful and wicked matriarch. Based on an old saying, “Your sins return to roost from the rooftops”, it is a tale of revenge and vengeance.

Watch or Not?
Suntali is a well made movie, with different approach of storytelling, but because of not so striking story, it’s difficult to recommend anyone. Watch the movie it at your own risk.


http://nfilmreviews.com/suntali-nepali-movie-review/

NepDude

  • Administrator
  • *******
  • Posts: 470
  • Well... Every dog has his day
    • xnepali.com
Re: Movie Review - सुन्तली
« Reply #3 on: February 17, 2015, 07:48:21 AM »
  Suntali : The Uninvited Guest


PRAGYAN THAPA
KATHMANDU, Feb 16: In Suntali, we’re welcomed to an unnamed sleepy village in the hills with houses snuggling so closely that one feels the neighborhood’s favorite pastime may well be dishing out the dirt on one another.

Our narrator – Madan Krishna Shrestha – draws us to this place where nothing happens out of the ordinary, and where the locals wear their idiosyncrasies like ID cards. On a normal day, the elder folks are seated frozen on the front porch, prepared to throw their gummy and toothless smiles at occasional passersby. At the halwai’s place you would be served detrimental jerri deep fried in stale oil, and a few feet away sipping his tea, Inspector Sapkota (Rajkumar Pudasaini) would be heard dwelling into his tall tales of heroism. Across him, his subordinate (Ashant Sharma) would be listening to him in awe while being handcuffed to the village’s very own rooster thief (Bipin Karki).

There are others, too, like the aloof tailor Shyam (Arpan Thapa) who keeps it to himself and Kamala (Saraswati Chaudhari), the snoopy domestic helper who is all ears all the time.

We’re then introduced to the much feared and well respected Chinmaya Subedarni (Suryamala Khanal), the matriarch of this tightly closed community. With a flick of a finger, she would point the directions till where her territory extends for anyone who wants to know.

When the movie opens, she’s busy with her son Sundar’s (Karma) engagement. The orchestra of panchey baja is in operation, the villagers are dancing to the tunes, but then the music suddenly dims and eyes divert to a common direction; along with them, we witness the entry of the uninvited guests Suntali (Priyanka Karki) and her beau Bajrang (Pramod Agrahari). As Suntali faces up with Subedarni, we sense a twinge of hostility brewing. Soon the uneventful place will bustle, and what starts like a stir would spread like a wildfire.

Suntali is a love letter that nodes the genuine Nepaliness, alias Nepali-pan. The said “Nepaliness” can have many connotations, but Suntali’s core elements jangle and stir up the simplified and drippy rural Nepali story – the khet bari, chautari, gaun gharko katha – and fine-tunes the material through the capabilities of a richer cinematic form. Essentially, Suntali demonstrates what can be achieved when a well-plotted script, resourceful and vivid cinematography, corresponding background score, and a likable cast of actors are all rolled into one to sweep together as a coherent and an almost pitch-perfect Nepali film.



The story moves intimately as Suntali designs her retaliation to expose the immorality of Subedarni. Dhungana and his writer Prawin Adhikari gradually let the picture strip the layers, they use flashback to tell us what really happened in the past, and they do so with subtlety in handing out the details, and at the same time they are conscious to maintain simplicity. What’s different in the story is that, though it’s rooted in a typical folksy Nepali story, its retelling is influenced through plot devices and that brushes shoulders with Western cozy mystery thrillers.

In her role as the Subedarni, Suryamala Khanal brings authority and malign gusto. She radiates her prowess whenever she’s seen with her crimson saree-clad entourage and when she’s being an overprotective single parent to her only son.

Priyanka Karki’s Suntali, however, doesn’t convince the way it should have. Her inconsistencies start from the way she delivers her line. She’s got dialogues where her character needs to speak in a certain lingo, but Karki comes off with a really exaggerated verbal outburst which interferes in making her character more impactful.

The supporting cast is what really holds the movie together. From Pudasaini who delights with his police antics to Karma’s comical momma’s boy who really needs to man up, and from Pramod Agrahari’s Bajrang who strikes up a fickle partnership with Suntali to Arpan Thapa’s enchantingly understated performance as the tailor who stitches his way to Suntali’s heart, they all put a variety on display.

This is a well crafted movie with richness in the way it’s shot and the way it’s scored. Dhungana’s cinematographer Ondra Belica really musters in with the visual style. Suntali benefits from Belica’s imaginativeness to compose the actors in motion. He settles in with long takes, and tries to find the quirky scene transition that really compliment the deadpan humor they are offering. The humor is also downplayed by the movie’s musical score – a blend of upbeat and joyous European melodies from Robert Jisa and Jason Kunwar’s infectious local flair.

Suntali is refreshing, and it campaigns the much needed course our industry needs to follow. Some may have problems with the movie’s pacing, but the editing elevates as the movie progresses, and it’s choppier in the end.

I urge to give Suntali a try because if the audience misses out on a genuinely well made Nepali film, this wouldn’t help our cinema proliferate. This is a must watch!

Film: Suntali
Director: Bhaskar Dhungana
Cast: Priyanka Karki, Suryamala Khanal, Arpan Thapa, Karma, Rajkumar
Pudasaini, Pramod Agrahari

Screening at QFX Cinemas -
See more at: http://www.myrepublica.com/portal/index.php?action=news_details&news_id=92288
Learn from yesterday, live for today, hope for tomorrow. [Anon]