एक्टर मात्रै होइन, गुड एक्टर बन्न चाहन्छु
कथाले माग्यो भने जुनसूकै रोल पनि निर्वाह गर्न सक्छु
तिमीले भूल्न सकेपनि मैले भुल्न सकीन भो……, तिमीलाई भूल्ने बहानामा पिउन सजिलो भयो….., तिमी आखाँ म नानी….., तिमी टाढा भएपछि नसा पिउने बानी प¥यो…. लगायत दर्जनौ चर्चित गीतहरुमा अभिनय गरिसकेकी मोडेल तथा अभिनेत्री सुष्मा अधिकारी यतिबेला व्यस्त छिन् । ‘पिपल’, ‘अनौठो प्रेम कथा ‘हुदै भोजपुरी चलचित्र ‘दिवाना २ ‘मा नायिकाका रुपमा अभिनय गरीसकेकी अधिकारी यतिबेला अष्ट्रेलियामा हुन गइरहेको बृहत सांगितिक कार्यक्रममा प्रस्तुति दिन जादैँछिन् ।
आफुलाई मोडल भन्दा पनि समग्रमा कलाकार भन्न रुचाउने अधिकारी सांगितिक कार्यक्रमकै शिलशिलामा हङकङ, दुबई, मलेसिया, कतार लगायतका देशमा गइरहन्छिन् । अभिनेत्री सुष्मा हेर्दा जति नै सुन्दरी देखिन्छिन् त्यति नै लज्जालु पारामा मख्खै पार्ने गरी मुस्कान दिन पनि सिपालु छिन् । एक्टर नेपालको लागी विष्णु विवेकले उनीसंग गरेको कुराकानीको सम्पादित अंश …..
कति भो, नेपाली रंग क्षेत्रमा आएको ?
४ बर्ष जति भो । पहिले देखि नै शोख थियो । काठमाण्डौँ आएलगत्तै एउटा म्युजिक भिडियो गर्न अफर आयो । त्यो गरेपछि लगातार अहिलेसम्म यसैमा छु ।
कसरी प्रवेश गर्नुभयो ?
शुरुमा पढ्न भनेर काठमाण्डौँ आए । तर यो क्षेत्रमा अत्याधिक रुचि थियो । शुरुमा एउटा म्यागजिन पेपरमा फोटोसुट गराए । त्यो फोटो देखेपछि एकजना म्युजिक भिडियो निर्माताले म्युजिक भिडियो खेल्न आग्रह गर्नुभयो । त्यो भिडियो गरेपछि लगातार अन्य भिडियो गर्न पनि अफर आयो । समग्रमा त्यही फोटोले हो, आज मलाई यहाँसम्म ल्याएको ।
भनेपछि लक्की ?
हा….हा…..हा…… अलिअलि । अरुले जस्तो धेरै दोडधुप, सोधखोज, भनसुन गर्नु परेन । नत्र सायद यति लक्की नभएको भए धेरै अनलक्की भएर दुःख पाउथेँ होला ।
अहिलेसम्म कतिवटा म्युजिक भिडियोमा अभिनय गर्नुभयो ?
त्यही २ सय जति वटामा गरिसकेँ । कोही राम्रैसंग चले कोही अलिकति मात्रै चले । प्राय आधुनिक गीतहरुमा बढी गरे । अनि त्यसपछि लोक गीत र तीजगीतहरुमा पनि अभिनय गरे ।
अनि चलचित्रहरु ?
अँँ, ३ वटा जति चलचित्रमा पनि अभिनय गरे । पीपल, अनौठो प्रेममा गरे । त्यसपछि भोजपुरी चलचित्र दिवाना २ मा पनि अभिनय गरे ।
म्युजिक भिडियो र चलचित्रको अभिनयमा फरक ?
वास्तवमा अलिकित फरक नै छ । म्युजिक भिडियोले केही मात्रामा मनोरञ्जन दिन्छ । तर चलचित्रले प्रायको कथा बोल्छ । त्यसैले पनि केही फरक छ । हुन त दुबै बीच निकै पारस्परिक सम्बन्ध छ तर पनि चलचित्रले बढी दर्शक, श्रोताको मन जित्छ भने म्युजिक भिडीयोले थोरैको ।
अनि अध्ययन कहासम्म पुग्यो ?
अहिले व्याचलर सकियो, सोसियोलोजीमा ।
विषय एउटा पेशा अर्को भएन र ?
त्यस्तो होइन । म व्यक्तिगत रुपमा अभिनयलाई छोड्न सक्दिन र अनन्तसम्म यो क्षेत्रमा लागिरहन्छु । तर त्यतिकै रुपमा समाज सेवा गर्न पनि मन छ । भविष्यमा गएर बृद्ध बृद्धाहरुलाई केही सेवा गर्न चाहन्छु । उनीहरुलाई राम्रो व्यवस्था गर्नुपर्छ । सायद त्यो म एकदिन गछुर््ृृ होला ।
अलिलेको फिल्मी जगत निकै गल्यामर भनिन्छ नि हो ?
स्टोरी र सिचुएसन हेरेर हो । अहिले पछिल्लो समय गल्यामरलाई सेक्स, भल्गर मात्रै भनिन्छ । खास गल्यामर भनेको व्युटि हो । स्टोरी अनुसार व्युटिको लागी गल्यामर हुनैपर्छ ।2
तर व्युटिको नाममा सेक्सको व्यापार चलिरहेको छ नि ? होइन ?
हो, वास्तवमै हो । अहिलेको फिल्मको स्टोरीहरु सेक्सलाई केन्द्रमा राखेर बनाइन्छ । जो असफल सिद्ध भएका छन् । त्यसैले मनोरञ्जनलाई बुझेर र त्यसको परिधि बुझेर पनि म्युजिक भिडियो तथा चलचित्र निर्माण हुन जरुरी छ । ताकी चल्छ भन्दैमा पुरै बेड सिन र सेक्स सिन मात्रै नदिइयोस ।
यदि तपाईले एकदमै गल्यामर, बेडसिन दिनुप¥यो भने ?
गल्यामर भल्गर होइन व्युटि हो, त्यसैले त्यो व्युटिको लागी पनि म दिन सक्छु । अभिनय हो, कथाले माग्यो भने जुनसूकै रोल पनि निर्वाह गर्न सक्छु जस्तो लाग्छ । आत्मविश्वास छ ।
समग्रमा अहिलेको फिल्म चल्न के गर्नु प¥यो त ?
यहाँ हलिउड र बलिउडको कपी चल्दैन् यहा मनोरञ्जन चाहिन्छ । टेक्नोलोजीको प्रयोग र अहिलेको आवश्यकतालाई बुझेर चलचित्र तथा म्युजिक भिडियो निर्माण गर्न सक्नुपर्छ ।
सेक्सको अनुभव ?
त्यस्तो छ्रैन् । त्यस्तो…. सिन नै दिएको छ्रैन्् कहाँबाट सेक्स हुनु । गालामा किस चाही धेरैपटक दिएकी छु ।
ब्वायफ्रेन्ड ? 4
छैन् ।
चाहिएन ?
चाहेपनि मनले खोजेजस्तो पाएको छ्रैन् । ह्यान्डसम भन्दा पनि मायालु, इमान्दार अनि आफुलाई बुझ्ने चाहिएको छ ।
भनेपछि प्रपोज आयो भने सिधै ओके ?
होइन् । बुझ्छु पहिले सबैकुरा । के कस्तो छ, के गर्छ ? हयान्डसम भएर मात्रै पुग्दैन, म्याचुअड, माया गर्ने अनि बुझने भएपछि मात्रै ओेके भन्छु । अनि अलि.. अलि.. गाठ पनि दह्रो हुने…. चाहिन्छ नि फेरी हा….हा….हा…(लामो हासाँें) ।
कस्तो अफर आओस भन्ने चाहनुहुन्छ ?
सकभर लभस्टोरी नै आओस । सजिलो हुन्छ । सबैले चाहन्छन् ।
9सबैभन्दा बढी सेक्सी ?
मेरो आखाँ, एकदमै बढी सेक्सी छ ।
जिउने आधार ?
एक्टिङ । गुड एक्टिङ । यसलाइ छोड्न सक्दिन ।
मनपर्ने सेक्सी नायिका ?
करिष्मा मानन्धर, बोल्ड पनि लाग्छ उहाँ मलाई ।
अनि नायक ?
राजेश हमाल ।
बलिउडमा ?
सलमान खान र आलिया भट्ट ।
एक्टिङ बाहेक अन्य रुचिहरु ?
घूम्न, नयाँ नयाँ ठाउँहरु घुम्न एकदमै मन पर्छ , अनि गीत सून्न , नाच्न, पनि मन पर्छ ।
अन्तिममा ?
अष्ट्रेलियाको टुर छ चाडैँ, २३ दिन जति लामो । अष्ट्रेलियाका ठाउँ ठाउँमा कार्यक्रम हुदैछ । त्यसको तयारीमा छु । यसअघि पनि जापान, दुबई, कतार, फेरी कतार जादैछु । यही हो ।