Author Topic: Paras Khadka, Cricket Team Nepal captain to get married  (Read 794 times)

0 Members and 1 Guest are viewing this topic.

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15873
Paras Khadka, Cricket Team Nepal captain to get married
« on: February 24, 2015, 03:42:12 PM »
Paras Khadka is getting married on Falgun 14

नेपाली क्रिकेट टिमका कप्तान पारस खड्काको बिहेको लगन जुरेको छ ।

स्कूलदेखिकी प्रेमिका प्राप्तीराज्य लक्ष्मी राणासँग क्रिकेटर खड्काको बिहे हुन लागेको हो । दुई वर्षअघि नै इंगेजमेन्ट भइसके पनि पारसले फागुन १४ गते बिहीबारको दिन बारेर प्राप्तीसँग वैवाहिक जीवन सुरु गर्न लागेका हुन् ।

नेपाली क्रिकेट टोलीका कप्तान पारसले नेपाललाई विश्वकपमा समेत पुर्‍याउन सफल भएका छन् । उनले नेतृत्व गरेपछि नेपाल आइसिसी डिभिजन–२ मा टिकिरहेको छ ।


tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15873
Re: Paras Khadka, Cricket Team Nepal captain to get married
« Reply #1 on: February 26, 2015, 07:25:43 AM »
नेपाली राष्ट्रिय क्रिकेट टोलीका क्याप्टेन कूल पारस खड्का बिहेको तयारीमा।


कलेजी रङ्गको कोटसँगै म्याचिङ टोपीमा सजिएका नेपाली राष्ट्रिय क्रिकेट टोलीका ‘क्याप्टेन कूल’ पारस खड्का बुधबार होटल साङ्ग्रिलामा बेग्लै इनिङ्ग्समा व्यस्त थिए । लामो समयदेखिको प्रेम प्रसङ्गलाई टुङ्गोमा पुर्‍याउँदै बिहीबार उनले आफ्नो बुद्धनगरस्थित निवासमा प्राप्ति राज्यलक्ष्मी राणालाई भित्र्याउँदैछन्। बुधबार स्वयंवर थियो । दुबो अनि रातो गुलाबको मालामा सजिएर स्वयंवरका लागि साङ्ग्रिला पुगेका पारस रोयल लुक्समा देखिन्थे ।  घ्यु रङ्गको लबेदा सुरुवालमा ठाँट्टिएर हिँडेका पारस कालो चश्मा र लेसवाला लेदर ब्ल्याक सुजमा निकै ह्यान्डसम देखिएका थिए । दाहिने हातको साहिँली औँलामा इन्गेजमेन्ट रिङ र कानमा हीराको टप लगाएका पारस रेखीमात्रै देखिने हल्का जुङ्गामा थिए।










tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15873
Re: Paras Khadka, Cricket Team Nepal captain to get married
« Reply #2 on: February 26, 2015, 07:26:48 AM »





sag

  • VIP
  • ******
  • Posts: 738
Re: Paras Khadka, Cricket Team Nepal captain to get married
« Reply #3 on: February 27, 2015, 06:28:45 AM »
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का बिहीबार वैवाहिक बन्धनमा बाधिएका छन् । लामो समय देखिको आफ्नी प्रेमिका प्राप्ति राज्य लक्ष्मी राणासँग पारसले विवाह गरेका हुन् ।

स्वयमबर अघिल्लो दिन नै भएको थियो । पारस गृहनगर काठमाडौंको बुद्धनगरबाट जन्ति सहित लाजिम्पाट स्थित होटल सांग्रिला पुगेका थिए । जन्तिमा नजिकका आफन्त तथा राष्ट्रिय टोलीका क्रिकेट खेलाडीहरु, प्रशिक्षक, फिजियो थिए । खेलाडीहरुमा विनोद दास देखि पृथु बाँस्कोटासम्म थिए । प्रशिक्षक पुबुदु दासानायके पारसकै विवाहका लागि २ दिन अघि क्यानडाबाट बिदा सकाएर काठमाडौं आएका थिए ।

९ वर्ष देखि पारस र प्राप्तीको प्रेम सम्बन्ध रहेको थियो । सन् २००२ देखि पारस युवा समूहबाट नेपालको प्रतिनिधत्व गर्दै आएका छन् । २००५ देखि राष्ट्रिय टोलीबाट खेल्न थालेका पारस २००९ मा नेपालको कप्तान बनेका थिए । पारसकै कप्तानीमा विश्व क्रिकेट लिग डिभिजन ५ मा रहेको नेपाल डिभिजन २ मा उक्लिएको छ । नेपालले गत वर्ष पारसकै कप्तानीमा ट्वान्टी–२० विश्वकप खेलेको थियो ।



sag

  • VIP
  • ******
  • Posts: 738
Re: Paras Khadka, Cricket Team Nepal captain to get married
« Reply #4 on: February 27, 2015, 10:21:02 AM »

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15873
Re: Paras Khadka, Cricket Team Nepal captain to get married
« Reply #5 on: February 27, 2015, 12:45:38 PM »
Video of the marriage





uxwall

  • 10X
  • ***
  • Posts: 49
Re: Paras Khadka, Cricket Team Nepal captain to get married
« Reply #6 on: July 02, 2018, 08:15:48 AM »
thank you for the information