। त्यसपछि उनको वैवाहिक यात्रा सुरु भयो नायिकाहरुसँग ।
फिल्म ‘नाता’मा काम गर्ने क्रममा भेट भएकी गीताञ्जली सुनुवारसँग उनले दोस्रो बिहे गरे । डिप्रेसनका कारण गीताञ्जलीले आत्महत्या गरिन् । हेमाका तर्फबाट दुई छोरा र गीताञ्जलीका तर्फबाट एक छोरा छन् ।
गीताञ्जलीपछि छविले रेखासँग तेस्रो बिहे गरे । रेखालाई उनैले फिल्म ‘हिरो’बाट अभिनयमा ब्रेक दिएका थिए । उनी त्यो फिल्ममा प्रमुख भूमिकामा थिइनन् । त्यसपछि छविले आफ्नो प्रोडक्सनबाट बनाउने फिल्महरुमा रेखालाई अनुबन्ध गर्न छुटाएनन् । रेखा उनको फिल्ममा मात्रै हैन, जीवनमै अनुबन्ध भइन्– १६ वर्षको उमेरमा ।
‘छविसँग विवाह गर्दा मेरो उमेर १६ मात्र थियो, परिपक्व थिइनँ,’ बाल विवाह गरेकी रेखाले पुराना दिन सम्झँदै भनिन्, ‘अभिभावक पनि पाउने भएपछि विवाह गरेँ ।’
१२ वर्ष रेखा–छविबीच श्रीमान्–श्रीमतीको सम्बन्ध कायम रह्यो । तर ६ वर्ष अगाडि नै रेखा–छविको सम्बन्ध औपचारिकता मात्र बनिसकेको थियो । उनी छविसँग अलग्ग बस्न थालिसकेकी थिइन् । कानुनी रुपमा भने उनी २०७३ असारमा मात्रै छविसँग अलग भइन्, जुनबेला छविको जीवनमा शिल्पाको प्रवेश भइसकेको थियो । विश्वस्त स्रोतका अनुसार रेखासँग डिभोर्स भएको एक महिनापछि नै निर्माता छविले नायिका शिल्पासँग विवाह गरिसकेका थिए ।
‘कलिलो उमेरमा विवाह भयो,’ रेखाले डिभोर्सबारे खुलाइन्, ‘जब परिपक्व भएँ, विचार मिल्न छाड्यो र अलग भएँ ।’
फिल्म चलाउने अस्त्र
फिल्मकर्मी मात्रै होइन, अब दर्शकले पनि छविको फिल्म चलाउने बलियो अस्त्र प्रेम र विवाहसम्बन्धी गसिप रहेको चाल पाइसके । उनको जुन फिल्म रिलिज हुन लागेको हुन्छ, उनको नाम त्यो फिल्मको हिरोइनसँग जोडिएकै हुन्छ । व्यक्तिगत रुपमा आफूसँग नजिक नहुने हिरोइनलाई उनी लगातार आफ्नो फिल्म खेलाउँदैनन् पनि । जो निरन्तर जोडिइन्छन्, ती नायिकासँग निर्माता छविको प्रेम सम्बन्ध अनि विवाहको प्रसंग पनि जोडिइहाल्छ । पटक–पटक दोहोरिइरहेको यो परिघटना संयोग मात्र हुन सक्दैन ।
रेखा–छविको औपचारिक सम्बन्ध कायमै रहँदा फिल्म रिलिजको पूर्वसन्ध्यामा यी दुवैको व्यक्तिगत जीवन गसिपको खुराक बन्थ्यो । जसको सूत्रधार उनै छवि हुन्थे ।
रेखासँग सम्बन्धमा रहुञ्जेल उनी निरन्तर छविकी हिरोइन भइन् । रेखाकै बलमा उनका थुप्रै फिल्म चले पनि । जब दुवैबीच डिभोर्स भयो छवि–रेखाको दोहोरो फिल्मी यात्रा पनि सकियो ।
रेखासँग सम्बन्ध टुटेपछि छविले ‘लोफर’ फिल्मबाट रजनी केसीलाई नयाँ हिरोइनका रुपमा फिल्म इन्डस्ट्रीमा भित्र्याए । रजनीसँग उनको नाम जोडियो नै । यसले रजनीको घरमा समस्या आयो र रजनीले छविको फिल्म दोर्याएर खेलिनन् ।
छविले रजनीपछि फिल्म ‘लज्जा’बाट नयाँ हिरोइनलाई डेब्यू गराए– शिल्पा पोखरेल । ‘लज्जा’पछि उनका लगातार तीन फिल्म ‘हवल्दार सुन्तली’, ‘किस्मत–२’ र ‘मंगलम्’ मा पनि शिल्पालाई नै हिरोइन बनाए । रेखाको स्थानमा शिल्पाको प्रवेश फिल्ममा मात्रै हैन, छविको व्यक्तिगत जीवनमा पनि भयो ।
यी चारवटै फिल्मको रिलिजअघि छवि–शिल्पाको प्रेम र विवाहबारे चर्चा चलिरहे । शिल्पासँग विवाह गर्न राजी रहेको छविका भनाइहरु सार्वजनिक भइरहे । अरुले छाडेको व्यक्तिको हात समात्दा फरक के पर्ला र भन्ने शिल्पाका भनाइ पनि सँगसँगै आए तर जब विवाहबारे दुवैसँग प्रश्न तेर्साइन्थ्यो दुवैले भन्थे, ‘बिहे गर्ने हो तर अहिले हैन ।’ तर वास्तवमा दुवैबीच पहिल्यै विवाह भइसकेको थियो ।
धेरैलाई थाहा नहुनसक्छ शिल्पाको जीवनमा प्रवेश गर्ने पहिलो पुरुष छवि मात्र हैनन् । नेपाली फिल्मी क्षेत्रमा नायिकाको रुपमा उनी उदाउनुअगाडि नै उनको विवाह भइसकेको थियो । विवाह गरेको केही समयमै खटपट सुरु भयो । शिल्पाको पहिलो विवाहबारे जानकार स्रोतका अनुसार नेपाली फिल्मी क्षेत्रकै व्यक्तिसँग उनको विवाह भएको थियो । उनी शिल्पालाई फिल्मी क्षेत्रमा जानबाट रोक्न चाहन्थे ।
यही विवाद बढ्दै गएपछि दुवै छुट्टिए । उनका पूर्व पति अहिले शिल्पाबारे बोल्न रुचाउँदैनन् । उनी निकट स्रोतमार्फत शिल्पाबारे जान्न खोज्दा उनले स्रोतलाई भने, ‘उसको जीवन नयाँ ढंगले सुरु भएको छ, मेरो आफ्नै तरिकाले अगाडि बढेको छ, पुराना कुरा सार्वजनिक गरेर के हुन्छ र !’
किन लुकाइरहेछन् बिहे ?
दुवैले रियल लाइफमा जग्गे घुमेको तस्बिर फिल्मवृत्तका धेरैले हेरिसकेका छन् । यी दुवै यसबारे जानकार नै छन् । तापनि जब विवाहबारे प्रश्न सोधिन्छ, सम्बन्धमा रहेको तर बिहे नगरेको अड्डी नै कसिरहेका हुन्छन् । आखिर किन उनीहरू बिहेको नयाँ–नयाँ मिति सार्छन् र अनेक बहाना बनाउँछन् दुवै ? निकटस्थ फिल्मकर्मीहरु पनि यी दुवैको यस किसिमको व्यवहारबाट चकित छन् ।
‘बिहे पनि नाटकजस्तो भइदियो छवि दाइलाई,’ नाम नलेखिदिने शर्तमा छवि निकट एक फिल्मकर्मीले भने, ‘सायद अर्को फिल्म चलाउनका लागि नभनेका होलान् ! अर्को फिल्मको रिलिजपछि चाहिँ भन्लान् कि !